News365 Nepal

News365 Nepal News365 Nepal is one of the best Nepali News Portal of Nepal.

We update you with latest news in Nepal, Business News in Nepal, Current Affairs in Nepal, Sports News in Nepal, Economic News of Nepal, Political News of Nepal, International News.

भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा कार्यर...
31/07/2024

भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा कार्यरत २७ वर्षीय सिपाही निगम नेपाली सार्कीको मृत्यु भएको हो । उनी तनहुँ भानु नगरपालिका–१२ का स्थायी बासिन्दा हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सोही गणमा कार्यरत बन्दीपुर गाउँपालिका–३ का २६ वर्षीय दिनेश थापा गम्भीर घाइते भएका थिए । गए राति बसपार्कबाट रामनगरतर्फ गइरहेको कारले विपरीत दिशाबाट आइरहेको उनीहरू सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते दुवै जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको थियो । उपचारका क्रममा सैनिक जवान सार्कीको मृत्यु भएको हो ।

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ ।  गए रातिदेखिको निरन्तरको वर्षाले यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खर...
31/07/2024

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । गए रातिदेखिको निरन्तरको वर्षाले यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ताप्लेजुङ जिल्लामा हिउँचितुवाले चौँरी तथा याकलाई आक्रमण गर्नेक्रम बढ्दै गएको छ ।  गत वर्ष आर्थिक वर्ष २०८०–८१ मा कञ्चनजङ...
30/07/2024

ताप्लेजुङ जिल्लामा हिउँचितुवाले चौँरी तथा याकलाई आक्रमण गर्नेक्रम बढ्दै गएको छ । गत वर्ष आर्थिक वर्ष २०८०–८१ मा कञ्चनजङ्घा संरक्षण क्षेत्रबाट निस्केका चितुवाले किसानले गोठमा पालेका १६ याक मारिदिएको थियो ।

कैलालीमा युवाको समूहले दाउरा बोकेको जिप नियन्त्रणमा लिएर चालक र जिप धनीमाथि कुटपिट गरेका छन् ।सोमबार राति करिब ११ बजेतिर...
30/07/2024

कैलालीमा युवाको समूहले दाउरा बोकेको जिप नियन्त्रणमा लिएर चालक र जिप धनीमाथि कुटपिट गरेका छन् ।

सोमबार राति करिब ११ बजेतिर मोहन्याल गाउँपालिका-७ पितमारी खोलामा कचाली गाउँबाट दाउरा लिएर आउँदै गरेको गरेको भे १ च ३७१४ नम्बरको बोलेरो जिप नियन्त्रणमा लिएर चालक र जिप साहुमाथि कुटपिट गरिएको प्रहरीले जनाएको छ ।

दक्षिण भारतको केरला राज्यमा भीषण पहिरो जाँदा ४५ जनाको मृत्यु भएको छ ।केरलाको वायनाड जिल्लामा मंगलबार बिहान पहिरो जाँदा क...
30/07/2024

दक्षिण भारतको केरला राज्यमा भीषण पहिरो जाँदा ४५ जनाको मृत्यु भएको छ ।

केरलाको वायनाड जिल्लामा मंगलबार बिहान पहिरो जाँदा कयौं बेपत्ता भएको बीबीसीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले ३६ जनाको शव पहिरो गएकै स्थानमा र ९ जनाको शव चलियार नदीले बगाएर मालाप्पुरम जिल्लामा भेटिएको बताएको छ ।

देशभर हैजा फैलँदो छ। सोमबार सम्म १६ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।महाशाखाका ...
29/07/2024

देशभर हैजा फैलँदो छ। सोमबार सम्म १६ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार ललितपुरमा ७, काठमाडौँमा ३ र धनगढीमा ६ जनामा हैजा देखिएको छ। लगातारको वर्षापछि पानीको स्रोत र खानेकुरा दूषित बनेका कारण हैजा देखिएको महाशाखाले जनाएको छ।

इलामको सुकिलुम्बा विमानस्थल दुई महिनादेखि बन्द रहेको छ । खराब मौसमका कारण यहाँ हवाई उडान बन्द भएको हो । यसअघि गत जेठ १३ ...
29/07/2024

इलामको सुकिलुम्बा विमानस्थल दुई महिनादेखि बन्द रहेको छ । खराब मौसमका कारण यहाँ हवाई उडान बन्द भएको हो । यसअघि गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान भरेको थियो ।

शनिबार राति परेको अबिरल बर्षा का कारण आएको पहिरोले काठमाडौंबाट मकवानपुरको हेटौंडा जाने सडक कान्ति लोकपथ अवरुद्ध भएको छ ।...
28/07/2024

शनिबार राति परेको अबिरल बर्षा का कारण आएको पहिरोले काठमाडौंबाट मकवानपुरको हेटौंडा जाने सडक कान्ति लोकपथ अवरुद्ध भएको छ ।

गुल्मी । जिल्लाको रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई उडान प्रभावित बनेको छ । वर्षाको समयमा पानी परिरहने र बाक्लो कुह...
28/07/2024

गुल्मी । जिल्लाको रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई उडान प्रभावित बनेको छ । वर्षाको समयमा पानी परिरहने र बाक्लो कुहिरो लाग्ने भएकाले असार दोस्रो सातादेखि उडान अवरुद्ध बनेको रेसुङ्गा विमानस्थलका प्रमुख सुमन थापाले जानकारी दिए ।

उनका अनुसार पछिल्लो समयमा साताको तीनपटक नियमित उडान गर्दै आएको नेपाल एयरलाइन्सले असार १४ गतेपछि उडान गर्न सकेको छैन । रेसुङ्गा‐काठमाडौँ र काठमाडौँ‐रेसुङ्गाका लागि टिकट काटेका यात्री दैनिक विमानस्थल पुगेर फर्किने गरेको बताउँछन् ।

कालोपुल डेरा गरी बस्ने सुनसरीको गढी गाउँपालिका घर भएका ५६ वर्षीय भुपेन्द्र तुलाधरको कोठाबाट नगद र सुनका गरगहना चोरी गरेर...
28/07/2024

कालोपुल डेरा गरी बस्ने सुनसरीको गढी गाउँपालिका घर भएका ५६ वर्षीय भुपेन्द्र तुलाधरको कोठाबाट नगद र सुनका गरगहना चोरी गरेर भाग्दै गरेको अवस्थामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका–१७ घर भई हाल काठमाडौं महानगरपालिका–१६ ठमेल बस्ने १९ वर्षीय विकेश शाही छन् । उनलाई प्रहरी वृत्त मालिगाउँबाट खटिएको टोलीले शनिबार दिउँसो पक्राउ गरेको हो ।

दाङमा गत आर्थिक वर्षमा सञ्चालन खर्च धान्न नसकेर, ८७७ वटा व्यावसायिक फर्म बन्द भएका छन् । नेपालमा, व्यवसाय बन्द गर्ने र ख...
28/07/2024

दाङमा गत आर्थिक वर्षमा सञ्चालन खर्च धान्न नसकेर, ८७७ वटा व्यावसायिक फर्म बन्द भएका छन् । नेपालमा, व्यवसाय बन्द गर्ने र खोल्नेको संख्या समान छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब रु साढे ३१ अर्ब बाहिरिएको छ ।भ...
27/07/2024

गत आर्थिक वर्ष २०८०/८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब रु साढे ३१ अर्ब बाहिरिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले बढी आयात गर्ने वस्तुहरुमा पेट्रोलियम पदार्थ र फलामजन्य वस्तुपछि तेस्रो स्थानमा स्मार्टफोन छ ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when News365 Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News365 Nepal:

Share