Lux Info Nepal

Lux Info Nepal This is my private page. I am from Syangja. If any message to me, please inbox �

गुजरात टाइटन्सलाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोरले आईपिएल २०२६ को उपाधि जितेको छ । बैंगलोरको यो आइपिएलको लगातार दोस्र...
31/05/2026

गुजरात टाइटन्सलाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोरले आईपिएल २०२६ को उपाधि जितेको छ । बैंगलोरको यो आइपिएलको लगातार दोस्रो उपाधि हो ।

30/05/2026

नेपालको बजेट २०८३/८४ : मुख्य विशेषता, प्रभाव, प्राथमिकता र चुनौतीहरू:

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ का लागि रु. २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट प्रस्तुत गर्नुभएको छ।

खर्च शीर्षक:
* चालु खर्च: रु. १२ खर्ब ७० अर्ब (५९.८%)
* पुँजीगत खर्च: रु. ४ खर्ब ३१ अर्ब (२०.३%)
* वित्तीय व्यवस्था: रु. ४ खर्ब २२ अर्ब (१९.९%)
बजेटका स्रोत:
* आन्तरिक राजस्व: रु. १४ खर्ब ५ अर्ब
* वैदेशिक अनुदान: रु. ६१ अर्ब
* वैदेशिक ऋण: रु. २ खर्ब ४७ अर्ब
* आन्तरिक ऋण: रु. ४ खर्ब १९ अर्ब


मुख्य विशेषता र सम्भावित प्रभाव:

१. व्यक्तिगत आयकरमा ठूलो राहत
* वार्षिक रु. १० लाखसम्म आम्दानी हुनेलाई न्यून कर दायरामा ल्याइयो।
* अधिकतम आयकर दर ३९% बाट घटाएर २९% कायम।
* मध्यम वर्गलाई संगै रोजगारी आय हुनेलाई राहत दिने स्पष्ट नीति।
प्रभाव:
* कर्मचारी तथा मध्यम वर्गको Disposable Income बढ्ने।
* बजारमा उपभोग र माग बढ्ने सम्भावना।
* बैंकिङ, अटोमोबाइल, रियल स्टेट तथा रिटेल क्षेत्र लाभान्वित हुन सक्ने।

२. अन्तःशुल्क (Excise Duty) हटाइयो वा घटाइयो
* ३६० प्रकारका वस्तुमा अन्तःशुल्क हटाइयो।
* उद्योगका लागि कर प्रणाली सरल बनाउने प्रयास।
प्रभाव:
* उत्पादन लागत घट्ने।
* केही वस्तु सस्ता हुन सक्ने।
* घरेलु उद्योग प्रतिस्पर्धी बन्ने।

३. २७३ औद्योगिक कच्चा पदार्थमा भन्सार दर घटाइयो
* कच्चा पदार्थमा कम भन्सार।
* तयार वस्तुभन्दा कच्चा पदार्थ सस्तो हुने नीति।
प्रभाव:
* उद्योग सञ्चालन लागत घट्ने।
* उत्पादन तथा निर्यात बढ्न सक्ने।
* Import Substitution मा सहयोग पुग्ने।

४. पूँजी बजार (Share Market) सुधार
* NRN लाई दोस्रो बजारमा लगानी खुला।
* Intra-day Trading तथा Short Selling सुरु गरिने।
* Hedge Fund अवधारणा ल्याइयो।
* Capital Gain लाई Final Tax को रूपमा स्पष्टता संगै दरमा ५०% ले बृद्दि।
प्रभाव:
* बजारमा Liquidity बढ्ने।
* विदेशी तथा NRN पूँजी भित्रिन सक्ने।
* पूँजी बजार थप व्यावसायिक बन्ने।
* Capital gain Tax दरमा ५०% ले बृद्दि को केही नकारात्मक असर।

५. सूचना प्रविधि (IT) क्षेत्रलाई रणनीतिक उद्योग घोषणा
* IT Export मा कर छुट।
* AI, Cyber Security, Data Center तथा Digital Infrastructure मा प्राथमिकता।
प्रभाव:
* IT Export वृद्धि।
* युवाका लागि रोजगारी सिर्जना।
* Dollar Income तथा Remote Work बढ्ने सम्भावना।

६. “सिक्दै कमाउँदै” (Learn While You Earn) कार्यक्रम
* विद्यार्थीलाई पढ्दै काम गर्ने अवसर।
* Apprenticeship Model कार्यान्वयन।
प्रभाव:
* Youth Employment बढ्ने।
* व्यवहारिक सीप विकास हुने।
* वैदेशिक पलायन केही घट्न सक्ने।

७. सरकारी कर्मचारीको तलब वृद्धि:
* सरकारी कर्मचारीको तलब २१% सम्म वृद्धि।
* १०% आधारभूत वृद्धि तथा बाँकी Performance Incentive।
प्रभाव:
* बजारमा क्रयशक्ति बढ्ने।
* उपभोग आधारित अर्थतन्त्र चलायमान हुने।
* मुद्रास्फीति तथा सरकारी खर्चमा दबाब बढ्न सक्ने।

८. कृषि क्षेत्रमा ठूलो प्रोत्साहन:
* २ करोडसम्म लगानी गर्ने किसानलाई ४०% अनुदान।
* Support Price Policy तथा Digital Payment प्रवर्द्धन।
प्रभाव:
* कृषि व्यवसायीकरण बढ्ने।
* खाद्य सुरक्षा सुधार हुने।
* ग्रामीण अर्थतन्त्र सक्रिय बन्ने।

९. पूर्वाधार तथा ऊर्जा प्राथमिकतामा:
* बुढीगण्डकी (१२०० MW) कम्पनी मोडलमा निर्माण।
* Fast Track, Highway, Railway तथा Digital Infrastructure प्राथमिकतामा।
* पूर्व–पश्चिम राजमार्ग ४ लेनमा स्तरोन्नति।
प्रभाव:
* निर्माण क्षेत्र सक्रिय हुने।
* रोजगारी वृद्धि।
* Cement, Steel तथा Banking Sector लाभान्वित हुने।

१०. विदेशी लगानी तथा कानुनी सुधार:
* Foreign Investment Approval सहज।
* Profit Repatriation प्रक्रिया सरल।
* Commercial Tribunal स्थापना।
* Tax Dispute Settlement Scheme ल्याइयो।
प्रभाव:
* Ease of Doing Business सुधार।
* लगानीकर्ताको विश्वास बढ्ने।
* कर विवाद समाधान सहज हुने।

११. Startup प्रवर्द्धन:
* रु. १० करोडसम्म कारोबार भएका Startup लाई पहिलो ५ वर्ष आयकर छुट।
* IT Export कम्पनीलाई ७५% कर छुट।
* Freelancer तथा Remote Worker लाई ५% Final Tax।
* Venture Capital, Hedge Fund तथा NRN Investment मार्फत Financing विस्तार।
प्रभाव:
* Startup Ecosystem विस्तार।
* युवा उद्यमशीलता वृद्धि।
* Dollar Income र रोजगारी बढ्ने।

१२. कर विवाद समाधान योजना:
* पुराना कर विवाद समाधान गर्न Settlement Scheme।
* विवादित करमा थप १% तिरेर मुद्दा फिर्ता लिन सकिने।
* ब्याज तथा जरिवानामा छुट।
प्रभाव:
* निजी क्षेत्रको Cash Flow सुधार।
* व्यवसायिक अनिश्चितता घट्ने।
* सरकारलाई रोकिएको राजस्व प्राप्त हुने।

१३. शिक्षा तथा स्वास्थ्य

शिक्षा:
* रु. २ खर्ब २२ अर्ब बजेट।
* Digital Education तथा Skill-based Learning मा जोड।
स्वास्थ्य:
* रु. ९५.८१ अर्ब बजेट।
* Telemedicine, मातृ तथा शिशु स्वास्थ्यमा प्राथमिकता।
प्रभाव:
* मानव पूँजी विकास।
* ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच विस्तार।
* Youth Skill Development मा सहयोग।

१४.अन्य बैकिङ र कर्जा सम्बन्धि घोषणाहरू
* महिला उद्यमीलाई सहुलियतपूर्ण कर्जा।
* व्यवसायिक पुनरुत्थान कर्जा।
* व्यक्तिगत Credit Scoring र P2P Lending सुरु।
* Asset Management Company स्थापना।
* Remittance Promotion का लागि Lottery Scheme।
* Gen-Z आन्दोलनका घाइते तथा शहीद परिवारलाई सहुलियतपूर्ण कर्जा।@
प्रभाव:
कर्जा प्रवाहमा वृद्दी र खराब कर्जा ब्यबस्थापनमा सहयोग हुने।

१५ प्रशासनिक सुधार (Administrative Reforms)
* मन्त्रालय संख्या: २२ → १८
* ३१ सरकारी निकाय खारेज
* प्रशासनिक खर्च ~ रु २० अर्ब बचत लक्ष्य
प्रभाव:
* सरकारी संरचना lean बन्ने
* खर्च दक्षता सुधार
* तर पुनर्संरचना कार्यान्वयन चुनौती

१६ . वातावरण तथा हरित अर्थतन्त्र
* रु १२ अर्ब भन्दा बढि विनियोजन।
* हरित औद्योगिक नीति (Green Industrial Policy) लागू गरिने।
* कार्बन र वन अर्थतन्त्र (Carbon & Forest Economy) प्रवर्द्धन गरिने।
प्रभाव:
* जलवायु परिवर्तनको असर (Climate Resilience) सामना गर्न क्षमता वृद्धि हुने
* हरित ऊर्जा तथा वातावरणमैत्री लगानी (Green Investment) आकर्षण बढ्ने
* वन, कार्बन क्रेडिट तथा जैविक स्रोतबाट नयाँ आम्दानीका अवसर सिर्जना हुने
* दिगो विकास (Sustainable Development) लाई बल पुग्ने....................

बजेटका प्रमुख प्राथमिकताहरू:
* सुशासन र सरकारी संयन्त्रको खर्चमा मितव्ययीता।
* आर्थिक गतिविधि तथा बजार माग वृद्धि ।
* निजी क्षेत्रमैत्री वातावरण ।
* उद्योग तथा उत्पादन वृद्धि।
* IT र Digital Economy विकास।
* Startup बाताबरण विस्तार।
* कृषिमा व्यवसायीकरण।
* Youth Employment तथा Skill Development मा जोड।
* शिक्षा, स्वास्थ्य र Human Capital Development मा जोड।
* NRN तथा Foreign Investment आकर्षण थप।
* Export Promotion तथा Import Substitution मा जोड।
* पूर्वाधार तथा ऊर्जा विकास मा जोड।

बजेटका मुख्य चुनौतीहरू:
* पुँजीगत खर्च प्रभाव कार्यान्वयन कमजोर हुने पुरानो समस्या।
* उच्च चालु खर्चमा थप बृद्दि।
* राजस्व लक्ष्य हासिल गर्न कठिनाइ। यो आर्थिक बर्षको हालसम्म रु ९.३ खर्ब राजस्व संकलन भएको छ।
* सार्वजनिक ऋणको बढ्दो दबाब।
* भ्रष्टाचार तथा कमजोर सुशासन मा एकै पटक परिवर्तन।
* बैंकिङ क्षेत्रमा कमजोर कर्जा माग।
* Skilled Human Resource पलायन मा रोक।
* परियोजना ढिलाइ तथा ठेक्का व्यवस्थापन समस्या।
* मुद्रास्फीति बढ्ने सम्भावना।
* संघ, प्रदेश र स्थानीय तहबीच समन्वय चुनौती।
* निजी क्षेत्रको खस्कि रहेको मनोबल लाई उच्च राख्न पर्ने।
* घोषणा भएका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन।


यो बजेटले कर राहत, निजी क्षेत्र प्रोत्साहन, IT तथा Startup Economy, पूँजी बजार सुधार , कर सम्बन्धि dispute समाधान र पूर्वाधार विकासलाई प्राथमिकता दिएको देखिन्छ। यदि प्रभावकारी कार्यान्वयन हुन सकेमा आर्थिक गतिविधि बढाउने, लगानी आकर्षित गर्ने तथा युवालाई अवसर सिर्जना गर्ने सम्भावना बलियो देखिन्छ। तर कार्यान्वयन क्षमता, सुशासन, निजी क्षेत्रको मनोबल, राजस्व संकलन र ऋण व्यवस्थापन नै यसको सफलताको मुख्य आधार हुनेछन्। समग्रमा बजेटले जनअपेक्षा पुरा गर्ने कोशीस गरेको छ।

जय होस, शुभ होस!!

29/05/2026

बजेटमा रेलमार्गसम्बन्धी उल्लेख 😍

- बर्दिबासदेखि काठमाडौं-तराई मधेश द्रुतमार्ग प्रस्थान बिन्दुसम्मको रेलमार्ग निर्माण कार्य अगाडि बढाइनेछ।
- निर्माणाधीन बर्दिबास-विराटनगर रेलमार्गको बाँकी काम सम्पन्न गर्न रकम विनियोजन गरिएको छ।
- निर्माणाधीन जनकपुर-जयनगर-बर्दिबास रेलमार्गको बाँकी काम सम्पन्न गर्न रकम विनियोजन गरिएको छ।

29/05/2026

Budget 2083/84 बजेट २०८३/८४

27/05/2026

सरकारले यहि जेठ १६ गतेदेखि प्राइभेट अस्पतालबाट दिदै आएको Emergency बाहेकको स्वास्थ्य बीमा बन्द गर्ने भएको छ । जनतालाई सेवा थप्ने हो कि घटाउदै लैजाने हो ?

13/05/2026

यी हुन १८ मन्त्रालय
१.प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२.अर्थ मन्त्रालय
३.उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
४.ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
५.कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
६.कृषि, वन तथा पर्यावरण मन्त्रालय
७.गृह मन्त्रालय
८.परराष्ट्र मन्त्रालय
९.पूर्वाधार विकास मन्त्रालय
१०.भूमि, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
११.महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय
१२.युवा, श्रम तथा रोजगार मन्त्रालय
१३.रक्षा मन्त्रालय
१४.विज्ञान, प्रविधि तथा नवप्रवर्तन
१५.शिक्षा तथा खेलकुद मन्त्रालय
१६.सूचना तथा सञ्‍चार मन्त्रालय
१७.संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
१८.स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय

२० वैशाख २०८३आज दिउँसो र रातिको मौसम कस्तो हुन्छ। हेर्नुहोस् तलको फोटोमा।
03/05/2026

२० वैशाख २०८३
आज दिउँसो र रातिको मौसम कस्तो हुन्छ। हेर्नुहोस् तलको फोटोमा।

03/05/2026

सरकारले अध्यादेश ल्याएपछि को -को पदमुक्त भए ?

🔹 सञ्चार तथा सूचना क्षेत्र

* नेपाल वायुसेवा निगम
* राष्ट्रिय समाचार समिति
* गोरखापत्र संस्थान
* नेपाली भाषा प्रकाशन संस्थान
* प्रेस काउन्सिल
* सञ्चार संस्थान ऐन अन्तर्गतका निकायहरू

🔹 शिक्षा, विश्वविद्यालय तथा प्रशिक्षण क्षेत्र

* शिक्षक सेवा आयोग
* नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान
* प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्
* काठमाडौं विश्वविद्यालय
* त्रिभुवन विश्वविद्यालय
* पूर्वाञ्चल विश्वविद्यालय
* पोखरा विश्वविद्यालय
* लुम्बिनी बौद्ध विश्वविद्यालय
* नेपाल खुला विश्वविद्यालय
* सुदूरपश्चिम विश्वविद्यालय
* मध्यपश्चिम विश्वविद्यालय
* कृषि तथा वन विज्ञान विश्वविद्यालय
* राजर्षि जनक विश्वविद्यालय
* विश्वविद्यालय अनुदान आयोग
* स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान

🔹 स्वास्थ्य तथा चिकित्सा क्षेत्र

* नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान
* बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
* पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
* पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
* कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
* राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
* चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान
* बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
* शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र
* नेपाल मेडिकल काउन्सिल
* नेपाल नर्सिङ परिषद्
* नेपाल स्वास्थ्य व्यवसायी परिषद्
* आयुर्वेद चिकित्सा परिषद्
* नेपाल फार्मेसी परिषद्
* स्वास्थ्य बीमा बोर्ड
* राष्ट्रिय जनस्वास्थ्य समिति



🔹 पूर्वाधार, विकास तथा सेवा क्षेत्र

* काठमाडौं उपत्यका विकास प्राधिकरण
* नेपाल विद्युत् प्राधिकरण
* नेपाल खानेपानी संस्थान
* नगर विकास कोष (कार्यकारी निर्देशक)
* सडक बोर्ड
* विशेष आर्थिक क्षेत्र प्राधिकरण
* विपद् व्यवस्थापन प्राधिकरण

🔹 आर्थिक, वित्तीय तथा नियामक निकाय

* कर्मचारी सञ्चय कोष
* नागरिक लगानी कोष
* धितोपत्र बोर्ड
* लगानी बोर्ड
* सामाजिक सुरक्षा कोष
* निक्षेप तथा कर्जा सुरक्षण कोष प्रवन्ध समिति
* अन्तर्राष्ट्रिय वित्तीय कारोबार प्रवर्द्धन समिति
* प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण बोर्ड

🔹 कृषि, वन तथा प्राकृतिक स्रोत

* कृषि अनुसन्धान परिषद्
* राष्ट्रिय बीउबिजन समिति
* राष्ट्रिय दुग्ध विकास बोर्ड
* राष्ट्रिय चिया तथा कफी विकास बोर्ड
* बिरूवा क्वारेन्टाइन समिति
* राष्ट्रिय प्रकृति संरक्षण कोष

🔹 संस्कृति, धर्म तथा पर्यटन

* लुम्बिनी विकास कोष
* पशुपति क्षेत्र विकास कोष
* नेपाल संस्कृति विश्वविद्यालय
* नेपाल प्रज्ञा प्रतिष्ठान
* नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान
* नेपाल सङ्गीत तथा नाट्यकला प्रज्ञा प्रतिष्ठान

🔹 सामाजिक तथा अन्य निकाय

* समाज कल्याण परिषद्
* नेपाल स्काउट
* राष्ट्रिय युवा परिषद्
* आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
* अपाङ्गता राष्ट्रिय निर्देशन समिति

🔹 कानुनी तथा न्यायिक निकाय

* सूचना आयोग
* सूचना प्रविधि न्यायाधिकरण तथा पुनरावेदन न्यायाधिकरण
* सार्वजनिक खरिद पुनरावलोकन समिति
* बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग
* सत्य निरूपण तथा मेलमिलाप आयोग

🔹 अन्य महत्वपूर्ण निकायहरू

* नेपाल नागरिक उड्डयन प्राधिकरण
* दूरसञ्चार प्राधिकरण
* नेपाल इन्जिनियरिङ्ग परिषद्
* नेपाल पशु चिकित्सा परिषद्
* नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था
* गुठी संस्था तथा त्यसका समितिहरू
* नेपाल ट्रष्टको सञ्चालक समिति
* बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्
* भवन निर्माण तथा व्यवस्था सुदृढिकरण समिति
* औद्योगिक व्यवसाय विकास प्रतिष्ठान
* केन्द्रीय श्रम सल्लाहकार परिषद्
* वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड

Address

Koteshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Lux Info Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category