Himal sarovar

Himal sarovar कला साहित्यको उत्थान !!

17/07/2017

मुक्तक

मृत्यु निश्चित छ जिन्दगी रहला कहिलेसम्म।
आखिर म सङ्गको तेरो बदला कहिलेसम्म।
वकिल भएर न्यायाधीश भएर मेरै पक्षमा।
सून्नुपर्छ सधैं बिपक्षीकै फैसला कहिलेसम्म।

घनश्याम राना ऋतु
चिङ्गाड गाउँ पालिका -४, सुर्खेत
हाल बिरेन्द्रनगर

17/07/2017

मुक्तक

बुझ्नेहरुले पनि नबुझे जस्तै गरिदिन्छन्
सुखका साथी दुखमा ओझेल परिदिन्छन्
पक्कै समय आउँछ भनी बाटो कुर्दाकुर्दै
कतिपय सपना सपना नहुदै मरिदिन्छन् ।।

© कृष्ण जि.सी 'कपिल'
सुर्खेत

26/03/2017

म कथा बनाउ या कहानी बनाउ सोचिरहेछु।
जलाएर यहि शरीर खरानी बनाउ सोचिरहेछु।

देशमा बेरोजगार बस्नु भन्दा एउटा उपाय।
घरखेत बेचेर राहादानि बनाउ सोचिरहेछु।

प्रियाले पनि यहि समय छोडिन जिन्दगीबाट।
कस्लाई अब दिलको रानी बनाउ सोचिरहेछु।

छोराको लागि स्कुल बस घरमै आईपुग्छ ।
म कसरी हेड्नुपर्ने बानी बनाउ सोचिरहेछु।

घनश्याम राना ऋतु

14/03/2017

नेपाल हामी नेपाली हौ रोको देख्न सक्ने छैनौ।
बैरिले पाउ सिमानामा छोको देख्न सक्ने छैनौ।
स्वाभीमानको शिर उचाली रगतको खोला बग्दा।
आमाको आसुले मुख धोको देख्न सक्ने छैनौ।

घनश्याम राना ऋतु

18/01/2017

गजल

नहुने ति बाचा, खाएँ र कैले
दिल भित्र पर्दा, लाएँ र कैले

नसराप तिम्ले, छोड्यो भनेर
भन साथ तिम्रो, पाएँ र कैले

फुल टिप्छ भन्दै, शंका नगर्नु
नव बाग खोज्दै, धाएँ र कैले

झन आश्रुधारा, बग्दा रहेछन्
विरही ति भाका, गाएँ र कैले

किन गर्भ मेरै, जिम्मा लगायाै
अनि पास तिम्रो, आएँ र कैले

छन्द_तिल्चे
सूत्र_IIS ISS SSI SS
गण_ स य त गु. गु.
विश्राम_६
अक्षर संख्या_११
गुनगुन_ लललाललाला लालाललाला

रमेश थापा मगर 'असीम'
दैलेख
हाल_मलेसिया

11/01/2017

आँखा गुमायो, जिन्दगीले
लाै दु:ख पायो, जिन्दगीले

सास्ती पठायो, जिन्दगीले
आत्मा रुवायो, जिन्दगीले

कोही भएनन्, यो दुखीको
एक्लो बनायो, जिन्दगीले

जित्ने त स्वप्नै, देखिएनन्
आशा टुटायो, जिन्दगीले

बढ्दैछ पीडा, आजभोलि
प्याला पिलायो, जिन्दगीले

गल्ती बिना नै, भो सजाय
फाँसी चढायो, जिन्दगीले

छन्द - याला
सूत्र -SSI SSS ISS
गण- त म य
विश्राम -५
अक्षर संख्या -९
गुनगुन- लालाललाला लाललाला

07/01/2017

गजल

जिउनै नसक्ने, पारेर जाऊ
अनि तीर हानी, मारेर जाऊ

नहुँदा म तिम्रो, तक्दीरमा नै
अब आश्रुधारा, झारेर जाऊ

तब हुन्न हाम्रो, यो भेट कैले
ल!बसाइ अन्तै, सारेर जाऊ

गर बन्द पैले, नाकाहरू ती
कि नदी किनारा, तारेर जाऊ

कहिले नभेट्ने, बाचा गराई
अबदेखि बोली, बारेर जाऊ

छन्द_ तिल्चे
सूत्र_ IIS ISS SSI SS
गण_ स य त गु. गु.
विश्राम_६
अक्षर संख्या_११
गुनगुन_ ललला ललाला लालाललाला

रमेश थापा मगर असीम
दैलेख
हाल- मलेसिया

04/01/2017

गजल

घर गाउँ बस्ती छाएन शान्ति
अब आउला झै लाएन शान्ति

जनयुद्ध लड्दा हामी सबैले,
दुनियाँ गुमायाैँ आएन शान्ति

उसले अरूको डाहा गर्‍थ्यो,
र त जिन्दगीले पाएन शान्ति

नभएर हाम्रो यो स्वच्छ भाव,
दिल भित्र कैले धाएन शान्ति

छन्द-तिल्जे
सूत्र-IIS ISS SSI SS
गण-स य त गु. गु.
विश्राम-६

रमेश थापा मगर 'असीम'
दैलेख
अचेल:- मलेसिया

20/11/2016

आजै टुङ्गो लगाऊ तिम्रो मनमा के के छ
अब धेरै नतड्पाऊ तिम्रो मनमा के के छ
अनिश्चित बिम्बको सहारामै कति जिउनु
कि जाऊ कि आऊ तिम्रो मनमा के के छ

चित्र थापा मंङ्गोलियन
गुलरिया २ बर्दिया

20/11/2016

अर्कै सगं बिहे हुदैछ तिम्रो अब मङ्सिरमा
खोलीको दुई किनारा झै रुनु पर्नेछ पिरमा
तिमी त्याग्नुमा भन्दा पाउनुमा खुशी हुनु है
मन बुझाउनु सदैव रहेन छ भनी तक्दिरमा
-------
रेशम सरोवर बिष्ट
धारापानी ३,सुर्खेत
हाल , मलेसिया

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Himal sarovar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share