19/08/2026
त्यो आमालाई सोध जसले कोखमा जन्माएर यत्रो सम्म हुर्काइन् ! त्यो बाबालाई सोध जस्ले मेरी छोरी पढेर ठुली होलिन् भन्दै स्कूल भर्ना गराए ! जस्को छोरी भए पनि मेरै आफ्नो छोरी जस्तो महशुस् गरेकोछु ! यो देशको राजनीतिक असफलताले गर्दा यो नियति भोग्नु परिरहेको छ हजारौँले यहाँ ! बिग्रेको देशको राजनीति सुधार्ने कोशिस गरिरहेको छु ! लाखौँ गालि खाएर पनि हरेस खाएको छैन मैले र जीवनमा कहिल्यै हरेस खाने छैन ! यसरी बग्नु पर्ने ! यसरी बेहाल बन्नु पर्ने अकालमा मर्नु पर्ने ! के भयो मेरो देशलाई ? के भयो मेरो समाजलाई ? अब त्यो ठाउँमा म पुग्नु पर्छ, मेरो अभियान पुग्नु पर्छ, हामी पुग्नु पर्छ हाम्रो अभियान पुग्नु पर्छ ! श्रमदाता हो... त्यो स्थान पत्ता लगाएर सम्पर्क गर्नु जानकारी दिनु ! केही न केही गर्नु पर्छ हामीले ! श्रमदाता हो... तिमी हौ यो देश बचाउने ! तिमी नै हौ यो देश बनाउने ! जसको सन्तान भए पनि आफ्नै सन्तान जस्तो सम्झेर केही गरौँ है ! जय माटो ! जय देश !!