Purbadhar Watch

Purbadhar Watch For all things infrastructure-related in Nepal and all kind of news across the World. Follow us for daily updates. https://purbadharwatch.com/
(1)

17/04/2026

उत्कृष्ट निजामति कर्मचारीको रुपमा डेढ लाख रुपैयाँ पुरस्कार पाएका तत्कालीन उपत्यका विकास प्रधिकरणका आयुक्त डा. भाइकाजी तिवारीविरुद्ध स्रोत नखुलेको १० करोड सम्पत्ति आर्जन गरेको कसुरमा अख्तियारले बिशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ।

17/04/2026

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसद्मा प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने र सरकारका सकारात्मक काममा सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र विधिको शासनमा कुनै सम्झौता नगर्ने जनाएको छ ।

17/04/2026

सुनसरीको इटहरीमा जारी १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कपको अन्तिम क्वार्टर फाइनल खेलमा जित निकाल्दै प्लानिङ ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ ।

17/04/2026

काठमाडौं महानगरपालिका–११ मा सञ्चालित बागमती स्विट्स प्रा.ली.को उत्पादन र बिक्री वितरणमा रोक लगाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालय, काठमाडौंको संयुक्त अनुगमन टोलीले उद्योगमा गम्भीर लापरबाही भेटेपछि यस्तो कदम चालेको हो ।

17/04/2026

पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका अधिकांश भागमा आंशिक बदली भएको छ । हिमाली भागमा साधारणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईमा मुख्यतया सफा मौसम रहेको छ ।

17/04/2026

सिरहामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै अनिवार्य रूपमा सिसीटिभी क्यामेरा जडान गर्नुपर्ने भएको छ ।

04/04/2026

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Purbadhar Watch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Purbadhar Watch:

Share