18/11/2025
ठूलो संसारमा एक्लो भएँ म,
बुवा! तपाईं नै मेरो दरिलो सहारा।
पैसा कमाउन त आइयो परदेश,
तर बुवाको हाँसो भन्दा ठूलो छैन कुनै आदेश।
आफ्नो खुसी त्यागेर हाँसो दिनुभयो,
जीवनको बाटोमा हिँड्न सिकाउनुभयो।
बुवा! तपाईंको ऋण कसरी तिर्नु म।
यो दुबईको चम्किलो उज्यालोमा,
घरको माया र बुवाको याद मनमा छ छायो।