Moringa Nepal

Moringa Nepal News Portal

श्री संकट मोचन हनुमान मन्दिर लगनखेल परिसरमा रहेका भगवान गणपतीको सुन्दर प्रतिमा। ॐ गं गणपतये नमः🙏🙏🙏🙏🙏🙏
15/06/2025

श्री संकट मोचन हनुमान मन्दिर लगनखेल परिसरमा रहेका भगवान गणपतीको सुन्दर प्रतिमा। ॐ गं गणपतये नमः🙏🙏🙏🙏🙏🙏

आहा ! राम्रो खबर : खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई कोदोको कुकिज, निम्की ड...
14/06/2025

आहा ! राम्रो खबर : खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई कोदोको कुकिज, निम्की डोनट, बिस्कुट जस्ता परिकार उत्पादन, ब्रान्डिङ र प्याकेजिङ सम्बन्धी तालिम दिएको छ। नगरपालिकाले कोदोखेती प्रवर्द्धन र स्थानीय युवालाई स्वरोजगार बनाउने उद्देश्यले तालिम आयोजना गरेको हो ।

अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटनामा हालसम्म मृ’त्यु हुनेको संख्या २९७ पुगेको छ। एयर इन्डियाले विमानमा सवार १२ ज...
13/06/2025

अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटनामा हालसम्म मृ’त्यु हुनेको संख्या २९७ पुगेको छ। एयर इन्डियाले विमानमा सवार १२ जना चालक दलका सदस्यसहित २४१ जनाको मृ’त्यु पुष्टि गरेको छ।

विमान खसेर एक मेडिकल कलेजमा ठोकिँदा थप ५६ जनाको पनि ज्यान गएको पुष्टि गरिएको छ।

Source: India Tv

काठमाडौं क्षेत्रपाटीस्थित भगवान श्री भूडे गणेश । भगवान श्री भूडे गणेशले हामी सबैको कल्याण गरुन ।🙏🙏🙏🙏🙏🙏
13/06/2025

काठमाडौं क्षेत्रपाटीस्थित भगवान श्री भूडे गणेश । भगवान श्री भूडे गणेशले हामी सबैको कल्याण गरुन ।🙏🙏🙏🙏🙏🙏

Air India दुर्घटनामा परेको विमान छुटाएकी एक युवतीले भनिन् - "म लण्डन जान लागेकी थिएँ, एअरपोर्ट १० मिनेट ढिला पुगेँ।  "मे...
12/06/2025

Air India दुर्घटनामा परेको विमान छुटाएकी एक युवतीले भनिन् - "म लण्डन जान लागेकी थिएँ, एअरपोर्ट १० मिनेट ढिला पुगेँ। "मेरो दिमाग पूरै शून्य छ," Republic TV सँग कुरा गर्दै भावविह्वल स्वरमा उनले भनिन्, "म अहिले पनि विश्वास गर्न सकिरहेको छैन… म त्यो विमानमा हुने थिएँ। म भगवानप्रति आभारी छु।"

उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कालो मोसो दल्ने हल्लापछि काठमाडौं महानगरमा सुरक्षा कडा पा...
05/06/2025

उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कालो मोसो दल्ने हल्लापछि काठमाडौं महानगरमा सुरक्षा कडा पारिएको छ। कार्यालय समयमै हल्ला चलेपछि सशस्त्र प्रहरी तैनाथ गरिएको हो। 😲

RCB ले IPL जितेपछि भारतको बेंगलुरुस्थित चिन्नास्वामी रंगशालामा आयोजना गरिएको विजय यात्राका क्रममा भएको अत्यधिक भिडभाड र ...
05/06/2025

RCB ले IPL जितेपछि भारतको बेंगलुरुस्थित चिन्नास्वामी रंगशालामा आयोजना गरिएको विजय यात्राका क्रममा भएको अत्यधिक भिडभाड र भागदौडका कारण दुःखद रूपमा ११ जनाको ज्यान गएको छ भने २५ भन्दा बढी घाइते भएका छन् । 😥

कर्नाटकका मुख्यमन्त्रीले यस घटनाप्रति दुःख व्यक्त गर्दै भनेका छन् ,
"म यो घटनालाई कुनै पनि तरिकाले बचाउ गर्न चाहन्न, न त यसमा राजनीति गर्न चाहन्छु। मैले यस घटनाको लागि एक न्यायिक अनुसन्धान आदेश दिएको छु र १५ दिनभित्र प्रतिवेदन मागिएको छ। रंगशालाको क्षमता ३५,००० मात्र हो, तर २-३ लाख मानिसहरु आएका थिए भन्ने कसैले अपेक्षा गरेको थिएन।"

आज शनिबार ! भगवान काल भैरवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !🙏❤️Pic. Sushant Koirala
04/06/2025

आज शनिबार ! भगवान काल भैरवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !🙏❤️

Pic. Sushant Koirala

३२ बर्षे उमेर हद लागे पछि एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा अध्यक्षको प्रतिष्पर्धा रोचक हुन पुगेको छ । ३२ वर्षे उम...
04/06/2025

३२ बर्षे उमेर हद लागे पछि एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा अध्यक्षको प्रतिष्पर्धा रोचक हुन पुगेको छ । ३२ वर्षे उमेर हदका कारण चार जना उपाध्यक्ष र एक जना महासचिव अध्यक्षको प्रतिस्पर्धाबाट बाहिरिएका छन् । उनीहरू बाहिरिएपछि सचिवहरूबिच प्रतिस्पर्धा हुन लागेको हो ।

अब अध्यक्षका लागि सचिवहरू डा. सुजन कडेरिया, प्रकाश पौडेल, अञ्जना शिवाकोटी, दीपक धामी र आरती भट्टराईबिच प्रतिस्पर्धा हुनेछ । तीमध्ये डाक्टर सुजन कडेरियाको पल्लाभारी हुने आंकलन गरिएको छ । कडेरिया अनेरास्ववियुभित्र राम्रो पकड भएका मानिन्छन् । २०६६ सालमा एसएलसीमा डिस्टिङ्सन ल्याएका उनले प्लस टुमा विज्ञान संकाय लिएर पढ्दा शिक्षामा अब्बल भएरै छात्रवृत्ति पाएर प्लस टुमा पनि डिस्टिङ्सन प्राप्त गर्न सफल भए । त्यसपछि, उनले नेपालभर लिइने MBBS प्रवेश परीक्षामा ११ औं स्थान हासिल गर्न सफल भएका थिए । अनेरास्ववियुमा भूगोल जिल्ला कमिटी हुँदै नेतृत्‍वमा पुगेका कडेरिया विद्यार्थी कल्याण परिषद् र मेडिकल स्टुडेन्ट्स एशोसिएसनका संस्थापक अध्यक्ष हुन्।

भूकम्प, कोरोना महामारी, र अन्य विपद्‌मा अग्रपंक्तिमा रहेर निशुल्क सेवा गरेका कडेरिया डब्लुएचओका लायजन अफिसर भएर बागमतीका १३ वटै जिल्लामा मेडिकल सेवा प्रदान गरेका थिए । पार्टीभित्र सेवा र शालीनताले परिचित कडेरियालाई अनेरास्ववियुले ‘गौरव गर्न सक्ने नेता’ का रूपमा हेरिएको छ।

भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिन्छु - गृहमन्त्री राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको भिजिट भ...
04/06/2025

भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिन्छु - गृहमन्त्री

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको भिजिट भिसा प्रकरणबारे गृहमन्त्री रमेश लेखकले संसदमै औपचारिक जवाफ दिने बताएका छन्। उनले विषयमा चासो सबै सांसदलाई भएकाले समितिभन्दा संसदमै सम्बोधन गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको म झोले हुँ अभियानको विरोध गर्नेहरूलाई सात बुँदामा जवाफ दिएका छन्। यस्तो छ उन...
04/06/2025

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको म झोले हुँ अभियानको विरोध गर्नेहरूलाई सात बुँदामा जवाफ दिएका छन्।

यस्तो छ उनको जवाफ:

नेकपा(एमाले) को नेता र कार्यकर्ताको झोलामा के छ ? भन्नेहरूका लागि:

१ मार्क्सवादी दर्शन: द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद

२ मार्क्सवादको सिर्जनात्मक विकासका क्रममा विकसित जनताको बहुदलीय जनवादको मौलिक कार्यक्रम र सिद्धान्त

३ जबजको प्रयोग र विकासका क्रममा विकसित परिपूर्ण लोकतन्त्रको मान्यता

४ नेपालको राष्ट्रिय हितमा आधारित असंलग्नता र पञ्चशीलको सन्तुलित परराष्ट्र नीति

५ जबजको सिद्धान्तमा आधारित पार्टी जीवनको लोकतान्त्रिकरणको नयाँ मान्यता

६ जनतासँगको घनिष्ठ सम्बन्धमा आधारित जीवनशैली र आचरणको परम्परा

७ प्रतिस्पर्धा, पहलकदमी र श्रेष्ठताको मान्यतामा आधारित समाजवाद निर्माणको नेपाली मार्गचित्र

आउनुहोस् 'समृद्ध नेपाल सुखी नेपाली' को राष्ट्रिय आकांक्षा पुरा गर्नका लागि नेकपा (एमाले) को झोला गौरवका साथ बोकौँ । प्रतिकृयावादीहरुले नेकपा (एमाले) का विरुद्धमा प्रतिकृयावादी र प्रतिगामीहरूले सिर्जना गरेका सबै प्रकारका भ्रमहरूबाट नेपाली समाजलाई मुक्त गर्ने अभियानमा जुटौँ ।

जिउँदै मानिसलाई इँट्टाभट्टामा ज'लाएर ह'त्या गरेको आरोप लागेका कांग्रेस सांसद मोहम्मद आफ्ताब आलमलाई सफाइ दिने उच्च अदालत ...
04/06/2025

जिउँदै मानिसलाई इँट्टाभट्टामा ज'लाएर ह'त्या गरेको आरोप लागेका कांग्रेस सांसद मोहम्मद आफ्ताब आलमलाई सफाइ दिने उच्च अदालत वीरगञ्जका न्यायाधीशहरू खुशीप्रसाद थारु र अर्जुन महर्जनको भूमिकामाथि अहिले न्यायपालिकामै प्रश्न उठिरहेको छ।

सांसद आलमलाई सफाइ दिने निर्णयमा संलग्न न्यायाधीशमध्ये डा. खुसीप्रसाद थारु २०७३ सालमा कांग्रेसको कोटाबाट उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए। उनी ‘मिडनाइट जज’ भनेर चिनिने, राजनीतिक भागबन्डाका आधारमा विवादास्पद रूपमा नियुक्त भएका करिब ८० न्यायाधीशमध्ये एक हुन्। त्यसबेला न्यायपरिषद्की अध्यक्ष तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की थिइन्, भने कानुन मन्त्री माओवादीका अजयशंकर नायक थिए।

पूर्वप्रधानन्यायाधीश कार्कीले सार्वजनिक रूपमै तत्कालीन कांग्रेस नेता रमेश लेखकले राजनीतिक दवाबमा न्यायाधीश नियुक्तिमा भूमिका खेलेको बताएकी छिन्। लेखकले आफूसँग झगडा गरेर आफ्ना कोटाबाट थारुसहित अन्य न्यायाधीशहरू नियुक्त गराएको आरोप उनीमाथि लागेको थियो।

थारुले विशेष अदालत काठमाडौंमा कार्यरत रहँदा २०८० साल फागुनमा ललिता निवास (बालुवाटार) जग्गा प्रकरणमा विजयकुमार गच्छदारसहितलाई सफाइ दिएर उनलाई प्रस्तावको फाइल पेस गर्ने मातहतका सचिव दीपकुमार बस्न्यातलाई दोषी ठहर गरेका थिए । सो फैसलापछि उनी उच्च अदालत वीरगञ्जमा सरुवा भएका थिए। त्यसपछि उच्च अदालतको वीगञ्ज इजलास सरुवा भएका थारु नेतृत्वको इजलासले आलमलाई सफाइ दिएका छन् ।

आलमलाई सफाइ दिने अर्का न्यायाधीश अर्जुन महर्जन २०८० साल भदौ २९ गते माओवादी कोटाबाट न्यायाधीश नियुक्त भएका हुन्। उनको नियुक्तिमा तत्कालीन गृहमन्त्री तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको लविङ निर्णायक भएको स्रोतले बताउँछ। त्यसबेला कांग्रेस–माओवादी गठबन्धनको नेतृत्वमा प्रचण्ड प्रधानमन्त्री थिए भने कानुन मन्त्री कांग्रेसका धनराज गुरुङ थिए।

दुवै न्यायाधीशको नियुक्ति प्रक्रिया र पछिल्लो फैसलाले न्यायपालिकाको निष्पक्षता र स्वच्छतामाथि गम्भीर प्रश्न उठाएको छ। न्यायपरिषद्ले हालै आलम प्रकरणको मिसिल मागी छानबिन प्रक्रिया अघि बढाएको छ। न्यायपरिषद्को हालको सक्रियता स्वागतयोग्य छ, तर त्यो पर्याप्त छैन। मुद्दाको मिसिल अध्ययन, न्यायाधीशहरूको भूमिकाको निष्पक्ष छानबिन, र राजनीतिक हस्तक्षेपको औपचारिक समीक्षा हुन जरुरी छ।

सांसद आलमको मुद्दा कुनै एक फैसलाको बहस मात्र होइन- यो न्यायिक नियुक्ति प्रणालीमा गढेको राजनीतिक हस्तक्षेप, विधिको शासनमाथिको चुनौती, र आम नागरिकको न्यायक प्रतिको भरोसा गुमाउँदै गएको अवस्थाको गम्भीर संकेत हो।

अबको कदम न्यायपरिषद्, सर्वोच्च अदालत र सम्पूर्ण न्यायपालिका मिलेर राजनीतिक प्रभावमुक्त, स्वच्छ र पारदर्शी न्याय प्रणालीको पुनःनिर्माणमा लाग्नु हो। नत्र, ‘न्याय’ नामको संस्था पनि राजनीतिक लाभको एउटा उपकरणमै सीमित हुने खतरा गहिरिँदै जान्छ।

Address

Kathmandu

Telephone

+9779801095043

Website

Alerts

Be the first to know and let us send you an email when Moringa Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Moringa Nepal:

Share

के तपाईं राम्रो जागीरको खोजीमा हुनुहुन्छ? यदि हो भने आजै आउनुहोस्

के तपाईं राम्रो जागीरको खोजीमा हुनुहुन्छ? यदि हो भने आजै आउनुहोस्