NN Politics

NN Politics Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NN Politics, Media/News Company, Kathmandu.
(4)

Welcome to the Nepal News Political News page — your trusted source for updates, analysis, and in-depth coverage of Nepal’s political landscape.
👉 Follow our offical page - https://www.facebook.com/nepalnews.comofficial

पशुपतिनाथ मन्दिरकाठमाडौँको पशुपतिनाथ मन्दिरमा सोमबार पूजा आराधना तथा दर्शन गर्न लामबद्ध भएका भक्तजन। तस्बिरः हरिराम भेटु...
08/06/2026

पशुपतिनाथ मन्दिर
काठमाडौँको पशुपतिनाथ मन्दिरमा सोमबार पूजा आराधना तथा दर्शन गर्न लामबद्ध भएका भक्तजन। तस्बिरः हरिराम भेटुवाल/रासस

सुनचाँदीको मूल्य आज पनि घट्योस्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा १ हजार र चाँदी  ३३५ ले घटेको हो...
07/06/2026

सुनचाँदीको मूल्य आज पनि घट्यो
स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा १ हजार र चाँदी ३३५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल ३ लाख ८ हजार कायम भएको छ । एक तोला चाँदीको मूल्य ४ हजार ८९५ निर्धारण भएको छ ।

05/06/2026
सुनचाँदीको मूल्य केही घट्योआज सुन तोलामा रु दुई हजार १०० र चाँदी रु ५५ ले घटेको ६ ।नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुस...
05/06/2026

सुनचाँदीको मूल्य केही घट्यो
आज सुन तोलामा रु दुई हजार १०० र चाँदी रु ५५ ले घटेको ६ ।
नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य ३ लाख नौ हजार कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार २३० निर्धारण भएको छ ।

सुनचाँदीको मूल्यमा सामान्य गिरावटआज सुन तोलामा रु २०० र चाँदी रु ८५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसा...
04/06/2026

सुनचाँदीको मूल्यमा सामान्य गिरावट
आज सुन तोलामा रु २०० र चाँदी रु ८५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य ३ लाख ११ हजार १०० कायम भएको छ । एक तोला चाँदीको मूल्य ५ हजार २८५ निर्धारण भएको छ ।

‘बुध’ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्णको अवतार)को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको ...
03/06/2026

‘बुध’ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्णको अवतार)को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ।

तोलामा ४०० ले बढ्यो सुनको मूल्यनेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन आजका लागि ३ लाख ११ हजार ३०० निर्धारण...
02/06/2026

तोलामा ४०० ले बढ्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन आजका लागि ३ लाख ११ हजार ३०० निर्धारण भएको छ । आजका लागि ५४०५ निर्धारण भएको छ ।

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:मेष : आज चन्द्रमा नवम ९भाग्य० भावमा रहनेछन्। लामो समयदेखि रोकिएका धार...
02/06/2026

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

मेष : आज चन्द्रमा नवम ९भाग्य० भावमा रहनेछन्। लामो समयदेखि रोकिएका धार्मिक वा मांगलिक कार्यहरू अगाडि बढ्नेछन्। भाग्यले साथ दिने भएकाले थोरै मिहिनेतले पनि ठूलो सफलता मिल्न सक्छ। उच्च शिक्षा वा वैदेशिक यात्राको प्रयास गरिरहनुभएकाहरूका लागि आजको दिन निकै अनुकूल रहनेछ। गुरुजनको आशीर्वाद प्राप्त हुनेछ।

वृष : आज चन्द्रमा अष्टम भावमा गोचर गर्ने भएकाले अलि सावधानी अपनाउनुपर्ने देखिन्छ। जभबतिज मा अचानक समस्या आउन सक्छ, विशेषगरी पेट र नसा सम्बन्धी समस्याले सताउन सक्छ। जोखिमपूर्ण लगानी र अपरिचित व्यक्तिमाथि चाँडै विश्वास नगर्नुहोला। वादविवादबाट टाढै रहनु हितकर हुनेछ।

मिथुन : दाम्पत्य जीवन सुखमय रहनेछ। जीवनसाथी वा व्यावसायिक साझेदारको पूर्ण सहयोगले ठूला योजनाहरू सफल हुनेछन्। व्यापार(व्यवसायमा नयाँ अर्डर वा सम्झौता प्राप्त हुने योग छ। विपरीत लिङ्गी मित्रको सहयोगले मन प्रसन्न रहनेछ र यात्रा रमाइलो हुनेछ।

कर्कट : तपाईंको कार्यक्षमता र आत्मविश्वास उच्च रहनेछ। पुराना ऋण, रोग वा कानुनी विवादहरूबाट मुक्ति मिल्ने योग छ। प्रतिस्पर्धी र शत्रुहरू परास्त हुनेछन्। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी वा पदोन्नतिको अवसर आउन सक्छ। मामाघर पक्षबाट शुभ समाचार मिल्नेछ।

सिंह : बौद्धिक र रचनात्मक कार्यमा रुचि बढ्नेछ। विद्यार्थी वर्गका लागि अध्ययनमा विशेष सफलता मिल्ने दिन छ। सन्तानको तर्फबाट सुखद र सन्तोषजनक समाचार प्राप्त हुनाले मन प्रसन्न रहनेछ। प्रेम जीवनमा सामीप्यता बढ्नुका साथै नयाँ मित्रता गाँसिने समय छ।

कन्या : पारिवारिक वा घरायसी मामिलाले गर्दा मन केही चिन्तित वा विचलित हुन सक्छ। घरजग्गा वा सवारी साधनको कारोबार गर्दा कागजातहरू राम्ररी जाँच्नुहोला, हतारमा निर्णय नगर्नुहोला। आमाको स्वास्थ्यको ख्याल राख्नुहोला। कार्यक्षेत्रमा कामको चाप बढी हुनाले केही थकान महसुस हुनेछ।

तुला : आज तपाईंको पराक्रम, हिम्मत र उत्साहमा वृद्धि हुनेछ। छोटो दुरीको फलदायी यात्राको योग बनेको छ। दाजुभाइ, दिदीबहिनी र नजिकका मित्रहरूको सहयोगले अधुरा कामहरू पूरा हुनेछन्। सञ्चार, लेखन, मिडिया र सामाजिक सञ्जालको माध्यमबाट व्यावसायिक सफलता मिल्नेछ।

वृश्चिक : आर्थिक दृष्टिकोणले आजको दिन निकै उत्तम रहनेछ। रोकिएको धन फिर्ता आउने वा नयाँ आम्दानीको स्रोत फेला पर्ने बलियो योग छ। बोलीको प्रभावले सामाजिक र व्यावसायिक क्षेत्रमा राम्रो छाप छाड्न सफल हुनुहुनेछ। परिवारमा खुसीको वातावरण रहनेछ र मीठो भोजनको अवसर मिल्नेछ।

धनु : चन्द्रमा आफ्नै राशिमा गोचर गर्ने भएकाले शारीरिक रूपमा स्फूर्ति र मानसिक रूपमा प्रसन्नता कायम रहनेछ। सामाजिक मान(प्रतिष्ठा र सम्मानमा वृद्धि हुनेछ। नयाँ योजना वा कार्यको थालनी गर्नका लागि समय अत्यन्तै शुभ छ। पारिवारिक सुख मिल्नेछ र सोचेका कामहरू समयमै बन्नेछन्।

मकर : आज चन्द्रमा द्वादश भावमा रहने भएकाले खर्चको मात्रा केही बढ्न सक्छ। विलासिता र मनोरञ्जनका वस्तुहरूमा खर्च गर्दा ध्यान दिनुहोला। वैदेशिक क्षेत्र, आयात(निर्यात वा टाढाको यात्रासँग सम्बन्धित काममा भने राम्रो सफलता मिल्नेछ। साँझपख अध्यात्म वा सामाजिक कार्यमा मन जानाले आन्तरिक शान्ति महसुस हुनेछ।

कुम्भ : आम्दानीका विभिन्न स्रोतहरू फेला पर्नेछन् र आर्थिक स्थिति सुदृढ हुनेछ। पुराना लगानी वा सेयर बजारबाट राम्रो मुनाफा मिल्ने योग छ। दाजुभाइ वा वरिष्ठ व्यक्तिहरूको सहयोगले ठूला र महत्वपूर्ण योजनाहरू अगाडि बढ्नेछन्। मित्रहरूसँग रमाइलो भेटघाट र भोजभतेरको योग छ।

मीन : आज चन्द्रमा दशम (कर्म) भावमा रहनेछन्। कार्यक्षेत्र र राज्यपक्षबाट पूर्ण सहयोग तथा लाभ मिल्ने दिन छ। नयाँ पदभार, जिम्मेवारी वा पदोन्नतिको अवसर आउन सक्छ। पिता वा पैतृक सम्पत्तिबाट फाइदा हुनेछ। समाजसेवा र राजनीतिमा लाग्नेहरूका लागि आजको दिन निकै महत्वपूर्ण र उपलब्धिमूलक रहनेछ।

राशिफलले जे जस्तो भनेपनि तपाइँहरुको आजको दिन मङ्गलमय र शुभ बनोस् ।

मंगलबार गणेश भगवानको बार हो। धार्मिक परम्पराअनुसार भगवान गणेशलाई सबै भन्दा उत्कृष्ट देवताको रुपमा पुज्ने चलन रहेको छ। हर...
02/06/2026

मंगलबार गणेश भगवानको बार हो। धार्मिक परम्पराअनुसार भगवान गणेशलाई सबै भन्दा उत्कृष्ट देवताको रुपमा पुज्ने चलन रहेको छ। हरेक व्यक्तिले पूजाआरधना गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने चलन रहेको छ।

सोमबारको दिन हिन्दू धर्म परम्पराअनुसार भगवान शिवका लागि समर्पित छ। मानिन्छ कि शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ...
01/06/2026

सोमबारको दिन हिन्दू धर्म परम्पराअनुसार भगवान शिवका लागि समर्पित छ। मानिन्छ कि शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ। पवित्र मनले पूजा गरेमा शिव आफ्नो भक्तसंग चाडै प्रसन्न हुन्छन्।

Address

Kathmandu
46000

Alerts

Be the first to know and let us send you an email when NN Politics posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share