15/10/2026
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आदिवासी जनजाति (खुला) क्लस्टरतर्फको केन्द्रीय सदस्य पदमा बागमती प्रदेशसभा सदस्य तीर्थ लामा अत्यधिक मतका साथ विजयी भएका छन्। काभ्रे कांग्रेसका लोकप्रिय सभापतिसमेत रहेका लामाले ४ हजार ८ सय ५३ मत प्राप्त गर्दै आफ्नो बलियो जनाधार र सर्वप्रियता सिद्ध गरेका हुन्। पूर्व संविधानसभा सदस्य तथा बागमती प्रदेशका पूर्वमन्त्रीसमेत रहेका लामाको यो फराकिलो जितले कांग्रेसभित्र उनको प्रभावशाली उपस्थिति र कार्यकर्ता माझको उच्च विश्वासलाई पुनः पुष्टि गरेको छ।