AMG TIMES

AMG TIMES Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from AMG TIMES, News & Media Website, Kathmandu.
(2)

26/10/2025
रानी, विराटनगर – हनुमान मन्दिर 🙏“रानी हनुमान मन्दिरबाट सबैमा शान्ति र आशिष साट्ने कामना।सबैलाई सुरक्षित र सुखी जीवनको शु...
26/10/2025

रानी, विराटनगर – हनुमान मन्दिर 🙏

“रानी हनुमान मन्दिरबाट सबैमा शान्ति र आशिष साट्ने कामना।
सबैलाई सुरक्षित र सुखी जीवनको शुभकामना।”

#हनुमानमन्दिर #रानीबिराटनगर #आशिष

रोडसेस चौकमा सिटी सफारी सडक डिवाइडरमा ठोक्किएको छ।
26/10/2025

रोडसेस चौकमा सिटी सफारी सडक डिवाइडरमा ठोक्किएको छ।

संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको 'Exercise Cambrian Patrol 2025' मा स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई 'प्रधा...
26/10/2025

संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको 'Exercise Cambrian Patrol 2025' मा स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई 'प्रधानसेनापति प्रशंसा निशान' प्रदान गरिएको छ ।




लागू औषधसहित युवक नियन्त्रणमामिक्लाजुङ, कात्तिक ९ गते।मिक्लाजुङ गाउँपालिका–३ स्थित भित्री सडकको जंगलमा बसेको अवस्थामा ला...
26/10/2025

लागू औषधसहित युवक नियन्त्रणमा
मिक्लाजुङ, कात्तिक ९ गते।

मिक्लाजुङ गाउँपालिका–३ स्थित भित्री सडकको जंगलमा बसेको अवस्थामा लागू औषधसहित एक युवकलाई नियन्त्रणमा लिइएको छ।

इ.प्र.चौ. टाँडीबाट प्र.स.नि. इन्द्र राईको कमाण्डमा खटिएको गस्ती टोलीले मिति २०८२।०७।०९ गते बिहान ९:०० बजे २० वर्षका युनिश वि.क. लाई चेकजाँच गर्दा ट्रमाडोल ६७ क्याप्सुल र Dicyclomine Hydrochloride ट्याब्लेट ७९ वटा फेला परेको थियो।

उक्त युवकलाई नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

District Police Office, Morang

कारागारबाट फरार कैदी पक्राउमोरङ, कात्तिक ९ गते।भद्र कारागार काठमाडौँबाट फरार एक कैदीलाई प्रहरीले मोरङको बेलबारीबाट पक्रा...
26/10/2025

कारागारबाट फरार कैदी पक्राउ
मोरङ, कात्तिक ९ गते।

भद्र कारागार काठमाडौँबाट फरार एक कैदीलाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको छ।

बेलबारी नगरपालिका–६, हरियाली चोक बस्ने २१ वर्षीय सन्तोष नेपाली मिति २०८२।०५।२४ गते कारागारबाट फरार भएका थिए। विशेष सूचनाको आधारमा प्रहरी चौकी डाँगिहाटबाट खटिएको टोलीले उनलाई आफ्नै घरबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेको छ।

प्रहरीका अनुसार, फरार कैदीको नियन्त्रणमा लिइएको घटनाले कानूनको शासन र सुरक्षामा प्रहरीको सक्रियता झल्काएको बताइएको छ। थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

District Police Office, Morang

मोटरसाइकल चोरी गर्ने युवक पक्राउमोरङ, कात्तिक ९ गते।मोरङको ग्रामथान गाउँपालिका–५ बाट मोटरसाइकल चोरी गरी भाग्ने क्रममा एक...
26/10/2025

मोटरसाइकल चोरी गर्ने युवक पक्राउ
मोरङ, कात्तिक ९ गते।

मोरङको ग्रामथान गाउँपालिका–५ बाट मोटरसाइकल चोरी गरी भाग्ने क्रममा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मुरलीधर नायकको घरअगाडि पार्किङ गरी राखिएको को.१४ प.२६६१ नम्बरको मोटरसाइकल जिल्ला मोरङ बुढीगंगा गाउँपालिका–६ बस्ने करिब २५ वर्षीय निरज सरदारले चोरी गरी भाग्ने क्रममा प्रहरीको टोलीले पक्राउ गरेको हो।

प्रहरी चौकी तेतरीयाबाट प्र.स.नि. टंकबहादुर खत्रीको कमाण्डमा खटिएको टोलीले सरदारलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हरैंचामा बुझाएको जनाएको छ।
घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको मोरङ प्रहरीले जानकारी दिएको छ।

District Police Office, Morang

मोरङको विराटनगरमा हराएको मोटरसाइकल प्रहरीले फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ। मिति २०८२।०७।०९ गते बिहान विराटनगर महा...
26/10/2025

मोरङको विराटनगरमा हराएको मोटरसाइकल प्रहरीले फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ। मिति २०८२।०७।०९ गते बिहान विराटनगर महानगरपालिका–१४ बस्ने जीत बहादुर श्रेष्ठको को.३७ प.४८१० नम्बरको मोटरसाइकल घरको पार्किङबाट हराएको भन्ने सूचनापछि इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले खोजतलास थालेको थियो।

तलासीका क्रममा उक्त मोटरसाइकल विराटनगर–१७ लाईन क्वार्टर क्षेत्रमा वेवारीसे अवस्थामा फेला परेपछि प्रहरीले सवारी धनी जीत बहादुर श्रेष्ठलाई जिम्मा दिएको जनाएको छ।
प्रहरीले स्थानीय समुदायलाई पनि हराएका सवारीसाधन वा शंकास्पद वस्तु देखिएमा तुरुन्तै नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।

District Police Office, Morang
Kabin Rai

#नेपालप्रहरी

कर्फ्यु पूर्व तयारी अभ्यास सम्पन्नमोरङको विराटनगरमा सुरक्षाकर्मीहरूले संयुक्त रूपमा कर्फ्यु पूर्व तयारी अभ्यास सम्पन्न ग...
26/10/2025

कर्फ्यु पूर्व तयारी अभ्यास सम्पन्न
मोरङको विराटनगरमा सुरक्षाकर्मीहरूले संयुक्त रूपमा कर्फ्यु पूर्व तयारी अभ्यास सम्पन्न गरेका छन्। मिति २०८२।०७।०९ गते विराटनगर महानगरपालिका–४ स्थित नेपाल आयल निगम परिसर र वडा नं. ३ स्थित प्रदेश प्रमुखको निवास अगाडि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी करिब ४० जना सुरक्षाकर्मीहरूको सहभागितामा उक्त अभ्यास सम्पन्न भएको हो।

संयुक्त अभ्यासको उद्देश्य सम्भावित संवेदनशील अवस्थाको पूर्वतयारी र सुरक्षात्मक समन्वय सुदृढ गर्नु रहेको बताइएको छ।

District Police Office, Morang
Nepal Police
जिल्ला प्रशासन कार्यालय मोरङ

छठ पर्वको अवसरमा पूजा हुने विभिन्न पोखरीहरुमा सरसफाई गर्दै नेपाल प्रहरी ।Nepal Police        #नेपालप्रहरी
26/10/2025

छठ पर्वको अवसरमा पूजा हुने विभिन्न पोखरीहरुमा सरसफाई गर्दै नेपाल प्रहरी ।

Nepal Police

#नेपालप्रहरी

चाडपर्वको समयमा जिल्ला प्रहरी कार्यालय मोरङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले विराटनगरको राजवंशी चो...
26/10/2025

चाडपर्वको समयमा जिल्ला प्रहरी कार्यालय मोरङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले विराटनगरको राजवंशी चोकमा मापसे चेकजाँच सञ्चालन गरेको छ। सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित यातायात सुनिश्चित गर्ने अभियानलाई थप प्रभावकारी रूपमा अघि बढाइएको प्रहरीले जनाएको छ।

District Police Office, Morang
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ
Nepal Police

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when AMG TIMES posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to AMG TIMES:

Share