09/09/2025
Gen-Z को आन्दोलनमा भएको दुखद घटनाप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं । यस विषम परिस्थितिमा शहादत प्राप्त गरेका वीर युवाहरूको स्मृतिमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, दिवंगत परिवारजनहरूलाई परमेश्वरबाट पाइने शान्ति र धैर्यता प्राप्त होस् भन्ने प्रार्थना गर्दछौं।
साथै, देश र देशका युवाहरूको उज्ज्वल भविष्यका लागि सम्पूर्ण नेपाली इसाई मण्डली परिवार एकताबद्ध भई निरन्तर प्रार्थनामा उभिएको छ।
“धार्मिकताले देशलाई उचाल्छ, तर पाप गर्नुचाहिँ कुनै पनि जातिको लागि बेइज्जती हो।” - हितोपदेश १४:३४ -
नेपाली इसाई मण्डली परिवार