Naya Bihani

Naya Bihani हरेक असल, शुभ र नवीन कार्यको शुरूवात बिहानीबाटै हुन्छ - नयाँ बिहानी।

17/12/2025

16/12/2025

22/05/2024

आँखाले जोडेको सम्बन्ध
स्वार्थले जोडेको हुन्छ
मनले जोडेको सम्बन्ध
भावनाले जोडेको हुन्छ
आँखाले जोडेका सम्बन्धहरु
सबै स्वार्थ हुदैनन्
तर स्वार्थ सम्बन्ध आँखाले नै जोडेको हुन्छ
किनकि,
आँखाले देखेपछि नै हो मलाई फूल मन परेको।

01/05/2024

जसरी साना साना कुराले सम्बन्ध गाढा बनाउछ
उसैगरि साना साना कुराले सम्बन्ध टाढा बनाउछ।

29/04/2024

म कहिले सम्बन्ध सकाउन खोज्छु
तर मनले टिकाउन खोज्छ
कहिले, मनले सम्बन्ध सकाउन खोज्छ
तर म टिकाउन खोज्छु
म उस्तो हो कि मन यस्तो हो?
कहिले म भन्छु मनले मान्दैन
कहिले मन भन्छ म मान्दिन
सायद, यसैले होला
हाम्रो सम्बन्ध रहिरहेको।

26/04/2024

एउटा आँखाले अर्को आँखालाई
कहिल्यै देख्दैनन्
तर पनि उनीहरु संगै रुन्छन् ,
संगै हास्छन्
मैले तिमीलाई सधैं देख्छु र पनि
हाम्रो सम्बन्ध आँखाको जस्तो छैन
म आफू रोएर तिमीलाई हसाउन खोज्छु
तिमी आफू हासेर मलाई रुवाउन खोज्छौ।

17/04/2024

सत्य नदेखुन्जेल
तिमी मेरै हौ भन्ने बिश्वास या भ्रम हुन्छ
आँखालाई
तर जब सत्य देखिन्छ
अनि पीडा पोखिन्छ
किनकि,
यी आँखाले
तिमी कसैको नभएको हेर्न सक्ला
तर तिमी कसैको भएको देख्न सक्दैन।

12/02/2024

"माया" यदि
स्त्री लिङ्ग जनाउने नाम भए
माया बस्छे, माया बस्छिन् , माया बस्नुहुन्छ, माया बसी हुन्छ
तर यदि "माया"
प्रेम भाब बुझाउने शब्द हो भने
माया बस्छ, माया बस्यो, माया बसेछ हुन्छ
किनकि
मायामा लिङ्ग, जाति, धर्म, ठूलो, सानो केही पनि हुदैन
मायामा केवल "माया" मात्र हुन्छ।

©एस.के.

07/02/2024

भनिन्छ केही पाउन केही गुमाउनु पर्छ
हो, साँचो रहेछ
मैले पीडा पाउन तिमीलाई गुमाए
अनि आँसु पाउन आँखालाई गुमाए
पाउँदा खुसी हुनु पर्ने हो
तर म पाएर पनि दुखी छु
जिन्दगीमा कति कुरा चाहेर पनि पाइन
कति कुरा जिन्दगीमा पाएर पनि चाहिन
मैले तिमीलाई चाहे
तर तिमीलाई अरुले पायो
कस्तो अनौठो छ यो मन
कस्तो उल्टो घुम्छ यो मनको गति
कस्तो उल्टो चल्छ यो मायाको घडी
मलाई तिमी मन पर्छ, तिमीलाई अरु मन पर्छ
म तिमीलाई माया गर्छु, तिमी अरुलाई माया गर्छौ
तर माया त मायै हो
जुन अजम्बरी छ, नम्बरी छ।

©एस.के.

03/02/2024

यहाँ दिन ढलेको हो कि
रात उठेको हो?
सूर्य अस्ताएको हो कि
जून उदाएको हो?
यो समयको खेल समयलाई नै छोडिदिउ
जसरी खेलमा हार र जित हुन्छ,
समयको खेलमा एक पछि अर्को आउने रहेछ
म अहिले जिउँदो छु,
समय पनि जिउँदो छ
ऊ मेरो लागि केही परिवर्तन ल्याउने ध्यानमा छ
जसरी दिनले रात लिएर आउँछ
अनि रातले दिन लिएर आउँछ
म त्यो दिनको पर्खाइमा छु।

©एस.के.

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Naya Bihani posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Naya Bihani:

Share