Gold Kist tv

Gold Kist tv News /media

06/09/2024

Sadnews - आज गरुडा नगरपालिका– वार्ड नं. 5 shivnagar #बर्थिङसेन्टरमा डाक्टरकाे तथा चिकित्सककाे लपर्बाहीकाे कारणले गरुडा ५शिवनगर टाेलमा वस्ने चुलहाइ साह साेनारकाे छाेरा वुहारी तथा अरविन्द कुमार साह साेनारकाे श्रीमती अ.१८ वर्षकी रमिताकुमारी सोनीलाई बच्चा जन्ममाउदै अप्रेश गर्ने क्रममा मृत्यु भएकी हुन ।अहिले #तनावग्रस्त

Garuda Municipality

15/02/2024

Good Step : १० वर्ष मुनिका सानो नानी बाबुहरुलाई जिल्ला अस्पताल संखुवासभाले निःशुल्क उपचार गर्ने कार्यक्रम सुरु गरेको छ। 🥰

बारामा गोली प्रहार गरी प्रधानाध्यापकको हत्या गरेको घटनामा संलग्न पाँच जना पक्राउ |कलैया उपमहानगरपालिका-६ मदर्शा टोलमा बा...
01/11/2023

बारामा गोली प्रहार गरी प्रधानाध्यापकको हत्या गरेको घटनामा संलग्न पाँच जना पक्राउ |

कलैया उपमहानगरपालिका-६ मदर्शा टोलमा बाल एकता ईङगलिस बोडिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक सोही ठाउँ बस्ने ३५ वर्षीय गुड्डु भन्ने रूपेश स्वर्णकारको गोली प्रहारबाट हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा मुख्य योजनाकार सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका-६ मदर्शा टोल बस्ने २२ वर्षीया राधा गुप्ता, ३४ वर्षीय जामिल अख्तर, सोही उपमहानगरपालिका-९ रामपुर बस्ने २६ वर्षीय रियाज अंसारी, भारत मोतिहारी पूर्वी चम्पारण थाना घोडासहन गाउँ जागिराकोटी बस्ने २३ वर्षीय चन्दन कुमार र भारत मोतिहारी पूर्वी चम्पारण थाना घोडासहन गाँउ बहार्वाकाला-१२ बस्ने २३ वर्षीय अभिनव कुमार राजपुत रहेका छन् ।
मदर्शा टोलमा गोली प्रहारबाट सोमबार दिउँसो गम्भीर घाइते भएका रूपेशको नारायणी मेडिसिटि बयोधा हस्पिटल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको थियो भने घटनास्थलबाट ४ थान गोलीको खोका बरामद भएको थियो ।
उनीहरूमध्ये राधा गुप्ता मुख्य योजनाकार र सूचना आदानप्रदान गर्ने, जामिल अख्तर र रियाज अंसारी सहयोगी तथा चन्दन कुमार र अभिनव कुमार राजपुत सुटर ग्याङको सदस्य रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै विवाहेत्तर प्रेम सम्बन्ध एवम् रिसइवीको कारण उक्त घटना भएको समेत खुल्न आएको छ ।
साथै भारत मोतिहारी दर्पा थाना-१ सुक्लहिया बस्ने २५ वर्षीय सुजित कुमार सिंह, २४ वर्षीय चन्चल पाण्डे, २२ वर्षीय मनिष कुमार सहनी र २० वर्षीय कामेश्वर सहनी गोली प्रहार गर्न संलग्न रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

01/11/2023

Sad Data: गत ३ महिनामा सवारी दुर्घटनाबाट नेपालमा प्रत्येक दिन औसतमा ५ जनाको मृत्यु भएको छ।

 #बाराका शिक्षक स्वर्णकार  #हत्याको कारण  #विवाहेत्तर सम्बन्ध |बाराको कलैया उपमहानगरपालिका–६ मा बाल एकता बोर्डिङ स्कुलका...
31/10/2023

#बाराका शिक्षक स्वर्णकार #हत्याको कारण #विवाहेत्तर सम्बन्ध |

बाराको कलैया उपमहानगरपालिका–६ मा बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्याको कारण विवाहेत्तर सम्बन्ध रहेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय, बाराका अनुसन्धान अधिकृतहरुका अनुसार, स्वर्णकार स्कुलका एक जना पूर्वशिक्षिकासँग प्रेम सम्बन्धमा थिए ।
सम्बन्धमा खटपट आएपछि उनी समेतको संलग्नतामा स्वर्णकारको गोली हानी हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले ती पूर्वशिक्षिकलाई पक्राउ गरेको छ ।

स्वर्णकारका श्रीमती, एक छोरा र एक छोरी छन् । पूर्वशिक्षिका पछिल्लो समय अर्कै व्यक्तिसँग प्रेम सम्बन्धमा थिइन् ।
त्यसपछि सिर्जना भएको परिस्थितिका बीच स्वर्णकारको हत्या योजना बनेको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले स्वर्णकारको हत्या पछाडि प्रेम सम्बन्ध कारक रहेको गोल्डकिस्ट टिभीलाई बताए ।

‘हालसम्म प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ, उनीहरु सबैको संलग्नताबारे अनुसन्धान भइरहेको छ’, उनले भने, ‘स्क्रिनिङपछि संलग्न देखिएकाहरुलाई जिल्ला प्रहरी कार्यालय, बाराले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छ ।
पक्राउ पर्नेमा केही भारतीय नागरिक समेत छन् । सोमबार मध्याह्न साढे १२ बजेतिर स्वर्णकार (गुड्डु) खाजा लिन घरबाट ५ सय मिटरको दूरीमा रहेको रोजबेरी होटलतिर गएका थिए । चाउमिन बोकेर फर्किँदा पौने १ बजेको थियो ।

कलैया उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष रामविश्वास ठाकुर लोहारका अनुसार, स्कुल नजिक पुग्ने बेला उनलाई दुई वटा मोटरसाइकलमा भएका अज्ञात व्यक्तिले घेरेका थिए ।

‘मोटरसाइकल कुदिरहेको थियो, उहाँको अगाडि एउटा र पछाडि अर्को मोटरसाइकलले उनलाई पछ्याएछ’, लोहारले प्रत्यक्षदर्शीलाई उधृृत गर्दै भने, ‘उहाँले भाग्ने प्रयास गर्दै स्पिड बढाउनुभयो, तर अगाडिपट्टी रहेको मोटरसाइकलमा सवार दुईजना मध्ये पछाडि बस्नेले गोली चलाएछन् ।’

त्यसक्रममा रुपेशलाई कम्तीमा ५ राउण्ड गोली लागेको थियो । गोली लागेलगत्तै उपचारका लागि उनलाई कलैया अस्पताल लगिएको थियो ।

तर, उपचार सम्भव नभएपछि फेरि बयोधा अस्पताल पु¥याइएको प्रहरीले जनाएको छ । त्यहाँबाट पनि काठमाडौं रेफर गर्ने तयारी हुँदाहुँदै चिकित्सकहरुले मृत घोषित गरेका थिए ।

अनुसन्धानमा संलग्न अधिकृतहरुले यसअघि पनि स्वर्णकारमाथि आक्रमणको प्रयास भएको बताएका छन् । यद्यपि, त्यसबेला यो विषय प्रहरीसम्म पुगेको थिएन ।

18/02/2023

Happy Maha Shivaratri to all: महाशिवरात्रिको शुभकामना! ❤️🙏 ्भु

16/02/2023

conditions in
🥺

07/02/2023

Words🥀🥺
Love Story TrueStory

19/01/2023

Rastriyata k ka lagii ? लो हेर्नु ko दमदार video 🙏
Online Saptari OnlineKhabar

  Plane Crash Update: हालसम्म ७० जनाको शव फेला परेको छ भने बाकि रहेका २ जनाको भोलि फेरी खोजीने भएको छ।
16/01/2023

Plane Crash Update: हालसम्म ७० जनाको शव फेला परेको छ भने बाकि रहेका २ जनाको भोलि फेरी खोजीने भएको छ।

यति एयरलाइनसले आफ्नो भोलि हुने सम्पूर्ण उडान स्थगित गरेको छ । All Regular flights of   for 16th January, 2023 have been ...
15/01/2023

यति एयरलाइनसले आफ्नो भोलि हुने सम्पूर्ण उडान स्थगित गरेको छ । All Regular flights of for 16th January, 2023 have been cancelled.

Update news :    दुर्घटना : हालसम्म ६४ जनाको मृत्यु भएको पुष्टि OnlineKhabar Routine of Nepal banda
15/01/2023

Update news : दुर्घटना : हालसम्म ६४ जनाको मृत्यु भएको पुष्टि

OnlineKhabar Routine of Nepal banda

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Gold Kist tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share