Kalika Media

Kalika Media Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kalika Media, Media/News Company, Kathmandu.
(3)

29/07/2026

धर्मका नाममा ठग्ने अरुलाइ यति धेरै यातना दिने यस्तो अपराधी आफूलाई माता बताउने सुर्खेतको पाथिभारा भाले मातालाई कडा भन्दा कडा कारबाही होस

धर्मको आवरणमा हिंसा ? ‘पाथीभरा माता’ भनेर चिनिने समीर थापा पक्राउ, भाइरल भिडियोपछि प्रहरीको कडा कदम!सुर्खेत । सामाजिक सञ...
29/07/2026

धर्मको आवरणमा हिंसा ? ‘पाथीभरा माता’ भनेर चिनिने समीर थापा पक्राउ, भाइरल भिडियोपछि प्रहरीको कडा कदम!

सुर्खेत । सामाजिक सञ्जालमा ‘पाथीभरा माता’ नामबाट चिनिएका समीर थापा अन्ततः प्रहरी नियन्त्रणमा परेका छन्। धर्मको नाममा झारफुक, हेराइ–मनाइ र उपचार गर्ने दाबी गर्दै महिलामाथि कुटपिट, दुर्व्यवहार तथा अपमानजनक व्यवहार गरेको आरोप लागेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर–३ एरिचोक निवासी अन्दाजी २४ वर्षीय थापालाई बुधबार बेलुका करिब ८ बजे पक्राउ गरिएको हो। प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूले घटनालाई गम्भीर बनाएको र त्यसपछि प्रहरी निरीक्षक दीपक मगराठीको नेतृत्वमा ९ सदस्यीय टोली परिचालन गरी उनलाई नियन्त्रणमा लिइएको हो।

भाइरल भिडियोमा थापाले एक महिलामाथि निर्घात कुटपिट गर्दै अपशब्द प्रयोग गरेको तथा उनलाई मानसिक र शारीरिक रूपमा दुर्व्यवहार गरेको देखिन्छ। अर्को भिडियोमा भने अर्की महिलालाई आफ्नै खुट्टाको पैतला चाट्न बाध्य पारेको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तीव्र आक्रोश फैलिएको छ।

घटनाले धर्म र आस्थाको नाममा हुने अमानवीय व्यवहार तथा अन्धविश्वासको दुरुपयोगबारे गम्भीर प्रश्न उठाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको र संलग्नमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।

ड्रोनमार्फत कप्तानगन्जको निगरानी, प्रधानमन्त्री सचिवालयलाई प्रत्यक्ष दृश्य पठाइँदैकाठमाडौं, १३ साउन — सुनसरीको देवानगन्ज...
29/07/2026

ड्रोनमार्फत कप्तानगन्जको निगरानी, प्रधानमन्त्री सचिवालयलाई प्रत्यक्ष दृश्य पठाइँदै

काठमाडौं, १३ साउन — सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको घटनापछि सरकारले ड्रोनमार्फत घटनास्थलको निगरानी सुरु गरेको छ। गृह मन्त्रालयको समन्वयमा ड्रोन प्रयोग गरी घटनास्थलको अवस्थाबारे प्रत्यक्ष जानकारी प्रधानमन्त्री सचिवालयसम्म पुर्‍याइँदै छ।

गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव जेम्स कार्की मंगलबार साँझ नै कप्तानगन्ज पुगेका हुन्। गृह मन्त्रालयमा मंगलबार दिउँसो ड्रोनमार्फत घटनास्थलको निगरानी गर्ने रणनीतिबारे छलफल भएको र मन्त्रालयमै ड्रोनको परीक्षणसमेत गरिएको स्रोतले जनाएको छ।

गृह मन्त्रालयका एक अधिकारीका अनुसार परीक्षण सम्पन्न भएपछि कार्कीलाई आवश्यक उपकरणसहित घटनास्थल पठाइएको हो। उनी घटनास्थलबाट ड्रोनमार्फत कैद भएका दृश्यहरू प्रधानमन्त्री तथा प्रधानमन्त्रीको सचिवालयमा प्रत्यक्ष रूपमा पठाइरहेका छन्।

यसबीच सुनसरी घटनालाई लिएर राजनीतिक तहमा पनि छलफल तीव्र बनेको छ। विभिन्न पक्षसँग संवाद र समाधानका प्रयास जारी रहेका बेला सरकारले सुरक्षा अवस्थाको सूक्ष्म निगरानी गर्न प्रविधिको प्रयोग बढाएको जनाएको छ।

यद्यपि, ड्रोन निगरानीबाट प्राप्त सूचनाका आधारमा सरकारले थप के निर्णय लिएको छ भन्ने विषयमा गृह मन्त्रालयले औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन।

‘फिफाको १० वर्षको लगानी कहाँ गयो ?’— एन्फासँग हिसाब माग्दै गणेश थापाले उठाए नेतृत्व परिवर्तनको प्रश्न?काठमाडौं । अखिल ने...
29/07/2026

‘फिफाको १० वर्षको लगानी कहाँ गयो ?’— एन्फासँग हिसाब माग्दै गणेश थापाले उठाए नेतृत्व परिवर्तनको प्रश्न?

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले सन् २०१५ (२०७२ साल) यता फिफाबाट प्राप्त हुँदै आएको आर्थिक सहयोगको पारदर्शी हिसाब सार्वजनिक गर्न एन्फासँग माग गरेका छन्। उनका अनुसार २०७२ सालदेखि फिफाले वार्षिक रूपमा करिब यसै हाराहारीको आर्थिक सहयोग उपलब्ध गराउँदै आएको भए पनि पछिल्लो १० वर्षमा उक्त रकम कहाँ–कहाँ खर्च भयो भन्ने विषयमा स्पष्ट जवाफ आउन सकेको छैन।
थापाले २०७२ सालअघि फिफाबाट एन्फाले वार्षिक करिब २ लाख ५० हजार अमेरिकी डलर मात्र प्राप्त गर्ने गरेको स्मरण गराउँदै त्यसपछि सहयोग उल्लेख्य रूपमा बढेको बताए। उनले यति ठूलो लगानीको प्रभाव राष्ट्रिय फुटबलको पूर्वाधार, प्रतियोगिता र विकासमा अपेक्षित रूपमा नदेखिएको दाबी गर्दै यसको स्वतन्त्र लेखापरीक्षण र सार्वजनिक जवाफदेहिता आवश्यक रहेको उल्लेख गरेका छन्। साथै, उनले फिफाको लगानीको सदुपयोग सुनिश्चित गर्न एन्फामा नेतृत्व परिवर्तन अपरिहार्य भएको दाबी गरेका छन्।

एकाएक परेको भारी वर्षाले जमल जलमग्न, आवतजावत प्रभावितकाठमाडौं– बुधबार साँझ एकाएक परेको भारी वर्षाका कारण काठमाडौंको जमल ...
29/07/2026

एकाएक परेको भारी वर्षाले जमल जलमग्न, आवतजावत प्रभावित

काठमाडौं– बुधबार साँझ एकाएक परेको भारी वर्षाका कारण काठमाडौंको जमल क्षेत्रको सडक जलमग्न भएको छ।

केहीबेरको तीव्र वर्षापछि सडकभरि पानी जम्दा सवारीसाधनको आवतजावत प्रभावित भएको छ भने पैदल यात्रुले पनि निकै सास्ती व्यहोर्नुपरेको छ। सडकमा ठूलो मात्रामा पानी जमेकाले साना सवारीसाधनसमेत डुब्ने अवस्था देखिएको छ।

जमलसहित काठमाडौं उपत्यकाका अन्य केही स्थानमा पनि वर्षाका कारण सडक जलमग्न भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। ट्राफिक प्रहरीले पानी जमेको सडकमा सावधानीपूर्वक सवारी चलाउन तथा अनावश्यक यात्रा नगर्न चालकलाई आग्रह गरेको छ।

सुनसरी गोलीकाण्ड: तीन घाइते अझै भेन्टिलेटरमा, अन्य ६ जनाको उपचार जारी!सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा आइतब...
29/07/2026

सुनसरी गोलीकाण्ड: तीन घाइते अझै भेन्टिलेटरमा, अन्य ६ जनाको उपचार जारी!

सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा आइतबार राति भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका तीन जनाको अवस्था अझै गम्भीर रहेको छ। उनीहरूलाई विराटनगरस्थित विभिन्न अस्पतालमा भेन्टिलेटरमा राखेर सघन उपचार भइरहेको अस्पतालहरूले जनाएका छन्।

घटनामा देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको न्युरो अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो। गोली लागेर घाइते भएका ९ जनामध्ये तीन जनाको अवस्था गम्भीर बनेको हो।

न्युरो अस्पतालमा उपचाररत देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको सफल शल्यक्रिया सम्पन्न भए पनि अवस्था चिन्ताजनक रहेकाले भेन्टिलेटरमा राखिएको छ।

त्यस्तै, विराट नर्सिङ होममा उपचाररत देवानगन्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको बायाँ तिघ्रामा गोली लागेर नसामा गम्भीर क्षति पुगेको थियो। नसाको शल्यक्रिया सफल भए पनि स्वास्थ्य अवस्था जटिल रहेकाले उनी पनि भेन्टिलेटरमा उपचाररत छन्।

यस्तै, नोबेल शिक्षण अस्पतालमा उपचाररत देवानगन्ज–३ का १८ वर्षीय अमित यादवको बायाँ हात र कोखामा गोली लागेको थियो। शल्यक्रिया गरेर गोली निकालिए पनि उनको अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार जारी छ।

घटनामा घाइते भएका अन्य ६ जनाको भने विराटनगरका न्युरो अस्पताल, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्यदेखि मध्यम रहेको अस्पतालहरूले जनाएका छन्।

हाल न्युरो अस्पतालमा देवानगन्ज–४ का १८ वर्षीय मिथिलेश मेहता, २२ वर्षीय हरेराम यादव र देवानगन्ज–३ का १८ वर्षीय अमलेश मेहता उपचाररत छन्।

विराट नर्सिङ होममा भेन्टिलेटरमा रहेका रवीन्द्रकुमार मेहतासहित देवानगन्ज–३ का २५ वर्षीय सुनील मेहता, देवानगन्ज–४ का १८ वर्षीय अमितकुमार यादव तथा २६ वर्षीय सुनील मेहता उपचाररत छन्। अस्पतालका अनुसार उपचाररत चार जनामध्ये तीन जनाको शल्यक्रिया सम्पन्न भइसकेको छ भने एक जनाको शल्यक्रिया हुन बाँकी छ।

यसैबीच, घटनापछि सोमबार र मंगलबार सुनसरीका विभिन्न क्षेत्रमा तनावको अवस्था रहे पनि बुधबारदेखि सुरक्षा व्यवस्था कडा पारिएसँगै जनजीवन क्रमशः सामान्य बन्दै गएको छ।

सल्लेरीबाट लुक्ला जाँदै गरेको जिप चिवामा ढुङ्गाले किचियो, यात्रुहरू सकुशल!
29/07/2026

सल्लेरीबाट लुक्ला जाँदै गरेको जिप चिवामा ढुङ्गाले किचियो, यात्रुहरू सकुशल!

प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त बैंकिङ कसुर मुद्दामा पक्राउकाठमाडौं, १३ साउन — प्रभु बैंककी मुख्य बिजनेस अफिस...
29/07/2026

प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त बैंकिङ कसुर मुद्दामा पक्राउ

काठमाडौं, १३ साउन — प्रभु बैंककी मुख्य बिजनेस अफिसर (सीबीओ) रश्मी पन्त बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेकी छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पन्तलाई बुधबार काठमाडौंको त्रिपुरेश्वर क्षेत्रबाट पक्राउ गरेको हो। सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराका अनुसार पन्तविरुद्ध बैंकिङ कसुर मुद्दामा अनुसन्धान अघि बढाइएको छ।

प्रवक्ता जबराले पन्तलाई अदालतबाट दुई दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

हालसम्म पन्तविरुद्धको मुद्दा के कारण दर्ता भएको हो भन्नेबारे सीआईबीले विस्तृत विवरण सार्वजनिक गरेको छैन। अनुसन्धान जारी रहेकाले आवश्यक तथ्यहरू संकलन भइरहेको प्रहरीले जनाएको छ।

पर्साका एसपी सुदीपराज पाठक फिर्ता, पवन भट्टराई नयाँ प्रहरी प्रमुखवीरगञ्ज, साउन १३ — नेपाल प्रहरीले पर्साका प्रहरी उपरीक्...
29/07/2026

पर्साका एसपी सुदीपराज पाठक फिर्ता, पवन भट्टराई नयाँ प्रहरी प्रमुख

वीरगञ्ज, साउन १३ — नेपाल प्रहरीले पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकलाई फिर्ता बोलाएको छ। प्रहरी मुख्यालयले उहाँको स्थानमा प्रहरी उपरीक्षक पवन भट्टराईलाई पर्सा जिल्ला प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी दिएको हो।

प्रहरी मुख्यालयको निर्णयअनुसार एसपी पाठकलाई मुख्यालय फिर्ता बोलाइएको हो भने एसपी भट्टराईलाई पर्सा प्रहरी प्रमुखका रूपमा सरुवा गरी जिम्मेवारी तोकिएको छ।

नवनियुक्त एसपी भट्टराईले जिल्लाको शान्ति–सुरक्षा, अपराध नियन्त्रण, सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा नागरिक सुरक्षा सुदृढ बनाउने विषयलाई प्राथमिकतामा राखेर काम गर्ने अपेक्षा गरिएको छ।

एसपी पाठकलाई फिर्ता बोलाइनुको कारणबारे भने प्रहरी मुख्यालयले औपचारिक रूपमा कुनै विवरण सार्वजनिक गरेको छैन। नयाँ प्रमुख भट्टराईले चाँडै नै पर्सामा हाजिर भएर जिम्मेवारी सम्हाल्ने जनाइएको छ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Kalika Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share