News Nepal HD

News Nepal HD Official facebook Page of www.newsnepalhd.com
(5)

खाडीमा फेरी तनाव चर्कियो : अमेरिकी आक्रमणमा इरानका तीन तेल ट्यांकर ध्वस्तकाठमाडौं । संयुक्त राज्य अमेरिकाले इरानका तीनवट...
06/09/2026

खाडीमा फेरी तनाव चर्कियो : अमेरिकी आक्रमणमा इरानका तीन तेल ट्यांकर ध्वस्त

काठमाडौं । संयुक्त राज्य अमेरिकाले इरानका तीनवटा तेल ट्यांकरमा सैन्य आक्रमण गरी ध्वस्त पारेको दाबी गरेको छ । अमेरिकी सेन्ट्रल कमाण्डले शनिबार गरिएको आक्रमणमा एम÷टी काइलो गल्फ अफ ओमानमा डुबेको भिडियो सार्वजनिक गर्दै इरानलाई अमेरिकी नौसैनिक जहाजमाथि आक्रमण गरे थप कडा आर्थिक मूल्य चुकाउनुपर्ने चेतावनी दिएको हो ।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजीसी) ले गस्तीमा रहेका अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि जवाफी कारबाही गरिएको थियो । अमेरिकी विमानवाहक युद्धपोत र निर्देशित क्षेप्यास्त्र बोकेको विध्वंसक जहाजले ती आक्रमण छल्न सफल भएको र कुनै पनि अमेरिकी सैनिक घाइते नभएको दाबी गरिएको छ ।

अमेरिकी सेनाले एम÷टी डाउनी लाई खार्ग टापुनजिक, एम÷टी स्टार्क–१ लाई जास्कनजिक स्थायी रूपमा निष्क्रिय बनाइएको तथा एम÷टी काइलो गल्फ अफ ओमानमा डुबाइएको जनाएको छ । आक्रमणअघि चालक दललाई जहाज छाड्न निर्देशन दिइएको सेन्ट्रल कमाण्डले उल्लेख गरेको छ ।

अमेरिकी रक्षा सचिव पिट हेगसेथले इरानले अमेरिकी नौसेनालाई निशाना बनाए त्यसका तेल ट्यांकरहरू नष्ट गरिने चेतावनी दिएका छन् । ‘यदि इरानले अमेरिकी जहाजमाथि गोली चलायो भने हामी उसका तेल ट्यांकरहरू डुबाइदिन्छौ ं। त्यसो हुन नदिन उनीहरूले अमेरिकी नौसेनामाथि आक्रमण नगरे पुग्छ,‘उनले एक्समा लेखेका छन् ।

सेन्ट्रल कमाण्डका कमाण्डर ब्राड कुपरले ती तीन ट्यांकर आइआरजीसी र त्यससँग आबद्ध क्षेत्रीय समूहहरूलाई आर्थिक स्रोत उपलब्ध गराउने बहु–अर्ब डलरको ‘छायाँ सञ्जाल’ को हिस्सा रहेको दाबी गरे ।

यता इरानको विदेश मन्त्रालयले अमेरिकी आक्रमणको कडा निन्दा गर्दै यसलाई संयुक्त राष्ट्रसंघको बडापत्रको धारा २(४) को उल्लंघन, युद्ध अपराध तथा अन्तर्राष्ट्रिय शान्ति, समुद्री व्यापार र सुरक्षामाथिको खतरा भएको जनाएको छ ।

मन्त्रालयले यसलाई इरानविरुद्ध जारी अमेरिकी सैन्य आक्रामकता, नौसैनिक नाकाबन्दी र आर्थिक युद्धको निरन्तरता भएको आरोप पनि लगाएको छ । अमेरिका र इरानबीचको यो घटनाले खाडी क्षेत्रमा सैन्य तनाव थप चर्किने संकेत देखिएको छ । एएनआई

बाढी प्रभावित आमाबुबालाई प्रधानमन्त्रीको सन्देश : तपाईँहरू एक्लो हुनुहुन्न, राज्य र सरकार साथमा छकाठमाडौं । प्रधानमन्त्र...
06/09/2026

बाढी प्रभावित आमाबुबालाई प्रधानमन्त्रीको सन्देश : तपाईँहरू एक्लो हुनुहुन्न, राज्य र सरकार साथमा छ

काठमाडौं । प्रधानमन्त्री वालेन शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य र सरकार उनीहरूको साथमा रहेको बताएका छन् । शनिबार आज सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले भनेका छन्, ‘तपाईँहरू एक्लो हुनुहुन्न, राज्य तपाईँको साथमा छ, सरकार तपाईँको साथमा छ ।’

‘बाढी प्रभावित क्षेत्र, नुवाकोटको विदुर–१० बेत्रावतीमा आज सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको खबरले सिङ्गो देशलाई नै आशा दिएको छ’, उनले भने, ‘यो खबर खोज तथा उद्धारमा हामी अझै डटेर लागिरहेका छौँ भन्ने सन्देश पनि हो ।’

सरकारले चन्द्रिका आमाको उमेर समूहका र त्योभन्दा माथिल्लो उमेरका धेरै आमाबुबालाई प्रभावित क्षेत्रबाट उद्धार गरिसकेको प्रधानमन्त्रीले उल्लेख गरे ।

बाढीका क्रममा कतिपय आमाबुबाले आफ्नो ज्यानकोसमेत परवाह नगरी कापिरहेका हातले नातिनातिनालाई च्यापेर डाँडातिर भागेर ज्यान जोगाउनुपरेको उल्लेख गर्दै उनले जीवनको उत्तरार्धमा यस्ता कठिन परिस्थिति भोग्नुपरेको बताए । लौरो नटेकी दुई पाइला सर्न नसक्ने गोडामा पनि त्यस्तो बेला आफ्ना सन्तान बचाउने अनौठो हिम्मत आएको उनको भनाइ छ ।

बाढीका कारण वृद्धाश्रममा बसिरहेका आमाबुबासमेत सुरक्षित स्थानतर्फ भाग्नुपरेको प्रधानमन्त्रीले उल्लेख गरे ।

‘बाढी आउनुअघिसम्म हजुर आफ्नै घरको आँगनमा बसेर नदी किनारामा रहेको खेतबारीमा छोराछोरीले काम गरिरहेको हेरिरहनुभएको थियो होला,’ सन्देशमा भनिएको छ, ‘नातिनातिनाहरू हात हल्लाउँदै विद्यालय गएको हेरिबस्नुहुन्थ्यो होला । उनीहरू आउने पर्खाइमा बाटोमा नजर लगाइरहनुहुन्थ्यो होला ।’

चौतारीमा बसेर छिमेकीसँग वर्षौँदेखिका दुःखसुख, अनुभव र ज्ञान बाँड्ने ज्येष्ठ नागरिकको दैनिकीसमेत बाढीले प्रभावित बनाएको उनले उल्लेख गरे । बाढीका कारण कतिपयले आफ्नै आँखाअगाडि छोराछोरी र काँधमा हुर्काएका नातिनातिना बगेको हेर्न विवश हुनुपरेको तथा कतिपयले जीवनसाथी गुमाएर पूर्णतः एक्लो हुनुपरेको प्रधानमन्त्रीले बताए । नुवाकोटको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान, विदुर भवन बाढीबाट क्षतिग्रस्त भएपछि त्यहाँ रहेका सात जना आमाबुबालाई नेपाल सिनियर केयर, म्हैकी, काठमाडौंमा तथा १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिइएको उनले जानकारी दिए ।

05/09/2026

प्रचण्डले भने– ‘करबल र त्रास देखाएर राज्य चल्दैन

05/09/2026

उद्धारमा खटिएका प्रहरीलाई कार्कीको निर्देशन : कुनै कसर बाँकी नराख्नु, काम पारदर्शी गर्नु

देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध (विवरणसहित)काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न...
05/09/2026

देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध (विवरणसहित)

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज (शनिबार) बिहान ६ः३० बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन र बैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ ।

काठमाडौं धादिङको चन्द्रागिरी नगरपालीका २ चिसापानी पहिरोका कारण अवरुद्ध भएको सडक खण्डमा एकतर्फी सुचारु भएको छ ।

बिपी राजमार्गको खुर्कोट—नेपालथोक—कटुन्जेबेँसी खण्डमा सवारी सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको मूल्यांकन गरेर मात्र सवारी सञ्चालन गरिने छ ।

रसुवाको उत्तरगया गाउँपालिका—५ खाल्टेमा बाढीका कारण त्रिशुली—मैलुङ्ग—स्याफ्रुबेसी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ ।

मुख्य राजमार्ग सबै अर्के सूचना जारी नभएसम्मको लागि पुर्न रुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

शिवपुरी गाउपालिका ८ घट्टेखोला टोखा छहरे सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ । राति १० बजे देखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको हो ।

सामूहिक तस्बिर खिचाउँदै त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द (तस्विरहरु)
04/09/2026

सामूहिक तस्बिर खिचाउँदै त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द (तस्विरहरु)

04/09/2026

के भइरहेको छ त्रिशूली–३ ‘ए’ मा? उद्धार टोलीले बतायो यस्तो अवस्था
Rastriya Swatantra Party - RSP ゚

04/09/2026

कपडाले पानी छानेर पिउँदै आफ्नो ज्यान बचाएका थिए सञ्जयले
Rastriya Swatantra Party - RSP

04/09/2026

पीडितलाई राहत पुर्‍याउने ओलीको दाबी, ‘हाम्रा कार्यकर्ताले सिधै बाँड्छन्’
Rastriya Swatantra Party - RSP

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा देखियो यस्तो दृश्य, दर्शन गर्न बिहानैदेखि भीड
04/09/2026

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा देखियो यस्तो दृश्य, दर्शन गर्न बिहानैदेखि भीड

Address

Kathmandu
Kathmandu
44611

Alerts

Be the first to know and let us send you an email when News Nepal HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News Nepal HD:

Shortcuts

Share