Surksha khabar

Call Directions Website Contact the business

Surksha khabar सुरक्षा खबर डटकम

महावत्ती बिज्ञापन एजेन्सी एन्ड मिडीया हाउस प्रा.लि.द्वारा सञ्चालित सुरक्षा खबर डट कम (www.surkshakhabar.com) सुरक्षासम्बन्धी डिजिटल न्यूज पोर्टल हो । यसले नेपालका सुरक्षा संयन्त्र र अपराधका क्षेत्रसँगै अन्तर्राष्ट्रिय अपराध र सुरक्षा संयन्त्रका सूचना, समाचार, फिचरलगायतका सामग्रीलाई प्रस्तुत गर्दै आएको छ । जनप्रभाव साप्ताहिक पत्रीका प्रा.लि. सन् २०२० मा नेपाल सरकारको उद्योग विभाग अन्तर्गत कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंमा दर्ता रहेको र सुरक्षा खबर डट कम । यस डिजिटल न्युज पोर्टलले नेपालको सुरक्षा क्षेत्रमा काम गर्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग तथा गृह मन्त्रालय मातहत, प्रधानमन्त्री कार्यालय मातहत रहेका सुरक्षा सम्बन्धी काम गर्ने सम्पूर्ण अंगहरूले गर्ने काम, पाएका परिणाम र त्यहाँभित्र जनतासँग जोडिएका प्रत्यक्ष, परोक्ष जानकारीलाई समाचारीय ढंगबाट प्रस्तुत गर्दछ । यस डिजिटल न्युज पोर्टलले नेपाल सरकारको सुरक्षा क्षेत्रको बिटलाई समातेका कारण यो सरकारसँग सम्बन्धित कुनै लाइन एजेन्सीसँग सरोकार राख्दैन, विशुद्ध व्यावसायिक र स्वतन्त्र न्युज पोर्टलका रूपमा काम गर्छ ।


नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई कार्यान्वयन गर्दै त्यसको बचाउ र लोकतन्त्रको संरक्षण सम्वर्द्धन गर्दै जनउत्तरदायी पत्रकारिताको मर्मअनुसार यस डिजिटल न्यूज पोर्टलले काम गर्दै आएको छ । सञ्चारमाध्यमको परिप्रेक्ष्यमा विश्वमा अहिले डिजिटल न्युज पोर्टलहरू नै अगाडि र विश्वव्यापी पहुँचको सामथ्र्य राख्छन् ।


त्यसैले विश्वका विभिन्न कुनामा रहेका नेपाली तथा अन्य नागरिकका हकमा पनि यस डिजिटल न्यूज पोर्टलले काम गर्छ । नेपाली,हिन्दी , र अंग्रेजी लगायत भाषामा प्रकाशित तथा प्रसारित हुने यस डिजिटल न्यूज पोर्टलले युट्युवलगायतका मल्टिमिडियाका माध्यमबाट पनि संसारभर सूचना प्रवाहको काम गर्दछ । त्यसैले आफ्ना पाठकको दायरा विश्वभर रहेको यस पोर्टलको ठम्याइ छ । अतः तपाईको कम्पनी/संघ/संस्था तथा व्यापारिक प्रतिष्ठानका तर्फबाट यस डिजिटल न्युज पोर्टलमा व्यावसायिक विज्ञापन तथा वैज्ञापनिक विषयका एडभरटोरियललाई सशुल्क प्रकाशित/प्रसारित गर्न सक्नुहुने व्यहोरा व्यक्त गर्दछौं।

सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गरौं : सभामुख अर्याल  काठमाडौ । सभामुख डोलप्रसाद अर्याल...
30/09/2026

सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गरौं : सभामुख अर्याल


काठमाडौ । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबारदेखि कोशी प्रदेशबाट सुरु गरेको ‘श्रमाधान सीप तथा रोजगार मेला, २०८३’ को समुद्घाटन गर्दै सभामुख अर्यालले सीप आजको समयमा अतिरिक्त योग्यता नभई व्यक्ति, समाज र राष्ट्रको समृद्धिको आधार भएको बताए । उनले संविधानले रोजगारी तथा श्रमसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेकाले त्यसलाई व्यवहारमा अनुभूति हुने गरी अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको कुल जनसंख्याको ६६ प्रतिशतभन्दा बढी हिस्सा श्रमयोग्य उमेर समूहमा रहेको उल्लेख गर्दै उनले यसलाई जनसांख्यिक लाभांशका रूपमा उपयोग गर्नुपर्ने बताए । बजारको मागअनुसारको सीप, सीपअनुसारको रोजगारी र रोजगारीसँग जोडिएको उत्पादनलाई श्रम तथा रोजगार नीतिको महत्वपूर्ण दिशा बनाउनुपर्ने उनको भनाइ थियो।

सभामुख अर्यालले आफू श्रम मन्त्रालयको नेतृत्वमा रहँदा २०८१ जेठ १७ गते कोशी प्रदेशबाट सुरु गरिएको ‘श्रमाधान रोजगार मेला’ सातै प्रदेशमा सञ्चालन भएको स्मरण गरे । उक्त मेलामा ४१ हजार ३२५ जनाले अवलोकन गरेका, १७ हजार ९२१ जनाले रोजगारीका लागि आवेदन दिएका तथा रोजगारदाताले १४ हजार ७८८ रोजगारीका लागि माग गरेको उनले जानकारी दिए ।

उनले स्वदेशमा रोजगारी खोज्ने युवा र जनशक्ति अभावमा विदेशी कामदार ल्याउनुपर्ने अवस्थाबीचको असन्तुलन अन्त्य गर्न सीप विकास र श्रम बजारबीचको तालमेल आवश्यक रहेको बताए । साथै, ‘श्रमाधान कल सेन्टर’ लगायतका पहललाई थप प्रभावकारी बनाउँदै आन्तरिक रोजगारी विस्तार गर्नुपर्नेमा जोड दिए ।

उनले मेला सीपमूलक, उत्पादनशील र मर्यादित रोजगारीतर्फको महत्वपूर्ण पहल भएको बताए ।

असोज २० गतेसम्म सात दिन सञ्चालन हुने मेलामा उद्यमशीलता, डिजिटल मार्केटिङ, आतिथ्य सत्कार, ब्युटिसियन, कुक तथा वेटर, इलेक्ट्रिक सवारी तथा वातानुकूलन (एसी) मर्मत र बारिस्तालगायत १० वटा विषयमा पूर्णतः निःशुल्क तथा छोटो अवधिका व्यावहारिक तालिम सञ्चालन गरिनेछ। यसका साथै ६५ वटा स्टलमार्फत रोजगारदाता, तालिम प्रदायक संस्था तथा बैंक एवं वित्तीय संस्थाहरूको प्रत्यक्ष सहभागिता रहनेछ।

तेस्रो मुलुकमा आप्रवासी पठाउन ट्रम्प प्रशासनलाई अमेरिकी सर्वोच्चको अनुमतिकाठमाडौ । अमेरिकी सर्वोच्च अदालतले आप्रवासीलाई ...
30/09/2026

तेस्रो मुलुकमा आप्रवासी पठाउन ट्रम्प प्रशासनलाई अमेरिकी सर्वोच्चको अनुमति

काठमाडौ । अमेरिकी सर्वोच्च अदालतले आप्रवासीलाई उनीहरूको मूल देशबाहेक तेस्रो मुलुकमा समेत निर्वासन गर्न राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई बाटो खोलिदिएको छ।

सर्वोच्च अदालतले ट्रम्प प्रशासनको आपत्कालीन निवेदन स्वीकार गर्दै तेस्रो मुलुकमा निर्वासनसम्बन्धी तल्लो अदालतको आदेश तत्काल कार्यान्वयन नगर्न अनुमति दिएको हो।

मंगलबार भएको यो आदेशसँगै प्रशासनले आप्रवासीलाई उनीहरूको देशबाहेक अन्य मुलुकमा पठाउने प्रक्रिया अघि बढाउन सक्ने भएको छ।

यसअघि तेस्रो मुलुकमा पठाउनुअघि सम्बन्धित आप्रवासीलाई त्यहाँ उत्पीडन, यातना वा अन्य जोखिमको सामना गर्नुपर्ने अवस्था छ कि छैन भन्ने विषयमा आफ्नो दाबी प्रस्तुत गर्ने अवसर दिनुपर्ने व्यवस्था थियो।

बोस्टनस्थित अमेरिकी जिल्ला अदालतका न्यायाधीश ब्रायन मर्फीले यही प्रक्रिया नअपनाई तेस्रो मुलुकमा निर्वासन गर्ने गृह सुरक्षा मन्त्रालयको नीति गैरकानुनी ठहर गरेका थिए।

तर सर्वोच्च अदालतको पछिल्लो आदेशपछि उक्त तल्लो अदालतको आदेश कार्यान्वयनमा रोक लागेको छ। यद्यपि यो अन्तिम फैसला भने होइन। यस विषयमा सर्वोच्च अदालतले आगामी डिसेम्बरमा पूर्ण सुनुवाइ गर्ने तय भएको छ।

रायटर्सका अनुसार गत वर्षदेखि लागू भएको तेस्रो मुलुक निर्वासन नीतिअन्तर्गत २५ हजारभन्दा बढी आप्रवासीलाई २९ वटा मुलुकमा पठाइसकिएको छ। तीमध्ये अधिकांशलाई मेक्सिको पठाइएको छ।

अमेरिकी प्रशासनले दक्षिण सुडान, युगान्डा, इक्वेटोरियल गिनी, लाइबेरिया र मध्य अफ्रिकी गणतन्त्रलगायत मुलुकमा पनि आप्रवासी पठाएको छ।

तेस्रो मुलुकमा निर्वासनको विषयलाई लिएर अमेरिकी प्रशासन र आप्रवासी अधिकार समूहबीच लामो समयदेखि विवाद हुँदै आएको छ।

अमेरिकी न्याय मन्त्रालयले गम्भीर अपराधमा संलग्नलगायत निश्चित आप्रवासीलाई हटाउन तेस्रो मुलुकमा निर्वासन आवश्यक माध्यम भएको दाबी गर्दै आएको छ। प्रशासनका अनुसार आफ्नो देशले स्वीकार नगरेका तर निर्वासनको अन्तिम आदेश पाइसकेका आप्रवासीलाई अन्य मुलुकमा पठाउन यो नीतिले सहज बनाउँछ।

तर आप्रवासी अधिकारका पक्षमा काम गर्ने वकिलहरूले भने आफ्नै देशमा फर्काउँदा उत्पीडन वा यातनाको जोखिम भएकाले कानुनी संरक्षण पाएका व्यक्तिलाई समेत पर्याप्त सुनुवाइबिना जोखिमपूर्ण तेस्रो मुलुकमा पठाउन सकिने भन्दै विरोध गरेका छन्।

विशेषगरी दक्षिण सुडानजस्ता मुलुकमा सुरक्षा जोखिम रहेको विषयलाई लिएर पनि प्रश्न उठाइएको छ। अमेरिकी विदेश मन्त्रालयले दक्षिण सुडानमा अपराध, अपहरण र सशस्त्र द्वन्द्वको जोखिम रहेको भन्दै आफ्ना नागरिकलाई त्यहाँ यात्रा नगर्न सुझाव दिँदै आएको छ।

तेस्रो मुलुकमा निर्वासनसम्बन्धी विवाद सन् २०२५ मा सुरु भएको थियो। अमेरिकी प्रशासनले निर्वासन आदेशमा उल्लेख भएको मुलुकले आप्रवासीलाई स्वीकार नगरेपछि अन्य मुलुकमा पठाउने प्रक्रिया अघि बढाएसँगै आप्रवासी अधिकार समूहहरूले अदालतमा चुनौती दिएका थिए।

अब सर्वोच्च अदालतको डिसेम्बरमा हुने पूर्ण सुनुवाइबाट यस नीतिको कानुनी हैसियतबारे अन्तिम निर्णय हुने अपेक्षा गरिएको छ।

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ताकाठमाडौँ । एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा स्वर्णि...
30/09/2026

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् ।

कतारको राजधानी दोहामा आयोजित बैठकमा भाग लिन अर्थमन्त्री डा वाग्ले यही असोज १० गते त्यसतर्फ गएका थिए ।

नेपालको पूर्वाधार विकासका लागि बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण तथा सदस्य राष्ट्रबीच थप सहकार्यको वातारण सृजना गर्न ‘दोहा बैठक’ फलदायी भएको उनको सचिवालयले जनाएको छ ।

बैठकले अर्थमन्त्री एवं एआइआइबीको गभर्नर परिषद्का गभर्नर डा स्वर्णिम वाग्लेलाई सन् २०२६–२७ का लागि उपसभापतिमा निर्वाचित गरेको छ । क्षेत्रीय सदस्य राष्ट्रमध्येबाट नेपाललाई उपसभापतिमा निर्वाचित गरेको हो ।

सो अवसरमा आयोजित ‘गभर्नर्स बिजनेस राउन्ड टेबल’ कार्यक्रममा अर्थमन्त्री डा वाग्लेले आवश्यक पुँजीको व्यवस्थासहित सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधिलगायत उत्पादनका क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताए ।

उनले नेपालजस्ता मुलुकको आवश्यकतासँग मेल खानेगरी बैंकको लगानीलाई अधिकतम् सहुलियतपूर्ण बनाउने, स्वदेशी तथा विदेशी निजी पुँजीलाई आकर्षित गर्ने र सम्बन्धित मुलुकको आवश्यकतालाई दृष्टिगत गरी उत्पादनमूलक लगानीमा जोड दिनुपर्ने धारणा व्यक्त गरे ।

अर्थमन्त्री डा वाग्लेले एआइआईबीका अध्यक्ष, बैंकका सदस्य राष्ट्र कतार, भारत, बङ्गलादेश, आर्मेनिया, जर्जियाका अर्थमन्त्रीसँग द्विपक्षीय हित, आर्थिक सहकार्य, लगानी विस्तार र नेपालले भोगेको प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणमा सहयोगबारे छलफल गरेको उनको सचिवालयले जनाएको छ ।

नेपाल पहिलोपटक एसियाली पूर्वाधार लगानी बैंकको उपसभापतिमा निर्वाचित भएसँगै मुलुकको महत्त्वपूर्ण पूर्वाधार विकासका लागि बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण र सहकार्यका लागि थप मार्गप्रशस्त हुने आशा गरिएको छ ।

पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देशकाठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन...
30/09/2026

पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप सुदृढ बन्दै गएको छ। उपसभापति पदमा भुसाललाई व्यापक समर्थनसहित पुनः निर्विरोध निरन्तरता दिने वातावरण निर्माण हुँदै गएको कांग्रेस वृत्तमा चर्चा हुन थालेको छ।

पार्टी संगठनलाई सुदृढ बनाउने, आन्तरिक एकतालाई प्राथमिकता दिने तथा अनुभवी नेतृत्व र नयाँ पुस्ताबीच प्रभावकारी समन्वय कायम गर्दै कांग्रेसलाई थप गतिशील, समावेशी र जनमुखी बनाउने विषयमा भुसालले निरन्तर जोड दिँदै आएकी छन्।

संगठन निर्माणदेखि नीति, विचार र लोकतान्त्रिक मूल्यको संरक्षणसम्म उनको सक्रिय भूमिकाले पार्टीभित्र राजनीतिक प्रभाव र स्वीकार्यता बढाएको नेताहरूको बुझाइ छ।

१५औँ महाधिवेशनलाई पार्टीभित्रको एकता, सहकार्य र रूपान्तरणको महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा राख्दै आएकी भुसालप्रति विभिन्न तहका नेता–कार्यकर्ताबाट देखिएको समर्थनले उनको राजनीतिक भूमिकालाई थप महत्वपूर्ण बनाएको छ। जिल्ला, प्रदेश तथा केन्द्रीय तहका नेताहरूले संगठनलाई स्थायित्व दिने, गुटगत दूरी घटाउने र पार्टीभित्र सहकार्यको वातावरण निर्माण गर्ने नेतृत्वका रूपमा भुसाललाई हेर्न थालेका छन्।

कांग्रेसको नेतृत्व चयनको निर्णायक चरणमा पुग्दै गर्दा उपसभापति पदमा भुसालको निरन्तरताका पक्षमा देखिएको समर्थनलाई पार्टीभित्रको एकता, अनुभवी नेतृत्वप्रतिको विश्वास र संस्थागत निरन्तरताको चाहनाका रूपमा समेत लिइएको छ।

महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आगामी कार्यदिशा, संगठनात्मक पुनर्संरचना र जनतासँगको सम्बन्धलाई प्रभावकारी बनाउने विषयमा पनि भुसालको भूमिका महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

पुर्ब उपसभामुख समेत रहेकी भुसालले पार्टीभित्र संवाद, सहमति र सहकार्यलाई प्राथमिकता दिँदै आएको बताइन्छ। महिला सहभागिता, समावेशी प्रतिनिधित्व, लोकतान्त्रिक संस्कार र संगठनमा नयाँ पुस्ताको सक्रिय भूमिकाका पक्षमा उनको निरन्तर आवाज रहँदै आएको छ। यही कारण उनको उम्मेदवारीलाई केवल पदको निरन्तरताका रूपमा नभई कांग्रेसभित्रको संस्थागत स्थायित्व र रूपान्तरणको निरन्तरताका रूपमा समेत हेरिएको छ।

पार्टी संगठन, एकता र लोकतान्त्रिक मूल्यप्रतिको निरन्तर योगदानसँगै १५औँ महाधिवेशनमा पुष्पा भुसालको उपसभापति पदमा निरन्तरताको विषय कांग्रेस वृत्तमा चर्चाको केन्द्रमा छ। विभिन्न तहबाट प्राप्त समर्थन र सकारात्मक संकेतले भुसालको पुनःनिर्वाचनको सम्भावनालाई थप बलियो बनाउँदै लगेको देखिन्छ।

30/09/2026

काठमाडौं । गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका क्रममा कर्तव्यपालनामा खटिएका न.....

https://surkshakhabar.com/2026/09/30/46698/?fbclid=IwdGRjcAUpp2pjbGNrBSmnaGV4dG4DYWVtAjExAHBkb2YFc3J0YwZhcHBfaWQMMzUwNjg...
30/09/2026

https://surkshakhabar.com/2026/09/30/46698/?fbclid=IwdGRjcAUpp2pjbGNrBSmnaGV4dG4DYWVtAjExAHBkb2YFc3J0YwZhcHBfaWQMMzUwNjg1NTMxNzI4AAEeNuuYhbWuC323-RFOSPvXPRy58knZ57gc15veNg5y6BU2BwLxLTDAThrL1A4_aem_Vukmek4_ui37bfH_PWpHww

काठमाडौं । गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका क्रममा कर्तव्यपालनामा खटिएका न.....

29/09/2026

प्रधानन्यायाधीश शर्मालाई भेट्न आईजीपी कार्की सर्वोच्चमा

कमला नदीमा डुबेर बेपत्ता व्यक्तिको खोजीका लागि गोताखोर टोली परिचालनसिरहा । सिरहाको कल्याणपुर नगरपालिका–६ भोक्राहास्थित क...
29/09/2026

कमला नदीमा डुबेर बेपत्ता व्यक्तिको खोजीका लागि गोताखोर टोली परिचालन

सिरहा । सिरहाको कल्याणपुर नगरपालिका–६ भोक्राहास्थित कमला नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका एक पुरुषको खोजीका लागि गोताखोर टोली परिचालन गरिएको छ।

मिति २०८३ असोज १० गते बिहान करिब १०ः३० बजे ईलाई कन्ट्रक्सन काठमाडौंले पक्की पुल निर्माण गरिरहेको उक्त स्थानमा सोही कन्ट्रक्सनका सवारी चालक मकवानपुरगढी गाउँपालिका–५, मकवानपुर निवासी अन्दाजी ४५ वर्षीय गोविन्दराज दुलाल कमला नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए।

बेपत्ता दुलालको खोजीका लागि नं. ७ गण हे.क्वा. सिरहाबाट डिजास्टर म्यानेजमेन्ट (DM) टोली परिचालन गरी खोजी गर्दा फेला पार्न नसकिएपछि थप खोजीका लागि गोताखोर टोली परिचालन गरिएको हो।

मिति २०८३ असोज १३ गते दिउँसो ३ः४० बजेदेखि नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट सप्रनानि सूर्यकुमार श्रेष्ठको कमाण्डमा ७ जना गोताखोर र सुरक्षा बेस कल्याणपुरबाट सप्रनि राजुसिंह भण्डारीको कमाण्डमा १० जनाको संयुक्त टोलीले कमला नदीमा खोज तथा उद्धार कार्य सुरु गरेको छ।

बेपत्ता दुलालको खोजी कार्य जारी रहेको सुरक्षा निकायले जनाएको छ।

29/09/2026

विद्युतीय माध्यमबाट अश्लिल तस्बिर/भिडियोको दुरुपयोग तथा ब्ल्याकमेलिङ गर्ने व्यक्ति पक्राउ

नेपाल प्रहरी नीति निर्माण समितिको २०८३ असोज १२ गते बसेको उच्चस्तरिय वैठकले रसुवा जिल्लास्थित भोटेकोशी नदीमा २०८३ भदौ १० ...
29/09/2026

नेपाल प्रहरी नीति निर्माण समितिको २०८३ असोज १२ गते बसेको उच्चस्तरिय वैठकले रसुवा जिल्लास्थित भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीका क्रममा प्रत्यक्ष प्रभावित २८ जना नेपाल प्रहरी कर्मचारीका सन्ततिलाई प्राथमिक तहदेखि स्नातकोत्तर (मास्टर्स) तहसम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने निर्णय संगै प्रभावित प्रहरी परिवारका अन्य सदस्यहरूको जीविकोपार्जन र दीर्घकालीन पुनःस्थापनाका लागि समेत विशेष कार्यक्रम अघि बढाउने निर्णय गरेको छ।

Address

Siraha
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Surksha khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Surksha khabar:

Shortcuts

Share