23/05/2026
काठमाडौं ,९ सनिवार । आज टिकाथलीका साकेला उभौली ५०८६ यलेदुन्ङ्ग समापन भएको छ। टिकाथली र चाँगाथलीको बीच भएर बहने गोदवरी खोलाको किनारमा पवन प्रकृति अंग्रेजी विद्यालयका खेलमैदानमा कार्यक्रमका आयोजना गरिएको थियो। प्रायोजक पवन प्रकृति सेकेन्डरी स्कुल रहेको थियो भने आयोजकमा किरात राई यायोखा टिकाथली इकाई कार्य समिति रहेको थियो।
यस उभौली पर्वलाई खासगरी किराँतीहरूले बाली लगाउने मौसमको रुपमा प्रकृतिलाई पूजा गर्दै समयमै पानी पर्न र खेतीपाती ठीक समयमै गरेर राम्रो अन्न उत्पादन होस् भनि प्रकृतिलाई पूजा गर्दै रमाउँदै खुसियाली छर्दै नाच्ने प्रचलन रहेको किम्वदन्ती छ
टिकाथली, चाँगथली र इमाडोलका किराँती बासीहरु द्वारा विगत एक हप्ता अगाडि देखि साकेला सिली प्रशिक्षण कार्यक्रम प्रत्येक दिनको साँझ ६ बजे देखि 8 बजेसम्म सञ्चालन गर्दै आएका थिए।
आजको उक्त कार्यक्रमका प्रमुख अतिथि यसै वडा महालक्ष्मी नगरपालिका वडा नम्बर ५ टिकाथली का वडा अध्यक्ष कपिल केसी थिए भने विशेष अतिथिमा यायोखा जिल्ला कार्यसमितिका अध्यक्ष हरिकाजी राई, पवन प्रकृति सेकेन्डरी स्कुलका डाइरेक्टर विज्ञान देउ राई र रोहित कार्की रहेका थिए भने अतिथिहरूमा प्रकाश कपाली लगायतका दर्जनौं अतिथिहरूको उपस्थिति रहेको कार्यक्रमको अध्यक्ष यसै इकाई समितिका अध्यक्ष पदम किराँती रहेका थिए।
आजको यस कार्यक्रम उक्त एकाइ समितिले पहिलोपटक आयोजना गरे पनि उल्लेख्य मात्रामा आगन्तुकहरूको उपस्थिति रहेका यसै समितिका उपाध्यक्ष प्रकाश राईले बताए ।
आगामी वर्षहरूमा पनि यसैगरी साकेला उभौली पर्वलाई निरन्तरका साथ अझ व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस्ता सांस्कृतिक विविधतालाई प्रवर्द्धन र व्यवस्थित गर्न राज्यको तर्फबाट योगदान रहनुपर्ने समेत बताए।