30/08/2026
*रसुवा बाढीको अपडेट (२०८३ भाद्र १४ गते ०७०० बजे) ...*
रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका हेलिकप्टरद्वारा मिति २०८३ भाद्र १४ गते ०७०० बजेसम्म टिमुरे, स्याफ्रुवेशी, धुन्चे तथा मैलुङ इलाकाहरुबाट नेपाली सेनाका हवाई साधनमार्फत विदेशी नागरिक २१६ (१२१ भारतीय, ४ जर्मन, ७२ चिनिया, २ अमेरिकन, २ इटालियन, १ ओमान, १५ कोरियन) जना सहित २४९७ जना र स्थल उद्धार २०० जना गरी जम्मा २६९७ जनाको उद्धार गरिएको छ। प्रभावित जिल्लाहरूमा नेपाली सेनाको करिब ८ हजार ३ सयभन्दा बढी फौज खटिई समन्वयात्मक रूपमा कार्य गरिरहेको।
विभिन्न उपकरणहरूको प्रयोग गरी हाइड्रो पावरका टनेलहरूको प्रवेशद्वार पत्ता लगाउने क्रममा त्रिशुलि हाईड्रो पावरको 3A टनेलको प्रवेशद्वार पत्ता लगाउन रातभर भईरहेको कार्यको दौरान राती २ बजे पश्चात ठूलो बर्षात र खोलाको सतह बढी खाडलमा समेत पानी भरिएकोले कार्य केही समय रोकिएको।