Aaja

Aaja विविध जानकारीमूलक सूचना र नेपाल सम्बद्ध विशेष इतिहासको उत्खनन्, सङ्कलन तथा प्रसारण ।

14/07/2023

“भर जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो।” - घाँसी
सन्दर्भ २०८ औ भानु जयन्तीको। असार २९, १८७१ मा तनहु जिल्लाको चुँदी रम्घामा जन्मनु भएका आदिकवि भानुभक्त आचार्यलाइ सम्पूर्ण नेपाली भाषीहरुले वहाको नेपाली भाषा र साहित्य प्रतिको लगाब, समर्पण, र योगदानका लागी उच्च सम्मानका साथ सम्झनछन। संस्कृत काव्य रामायणको नेपाली भाषानुवादले वहालाई आम नेपालीभाषी र नेपालको इतिहासमा अमर बनायो। शुरुमा वहा द्वारा अनुवादित रामायण मौखिक रुपमै आम नेपालीमा प्रख्यात थियो। पछि यो सहित वहाद्वारा रचित अरु विभिन्न कृतिहरुलाई युवा कवि मोतिराम भट्टले संकलन र प्रकाशन गर्नु भएको थियो। आदिकवि भानुभक्त आचार्यलाइ कोटी कोटी नमन

13/07/2023

जहाज खरिद मेरो निजी स्वार्थको विषय होइन: मन्त्री किराती

२८ असार, काठमाडौं ।  दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु यहि  शुक्रबार नेपाल आउने भएका छन...
13/07/2023

२८ असार, काठमाडौं । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु यहि शुक्रबार नेपाल आउने भएका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार एक सूचना जारी गरी सहायक विदेशमन्त्री डोनाल्ड लु को नेपाल भ्रमणबारे जानकारी गराएको हो ।
नेपाल भ्रमणका क्रममा लु ले नेपालका राजनीतिक दलका नेताहरु र दूतावासका कर्मचारीलाई भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ। यो पटक लु केही घण्टा मात्र नेपालमा रहने छन।

प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सिता दाहालको मृत्यु र अन्तिम संस्कारका घटनाहरुको केहि फोटोहरु:
12/07/2023

प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सिता दाहालको मृत्यु र अन्तिम संस्कारका घटनाहरुको केहि फोटोहरु:

https://www.bhaskar.com/national/news/adipurush-dialogue-controversy-kathmandu-mayor-balen-sah-on-pakistan-131492669.htm...
12/07/2023

https://www.bhaskar.com/national/news/adipurush-dialogue-controversy-kathmandu-mayor-balen-sah-on-pakistan-131492669.html?media=1 मेयर बालेन संग भारतीय पत्रिका भास्कर दैनिकका पत्रकारले रवि श्रीवास्तवले मेयर बालेनले आदिपुरुष चलचित्रको प्रदर्शनमा प्रतिबन्ध लगाएको र त्यस पछि उनले नेपाल भित्रको राजनीतिक घटनाहरुका लागी बारम्बार भारतको नाम लिएको सन्दर्भमा टेलिफोन मार्फत लिएको interview को हिन्दी भाषामा अनुवादित सम्बाद हामीले आज यहाँ सेयर गरेका छौ। कृपया सुनेर प्रतिक्रिया दिनुहोला

16 जून को नेपाल में फिल्म आदिपुरुष रिलीज होनी थी। 14 जून को सेंसर बोर्ड इसे पास कर चुका था। रिलीज के बाद पहला ही शो चल र.....

२७, असार, काठमाण्डाै। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको...
12/07/2023

२७, असार, काठमाण्डाै। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ ।
आज बुधवार सिंहदरबारमा बसेकाे मन्त्रिपरिषदको आकस्मिक बैठकले स्व. दाहालको अन्त्येष्टि राजकीय सम्मानसहित गर्ने निर्णय गरेको सरकारको प्रवक्ता, तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।स्व. दाहाललाई नेपाली सेनाको एक टुकडीद्वारा सलामी दिने निर्णय भएको पनि वहाले बताउनुभयो ।
त्यस्तै मन्त्रिपरिषदको सो आकस्मिक बैठकले स्व. दाहालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन र शुभेच्छुकप्रति समवेदना प्रकट गरेको छ । सीता दाहालकाे उपचारका क्रममा आज बुधबार बिहान काठमाण्डौको नर्भिक अस्पतालमा निधन भएकाे थियाे । वहा लामो समय देखि पार्किन्सन रोगबाट पिडित हुनुहुन्थ्यो।

फक्सकनको निर्णयले भारतलाई ठुलो झड्का विश्वकै सबै भन्दा ठुलो इलेक्ट्रोनिक सामाग्री  उत्पादक  ताइवानी  कम्पनी Foxconn ले भ...
12/07/2023

फक्सकनको निर्णयले भारतलाई ठुलो झड्का
विश्वकै सबै भन्दा ठुलो इलेक्ट्रोनिक सामाग्री उत्पादक ताइवानी कम्पनी Foxconn ले भारतीय उद्योगपति अनिल अग्रवालको वेदान्त कम्पनीसँग मिलेर भारतको गुजरातमा सेमीकन्डक्टर प्लान्ट बनाउने सम्झौताबाट हात झिकेको छ। यो सम्झौता गत बर्ष भएको थियो। यस सम्झौतामा सो ताइवानी कम्पनी फक्सकनले भारतमा साढे १९ अर्ब डलरको सेमिकन्डक्टर प्लान्ट उल्लेख थियो।
फक्सकनले विशेष गरी एप्पलका आइफोन र अन्य उत्पादन एसेम्बल गर्ने गर्दछ। यस कम्पनीले आफ्नो व्यापारको दायरा बढाउने प्रयत्नमा भारतमा सेमिकन्डक्टर प्लान्ट संचालन गर्ने लागेको थियो। तर सोमबार एक विज्ञप्ति जारी गर्दै फक्सकनले यस महत्वपूर्ण सेमिकन्डक्टर योजनालाई वास्तविक बनाउन एक वर्षसम्म वेदान्तसँग निकै मेहनत गरेको भए पनि सम्भव नभएको उल्लेख गरेको छ। यस निर्णयले भारतलाई ठुलो झड्का लागेको छ। यो संगै देदान्तको सेयर मूल्यमा ३% भन्दा बढीको गिरावट आएको छ। २०२६ को अन्त्य सम्ममा भारतले आफ्नो सेमिकन्डक्टरको ब्यापार ६३ अर्ब डलरको हुने अनुमान गरेको थियो। के यो संगै भारतको सेमिकन्डक्टर उत्पादन गर्ने योजना अहिलेको लागी सकिएको हो त?

हेलिकप्टर दुर्घटना ताजा अपडेट ।हेलिकप्टरमा सवार ६ जनाकै शव भेटियो ।यस दुर्घटनामा सवार सबै (५ म्याक्सिकन नागरिकहरु र एक न...
11/07/2023

हेलिकप्टर दुर्घटना ताजा अपडेट ।
हेलिकप्टरमा सवार ६ जनाकै शव भेटियो ।यस दुर्घटनामा सवार सबै (५ म्याक्सिकन नागरिकहरु र एक नेपाली पाइलट) को निधन भएको छ। सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईका अनुसार मृत्यु भएकाहरु मध्ये एक जनाको शव पूर्ण रुपमा क्षतविक्षत अवस्थामा फेला परेको छ।
स्रोत : सामाजिक संजाल

आज जुलाई ११, विश्व जनसंख्या दिवस । जनसांख्यिक लाभ लिन ढिलो नगरौं ! एक दशक अघिसम्म हाम्रो देशमा सानो परिवार प्रमुख जनसांख...
11/07/2023

आज जुलाई ११, विश्व जनसंख्या दिवस ।

जनसांख्यिक लाभ लिन ढिलो नगरौं !

एक दशक अघिसम्म हाम्रो देशमा सानो परिवार प्रमुख जनसांख्यिक मुद्दा थियो । अहिले हाम्रोमा १४ वर्ष मुनीका बालबालिका (२७.८३ प्रतिशत) र ६० वर्ष माथिका ज्येष्ठ नागरिक (१०.२१ प्रतिशत)को तुलनामा १५ वर्षदेखि ५९ वर्षसम्मको (६१.०९ प्रतिशत) जनसंख्या बढी छ । पालिनु पर्ने उमेरको भन्दा कमाउने उमेरको जनसंख्या ठूलो हुनु हाम्रा लागि जनसांख्यिक लाभ हो । तर तीन दशकदेखि हाम्रो कमाउने उमेरको जनसंख्या वैदेशिक श्रम वजारमा पलायन भइरहेको तथ्याङ्क हामी देख्छौं । यसलाई रोक्न हामीले सरकारमा रहंदा उद्योगको स्थापना, उद्यमशीलता र रोजगारीमा ध्यान दिंदै कार्यक्रम पनि ल्यायौं । तर राजनीतिक अस्थिरताले त्यसलाई बीचैमा अलपत्र पार्ने अवस्था आयो । हाम्रा नवजवानहरुलाई परिवार र देश छोडेर पराइभूमिमा जानुपर्ने बाध्यता घटाउन सक्यौं भने मात्र हामीले जनसांख्यिक लाभ पाउने छौं ।

©के पी शर्मा ओली

आजकै दिन असार २५ गते १९७७ सालमा तात्कालिन प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले सती प्रथा अन्त्यको घोषणा गरेका थिए। नेपालक...
10/07/2023

आजकै दिन असार २५ गते १९७७ सालमा तात्कालिन प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले सती प्रथा अन्त्यको घोषणा गरेका थिए। नेपालको इतिहासमै पहिलोपटक यो कुप्रथाको अन्त्यको शुरुवात चै १९१० मा तात्कालिन प्रधानमन्त्री श्री ३ जंगबहादुर राणाले मुलुकी ऐन जारी गरि गरेका थिए । त्यो बेला यो प्रथामा आंशिक रुपमा मात्र लगाम लाग्यो र यो प्रथा पूर्ण रुपमा मानवता विरुद्धको अपराधको रुपमा चै चन्द्र शम्शेरको प्रधानमन्त्री कालमा २५ असार १९७७ बाट परिभाषित र कानुनी रुपले दण्डनीय भयो अनि यो प्रथाको क्रुरताबाट नेपाली समाज सधैका लागी मुक्त भयो।
(तस्बिरमा श्री ३ चन्द्र शमशेर, श्रोत: इन्टरनेट )

प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीब...
10/07/2023

प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच संघीय संसद्को अवरोध खुलाउन आज दिउसो १ बजे छलफल बस्ने भएको छ।
आज प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेलाई बोलाइएको छ। त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूको जारी संसदीय गतिरोध अन्त्य गर्ने छलफल हुन लागेको हो।
प्रमुख दलका शीर्ष नेताहरूबीच हिजो आइतबार पनि छलफल र सहमति भएको थियो जुन केहि समय लगत्तै बिथोलिन पुगेको थियो। आजको यो छलफलले निकास निकाल्ने अनुमान गरिएको छ।

09/07/2023

गत साता फ्रान्समा जे देखियो।

Address

Kathmandu 01 Kathmadu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Aaja posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share