AMG TIMES

AMG TIMES Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from AMG TIMES, News & Media Website, Kathmandu.
(3)

ताप्लेजुङका महिलाहरूको अगुवाइमा रसुवाको भोटेकोशीमा आएको बाढीबाट मृत्यु भएकाहरूको सम्झनामा आइतबार साँझ ताप्लेजुङमा दीप प्...
06/09/2026

ताप्लेजुङका महिलाहरूको अगुवाइमा रसुवाको भोटेकोशीमा आएको बाढीबाट मृत्यु भएकाहरूको सम्झनामा आइतबार साँझ ताप्लेजुङमा दीप प्रज्वलन गर्दै ।
तस्बिरः सन्तोष पुर्कुटी

#ताप्लेजुङ #रसुवा #भोटेकोशी #बाढी #दीपप्रज्वलन #श्रद्धाञ्जली #महिला #सम्झना #नेपाल

बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डर फिर्ता गर्न प्रहरीको आग्रह.......मुग्लिङ । बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डर सुरक्...
06/09/2026

बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डर फिर्ता गर्न प्रहरीको आग्रह.......

मुग्लिङ । बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डर सुरक्षित रूपमा निकालेर राखेका व्यक्तिहरूलाई प्रहरीले सम्बन्धित निकायमा फिर्ता गर्न आग्रह गरेको छ।

प्रहरीले माइकिङमार्फत सिलिन्डरहरू इमानदारीपूर्वक फिर्ता गर्न आग्रह गर्दै फिर्ता नगरे कानुनी कारबाही गर्न बाध्य हुने जनाएको थियो।

प्रहरीको आग्रहपछि मुग्लिङ बजारमा बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डरहरू जम्मा भएका छन्।

पीडामा रहेका नागरिकको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्छ : प्रधानमन्त्री......काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफन्त ...
06/09/2026

पीडामा रहेका नागरिकको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्छ : प्रधानमन्त्री......

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफन्त गुमाएका तथा गहिरो पीडामा रहेका नागरिकहरूको आक्रोशलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन्।

प्रधानमन्त्री शाहले एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश उनीहरूको गहिरो पीडा व्यक्त गर्ने माध्यमसमेत हुन सक्ने उल्लेख गरेका छन्। उनले यस्तो अवस्थामा पीडित नागरिकका भावनालाई संयमतापूर्वक सुन्नुपर्नेमा जोड दिएका छन्।

संवेदनशील परिस्थितिमा पीडामा रहेका मानिसहरूमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने वा थप पीडा दिने प्रयासप्रति सरकार कडा रूपमा प्रस्तुत हुने चेतावनीसमेत उनले दिएका छन्।

#प्रधानमन्त्री #पीडितकोसम्मान #समाचार

अपराधसम्बन्धी कार्यक्रमकी चर्चित प्रस्तोता नै लागुऔषध र हतियार धन्दामा: इजिप्टको अदालतद्वारा सारा खलिफासहित १२ जनालाई मृ...
06/09/2026

अपराधसम्बन्धी कार्यक्रमकी चर्चित प्रस्तोता नै लागुऔषध र हतियार धन्दामा: इजिप्टको अदालतद्वारा सारा खलिफासहित १२ जनालाई मृत्युदण्डको फैसला …………………….

काठमाडौँ । पर्दाअघि अपराध र सुरक्षासम्बन्धी कार्यक्रम ‘मिसन इम्पोसिबल’ सञ्चालन गर्दै आएकी इजिप्टकी चर्चित टेलिभिजन प्रस्तोता ३९ वर्षीया सारा खलिफा र उनी सम्बद्ध आपराधिक गिरोहका अन्य ११ जनालाई इजिप्टको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।

इजिप्टको सरकारी अखबार अल अकरम र बीबीसीका अनुसार खलिफा र उनी संलग्न गिरोहमाथि विदेशबाट लागुऔषध बनाउने कच्चा पदार्थ आयात गरी इजिप्टभित्रै अवैध लागुऔषध उत्पादन तथा बिक्री-वितरण गरेको गम्भीर आरोप पुष्टि भएको छ।

७५० किलोभन्दा बढी लागुऔषध र अवैध हतियार बरामद
अभियोजन पक्षले अदालतसमक्ष पेस गरेको प्रतिवेदनअनुसार सुरक्षा निकायले छापा मार्ने क्रममा उक्त गिरोहको कब्जाबाट ७५० किलोभन्दा बढी घातक लागुऔषध, त्यसलाई तयार पार्न प्रयोग गरिने कच्चा पदार्थ र इजाजतपत्र नभएका अवैध हातहतियार तथा गोलीगट्टा बरामद गरेको थियो।

सरकारी वकिलहरूका अनुसार २० जना साक्षीको बयान, गुप्त फोन संवाद (कल डिटेल) र भिडियो फुटेजजस्ता प्राविधिक प्रमाणका आधारमा अदालतले उनीहरूलाई दोषी ठहर गरेको हो।

धार्मिक गुरु ‘ग्रान्ड मुफ्ती’को परामर्शपछि फैसला पुष्टि
स्थानीय अदालतले अघिल्लो महिना नै यस केसमा प्रारम्भिक फैसला सुनाएको भए पनि इजिप्टको कानुनी प्रक्रियाअनुसार अन्तिम निर्णयअघि मुख्य धार्मिक गुरु ‘ग्रान्ड मुफ्ती’को राय मागिएको थियो। धार्मिक निकायबाट राय प्राप्त भएपछि मात्र अदालतले मृत्युदण्डको फैसलालाई आधिकारिक रूपमा सुनिश्चित गरेको हो।

प्रस्तोता खलिफाद्वारा आरोप अस्वीकार, पुनरावेदनको बाटो बाँकी
टिभी प्रस्तोता सारा खलिफाले भने आफूमाथि लगाइएका सबै आरोपहरू सुरुदेखि नै अस्वीकार गर्दै आएकी छन्। स्थानीय कानुनअनुसार यो फैसला अन्तिम भने होइन—अभियुक्तहरूलाई फैसलाविरुद्ध माथिल्लो अदालत (Court of Cassation) मा पुनरावेदन गर्ने अधिकार अझै सुरक्षित छ।

नेतृत्व आफैं मैदानमा उत्रिँदा बढ्यो प्रहरीको मनोबल ! विपद्को घडीमा नागरिकको सुरक्षाका लागि अग्रमोर्चामै कमान्ड…………..विपद...
06/09/2026

नेतृत्व आफैं मैदानमा उत्रिँदा बढ्यो प्रहरीको मनोबल ! विपद्को घडीमा नागरिकको सुरक्षाका लागि अग्रमोर्चामै कमान्ड…………..

विपद्को कठिन घडीमा आदेश दिने मात्र होइन, नेतृत्व आफैं उद्धारस्थलमा पुगेर अग्रमोर्चामा उत्रिँदा सुरक्षाकर्मीहरूको मनोबल थप उच्च भएको छ।

उद्धार र राहत कार्यमा खटिएका प्रहरी कर्मचारीलाई नेतृत्वको प्रत्यक्ष साथ र उपस्थितिले “हामी एक्ला छैनौँ, हाम्रो नेतृत्व हाम्रो साथमै छ” भन्ने बलियो सन्देश दिएको देखिन्छ।

विपद्को समयमा नागरिकको जीवन रक्षा र सुरक्षा नै पहिलो प्राथमिकता हो। यही जिम्मेवारीलाई आत्मसात् गर्दै नेतृत्व तहबाट भइरहेको स्थलगत अनुगमन, निर्देशन र सक्रिय सहभागिताले उद्धार तथा राहत कार्यलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउने विश्वास गरिएको छ।

संकटको समयमा साँचो नेतृत्व कुर्सीमा बसेर देखिँदैन—जोखिमका बीचमा जनताको पीडा बुझ्न मैदानमा उत्रिएर देखिन्छ।
नागरिकको सुरक्षाका लागि दिनरात खटिने प्रहरी कर्मचारी र उनीहरूलाई हौसला दिने नेतृत्वप्रति सम्मान!

प्रहरीकै संरक्षणमा तस्करीको आरोप ! डीआईजीकै नाम जोडेर लाखौँ असुली ? सिम्रौनगढमा गम्भीर खुलासा………………..वीरगञ्ज । देशभर सुर...
06/09/2026

प्रहरीकै संरक्षणमा तस्करीको आरोप ! डीआईजीकै नाम जोडेर लाखौँ असुली ? सिम्रौनगढमा गम्भीर खुलासा………………..

वीरगञ्ज । देशभर सुरक्षा निकाय विपद् उद्धार र राहतमा व्यस्त रहेका बेला बाराको सिम्रौनगढ नाकामा भने प्रहरीकै संरक्षणमा तस्करी मौलाएको गम्भीर आरोप सार्वजनिक भएको छ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहमाथि तस्करहरूसँग सेटिङ गरी अवैध ओसारपसारलाई संरक्षण दिएको आरोप लागेको छ। स्रोतहरूले प्रहरी निरीक्षक साहले मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओम प्रसाद अधिकारीको नाम समेत जोडेर मासिक लाखौँ रुपैयाँ असुली भइरहेको दाबी गरेका छन्।

स्थानीय स्रोतका अनुसार सर्वसाधारणले घरायसी सामान ल्याउँदा कडा निगरानी र सास्ती खेप्नुपर्ने तर ठूला तस्करहरूलाई भने रातको समयमा निर्वाध रूपमा मालसामान ओसारपसार गर्न दिइएको आरोप छ। विभिन्न सीमा नाकाबाट कपडा, हार्डवेयर, कस्मेटिक, कुखुराका चल्लालगायत सामानको अवैध पैठारी तथा नेपालबाट भारततर्फ विभिन्न प्रतिबन्धित तथा अवैध वस्तुको तस्करी भइरहेको दाबी गरिएको छ।

यसअघि आर्थिक अनियमितताको आरोपमा हटाइएका एक घुमुवा प्रहरी कर्मचारीको विषयसमेत चर्चामा आएको छ। तस्करहरूसँग कार्यालयमै बोलाएर ‘महिनावारी’ तय गर्ने र प्रति तस्कर १० हजारदेखि ५० हजार रुपैयाँसम्म असुली हुने गरेको आरोप समेत स्रोतहरूले लगाएका छन्।

सबैभन्दा गम्भीर प्रश्न—यदि यी आरोप सत्य हुन् भने प्रहरीको वर्दी तस्करको ढाल बनिरहेको छ कि कानूनको रक्षा गर्ने संयन्त्र?

मिडियामा पटक–पटक समाचार र भिडियो सार्वजनिक हुँदा पनि कारबाही नभएको भन्दै स्थानीयले प्रहरी प्रधान कार्यालय र गृहमन्त्रालयसँग तत्काल निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।-सुरक्षासरोकार

06/09/2026

रथ गयो, फोहोर पनि गयो! रातारात विराटनगर सफा बनायो नेपाल फूलबारीको टोलीले....

#राधाकृष्णरथयात्रा #रथयात्रा #विराटनगर #विराटनगरन्यूज #नेपालफूलबारी #सफाइअभियान #सरसफाइ #स्वच्छविराटनगर #वातावरणसंरक्षण #फोहोरव्यवस्थापन #मानवसेवा #धार्मिकउत्सव

राप्रपा महामन्त्री शरदराज पाठकले गरे पार्टी परित्याग..........................काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (र...
06/09/2026

राप्रपा महामन्त्री शरदराज पाठकले गरे पार्टी परित्याग..........................

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टी परित्याग गरेका छन्। उनले महामन्त्रीसहित पार्टीमा आफूले सम्हाल्दै आएका सबै जिम्मेवारीबाट आजकै मितिदेखि अलग भएको घोषणा गरेका हुन्।

पाठकले विज्ञप्ति जारी गर्दै पार्टीको केन्द्रीय नेतृत्व तहमा स्थापनाकालदेखि नै रहेको आन्तरिक बेमेल र गुटगत स्वार्थबीचको संघर्षप्रति असन्तुष्टि जनाएका छन्।

उनका अनुसार भ्रष्टाचारविरुद्ध कडा धारणा प्रस्तुत गर्ने पार्टीभित्रै त्यसअनुरूपको व्यावहारिक प्रतिबद्धता र पारदर्शिताको अभाव देखिएको छ। साथै, नेतृत्व तहमा देखिएको आन्तरिक तिक्तता बढ्दै जाँदा नयाँ पुस्ताका इमानदार, शिक्षित र सचेत युवालाई पार्टीमा आकर्षित गर्न कठिन भइरहेको उनको दाबी छ।

पाठकले आफू र आफूजस्तै नयाँ रूपमा पार्टीमा जोडिएका साथीहरूले पनि उक्त अवस्थालाई परिवर्तन गर्न सक्ने सम्भावना नदेखेको बताएका छन्। यिनै कारणले आफू पार्टीका सबै जिम्मेवारीबाट अलग भएको उनको विज्ञप्तिमा उल्लेख छ।

यद्यपि, उनले राप्रपाको तल्लो तहमा रहेका नेता तथा कार्यकर्ताको निष्ठा र प्रतिबद्धताको भने प्रशंसा गरेका छन्। उनीहरूलाई उनले प्रेरणादायी र अतुलनीय प्रतिबद्धता भएका कार्यकर्ताका रूपमा उल्लेख गरेका छन्।

पाठक रविन्द्र मिश्रसँगै विवेकशील साझा पार्टीबाट राप्रपामा प्रवेश गरेका नेता हुन्। उनको पार्टी परित्यागसँगै राप्रपाको महामन्त्री पदबाट समेत उनी अलग भएका छन्।

मामाअर्थद्वारा बाढी प्रभावित परिवारका लागि २१ लाख सहयोग...............................काठमाडौं । सौन्दर्य तथा व्यक्तिगत ...
06/09/2026

मामाअर्थद्वारा बाढी प्रभावित परिवारका लागि २१ लाख सहयोग...............................

काठमाडौं । सौन्दर्य तथा व्यक्तिगत हेरचाहसम्बन्धी ब्रान्ड मामाअर्थले बाढीबाट प्रभावित नेपाली परिवारको सहयोगका लागि २१ लाख रुपैयाँ प्रदान गरेको छ।

कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने गरी सहयोग गरेको जनाएको छ। मामाअर्थ नेपालका महाप्रबन्धक शावन जायसवालले गायत्री डिस्ट्रिब्युटर्सका अध्यक्ष महेश कुमार रानसारियासहित अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।

चेक हस्तान्तरणका क्रममा महाप्रबन्धक जायसवालले नेपालले लामो समयदेखि मामाअर्थप्रति देखाउँदै आएको माया र विश्वासप्रति आभार व्यक्त गरे। उनले संकटको समयमा प्रभावित नेपाली परिवारको साथमा उभिनु आफ्नो कर्तव्य भएको बताए।

मामाअर्थले बाढीका कारण प्रभावित परिवारहरू अहिले आफ्नो जीवन पुनर्निर्माणमा जुटिरहेको उल्लेख गर्दै राहत तथा पुनर्स्थापनाका प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको जनाएको छ।

कम्पनीले प्रभावित परिवारलाई लक्षित गर्दै आफूहरू संकटको समयमा उनीहरूको साथमा रहेको सन्देशसमेत दिएको छ।

विदेशस्थित नेपाली नियोगलाई सहायता रकमका लागि छुट्टै खाता सञ्चालन गर्न निर्देशन........................काठमाडौं । सरकारले...
06/09/2026

विदेशस्थित नेपाली नियोगलाई सहायता रकमका लागि छुट्टै खाता सञ्चालन गर्न निर्देशन........................

काठमाडौं । सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि सहायता रकम संकलन गर्न छुट्टै बैंक खाता सञ्चालन गर्न निर्देशन दिएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार विदेशमा रहेका नेपाली डायस्पोरा, विदेशी नागरिक, स्थानीय संघसंस्था तथा सामुदायिक समूहबाट प्राप्त हुने राहत सहयोग रकम व्यवस्थित रूपमा संकलन गर्न यस्तो व्यवस्था गरिएको हो।

मन्त्रालयका अनुसार उद्धार कोषमा रकम सिधै पठाउँदा कारोबार सीमा वा अन्य प्रक्रियागत झन्झटका कारण समस्या हुन सक्ने भएकाले नियोगहरूलाई विद्यमान नियमअनुसार आफ्ना खातामार्फत रकम संकलन गर्न वा आवश्यकताअनुसार नयाँ खाता खोल्न निर्देशन दिइएको हो।

संकलित रकमको दैनिक अभिलेख तोकिएको ढाँचामा राख्नुपर्ने र प्रत्येक महिना तोकिएको राहत खातामा स्थानान्तरण गर्नुपर्ने व्यवस्था गरिएको छ। यसअघि विदेशस्थित नियोगबाट दैवी प्रकोप उद्धार कोषको खातामा सिधै रकम जम्मा गर्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।

यसैबीच, परराष्ट्र मन्त्रालय तथा विदेशस्थित नेपाली नियोगहरूले बाढी प्रभावित क्षेत्रको अवस्थाबारे मित्रराष्ट्रहरूसँग समन्वय गर्दै यात्रा तथा पर्यटनसम्बन्धी सूचना प्रभावित विशेष क्षेत्रमै सीमित राख्ने प्रयास भइरहेको जनाएको छ।

मन्त्रालयले बाढीबाट प्रभावित क्षेत्रबाहेक देशका अन्य क्षेत्रहरू यात्रा तथा पर्यटनका लागि खुला र सुरक्षित रहेको विषयलाई समेत स्पष्ट रूपमा जानकारी गराउने काम भइरहेको जनाएको छ।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when AMG TIMES posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to AMG TIMES:

Shortcuts

Share