Technologic CP

Technologic CP Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Technologic CP, Digital creator, Basundhara, Kathmandu.

This Page is based on my YOUTUBE Channel Here you can find The Different Area Like SMARTPHONE, COMPUTER, TELECOM, TECH VIDEOS, NEWS, QUOTES And Many more Videos Which Give You Some Knowledge And Entertain You To Provide Different Technical Aspects…

27/03/2025

विशेष जानकारी , सबैले शेयर गर्नु होला ।
----------------------------------------------------------
⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃
हालै, WhatsApp ह्याक गर्ने नयाँ तरिका बजारमा चर्चामा छ, जसमा कल फरवार्डिङको दुरुपयोग गरी ह्याकरहरूले तपाईंको WhatsApp अकाउन्ट नियन्त्रणमा लिन सक्छन्। यो तरिका सामाजिक इन्जिनियरिङ (Social Engineering) मा आधारित छ, जहाँ ह्याकरहरूले तपाईंलाई छल गरेर आफ्नो जालमा पार्छन्।

ह्याक कसरी गरिन्छ?
ह्याकरले तपाईंलाई फोन गर्छ वा मेसेज पठाउँछ र भन्छ:

🔹 "नमस्ते! म तपाईंको मोबाइल सेवा प्रदायक बाट बोल्दैछु। तपाईंको नम्बरमा सुरक्षा समस्या देखिएको छ। कृपया यो कोड डायल गर्नुहोस्:

🔹 वा, "बधाई छ! तपाईंले रु. १०,००० को उपहार जित्नुभयो। दाबी गर्न यो कोड डायल गर्नुहोस्:

यदि तपाईंले उक्त कोड डायल गर्नुभयो भने, तपाईंको फोनमा आउने सबै कलहरू ह्याकरको नम्बरमा फरवार्ड हुन्छन्।

अब, जब ह्याकरले तपाईंको WhatsApp मा लगइन गर्न खोज्छ, WhatsApp ले OTP (One-Time Password) फोन कलमार्फत पठाउँछ। किनभने तपाईंको फोनमा आउने सबै कलहरू ह्याकरको नम्बरमा फरवार्ड हुने बनाइएको छ । तपाईंको कलहरू ह्याकरले नै प्राप्त गर्छ, उसले OTP कोड पाएर तपाईंको अकाउन्ट ह्याक गर्छ।

अब ह्याकरले WhatsApp मा लगइन गरेपछि, तपाईंलाई अकाउन्टबाट बाहिर निकाल्छ। यसपछि, ह्याकर तपाईंको सम्पूर्ण च्याट, कन्ट्याक्ट, र डेटा प्रयोग गर्न सक्छ।
----------------------------------------------------------
⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃⁃

यस ह्याकिङबाट कसरी जोगिने?

✔ कुनै पनि अपरिचित व्यक्तिले दिएको कोड डायल नगर्नुहोस्।
✔ कहिलेकाहीँ कसैले तपाईँलाई बाटोमा हिँड्दै गर्दा एउटा कल गर्नुथ्यो भनेर पनि फोन माग्न सक्छन्। त्यस्तो अवस्थामा फोन नम्बर आफैले हानेर उसलाई कल गर्न दिनुहोला नत्र उस्तै मान्छे को हातमा पर्यो भने तपाईंको सम्पूर्ण कलहरु फर्वार्ड गरिदिने सेटिङ उसले गर्न सक्छ
✔ WhatsApp मा दुई-चरण प्रमाणीकरण (Two-Step Verification) सक्षम गर्नुहोस्।
✔ तपाईंको मोबाइलको कल फरवार्डिङ सेटिङ जाँच गर्नुहोस्
✔ नचिनेको फोन कल वा मेसेजमा विश्वास नगर्नुहोस्।
✔ WhatsApp सपोर्ट वा साइबर क्राइम शाखालाई रिपोर्ट गर्नुहोस् यदि तपाईंको अकाउन्ट ह्याक भएमा।

Ultimate information about iPhone 16 Series
11/09/2024

Ultimate information about iPhone 16 Series

30/04/2024

Scammer Alert!!! Recent Case

सबैभन्दा पहिले तपाइको साथी को ID Hack हुन्छ, त्यो Hack भएको ID बाट तपाइलाई Message आउछ, Mero Driving को Form भर्न लागेको, Whatsapp मा Code आएको छ, पठाउन पर्यो | अनि तपाईंले मेरै साथीलाई त हो भनेर पठाउनु हुन्छ, तर Hacker ले तपाइको Facebook को Password Reset गर्न Code पठाएको हुन्छ ।

तपाईंले Code दिएपछि, तपाईंको ID पनि Hack हुन्छ र तपाईंको Account बाट तपाइको साथीलाई म हस्पिटल मा छु, मलाई यो Esewa मा १०,००० चाहियो Emergency Please भनेर Message Send हुन्छ, कति ले तपाइनै भनेर पैसा पठाऊछन् | अनि तपाइको साथीलाई पनि Mero Driving को Form भर्न लागेको, Whatsapp मा Code आएको छ भनेर फेरी Message Send हुन्छ |

Hacker हरूले प्रयोग गर्ने Esewa ID चाही सोझा नबुज्ने मान्छे, जसले आफ्नो नागरिकता फोटोकपी गर्न जादा वा Form भर्न जादा पसलबाट वा अन्य तरिकाबाट लिएका हुन्छन ।

Solution
- आफै Alert हुने, आफ्नो परिवार, साथी लाई यस्तो हुन्छ भनेर जानकारी दिने
- Double Step Verification Enable गर्ने

08/04/2024

Facebook, YouTube, TikTok, Instagram ह्याक एकदम भईरहेको बेलामा नेपाली ह्याकरहरुले राम्रो पैसामा पेज, टिकटक प्रोफाईलहरु किन्छु भनि WhatsApp, Messenger हरुबाट Screenshare गर्न लगाई त्यही समयमा OTP पठाएर ह्याक गरेको धेरैवटा भेटियो, आफुले चिनेभन्दा बाहिरको मान्छेहरुलाई Screenshare नगर्ने, OTP नदिने, Digital Platform हरु जति बेलापनि ह्याक हुनसक्छ भन्ने सोची आफ्नो Contact Details [username, password] हरु Update गर्ने, Two Factor Authentication हरु प्रयोग गरी सुरक्षित रहनुहुन अनुरोध गर्दछु।

Good News: अब नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्सलाई समेत ट्राफिक प्रहरीले मान्यता दिने भएको छ ।
31/10/2023

Good News: अब नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्सलाई समेत ट्राफिक प्रहरीले मान्यता दिने भएको छ ।

•कसरी देखिदैछन फेसबुकमा जताततै निलो टिक ??फेसबुकले meta verified ल्याए सङ्गै तपाइहरुले फेसबुकमा निलो टिक भएका verified प...
01/10/2023

•कसरी देखिदैछन फेसबुकमा जताततै निलो टिक ??

फेसबुकले meta verified ल्याए सङ्गै तपाइहरुले फेसबुकमा निलो टिक भएका verified प्रोफाइलहरुको ताती देख्नु भएको होला । के हो मेटा भेरिफाइ ?? कस्ले पाउछ ?? कसरी लिने ??

1 के हो मेटा भेरिफाइ ??- मेटा भेरिफाइ फेसबुले आधिकारिक रुपमै लन्च गरेको स्किम हो , जसमा प्रयोगकर्ताले मासिक 8$ (1066 नेपाली रुपैयाँ ) तिरेर लिन सक्नु हुन्छ , जसले गर्दा तपाइको प्रोफाइले भेरिफाइड निलो टिक पाउने गर्छ ।

2 -कस्ले पाउने ? - फेसबुकले निसुल्क दिने टिक सिलिब्रेटी , राजनेता अथवा अन्य बहुचर्चित व्याक्तीहरुले पाउने गर्थे भने , मेटा भेरिफाइ भने जो कसैले पनि लिन मिल्छ ।

3 - सेलिब्रेटीले पाउने टिक र मेटा भेरिफाइ बाट पाउने टिक एउटै हो त ?? - हैन , फेसबुकले सेलिब्रेटिलाइ दिने टिक निसुल्क र लाइफ टाइम हुन्छ भने मेटा भेरिफाइ भने ससुल्क हुन्छ जस्मा मासिक 8$ मेटालाइ बुझाउनु पर्ने हुन्छ , यदि पैसा बुझाइएन भने टिक हट्ने गर्दछ ।
फेसबुकले आधिकारिक्ता हेरेर दिने टिक पाउन निकै मुस्किल पनि छ जस्मा फेसबुकले थुप्रै कुरामा ध्यान दिएर मात्रै पेज अथवा प्रोफाइललाई टिक दिएको हुन्छ । जस्तै: निजको बारेमा मिडियामा आएका समाचार , फलोवर , खाताको सक्रियता आदि ।
अर्को ठूलो फरक भने निसुल्क टिक दिएको खातामा कुनै पनि प्रतिबन्ध हुदैन र मेटा भेरिफाइमा भने विभिन्न प्रतिबन्ध लगाइएको हुन्छ , जस्तै - महिनामा एकपटक मात्रै प्रोफाइल फोटो परिवर्तन गर्न मिल्ने (जस्लाइ मेटाले approve गर्ने गर्छ ) , खातामा नाम अथवा username परिवर्तन गर्न नमिल्ने ।

4 - सेलिब्रेट टिक कसरी पाउने ? - सेलिब्रेटी टिक पाउनका लागि आवेदन दिनु अघि बुझ्नुपर्ने कुराहरु :- यो टिक फेसबुकले तमाम दायराहरु हेरेर दिने गर्दछ जस्मा , राष्ट्रिय मिडियामा आएका समाचार , पेज/प्रोफाइलेको सक्रियता , पेजमा भएका फलोवर , र गुगलमा हजुर्को नामबाट आउने परिणाम आदि पर्दछन । यदि यो सबैकुरा तपाइँ सङ्ग छन भने तपाइले https://www.facebook.com/help/contact/295038365360854 मा गएर आवेदनमा मागे अनुसारको जानकारीहरु दिएर भेरिफिकेसन प्राप्त गर्न सक्नुहुन्छ , सो आवेदन बुझाएको 1-48 घन्टा भित्र तपाइलाइ फेसबुकले मेल र नोटिफिकेसन मार्फत आवेदन स्वीकृत भएको व नभएको बताउने गर्दछ साथै आवेदन स्वीकृत नभएको खण्डमा निजले ३० दिन पछि पिन आवेदन बुझाउन मिल्ने गर्दछ ।

5 - मेटा भेरिफाइ कसरी पाउने ? - फेसबुकले आधिकारिक रुपमै धेरै जसो देशमा यो सेवा दिए पनि नेपालका भने सबै प्रोफाइलमा आइसकेको छैन । सो सेवा लिन आफ्नो प्रोफाइलमा गएर 3 डटमा गएर "Meta verified" विकल्पमा गएर दिएको निर्देशन अनुसार $8 बुझाएर साथै आफ्नो नागरिक्ता वा पासपोर्टको कपि बुझाएर सदस्यता लिन सकिन्छ , र यदि तपाइको प्रोफाइलमा यो विकल्प छैन भने तपाइको प्रोफाइल बाहिर देशबाट केही दिन संचालन गर्ने हो भने यो विकल्प उपलब्ध हुने गर्छ । मेटा भेरिफाइको बारेमा थप - https://facebook.com/help/1206202490291214/

30/03/2023

𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤 मा गर्नौ नहुने तर हामिले गर्दै आएका 𝐌𝐢𝐬𝐭𝐚𝐤𝐞 हरु :-

1- जुन पायो तेइ aap/website मा login with facebook , यसरी 3rd party apps हरुलाइ अनुमती दिदा उक्त app/website ले हजुरको प्राइभेट डाटा सम्म लिने गर्छ , जस्ले Facebook account ह्याक सम्म हुन सक्छ ।

2- 2 factor authentication अन नगर्नु तपाइको गल्ती मात्रै हैन मुर्खता पनि हुनसक्छ , यो setting ले तपाइले प्रत्येक पटक नया Device अथवा नया लोकेसन बाट facebook login गर्दा तपाइले दर्ता गरेको अप्सन अनुसार login code पठाउने गर्दछ ।

3- Facebook account सङ्ग लिन्क भएको email/phone सुरक्षित नराख्नु , यस्ले तपाइलाइ तत्काल नभए पनि एक्दिन पक्कै समस्या दिने छ , password परिवर्तन गर्दा होस या नया फोनमा login गर्दा या भनौ password बिर्सिदा तपाइलाइ लिन्क भएको email/phone को आवस्यक्ता पर्छ । ( लिन्क भएको email मा पनि 2 factor authentication अन गर्न नभुल्नु होला ) ।

4- कुनै पनि website मा गएर आफ्नो document अपलोड गर्नु - तपाईं कुनै पनि website जस्तै Jpeg to pdf converter , यस्ता वेबसाईटमा गएर कहिले पनि आफ्नो official government id (पासपोर्ट , लाइसेन्स )अपलोड नगर्नु होला , तपाइको government id ले तपाईंको facebook account ह्याक सम्म पनि हुन सक्ने खतरा हुन्छ ।

5- कुनै पनि पब्लिक एरियामा फ्री Wifi को प्रयोग - कुनै पनि ठाउमा फ्री wifi पाए भन्दैमा हत्तपत्त जोडेर चलाइहाल्नु एक्दमै गलत हो जस्ले तपाइको फोनमा हमला गरेर , फोन हाइज्याक सम्म गर्न सक्छन ।

Nepal Telecom is distributing 50 eSIMs only for today and the quota has already finished. So you will have to come anoth...
16/09/2022

Nepal Telecom is distributing 50 eSIMs only for today and the quota has already finished. So you will have to come another day to get eSIM.
And according to the employees here it will take around 30-45 mins process for an individual to complete the procedure.

04/06/2022

एकदमै साधारण तर अति महत्वपूर्ण जानकारी!!

केही दिन अगाडी देखी धेरै Celebrity Artist देखी साधारण व्यक्तिहरुको पनि फेसबुक प्रोफाईल Disable हुने या Hack हुने क्रम अत्यधिक बढेको छ,
जुन कुरा नहुँदा सम्म हामीले धेरै वास्ता गरेकै छैनौं, समस्या परेपछी एकदमै तनाव हुन्छ, गार्है पर्छ किनकी फेसबुक या यस्ता Social Media जिन्दगीकै महत्वपुर्ण अङ्ग बनिसकेका छन।

Facebook Disable हुँदा या Hack हुँदा सबैभन्दा पहिले email address आवश्यक पर्दछ, धेरै जनाको फेसबुक प्रोफाईलमा प्रयोग भएका email address
बिर्सिसकेको या त्यो email मा पहुँच नपुग्ने (जस्तै ८ बर्ष अगाडी बनाएको Password याद छैन, Mobile number याद छैन, केही याद छैन) अवस्था छ ।

एकदमै व्यस्त हुनुहुन्छ भनेपनि एकपल्ट तपाइँपनि आफ्नो फेसबुक प्रोफाईलको निम्न setting चेक गर्नुहोस:-
Menu मा जानुहोस
Settings & Privacy
Personal Information
Contact Info ( त्यहाँ भएको email & phone number मा कोड Send हुँदा तपाइँले पाउनुहुन्छ? चेक गर्नुस, पाउनुहुन्न भने Add Phone Number, Add email address
अहिले चलिरहेको Phone Number, email add गर्नुस)
समय समयमा password change गर्नुस, बिर्सिन्छ जस्तो लागे Google Password Manager जस्ता app प्रयोग गर्नुस (आफ्नो Diary मा username password टिपीराख्नुस) ।

यो Basic कुरा हो
त्यसपछी
Security
Security & Login
Facebook Protect
Keep This setting on
(Mobile मा SMS आउने option राख्दा हुन्छ)

Setting Up Extra Security
Get Alerts about unrecognized logins ( Notification & email on गर्नुस, कहिँ कतै login हुन खोजे Notification पाउनुहुन्छ )
Choose 3 to 5 friends To contact
यसमा आफ्ना नजिकका मान्छे जो सँग तपाइँको फेसबुक बिग्रिदापनि Code माग्न सक्नुहुन्छ, राख्नुहोस।
यति गर्दा केही हद सम्म आफ्नो Account सुरक्षित राख्न सक्नुहुनेछ।

Social Media use गर्दा नग्न फोटो/भिडियो शेयर गर्दै नगर्नुस (धेरै जसो फेसबुक Disable हुनुको पछाडीको मुख्य कारण यस्तै काण्ड भनिने भिडियोहरु छन)

(यति सानो कुरापनि सिकाउन खोज्यो भनेर, दु:ख नमान्नुहोला, यही कुरा Care नगरेर लाखौँ Follower भएका Profile हरु loss भएका छन, मेरो मन हल्लिने गरी धेरै जनाको आँशु/तनाव देखेको छु, जुन कुरा जो कसैले चाहेर पनि फिर्ता हुन गाह्रो छ)

01/06/2022

पछिल्लो समयमा धेरै जस्तो कलाकारहरु आफ्ना सिर्जना Digital Platform मा राख्दै हुनुहुन्छ, केहीले राम्रै आम्दानी पनि गर्दै हुनुहुन्छ, केही कसरी भन्ने बुझ्न खोज्दै हुनुहुन्छ।

एक सर्जक/कलाकारको लागी सबैभन्दा ठुलो कमाई भनेको दर्शक/श्रोताको माया हो भन्ने चलन छ, Digital Distribution ले फरक Platform मा रहेका आफ्ना दर्शक/श्रोतामा पुग्ने, ति Platform मा कुनै सिर्जना किनेर सुन्नु पर्ने या Monthly Subscription को आधारमा सुन्न सक्नेहरु छन्, आफ्ना सिर्जना प्रयोग भएका ठाउँ या Platform ( जस्तो TikTok) बाट आफ्नो लागी Royalty Collect गरिदिने,
आफ्ना सिर्जनाको अनधिकृत प्रयोग हुन रोक्ने काम गर्दछन।

पछिल्लो समयमा नेपालमा पनि धेरै Digital Distribution गर्ने कम्पनि छन्, उहाँहरुसँग सम्झौता गरी पनि काम गर्न सक्नुहुन्छ, त्यसो गर्दा प्राविधिक, कानुनि सहयोग उहाँहरुले गरिदिनुहुन्छ।

Digital Distribution गर्नु अगाडी निम्न कुरामा ध्यान दिनु पर्दछ:-

१. तपाइँको Content ( Song/Music Video/Film Etc. ) प्रतिलिपि अधिकार सँरक्षणको कार्यालयमा दर्ता भएको हुनु पर्यो, Digital Platform हरुमा सबै भन्दा धेरै समस्या Fake Copyright Claim को छ,
आफ्नो सिर्जना सुरक्षित गर्ने सबैभन्दा उच्च सरकारी निकाय त्यो नै हो।

२. आफ्नो प्रतिलिपी अधिकार (लिखित रुपमा प्राप्त) बाहेक कुनैपनि सिर्जना आफ्ना Platform मा राख्न पाऊनुहुन्न, राखेमा कानुनि कारवाही भोग्नुपर्ने हुन्छ।

३. तपाइँको Content Final हुनु पर्यो, बारम्बार File Change गर्न मिल्दैन, अडियोको हकमा 44100 HZ को Wav File हुनुपर्यो।

४. अडियो अनुसारको Artwork ( English मा लेखिएको 3000*3000 Pixel को, सजिलै Approve हुने कारणले) तयार गरी म्युजिक भिडियो रिलिज हुनु भन्दा कमसेकम १० दिन अगाडी अडियो Upload गर्न सक्नुपर्यो ( सबैजसो Platform हरुले सबै Store मा पठाऊन १० दिन समय माग्दछन)।

५. नेपाली बैंकले आजकल आफ्नो PAN Card लिएर गएपछी 500$ सम्म को $ card सजिलै दिन्छन, त्यो भएपछी आफ्ना Song Distribution/Promotion लगायत यावत काम गर्न सक्नु हुन्छ, कुन Platform बाट Distribution गर्ने तपाइँको आवश्यकता, बजेट अनुसार निर्धारण गर्न सक्नुहुन्छ, केही Comparison हरु पहिलो कमेन्टमा हेर्नुहोला।

६. विश्वमै Google बाट अहिलेपनि Total Royalty को लगभग 55% Royalty प्राप्त हुने हुनाले YouTube Content ID मा तपाइँका सिर्जना गएको फाईदा हुन्छ ( Content ID मा जाँदा धेरै जसो Distributer ले Original Song लाई पनि Claim गर्छन, छुटाऊन मिल्छ, त्यसैले आफ्ना गीत रिलिज हुनुभन्दा १ दिन अगाडीनै Channel मा Upload गर्नुपर्दछ, Claim छुटाऊन Process गर्नुपर्दछ ) Distributer Select गर्दा त्यो पनि याद गर्नुहोला।

७. Distribution पश्चात प्राप्त हुने ISRC Code (International Standard Recording Code) को ठुलो महत्व हुन्छ, सम्हालेर राख्नुपर्छ, पछी कुनै कम्पनिबाट आफ्ना सिर्जना अर्को कम्पनिमा राख्नदेखी धेरै सन्दर्भमा काम लाग्छ ( एउटा Song को एउटा मात्र ISRC हुन्छ, हरेक Search Engine, Music Store हरुमा लिंक हुन्छ )।

८. सिर्जना सार्वजनिक गर्नुअगाडीनै आफ्ना कलाकार, प्राविधिक, Promotion Partner सँग Proper Planning गरी सार्वजनिक गर्ने गर्नुहोला, सबै चिज नमिल्दा कहिले कहीं राम्रा सिर्जनाले पनि न्याय नपाऊन सक्दछन।

-केही राम्रा सिर्जनाले Audio Platform हरुबाट एकदमै राम्रो आम्दानी गरेका छन, गीतहरु किन्नैपर्छ भन्ने छैन, अडियोमात्र सुन्दापनि कलाकारको व्यावसायिक/सृजनात्मक सफलता प्राप्त हुन सक्छ।

-YouTube बाट भिडियो Publish गर्नुभन्दा अघिल्लो दिन नै भिडियो Upload गरेर Private मा राख्ने अरु तयारी गर्ने गर्न सक्नुपर्दछ, त्यसो गर्दा आफ्ना Fan हरुको राम्रो Response पाऊने, engagement बढ्ने, Content ID Match Solve गर्न सकिने, प्राविधिक रुपमा पनि सजिलो पर्दछ।

-Proper Planning नगरी काम नगर्नुहोस, नगराऊनुहोस, Proper Planning बिनाको आर्थिक लगानी बालुवामा पानी खन्याए सरह हो।

-अहिले सम्म प्राप्त धेरै जनाको Data मध्यमा TikTok ले धेरै राम्रो Payment गर्ने गरेको छ, यो कलेक्ट गरेर दिने भनेको Digital Distributor ले नै हो।

-यस्ता विषयमा थप जानकारी चाहीए Message गर्न सक्नुहुनेछ, अनुकुलमा Reply गर्नेछु।

01/06/2022

तिमी जस्तो देखिन्छ, तपाइँ जस्तो देखिन्छ जस्तो भनेपनि Click नगर्नुहोला, Account Compromise हुन सक्छ, यदि यस्तो म्यासेज आउने या जाने भएको छ, भने त्यो फोन या कम्प्युटरमा Login भएका सबै Account को पासवर्ड चेन्ज गरिहाल्नुहोला, Hacking तथा Account Compromise का घटना धेरैनै बढेका छन, Digital Platform मा हामी सुरक्षित छैनौं भन्ने याद गर्दै, सुरक्षाको उपाय अवलम्बन गर्न नभुलौं।

Address

Basundhara
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Technologic CP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Technologic CP:

Share