Fresh Nepali Samachar

Fresh Nepali Samachar Fresh Nepali Samachar ले सत्य, तथ्य र निश्पक्ष समाचार सम्प्रेषण गर्दछ ।

17/07/2022

आईसीसी पुरुष क्रिकेट विश्व कप लिग २ मा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय २९ रनको लक्ष्य स्कटल्याण्डले १९ ओभरमा मात्र २ विकेट गुमाएर पछ्याएको हो ।

स्कटल्याण्डलाई जीत दिलाउन क्यालम म्याकलियोडले सर्वाधिक ६४ रनको योगदान दिए । उनले मात्र २९ बलमा १० चौका र ३ छक्का प्रहार गरे । त्यस्तै ओपनर कायल कोएटजरले ४४ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३५.५ ओभरमा सबै विकेट गुमाउँदै १२८ रन बनाएको थियो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाए भने कप्तान सन्दीप लामिछानेले २२ रन बनाए । विनोद भण्डारीले १३ रनको योगदान दिए ।

स्कटल्याण्डका लागि हाम्जा ताहिरले ४ तथा मार्क वाटले ३ विकेट लिए । ग्याभिन मेनले २ विकेट लिए ।

17/07/2022

सप्तरीमा स्कुटी दुर्घटना हुँदा एकजना स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

बलान बिहुल गाउँपालिका वडा नम्बर ६ रौतहटस्थित स्वास्थ्य चौकीमा कार्यरत सप्तरीकै शम्भुनाथ नगरपालिका १० बस्ने अहेब राजकुमारी साहको स्कुटी दुर्घटनामा मृत्यु भएको हो ।

17/07/2022

डा. दुर्गाबहादुर सुवेदी जापानका लागि राजदूतमा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सुवेदीलाई आज जापानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज विज्ञप्ति जारी गरी सो जानकारी दिएका हुन् ।

Address

Anamnagar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Fresh Nepali Samachar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Fresh Nepali Samachar:

Share