Everest Online TV

Everest Online TV Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Everest Online TV, Media/News Company, Kathmandu.

उपत्याकामा निषेधाज्ञा उल्लङ्धन गने १७ सय ७० जाना कारबाहीमा।
20/08/2020

उपत्याकामा निषेधाज्ञा उल्लङ्धन गने १७ सय ७० जाना कारबाहीमा।

दिन प्रतिदिन चुलिंदै भिमफेदी कारागारको तनाव आखिर जेलरको दमन शोषण कहिलेसम्म ???विगत केही समय यता देखी भिमफेदी कारागार बार...
15/07/2020

दिन प्रतिदिन चुलिंदै भिमफेदी कारागारको तनाव आखिर जेलरको दमन शोषण कहिलेसम्म ???

विगत केही समय यता देखी भिमफेदी कारागार बारम्बार विवादमा तानिँदै आएको छ । सोही सम्बन्धमा हालै भएको खुलासामा गएको आर्थिक बर्ष 2076/077 का लागी क-ब्लक तर्फका चौकिदार पदमा नियुक्त भएका राजकुमार ढुंगाना विगत ६ महिना देखी कारागार भित्रै थुनिएका छन् ।कारागार नियमावली तथा कारागार व्यवस्थापन विभागको नियमानुसार कारागारमा प्रत्येक आर्थिक बर्षको लागी कैदी वन्दिको समर्थन तथा असल चालचलन भएका र शर्त पुरा भएको कैदी वन्दी मध्ये १ जना लाई कारागार प्रशासनको प्रत्यक्ष निगरानीमा वाह्य सुविधा दिई कारागारको आन्तरिक प्रशासन सञ्चालन गर्न र कारागार भित्रको वातावरणलाई व्यवस्थित राख्न चौकिदार तथा नाईके सह नाईके नियुक्त गर्ने गरिएको छ । हालै भएको खुलासा अनुसार सो चौकिदार नाईके तथा सह नाईके पदमा नियुक्ति गर्दा समेत प्रत्येक नाईके तथा चौकिदार पद दिए वापत सुरुमा रु.५0000।- सम्म मासिक रुपले रकम असुल्ने गरिएको पाईएको छ । वन्दीको आर्थिक हैसियत कमजोर भएका चौकिदार पदमा नियुक्त राजकुमार ढुंगानाले रकम तिर्न नसक्दा निजलाई नियुक्त गरिएको पद समेत जोगाउन नसकेको उनको परिवारको स्रोतले बताउँछन । यता ख-ब्लक तर्फका चौकिदार सुरेश मोक्तान लगायतका समुहले कारागार प्रमुखलाई मासिक रुपमा रकम बुझाए वापत मनपरि गर्न पाउने गरेको खबरले यी कारागार हुन कि आर्थिक चलखेल हुने अखाडा भन्ने कुरा ठम्याउन सकस भएको छ । यी निरन्तर रुपमा आउँदै गरेका रोचक किसिमका पर्दाफास गर्ने खबरहरुले आउँदो समयमा कस्तो रुप लिने हो र यसले देश लाई कुन दिशा तर्फ मोडिरहेको भन्ने अन्योल अझै कायमै छ ।

थप ११६ जनामा कोरोना संक्रमण, ६९७ जना डिस्चार्ज३१ असार, काठमाडौं । बुधबार नेपालमा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ...
15/07/2020

थप ११६ जनामा कोरोना संक्रमण, ६९७ जना डिस्चार्ज

३१ असार, काठमाडौं । बुधबार नेपालमा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ ।
बुधबार ६९७ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुगेको छ ।

15/07/2020

सुरेश मोक्तानले गर्छन जेल भित्रै बाट तस्करी भिमफेदी कारागार भित्र चल्छ उनकै मनपरी ।।।

कारागार भित्र सुधारका लागी पठाईएका वन्दीहरुले कारागार नै बिगार्न खोजेपछी कसको के लाग्छ र र सोहि कारागारमा नेपाल सरकार तर्फबाट भनि पठाईएका जेलर समेत वन्दी सँगको मिलेमत्तोमा आर्थिक प्रलोभनमा कारागार भित्रै बाट गैर कानुनी कारोवारहरु सञ्चालन गर्ने गरेको भन्दा पत्याउन शायद गाह्रै होला । हो यो खबर सत्य हो भिमफेदी कारागारका प्रमुख जेलर प्रकाश खनाल ख-ब्लकका चौकिदार सुरेश मोक्तान नाईके सुयश ढकाल र नेपालका गुण्डा नाईके भनिने रिगल ढकाल लगायतको नयाँ समुहले जेल भित्रैबाट गुण्डागर्दी गर्दै आएको र जेल भित्रका वन्दीलाई समेत गृह सचिव महेश्वर न्यौपाने सँग मेरो राम्रो सम्बन्ध भएको भनि त्रास देखाउँदै कैदि-वन्दीहरुलाई त्रसित बनाउने गरेका छन । यो तलको भिडियो हेर्दा यिनी सुरेश मोक्तान कैदमा रहेका वन्दी हुन की सरकारी निकायका कुनै कर्मचारी हुन भन्ने कुरा छुटयाउनै गाह्रो हुन्छ । हेर्नुस पुरा भिडियो......

भिमफेदी कारागारको विवाद अझै रोकिएन कैदी-वन्दीहरुले फेरी लेखे सम्बन्धित निकायलाई चिठ्ठीमितिः-2077/03/31 गतेश्रीमान गृह मन...
15/07/2020

भिमफेदी कारागारको विवाद अझै रोकिएन कैदी-वन्दीहरुले फेरी लेखे सम्बन्धित निकायलाई चिठ्ठी

मितिः-2077/03/31 गते
श्रीमान गृह मन्त्री ज्यू
नेपाल सरकार
गृह मन्त्रालय
काठमाण्डौं नेपाल ।

विषयः- आवश्यक सुनुवाई/कारवाही गरि पाउँ ।

उपरोक्त विषयमा यस भिमफेदी कारागार क-ब्लकमा विभिन्न मुद्दामा कैद थुनामा रहेका हामी 514 जना कैदी-वन्दीहरुको तर्फ बाट यो ज्ञापन/निवेदन पत्र मार्फत यहाँ समक्ष हामी सम्पुर्णको साझा समस्याहरु पेश गर्ने सामर्थ्य जुटाएका छौं । श्रीमान् हालै यहाँले राज्यका विभिन्न कारागारहरुको विषयमा जारी गरेको – राज्यका कारागारहरु अझै पनि सुधार-गृह भन्दा पनि यातना-गृह भएको आफ्नो धारणा अरु केही नभई यथार्थको तितो पाटो भएको कुरा विगत केही महिना देखी हामी सम्पुर्ण कैदी वन्दीले महसुस गर्दै आईरहेका छौं । सोही विषयमा कोरोना संक्रमणले देशको अर्थ व्यवस्था धराशायी बनाएको कुरा हामी सबैलाई अवगत नै छ र यसको प्रकोप बाट कारागार र यहाँका वन्दी पन्छिने कुरै भएन । यसै क्रममा विगत केही समय देखी कारागारमा रहेका वन्दीहरुले जिविकोपार्जन तथा समय सदुपयोग गर्ने माध्यमको रुपमा यहाँ स्थापित कारखानाहरु पनि वन्द रहि पिडामा रहेका वन्दीहरु सँग महिनावारीको रुपमा यस कारागारका शाखा अधिकृत जेलर प्रकाश खनालले बारम्बार रकम माग्दै दबाव दिंदै आएको तथ्य यहाँ समक्ष पुनः राख्न खोजेका छौं । यति मात्र नभई निजको उक्त मागको अवज्ञा गर्दा देखी हाल सम्म निजले विभिन्न वहानामा यहाँका श्रम गरि केही पैसा जोहो गर्ने कैदी वन्दीहरुको एक मात्र साधन कारखानाहरु वन्द गराउने यहाँ उत्पादित सामाग्रीहरु निकासा गर्न रोक/बन्देज लगाउने घर परिवार न्यायधिवक्ता सँग सम्पर्क गर्ने माध्यम अर्थात टेलिफोन सेवा वन्द गराउने र यी सबै भन्दा पनि घृणित घर-पायक पर्ने कारागार भनि बसेका कैदीवन्दी अन्यत्र सरुवा समेत गराईदिने धम्की/त्रास देखाउँदै आएका छन् । श्रीमान् हामी वन्दी जिवन विताईरहेका सबै जना कुख्यात अपराधी नभई केहि परिस्थितीको शिकार वन्दीहरु समेत छन् र हामी यी दुवै प्रकारका कैदी-वन्दीले राज्यको न्यायीक निकायले गरेको फैसला शिरोधार गरि आगामी भविष्यमा असल नागरिकको दायित्व निर्वाह गर्न तत्पर छौं तर कारागार पक्षको यस्तो व्यवहारले कतै कतै वन्दीहरुको न्यायमाथीको विश्वास हराउँदै गएको कुरा यहाँ समक्ष पोख्दा हामी सम्पुर्णलाई दुःखी तुल्याएको छ । राज्यको कारागारहरुको हालत कस्तो छ भनि कुरा शायद हामीले यहाँ भोगिरहेको वर्तमानले अनुमान गर्न गार्हो नपर्ला । श्रीमान् के हामी कैदी-वन्दीले शान्तिपुर्ण तवरले घर-पायक कारागारमा रहि आफ्नो कैद भुक्तान गर्न पनि हाम्रो हैसियत भन्दा माथि उठेर आफ्नो श्रम र पसिनाले कमाएको रकम कारागार तथा सम्पुर्ण वन्दीको अभिभावक भनौदोहरुलाई शुल्क वापत तिर्नुपर्ने हो र ? यस्तो पिडादायी परिस्थितीमा हामी कैदी वन्दीले आफ्नो हिम्मत हारेका छैनौं अतः हामिलाई ज्ञात छ हाम्रा कारागारका केही कर्मचारीहरु लोभी तथा व्यक्तिगत आकांक्षाहरुमा लिप्त भएका भए पनि हाम्रो राज्यको नेतृत्वहरु हामी प्रति जिम्मेवार छन् र हाम्रो गुहार सुन्नेछन् । अतः हामी कैदी वन्दीले विभिन्न निकायहरुमा आफ्नो न्युन हक/अधिकारको संरक्षणको निम्ति गुहार लगाए पनि सुनुवाई नभएकोले अन्ततः विश्वासले भरिपुर्ण ह्रृदयभावहरु बोकी यहाँ समक्ष आवश्यक कारवाहीको निम्ती यो विन्ती-पत्र चढाएका छौ । श्रीमान् एउटा कारागार भित्रको माहौल लाई पारिवारिक तथा सजिलै घुलमिल हुन सक्ने वातावरणमा परिणत गर्न निकै साहस र चेतना हुनु पर्दछ र यो पारिवारिक वातावरण शायद निकै मिहिनेत र समय पश्चात यो कारागारको पर्खाल भित्र हामिले महसुस गरेका छौं । यस्तो परिस्थितिमा यहाँका कुनै पनि वन्दी अथवा नेतृत्व गर्ने आन्तरिक वर्गलाई केही पैसाको लोभमा विभिन्न कारण देखाई सरुवा गरि अन्य वन्दी लाई जिम्मेवारी सुम्पिनुको सट्टा रकम असुल्ने नियतले कारागार कुनै तानाशाह लाई सुम्पिने गलत कार्य गर्नु कदापी न्यायसंगत नभएको हाम्रो ठहर छ । नयाँ आर्थिक बर्षको सुरुवात सँगै कारागारहरुमा आर्थिक चलखेल सुरु हुने गरेको कुरा नौलो होईन तसर्थ यहाँ हरु समेत राज्यले नै हामीलाई प्रदान गरेको हक-अधिकारको हनन गर्न चेष्टा गर्ने हातहरुलाई कारवाहीको दायरामा ल्याई हाम्रो भावना तथा अधिकारहरुको संरक्षण गरिनेछ भन्ने पुर्ण विश्वासका साथ सम्पुर्ण कैदी-वन्दीको दस्तखत सहित श्रीमान समक्ष यो निवेदन पेश गरेका छौं ।

निवेदक
सम्पुर्ण कैदी-वन्दी
भिमफेदी कारागार
क-ब्लक

(बोधार्थ)
श्री अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाण्डौं
श्री आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नं.3 हेटौंडा मकवानपुर ।
श्री जिल्ला प्रशासन कार्यालय हेटौंडा मकवानपुर ।

(भिमफेदी कारागारमा जेलरको आतंक)विगत केही समय देखी विवादमा रहँदै आएको भिमफेदी कारागारमा फेरी पनि विवाद चुलिएको छ । उक्त क...
14/07/2020

(भिमफेदी कारागारमा जेलरको आतंक)

विगत केही समय देखी विवादमा रहँदै आएको भिमफेदी कारागारमा फेरी पनि विवाद चुलिएको छ । उक्त कारागार अन्तर्गत ब्लक क मा रहेका ५१४ जना कैदी वन्दी हरुको विभिन्न माग हरु सम्बोधन गरियोस भनि यस पूर्व नेपाल सरकार गृह मन्त्रालयमा समेत पत्र लेखी पठाएकोमा उक्त विभागहरु बाट खासै कुनै चासो व्यक्त नभएको कुरा यहाँका कैदी वन्दिहरु बताउँछन । नाम उल्लेख नगर्ने शर्तमा त्यस कारागारमा कैदि जिवन विताईरहेका एक कैदीका अनुसार कारागारमा प्रमुख तथा शाखा अधिकृत जेलर प्रकाश खनाललाई सो महिनावारी नबुझाए वापत विभिन्न धाक-धम्की तथा कारागार सरुवा गरिदिने त्रास दैखाउँदै आएका छन्। उनका अनुसार विभिन्न वहाना देखाउँदै धेरै पटक वन्दीहरुले श्रम गर्ने कारखानाहरु तथा घर परिवार न्यायधिवक्ता सँग सम्पर्क गर्ने माध्यम टेलिफोन समेत वन्द गरि सास्ति भोग्नु परेको छ । उनका अनुसार हरेक आर्थिक बर्षको अन्त्य सँगै कारागारमा आर्थिक चलखेल सुरु हुने गरेको तथा नयाँ चौकिदार नियुक्तिको नाममा लाखौँ रुपैया असुलि गरिने गरिएको छ । यसै क्रममा यस आर्थिक बर्षको अन्त हुनै लाग्दा भिमफेदी कारागार क-ब्लकमा कैदमा रहेका वन्दी श्री डानियल लामा लाई त्यस कारागार बाट सरुवा गरि आर्थिक प्रलोभनमा कारागार प्रमुख तर्फको व्यक्तीलाई चौकिदार बनाउने षडयन्त्र स्वरुप विभिन्न तरिका बाट सो कारागारमा थुनामा रहेका कैदी वन्दीहरुलाई यातना दिने कार्य अझै नरोकिएको उनि बताउँछन र केही दिन अघि कारागार भित्र जेलर प्रकाश खनाल विरुद्धमा विभिन्न नारावाजी हरु समेत भएको त्यहाँका स्थानियवासीहरु बताउँछन् । नेपाल सरकारको तर्फबाट कारागारहरुलाई यातना गृह बाट सुधार गृहमा परिणत गर्न विभिन्न कदमहरु चालिए पनि यस्ता किसिमका केही कर्मचारीहरुको हरकतले गर्दा सम्पुर्ण कारागार व्यवस्थापन विभागको कार्य शैली माथी नै सवाल चिन्ह लागेको छ । पछिल्लो १ महिनामा त्यस कारागारका कैदी वन्दी ले पटक पटक नेपाल सरकार गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय लगायतका विमिन्न निकायहरुमा गुहार लगाउँदा समेत यस विषयमा कुनै पनि निकाय बाट सुनुवाई नहुनु निकै दुखद छ । सो कारागारमा कैद भुक्तान गरिरहेका डानियल लामाले कारागारमा साल 2074 देखी नै हाल सम्म विभिन्न संरचना निर्माण गर्नुका साथै सरकारले तोकेको हरेक सेवा सुविधा सिधा वापतको रकमहरु विना कुनै चुहावट कैदी वन्दीहरुको हात-हात सम्म ल्याउने गरेको सुनिन आएपनि केही महिना यता निजले त्यस कारागारका प्रमुख लाई कैदी वन्दीहरुको श्रम तथा पसिनाको रकम बुझाउन अस्विकार गरे देखी नै वन्दी हरुलाई विभिन्न नाममा यातना दिने कार्य हुँदै आएको छ । निजहरुको अनुसार नेपाल सरकार कारागार व्यस्थापन विभाग बाट हालै विश्वव्यापी रुपमा फैलिएको कोभिड-19 रोग नियन्त्रणको पुर्व योजना स्वरुप विभागले यस आपातकालिन अवस्थामा कुनै पनि कैदी-वन्दी लाई अर्को कारागारमा सरुवा नगर्ने निर्णय विपरित निज जेलरले केही पैसाको प्रलोभनमा कैदीहरुलाई सरुवा गर्ने त्रास देखाउँदै आएका छन् । त्यस ब्लका कैदीहरुको गुनासो वमोजिम निज प्रकाश खनालले कारागारको अभिभावकको कार्यभार सम्हाले देखी हाल सम्म कारागार प्रशासनले व्यहोर्नु पर्ने स्वास्थ्य सम्बन्धि शुल्क निर्माण सम्बन्धि शुल्क तथा अन्य अन्य शुल्क समेत वन्दीहरु आफैले व्यहोर्नुपरेको छ । एउटै कारागारको २ ब्लकमा समानान्तर व्यवहार गर्नुपर्ने भएपनि निज जेलरले ख ब्लकका चौकिदार तथा वन्दी लाई गरेको व्यवहारको ठ्याक्कै विपरित क ब्लकमा व्यवहार गर्ने गरेको पाईएको छ । निज वन्दीहरुले पेश गरेको जायज मागहरु सम्बोधन नगरी मौन बसेको निकायहरु तथा कारागार प्रशासनले वन्दीहरुलाई सुधार तिर उन्मुख गराउने हो कि वन्दीहरुलाई थप आक्रामक बनाउदै निजहरुको भविष्य सँग खेलवाड गर्ने हो भन्ने प्रश्न थपिएको छ ।

23/03/2020

BIG BREAKING News
नेपालमा कोरोना भाइरस संक्रमित एक नयाँ विरामी फेला, फ्रान्सबाट कतारहुँदै आएका एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको भनाई, टेकुस्थित अस्पतालमा उपचार हुँदै, सतर्क रहन सबैलाई अपिल ।

20/03/2020

सुचारु हुने सेवा

नेपाल राजपत्रमा उल्लेखित अत्यावश्यक सेवाहरुः
१. डाँक, तार वा टेलिफोन सेवा
२. जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्न यातायात सेवा
३. हवाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा
४. हवाई ग्राउन्ड, रेलवे स्टेसन वा सरकारी गोदममा मालसामान ओसार पसार गर्ने वा राख्ने झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा
५. प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा
६. हातहतियार खरखजाना वा अरु कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा
७. सञ्चार सेवा
८. आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा
९. खानेपानीको सञ्चालन तथा वितरण सेवा
१०. पर्यटन आवास, मोटल, होटल, रेष्टुँरा र रिसोर्टसम्बन्धी सेवा
११. पेट्रोलिम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा
१२. अस्पताल, स्वास्थ्य केन्द्र र औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा
१३. फोहरमैलाको संकलन, ढुवानी, प्रशोधन, बिसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापनसँग सम्बन्धित सेवा
१४. बैंकिङ सेवा
१५. बिमा सेवा
१६. विद्युत् सेवा
१७. दैनिक उपभोग्य वस्तुहरू (खाद्यान्न, दालचामल, नुन, तेल) को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा।

20/03/2020

सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले
कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा
राष्ट्रका नाममा गर्नुभएको सम्बोधन
७ चैत २०७६
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
आज म आप्mनो स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईहरु सामु उपस्थिति भएको छु । अहिले यतिखेर कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिङ्गो विश्व, इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको छ । विश्वका अधिकांश मुलुकहरू यस महामारीको संक्रमणबाट आक्रान्त भएका छन् । सुखद पक्ष, अहिलेसम्म यस संक्रमणको प्रत्यक्ष प्रभाव हाम्रो देश नेपालमा देखिएको छैन । तर हामी पनि यस जोखिमबाट ढुक्क हुने अवस्थामा भने छैनौं ।
नागरिकको स्वास्थ्य र सुरक्षालाई मैले सधैं उच्च प्राथमिकतामा राखेको छु । कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम र यसबाट उत्पन्न हुनसक्ने प्रभावका बारेमा चिन्तित रहेकोले प्रारम्भदेखि नै स्पष्ट कार्ययोजना बनाई काम गर्न मैले निर्देशन दिँदै आएको छु । देशमा संक्रमण भित्रिन नदिने, सचेतना जगाउने, निगरानी र क्वारेन्टाइनको प्रबन्ध मिलाउने र संक्रमितको उपचारको व्यवस्था मिलाउने रणनीति लिई सरकारले शुरुको अवस्थाबाट नै विशेष तयारी गर्दै आएको छ । यसक्रममा मेरै नेतृत्वमा ५ वटा तयारी बैठकहरु सम्पन्न गरी छिमेकी चीनको उहान शहरबाट विद्यार्थीहरुको उद्दार र क्वारेन्टाइनको व्यवस्था गरिएको सबैलाई जानकारी नै छ ।
दोस्रोपटक मृगौला प्रत्यारोपणको लागि अस्पताल जानु अघि मैलै, मेरो अनुपस्थितिमा कार्य गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय निर्देशक समिति बनाई समस्या समाधानको नीतिगत नेतृत्व गर्ने व्यवस्था मिलाएको थिएँ । साथै, मुख्य सचिवको नेतृत्वमा रहेको कार्यान्वयन समिति मार्फत गरिएका निर्णयहरु कार्यान्वयन गर्ने व्यवस्था पनि मिलाएको थिएँ । यिनै संयन्त्र मार्फत सरकारले प्रदेश सरकार र स्थानीय तहसँग समेत समन्वय गरी आफ्ना प्रयासहरू एकीकृत ढङ्गबाट अगाडि बढाउँदै आएको छ ।
दिदिबहिनी तथा दाजुभाईहरु,
महामारीसँग जुध्न सजिलो छैन । हामीले केही समयका लागि आफ्ना व्यवहार र दैनिकीमा परिवर्तन गर्न जरूरी भएको छ । यसले जनजीवनमा केही असहजता ल्याउन सक्छ, हाम्रा आनीबानी र दैनिक व्यवहारलाई असर पार्न सक्छ । तर सम्भावित संक्रमणलाई परास्त गर्न हामीसँग यस बाहेक अर्को विकल्प पनि छैन । तसर्थः तपाईहरुले भरोसा गर्नु भएको प्रधानमन्त्रीको हैसियतले म आग्रह गर्दछु–
· सरसफाईमा उचित ध्यान दिनुहोस्– साबुन पानीले पटकपटक हात धुने र स्यानिटाइजर प्रयोग गर्ने गर्नुहोस् ।
· भीडभाडबाट टाढै रहनु होस्,
· सकेसम्म घरमै बस्नुहोस्,
· अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्नु होस्,
· हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहुनुहोस्,
· चिकित्सक, विज्ञ तथा प्राविधिकहरुको सल्लाहलाई पालना गर्नुहोस्,
· धैर्यवान हुनुहोस् र संयमता अपनाउनु होस्, र
· सावधान हुनुहोस् तर आतङ्कित नहुनुहोस् ।
संक्रमित मुलुकबाट नेपाल आएका सबैले आफू बच्न, आफ्नो परिवारलाई बचाउन र समुदायलाई संक्रमणबाट जोगाउन कम्तीमा १४ दिन घरमा क्वारेन्टाइनमा बस्नुपर्छ । सबै दिदीबहिनी तथा दाजुभाईहरुले यस अप्ठ्यारो घडीमा जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।
संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले कुनै कसर बाँकी राख्ने छैन । यसका लागि देशभरका अस्पतालहरूबाट सेवा प्रदान गर्ने, पर्याप्त औषधि र उपकरणको प्रबन्ध गर्ने, आवश्यक जनशक्तिको व्यवस्था गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ । यस कार्यमा प्रत्यक्ष रूपमा संलग्न रहने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र सुरक्षा निकाय लगायतका जनशक्तिलाई उचित प्रोत्साहन सहित उच्च मनोबलका साथ परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।
विद्युतीय माध्यमबाट प्रवाह गर्न सम्भव हुने निजी क्षेत्रका सेवाहरू सम्बन्धित कर्मचारी र सेवाप्रदायकले घरबाटै प्रदान गर्न प्रोत्साहित गरिनेछ ।
तर, सबै सरकारी कर्मचारीहरू र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीहरूले यथावत् रूपमा आआफ्नो कार्यालयमा उपस्थित भई नियमित कामकाज गर्नुहुनेछ ।
सार्वजनिक सेवा प्रवाहका लागि आवश्यक पर्ने निजी सहित सबै प्रकारका सवारी साधनहरू आवश्यकताअनुसार संचालन गर्ने व्यवस्था मिलाइएको छ ।
निजी क्षेत्र समेतको सहयोगमा खाद्यान्न लगायतका अत्यावश्यक उपभोग्य सामाग्रीको नियमित आपूर्ति हुने व्यवस्था मिलाइएको छ । तर, अप्ठ्यारो समयको फाईदा उठाउँदै कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी तथा कालोबजारी गर्ने, खाद्यवस्तुमा मिसावट गर्ने जस्ता अपराधिक काममा कोही संलग्न भएको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाहि समेत गरिने स्पष्ट पार्दछु, ।
विश्वव्यापी यो महामारीले समग्र अर्थव्यवस्थामा पारेको असरका सम्बन्धमा अर्थ मन्त्रालयले सूक्ष्म अध्ययन गरिरहेको छ । अर्थव्यवस्थामा परेको र पर्नसक्ने प्रभावको विश्लेषण गरी अर्थतन्त्रमा संकुचन आउन नदिन सरकारले छिट्टै उपयुक्त कार्यक्रमहरू ल्याउने नै छ । उद्यमी तथा श्रमजीवी– श्रमको संसारका सबै सहयात्रीहरुमा यस महामारीले सिर्जना गर्नसक्ने प्रतिकूलताप्रति सरकार संवेदनशील छ र त्यसलाई संबोधन गर्ने नै छ ।
दिदिबहिनी तथा दाजुभाईहरु,
तपाई हाम्रै स्वास्थ्य र सुरक्षाालई ध्यानमा राखि केही क्षेत्रहरुमा निम्नानुसारका उपायहरु लागु गर्नपर्ने बाध्यकारी अवस्था पनि आएको छ ।
· नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु आगामी चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित गरिएको छ ।
· सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ । यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसंग आवश्यक समन्वय गरिने छ ।
· देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।
· आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ ।
· मानिसहरुको भडिभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द गरिएको छ ।
· विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरु हाललाई स्थगित गरिएको छ ।
· महामारीको अवस्थालाई हेरी, यहाँहरुकै सहयोगमा थप कदमहरु पनि चाल्न सकिने छ ।
यी व्यवस्थाहरूबाट देशभित्र र बाहिर रहेका नेपाली दिदीबहिनी दाजुभाइहरू र अन्य यात्रुहरूलाई यथाशक्य कम असुविधा होस् भन्नेतर्फ नेपाल सरकार सचेत र संवेदनशील छ । म विश्वास दिलाउन चाहन्छु, यस असहज परिस्थितिलाई छिटोभन्दा छिटो अन्त्य गरी जनजीवनलाई सामान्य बनाउन सरकार प्रयत्नशील रहने छ ।
संसदमा प्रस्तुत एवं एकमतले पारित गरिएको संकल्प प्रस्ताव र सर्वदलीय बैठकमा अभिव्यक्त विचारहरुले यस समस्याको समाधानमा सिंगो राष्ट्र एकजुट रहेको भावना प्रकट भएको छ, जुन खुशीको कुरा हो । यस अभियानमा सरकारका सबै अङ्गहरु, नागरिक समाजका सबै संघ÷संस्थाहरु र आमसञ्चार जगत समेत सबैलाई पारस्परिक सहयोगका साथ नेपाली राष्ट्रिय भावना प्रकट गर्न म हार्दिक आव्हान गर्दछु ।
मुलुक बाहिर ठूलो संख्यामा नेपाली दिदिबहिनी तथा दाजुभाईहरु रहँदै आउनु भएको छ । कोरोना भाइरसको महामारीका कारण तपाईहरुलाई मुलुक फर्किन केही असुविधा परेको मेरो जानकारीमा छ । यस घडीमा, नआत्तिन र चिन्तित नहुन आग्रह गर्दै आवस्यक पर्दा आपूm रहेको देशको कुटनीतिक नियोगमा सम्पर्क राख्नु हुन आग्रह गर्दछु । हाम्रा नियोगहरुले तपाईहरुका समस्या हल गर्न सक्दो सहयोग गर्ने जानकारी गराउँदछु ।
म अस्पतालबाट डिस्चार्ज भएलगत्तै भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीको पहलमा आयोजित दक्षिण एशियाली राष्ट्रहरुका सरकार तथा राष्ट्र प्रमुखहरुको भिडियो कन्फरेन्समा मैले पनि सम्बोधन गरेको थिएँ । कोरोना भाइरस महामारीका विरुद्ध खर्च गरिने भारतीय प्रधानमन्त्रीले आव्हान गर्नु भएको संयुक्त कोषमा नेपालले पनि योगदान गर्ने प्रतिबद्धता जनाएको थिएँ । सार्क राष्ट्रमा यथोचित सहयोग गर्न सकियोस भन्ने उद्देश्यले यस कोषमा १० करोड रुपियाँ योगदान गर्नेे समेत जानकारी गराउँदछु । यस महामारीसंग जुध्न हाम्रा छिमेकीहरु, क्षेत्रीय मित्रहरु र अन्तर्राष्ट्रिय समुदायसंग पारस्परिक सद्भाव र सहयोगका साथ अघि बढ्न हामी प्रतिवद्ध छौं ।
तपाईहरूकै सहयोगमा विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको सम्भावित संक्रमणबाट आम जनसमुदायलाई सुरक्षित राख्न हामी सफल हुनेछौं । यस उद्देश्य प्राप्तिका लागि निजी क्षेत्र, संघसंस्था, दुबै छिमेकी तथा अन्य मित्रराष्ट्रहरू लगायत अन्तर्राष्ट्रिय समुदायहरुबाट हालसम्म प्राप्त सबैप्रकारका सद्भाव तथा सहयोगका लागि धन्यवाद भन्न चाहन्छु । आगामी दिनमा समेत छिमेकी तथा अन्य मित्र राष्ट्रहरु र शुभेच्छुक संस्थाहरुबाट निरन्तर सहयोग प्राप्त हुनेमा मैले विश्वास लिएको छु ।
मृगौला प्रत्यारोपण र उपचारपछिको शीघ्र स्वास्थ्यलाभमा यहाँहरुले मेरो इच्छाशक्ति र उच्च मनोबल प्रमुख कारक रहेको चर्चा गर्दै आउनु भएको मैले सुनेको छु । यस घडीमा मलुकले हामी सबैको दृढ ईच्छाशक्ति र उच्च मनोवलको माग गरेको छ । हाम्रो इच्छाशक्ति, उच्च मनोबल र आपसी एकताले कोरोना भाइरसको महामारीलाई रोक्न, पराजित गर्न र अघि बढ्न निर्णायक भूमिका खेल्ने छ भन्ने मैले विश्वास लिएको छु ।
२०७२ सालको विनासकारी भुकम्प र त्यसपछि सिर्जित प्रतिकुलतालाई हामीले दृढताका साथ सामना ग¥यौं । यस अप्ठ्यारो घडीमा पनि त्यस्तै दृढता सहित, सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइले पूर्ण सहयोग र साथ दिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।
धन्यवाद !

01/03/2020

पूर्व प्रधानमन्त्री नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ । अध्यक्ष दाहाल माथि राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा सम्बोधन गरेर फर्केने क्रममा जुत्ता प्रहार भएको हो ।

Address

Kathmandu
799

Telephone

+9779811768033

Website

Alerts

Be the first to know and let us send you an email when Everest Online TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share