Abishwar Rai

Abishwar Rai बिचारको खल नायक जीवन हो।

14/04/2024

कसरी एउटा व्यक्ती दुखबाट उठ्न सक्छ, एकपटक अवश्य पढ्नुहोस् ? —
— जति बेला उनि ५ वर्षका थिए उनले आफ्नो बुवालाई गुमाउनु पर्यो ।
— १६ वर्षको उमेरमा उनले स्कुल छोड्नु पर्यो ।
— १७ वर्षको हुँदा उनले ४ ओटा जागिरबाट निकालिनु पर्यो ।
— १८ वर्षको उमेरमा उनको विवाह भयो ।
— १९ वर्षको उमेरमा उनको छोरी जन्म्यो तर २० वर्षको उमेरमा उनको श्रीमतीले छोरीलाई साथमा लिएर पोइल गइन ।
— ४ वर्ष उनले रेलमा खलासी भएर काम गरे । तर त्यहाँ पनि टिक्न सकेनन् ।
— उनी आर्मीमा भर्ती हुन खोजे तर सकेनन् ।
— उनी कानुन पढ्न भर्ना हुन खोजे तर उनलाई भर्ना लिन मानिएन ।
— त्यसपछि इस्योरेन्स एजेन्ट बनेर हिड्न थाले तर त्यहाँ पनि टिक्न सकेनन् ।
— उनले होटलमा भाडा माझ्ने काम सुरु गरे,
— उनी जीवनमा एक्ला थिए, यसैले उनले आफ्नै छोरीलाई अपहरण गरे र श्रीमतिलाई घर फर्कन बाध्य बनाए ।
— त्यसपछि उनि होटलमा कान्छा सरह पकाउने र भाडा माझ्ने काम गर्दै रहे ।
— त्यतिन्जेल उनी बूढो भैसकेका थिए, उमेरले ६५ नाघेपछि उनले होटल छोडे । त्यो बेला उनिसँग बचतमा जम्मा १५० डलर थियो ।
— जीवनको तमाम भगदौडमा उनी अति नै थाकेका थिए, यसैके उनले आत्नहत्या गर्ने सोचे, तर त्यसमा पनि पटक पटक असफल भए ।
— तब उनले आफ्नो जीवनलाई हेर्ने दृष्टिकोण फेरे र फेरि एकपटक केही फरक गर्ने सोचे ।
— उनले आफ्नो साथीबाट ८७ डलर सापटि लिए र आफूले होटलमा काम गर्दा सिकेको सीप प्रयोग गरेर चिकन फ्राइ गरेर बेच्न सुरु गरे ।
— आफ्नो परिकारलाई लिएर रेष्टुरेन्टमा गए तर कुनैपनी रेस्टुरेन्टले यस्तो परिकार बजारमा नचल्ने भनेर बेच्न मानेनन् ।
— तर यसले निराश भएनन्, बरु उनी आफै घर घर गएर बेच्न थाले, उनको त्यो परिकार जनमानसमा खुबै मन पराइन थाल्यो ।
— उनले आफू बस्ने ठाउँ केन्टुकीबाट 'केन्टुकी फ्राइड चिकन' अर्थात KFC नाम राखेर व्यापार सुरुवात गरे ।

र, ६५ वर्षको उमेरमा आत्महत्या गर्न खोजेको यी व्यक्ती अन्तत: ८८ वर्षको उमेरसम्ममा अर्बपनी बन्न पुगे ।

हो, यी व्यक्ती हुन् हरनेल सेन्डर्स जसले जीवनमा प्रमाणीत गरे सयौं असफलता र दशौं वर्ष लागे पनि प्रयास जारी राख्नेहरू अवश्य सफल हुन्छन् ।

नेपाली गोर्खाली र सगरमाथाको देशको मान्छे भनेर अधिकांस राष्ट्रले चिनेको छ । अन्य कुनै त्यस्तो अवार्डनै पाएर संसारले चिनेक...
18/01/2023

नेपाली गोर्खाली र सगरमाथाको देशको मान्छे भनेर अधिकांस राष्ट्रले चिनेको छ । अन्य कुनै त्यस्तो अवार्डनै पाएर संसारले चिनेको त याद छैन (यानेकि एकेडेमिक बौद्धिकता) । भन्दै गर्दा म अनजान पनि भएको हुन सक्छु । साँच्ची भन्दा मैले खास त्यस्तो थाहा पाएको छैन । तर आज (वैज्ञानिक) डा. सन्दूक रुइतको कामले अन्तराष्ट्रिय स्तरको अवार्ड पाउने टुङ्गो लागेको देख्दा मन धेरै रमाएको छ । नेपालको नाम विश्व सामु चिनाएको मात्र होइन; नेपाली भएर गर्व गर्ने अबसर हामीलाई मिलेकोमा धेरै खुसी लागेको छ । 💐यहाँलाई अग्रिम बधाई तथा शुभकामना ।

Note:-
पुरस्कार
• बहराइनको प्रतिष्ठित इसा अवार्ड डा. सन्दूक रुइतले पाउने पक्का ।
• स्वर्ण पदकसहित १०💸 लाख डलर अर्थात् १३ करोड नेपाली रुपैयाँ बराबर धन राशी ।

25/12/2022

मुक्तक :- यथार्थ
मनका टुनाहरु फुस्केपछि मैले कसिन
भावनाहरू उस्तै हुने अर्थ बोकेका छन् ॥
विचारका टुसाहरु भाँचेपछि म बोलिन
तर्कहरू डुलेपछि फेरि उहीँ रहेकाछन् ॥

हरियालीमा रमाएका नजरहरु बन्दछन् ।🌲📝
31/10/2022

हरियालीमा रमाएका नजरहरु बन्दछन् ।🌲📝

वार र पिपल ॥        🌲⛱️केही समय अगाडि रोपेको वरपिपलहरु त; अब रुख भएछन् ,केही समय अगाडि बिरुवा थिए; अहिले मलाई थेग्ने भएछ...
29/10/2022

वार र पिपल ॥ 🌲⛱️
केही समय अगाडि रोपेको वरपिपलहरु त; अब रुख भएछन् ,
केही समय अगाडि बिरुवा थिए; अहिले मलाई थेग्ने भएछन्॥📝

26/09/2022

प्रयासहरूमा एक ✨📝
👇
कविताको शीर्षक :- अभिनय

कति राम्रो बानी तिम्रो वाह
बोलाउदा बोली दिन्छौ, कुरा गर्दा मुस्कान दिन्छौ॥
तुसो नभएको आशा, बोट बिनाको बृक्ष, नक्कली हासो उस्ता उस्तै॥
मन मान्ने अबस्था छैन,
अनेकन फुर्मासी मनको हुन्छ॥
म नि खुसी तिमी नि॥
समय त हामीसङ थिएन,
मन कहिले, बसाई सरि सकेछ लौन ॥

थिएन मन अल्झी रहोस्,
घाउ त निको भइसकेको हो॥
लाग्दैन चोट बल्झी रहोस्,
किन गर्यो यस्तो, बिर्सी सकेको हो॥
माया थियो, खुशी थियो र चाहाना पनि थियो सङै जीवन बिताउ॥
स-साना कुरा सल्लाह गरेरनै त गर्थ्यो,
वाहा‌ कति सुन्दर आकाश हेर्दै भनेको याद छ॥
तिमीलाई जीवन भर साथ दिनेछु,
लाग्यो, जिवनमा सबै पाए॥

पाउनु र गुमाउनु, हसानू र रुवाउनु,
उस्तै सुनेनी शब्द अर्थ फरक छ है॥
तिमिले अर्थ यहि लगायौ॥
चाख्यो,तृप्त भयो, गयौ,
तिमी साहसी छौ॥

बिर्सीसकेको छु अब नआउ,
चोट निको भई सक्यो, दाग छ त्यो पनि हराउनै लागि सक्यो॥
अब नआउ,
दाग कुनै बेला खसखसाउछ, कन्याउदिन कहिले॥
लाग्छ निको भई सक्यो,
समयले निको परि सक्यो॥
अब नआउ, म बुझ्छु तिमी सहासी छौ॥

मनै त हो, अल्झी बस्छ, मछेदिको धडियामा
वाहा अहारा आएछ, च्यप्प समातेर बसे॥
होइन आहारा, त्यो त पासो रहेछ,
निल्न सक्नुको कहाँ हुनु रहेछ॥
भित्र पत्ती बल्छी अल्झ्यो॥
फसादमा परे, उपाय एउटा थियो मर्नु,
सहास गरे‌‌ गल्ती अरूको म किन मर्नु॥
तिमी सहासी छौ॥

सुनेको छु, तिमीले घरजम गरिसक्यो अरे।
सुनेको छु, राम्रै छौ, मन थप खुसी पारे॥
मन पनि कति निठुर छ है,
समय पनि कति नीठुर छ है॥
त्यो नीठुर हुने समय कसले दियो ?
ऊ कठोर हुने अवसर कसले दियो ?
छिनो फानो त अब गर्दिन,
तिम्रै सामु पनि त पर्दिन॥

दोष दिउँ कसलाई, तिमि गईहाल्यो,
मलाई पिडा म आफैले दिए जस्तो॥
अर्थ न बर्थ गोविन्द गाई भने जस्तो,
हारेको त छैन, तर ऊर्जा पनि छैन॥
म त अब ठूलो साहस गर्छु।
आमा बुवाको खुशी भर्छु॥
रुने मान्छे नरोएसी, म रुनु किन,
हुने मान्छे नहोएसि, म झुम्नु किन॥

मुस्कान, माया र पीडा सबै दिएं विदा,
कल्पना, सोच र व्यवहार खुसी सबै लिए सीधा॥
उसले त भन्थिन् रे; कुरा कानी मात्र हो माया थिएन॥मैले त सोच्दैछु किन सीधा उत्तर दिएन,
लाज पचे पछि, कुरा सरे पछि, काम अर्कै गरे पछि,
विश्वास मरे पछि उ कति फरक॥
ठिकै छ उ जिउने पातो त राम्रै भो॥
ठिकै छ म जिउने पातो पनि त त्यस्तै भो॥

नयाँ संसार सजाउँछु, खुसीको पञ्चै बाजा बजाउछु,
आफै भित्र हराउँछु, आफैले आफैलाई मनपराउँछु॥
खुसीको कारण धेरै छन् ; सपना सजाउँछु॥
यो जुनीमा गर्नु धेरै छ; स्वयं मायाको महल बनाउँछु॥
अब त उ र म बीच सामान्य चिनजान मात्र छ॥
अब त उ र म बीच मानवताको पात्र मात्र छ॥
अभिनय।
लेखन मिति : २०७८-०५-१२

खुल्ला मनका मानिसहरू मलाई धेरै मन पर्छ । त्यही खुल्ला मनले दिएको उत्साह मात्र मेरो लागि ठूलो शक्ति हो ।
04/09/2022

खुल्ला मनका मानिसहरू मलाई धेरै मन पर्छ ।
त्यही खुल्ला मनले दिएको उत्साह मात्र मेरो लागि ठूलो शक्ति हो ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Abishwar Rai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Abishwar Rai:

Share