Ukaalo

Ukaalo A nonpartisan, not-for-proft media devoted to public interests. Investigative and in-depth content. Follow: https://linktr.ee/ukaalo

उकालो अभियान निष्पक्ष, वस्तुपरक र निष्ठापूर्ण पत्रकारितामा समर्पित संस्था हो। मुनाफा वितरण नगर्ने कम्पनीका रुपमा दर्ता भएको उकालो अभियान उकालो डटकम नामको अनलाइन सञ्चारमाध्यम (न्यूजपोर्टल) सञ्चालन गर्ने स्थितिमा आइपुगेको छ।

स्थापना हुँदा नै उकालो अभियानले स्वच्छता, निष्पक्षता, वस्तुपरकता र निष्ठालाई आफ्नो मूल मन्त्र बनाएको छ। र, सञ्चारमाध्यम सञ्चालनका लागि निशर्त स्रोतहरू जस्तै, नागरिकसँगको हातेमालोमार्फत् जुट्ने ‘सामूहिक वित्तीय परिचालन’ (क्राउड फण्डिङ) मा निर्भर रहने सङ्कल्प गरेको छ।

बृहत्तर सार्वजनिक हितका लागि उच्च नैतिकताको धरातलमा उभिएर निरन्तर तथ्यको खोजी र सञ्चार गर्ने, पारदर्शी र उत्तरदायी शासनका लागि पहरेदारी गर्ने, लोकतान्त्रिक बहसको मञ्च बन्ने अनि आफ्ना सामग्रीमार्फत् समाजको बहुलतालाई प्रतिबिम्बित गर्ने उकालो डटकमको मिशन हो। हामी यो मिशनमा निरन्तर लागिरहने छौँ।

बाढीले त्रिशूली नदीको पक्की पुल बगाएपछि नुवाकोटमा तुइनको भरमा आवतजावत गर्दै स्थानीयहरू। विदुर नगरपालिका–१ र विदुर–९ लाई ...
04/09/2026

बाढीले त्रिशूली नदीको पक्की पुल बगाएपछि नुवाकोटमा तुइनको भरमा आवतजावत गर्दै स्थानीयहरू। विदुर नगरपालिका–१ र विदुर–९ लाई जोड्न गत भदौ १५ मा तुइन हालिएको थियो। अहिले यसै तुइनबाट आवतजावत तथा औषधि र सामग्री ढुवानी भइरहेका छन्। तस्वीर : नेपाल फोटो लाइब्रेरी

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म एक हजार २९३ जनाको शव फेला परेको छ भने चार हजार आठ सयभन्दा बढी बेपत...
04/09/2026

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म एक हजार २९३ जनाको शव फेला परेको छ भने चार हजार आठ सयभन्दा बढी बेपत्ता छन्।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म एक हजार २९३ जनाको शव फेला परेको छ भने चार हजार आठ सयभन्दा ब....

भोटेकोशीमा बाढी आएको १० दिनपछि सुरुङभित्र फसेका दुई जनाको नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त उद्धार टोलीले ...
04/09/2026

भोटेकोशीमा बाढी आएको १० दिनपछि सुरुङभित्र फसेका दुई जनाको नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त उद्धार टोलीले जीवितै उद्धार गरेको छ।

भोटेकोशीमा बाढी आएको १० दिनपछि सुरुङभित्र फसेका दुई जनाको नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त उद्धा....

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ...
04/09/2026

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश...

भोटेकोशीमा आएको बाढीले क्षतिग्रस्त रसुवाको स्याफ्रुवेंशी। बाढीले यहाँको बस्ती बगाएर बगर बनाएको छ। बाढीयता स्याफ्रुवेंशी ...
03/09/2026

भोटेकोशीमा आएको बाढीले क्षतिग्रस्त रसुवाको स्याफ्रुवेंशी। बाढीले यहाँको बस्ती बगाएर बगर बनाएको छ। बाढीयता स्याफ्रुवेंशी जोड्ने पासाङल्हामु राजमार्ग क्षतविक्षत छ। तस्वीर : प्रविण रानाभाट/नेपाल फोटो लाइब्रेरी

सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।
03/09/2026

सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।

सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय .....

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि चार हजार २१६ जना अझै सम्पर्कविहीन रहेका छन्।
03/09/2026

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि चार हजार २१६ जना अझै सम्पर्कविहीन रहेका छन्।

सेयर बजारमा आज नेप्से परिसूचक ४.६६ अंकले बढेर २,५४२.७७ विन्दुमा पुग्दा ३ अर्ब ४६ करोडभन्दा बढीको कारोबार भएको छ।
03/09/2026

सेयर बजारमा आज नेप्से परिसूचक ४.६६ अंकले बढेर २,५४२.७७ विन्दुमा पुग्दा ३ अर्ब ४६ करोडभन्दा बढीको कारोबार भएको छ।

तपाईं चीनलाई केवल ‘नेपालका लागि बनाइदिनुहोस्’ नभन्नुहोस्। चीनलाई भन्नुहोस्- नेपाललाई सिक्न, डिजाइन गर्न, उत्पादन गर्न, व...
03/09/2026

तपाईं चीनलाई केवल ‘नेपालका लागि बनाइदिनुहोस्’ नभन्नुहोस्। चीनलाई भन्नुहोस्- नेपाललाई सिक्न, डिजाइन गर्न, उत्पादन गर्न, वित्त जुटाउन, चलाउन, मर्मत गर्न, सुधार गर्न र निर्यात गर्न सक्षम बनाउने सहकार्य चाहिन्छ। र चीनसँग माग्नुअघि, सही तरिकाले माग्न सक्ने नेपाली संस्था बनाउनुहोस्।

अब प्रश्न यस्तो हुनु हुँदैन- चीनले नेपालका लागि के बनाइदिन्छ? अब प्रश्न यस्तो हुनुपर्छ- चीनसँगको सहकार्यपछि नेपा.....

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ।
03/09/2026

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ।

Address

Upama Tower, Hadigaun
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Ukaalo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ukaalo:

Shortcuts

Share