Yaatra khabar यात्रा खबर

Yaatra khabar यात्रा खबर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Yaatra khabar यात्रा खबर, Media/News Company, Kathmandu.

22 अर्ब बिल नतिर्दा पनि लाइन जोड्न ठाडो निर्देशन दिने केपि ओली गरिब जनताको घरमा ५००० मै लाइन काट्ने निर्देशन दिने कस्तो ...
20/07/2024

22 अर्ब बिल नतिर्दा पनि लाइन जोड्न ठाडो निर्देशन दिने केपि ओली गरिब जनताको घरमा ५००० मै लाइन काट्ने निर्देशन दिने कस्तो सरकार हो
हेरौ कुन उद्याेग काे कति बिल छ !!

१) बाबा जूट मिल्स Rs. 56.1 मिलियन
२) निगाले सिमेन्ट Rs. 142.1 मिलिय
३) त्रिवेणी सिंथेटिक यार्न इन्डस्ट्रिज Rs. 156.6 मिलियन
४) हिमाल आइरन एन्ड स्टील Rs. 81.3 मिलियन
५) जगदम्बा इन्टरप्राइजेज Rs. 476.6 मिलियन
६) हामा आइरन Rs. 115.5 मिलियन
७) एभरेस्ट पेपर मिल्स Rs. 213.6 मिलियन
८) कोसमोस सिमेन्ट Rs. 358.2 मिलियन
९) शुभश्री अग्नि सिमेन्ट Rs. 381 मिलियन
१०) जगदम्बा सिंथेटिक Rs. 475.3 मिलियन
११) घराना फूड्स Rs. 50.9 मिलियन
१२) सिद्धार्थ PET प्लास्ट Rs. 52.4 मिलियन
१३) बुटवल सिमेन्ट Rs. 329.8 मिलियन
१४) नारायणी इस्पात Rs. 784.9 मिलियन
१५) जगदम्बा स्टील्स Rs. 4.14 बिलियन
१६) रिलायन्स स्पिनिङ मिल्स Rs. 1.94 बिलियन
१७) घोराही सिमेन्ट Rs. 1.36 बिलियन
१८) अर्घाखाँची सिमेन्ट Rs. 1.3 बिलियन

कुल २२.२४ अर्ब रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ !!

Moment of Proud: भारतको राजस्थान सरकारका Governor ( राजपाल) को हातबाट  नेपालका सामाजिक अभियन्ता, Envernoment activist  त...
06/07/2024

Moment of Proud: भारतको राजस्थान सरकारका Governor ( राजपाल) को हातबाट नेपालका सामाजिक अभियन्ता, Envernoment activist तथा YNPD, Nepal को Executive Director श्री गौतम राज शर्मा ज्यू " कल्पवृक्ष सम्मान २०२४" बाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई सहित थप सफल्ताको सुभकामना व्यक्त गर्दछौँ!

मुख्यमन्त्री सिंहले पाए विश्वासको मत, पक्षमा ६७ विपक्षमा ३४मधेस प्रदेशको मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत पाएका छन्...
06/07/2024

मुख्यमन्त्री सिंहले पाए विश्वासको मत, पक्षमा ६७ विपक्षमा ३४

मधेस प्रदेशको मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत पाएका छन् । उनले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव सभामुखले मत विभाजनपछि निणयार्थ प्रस्तुत गर्दा ६७ सांसदको विश्वासको मत पाएका हुन् ।

१ सय ७ प्रदेश सांसद रहेको मधेश प्रदेशसभामा मुख्यमन्त्री सिंहलाई विश्वासको मतका लागि ५४ जनाको समर्थन आवश्यक पर्छ तर मुख्यमन्त्रीले त्यो भन्दा बढी अर्थात ६७ सांसदको मत पाएका हुन् । उनको विपक्षमा ३४ मत परेको हो । बैठकमा १०१ जना सांसद उपस्थित थिए ।

गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतले आज असार १८ गते सुनुवाइ गर्ने भएको छ । ठगी प्रकरणमा ...
02/07/2024

गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतले आज असार १८ गते सुनुवाइ गर्ने भएको छ । ठगी प्रकरणमा लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी दायर रिट निवेदनमा सुनवाई हुन लागेको हो !!

प्रदेश प्रमुख द्वारा सतीश कुमार सिंहलाई मुख्यमंत्री पदमा नियुक्त गरिएको प्रेस विज्ञप्ति:
07/06/2024

प्रदेश प्रमुख द्वारा सतीश कुमार सिंहलाई मुख्यमंत्री पदमा नियुक्त गरिएको प्रेस विज्ञप्ति:

मधेशका मुख्यमन्त्री यादव 'आजै रातिदेखि पदमुक्त' हुने जनकपुर —विश्वासको मत सार्ने प्रस्ताव गरेका मधेश प्रदेशका मुख्यमन्त्...
05/06/2024

मधेशका मुख्यमन्त्री यादव 'आजै रातिदेखि पदमुक्त' हुने

जनकपुर —विश्वासको मत सार्ने प्रस्ताव गरेका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार राति १२ बजेपछि स्वतः पदमुक्त हुने भएका छन् । मुख्यमन्त्री पदमुक्त भएसँगै बिहीबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्ने तयारीमा छन् ।

मुख्यमन्त्री यादव आबद्ध रहेको जनता समाजवादी पार्टी नेपाल विभाजन भएको बुधबार राति १२ बजे ठ्याक्कै ३० दिन पुग्दैछ । संविधानको धारा १८८ को २ मा मुख्यमन्त्री आबद्ध रहेको दल विभाजन भएमा त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

मुख्यमन्त्री यादवले बुधबार अपराह्न ३ बजे विश्वासको मत लिने तयारी गरे पनि ‘स्वास्थ्य’को कारण देखाउँदै जेठ २८ गते सार्न प्रदेशसभा सचिवालयलाई पत्र लेखेका छन् । मुख्यमन्त्री यादवले लेखेको पत्रबारे सभामुख रामचन्द्र मण्डल भने कानुनी परामर्शमा छन् ।

‘मुख्यमन्त्री आबद्ध दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ,’ प्रदेश प्रमुख कार्यालय स्रोतले भन्यो,‘उहाँ आज(बुधबार) विश्वासको मत लिनुभएन भने राति १२ बजेपछि स्वतः पदमुक्त हुनुहुनेछ ।’

तर, मुख्यमन्त्री यादवले वैशाख ३० गते एमाले–माओवादीले समर्थन फिर्ता लिएकाले त्यो मितिअनुसार विश्वासको मत लिन जेठ २८ गते समय मागेको हो ।

तर, प्रदेश प्रमुख भण्डारीले भने मुख्यमन्त्री यादव आजै राति स्वतः पदमुक्त भएपछि बिहीबार संविधानको धारा १६८ को २ बमोजिक एक वा दुई भन्दा बढी दलको बहुमतमा नयाँ सरकार गठनका लागि आह्वानको तयारीमा छन् । ‘प्रदेश प्रमुखले कानुनी व्यवस्थाहरू हेर्दै हुनुहुन्छ,’ प्रदेश प्रमुख भण्डारीकी स्वकीय सचिव टिकाराम उप्रेतीले कान्तिपुरसँग भने,‘बिहीबार प्रदेश प्रमुखज्यूले नयाँ सरकार गठनका लागि आह्वान गर्दै हुनुहुन्छ ।’

मुख्यमन्त्री यादवको दल जसपा नेपालका मधेश प्रदेशका प्रमुख सचेतक रामआशिष यादवले दल विभाजनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा थाँती रहेकाले त्यसैलाई आधार बनाएर पदमुक्त नहुने तर्क गरे ।

मेयर बालेन साहा लेख्छन् :१० हजार करोड को कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू ।झापा गि...
03/06/2024

मेयर बालेन साहा लेख्छन् :
१० हजार करोड को कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू ।

झापा गिरिबन्धुमा बैना लिनेहरूलाई "दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं " भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।

यहि १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ ।

अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।

अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।

मधेस प्रदेश आ व ०८१/८२समपुरक, बिशेष अनुदान शुन्य।यो निति हो हाम्रो  केन्द्रिय सरकारको। मधेसलाई हेर्ने दृस्ठिकोण केन्द्रि...
01/06/2024

मधेस प्रदेश आ व ०८१/८२समपुरक, बिशेष अनुदान शुन्य।
यो निति हो हाम्रो केन्द्रिय सरकारको। मधेसलाई हेर्ने दृस्ठिकोण केन्द्रिय सरकारको।

Beautiful Gate India and Nepal Border Jaleshwar Bhitamood .Jay janki maat ki 🙏🙏🙏🙏🙏
01/06/2024

Beautiful Gate India and Nepal Border Jaleshwar Bhitamood .
Jay janki maat ki 🙏🙏🙏🙏🙏

मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ ।यसमा लोसापाको नाम आए पनि केही नेताले भने अनुसार यो समीक...
30/05/2024

मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ ।
यसमा लोसापाको नाम आए पनि केही नेताले भने अनुसार यो समीकरणमा लोसापा छैन रे ।

  :  #आरती_साहको शंकास्पद मृत्यु भएको घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले डीआईजी उमेशराज जोशीलाई जनकपुरमा पठाए...
08/04/2024

: #आरती_साहको शंकास्पद मृत्यु भएको घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले डीआईजी उमेशराज जोशीलाई जनकपुरमा पठाएको छ ।

जनकपुरमा रहेका एंजलस स्कुल बसकाे ठक्कर लागेर दुई जनाकाे घटना स्थलमै मृत्यु र ४ जना गम्भीर घाइते  भएकाे छ । जनकपुर-जलेश्व...
03/03/2024

जनकपुरमा रहेका एंजलस स्कुल बसकाे ठक्कर लागेर दुई जनाकाे घटना स्थलमै मृत्यु र ४ जना गम्भीर घाइते भएकाे छ । जनकपुर-जलेश्वर सडकखण्डमा आज विहान जनकपुरधाम उप-महानगरपालिका २३ वि्नधी स्थित घटना भएकाे हाे ।

Address

Kathmandu

Telephone

+9779869007770

Website

Alerts

Be the first to know and let us send you an email when Yaatra khabar यात्रा खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share