27/09/2024
𝐓𝐡𝐢𝐬 𝐈𝐬 𝐌𝐲 𝐋𝐚𝐬𝐭 𝐏𝐨𝐬𝐭...😢
" केही खास फरक नपर्ला अब ईच्छाहरु अधुरो रहँदैमा,
धेरै नजिकबाट देखेको छु एउटा सपना टुटेको मैले... "
म एउटा बस भित्र छु। देब्रे तिर झ्याल तिरको ३ नम्बर सिट ! बस आधा भरि छ, झ्याल आधा खुल्ला छ, आगो दन्किरहेको मनमा चिसो हावाले मन डुलाईराको छ, मन भारी हुदा आफ्नै शरिरको टाउको पनि बोझ लाग्ने रहेछ त्यसैले झ्यालको डिलमा अडाईराको छु । आँखाले झ्याल बाहिर अध्यारो देख्दैछ ठ्याक्कै मेरो भविष्य जस्तै, एउटा लामो यात्रामा मन फटक्क गलेको छ त्यसैले बसिरहेको छु। म हारेको छु, मलाई यो बसले कहाँ पुर्याउदै छ थाहाँ छैन, मेरो जीन्दगीले जस्तै, म कहाँ पुग्नु छ त्यो पनि थाहाँ छैन एउटा ठेगाना हराएको मान्छे जस्तै, बस गुडिरहेछ🚌