28/10/2024
आजभोलि रिल फेसबुकमा आउने डाक्टरहरुको सुझाव देख्ने गर्छु सायद तपाइँहरू टिकटक चलाउनेले पनि त्यहाँ देख्नुभाकै होला।
१• एउटाले भन्छ, ४० बर्ष काटेपछि बेलुकाको खाना खान बन्द गर्नुहोस्
त्यसैगरी अर्को ले भन्छ, बेलुका खाना नखाए शरिरको मेटाबोलिजम बिग्रिन्छ, इनर्जी लेवल झर्छ।
२• एउटाले भन्छ माछा मासु मानवको लागि होइन, खादै नखानुस्, अर्कोले भन्छ एसेन्सियल र गुणस्तरीय प्रोटिनको श्रोत माछामासु हो खानै पर्छ ।
३• एउटाले भन्छ घिउ खादा कोल्स्ट्रोल बढ्छ, अर्को ले भन्छ घिउले ब्याड कलेस्ट्रोल घटाउन मद्दत गर्छ।
४• एउटाले भन्छ सुगर पेसेन्टले गहुँको रोटी खानुपर्छ अर्कोले भन्छ गहुँको रोटी खानु र भात खानुमा खास्सै फरक छैन अझ भात नै हितकारी छ।
५• एउटा ले भन्छ घोप्टो परेर सुत्यो भने हृदयघातको सम्भावना बढ्छ, अर्कोले भन्छ उत्तानो परेर सुत्यो भने स्वास नली अवरोध हुन्छ, नराम्रो सपना देखिन्छ।
६• एउटाले भन्छ कुखुराको कलेजो खानै हुन्न, अर्कोले भन्छ आइरन र फस्फोरस को श्रोत नै कलेजो हो फाल्नै हुन्न।
७• एउटा ले भन्छ फलफूल सिधै खानु भन्दा जुस निकाले खादा धेरै मिनरल शरिरले लिन सक्छ, अर्कोले भन्छ फलफूलको जुस खानु भन्दा सिधै काटेर खादा फाइवर बढी पाइन्छ।
८• एउटा ले भन्छ दिन-दिनै नुहाउदा शरिरको इम्युनिटी पावर लस हुन्छ, अर्कोले भन्छ दिन-दिनै ननुहाउदा छालामा समस्या हुन्छ।
९• एउटाले भन्छ पानी बसेर नखानु घुँडामा समस्या आउछ, अर्कोले भन्छ उभिएर नखानु पाचनक्रियामा समस्या आउछ।
शिक्षा: यिनका कुरा सुन्ने हो भने तपाइको रोग ठिक होला नहोला, आयु भने पक्का कम हुन्छ।
त्यसैले, संसारका सबैभन्दा उत्कृष्ट चिकित्सक भनेका;
घाम,
आराम,
व्यायाम,
संतुलित आहार,
-सन्तोष कार्की मौसुफ