LASSO TV Nepal

LASSO TV Nepal interviews,news, All over Nepal Contemporary Community communication & All types of News here.

बडा दशैंको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा सबैलाई हार्दिक मङ्गलमय शुभकामना। दुर्गा भवानीले सबैको रक्षा गरून्|Sherpa Lak...
15/10/2023

बडा दशैंको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा सबैलाई हार्दिक मङ्गलमय शुभकामना। दुर्गा भवानीले सबैको रक्षा गरून्|
Sherpa Lakpa Pasang

कालिञ्चोक गाउँपालिका ८, दोलखा घर भई हाल काठमाडौं दिव्य काष्ठ मिलमा काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उनकी श्रीमत...
16/09/2023

कालिञ्चोक गाउँपालिका ८, दोलखा घर भई हाल काठमाडौं दिव्य काष्ठ मिलमा काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उनकी श्रीमती वर्ष अन्दाजी ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राईको शुक्रवार राती हत्या भएको छ।। घटना मा संलग्न रहेको शंकास्पद एक जना प्रहरीले पक्राऊ गरिएको जानकारी प्राप्त भएको छ।

Big Breaking: अन्ततः कक्षा १० मा हुने SEE परिक्षा खारेज गरिएको छ । अब राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ मा मात्रै परिक्...
13/09/2023

Big Breaking: अन्ततः कक्षा १० मा हुने SEE परिक्षा खारेज गरिएको छ । अब राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ मा मात्रै परिक्षा लिनेछ । 😯

12/09/2023

Breaking:
कक्षा १० को परीक्षा स्कुलले नै लिने गरी शिक्षा विधेयक तयार भएको छ ।

नेम्वाङको अन्त्येष्टि को दिन शोक बिदा।
12/09/2023

नेम्वाङको अन्त्येष्टि को दिन शोक बिदा।

Finally: चर्चित गायक Prakash Saput को नया गितको अन्तिममा रहेको विवादित संवाद हटाइएको छ ।😯
12/09/2023

Finally: चर्चित गायक Prakash Saput को नया गितको अन्तिममा रहेको विवादित संवाद हटाइएको छ ।😯

संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष नेता सुवासचन्द्र नेम्बाङको हृदयघातबाट निधन !Sherpa Lakpa Pasang
12/09/2023

संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष नेता सुवासचन्द्र नेम्बाङको हृदयघातबाट निधन !

Sherpa Lakpa Pasang

महानगरका वडाध्यक्ष मुकुन्द रिजालको डेंगुबाट निधनकाठमाडौं ।काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भ...
07/09/2023

महानगरका वडाध्यक्ष मुकुन्द रिजालको डेंगुबाट निधन
काठमाडौं ।
काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।

#डिङ्गु

07/09/2023

मलेसियामा रक्सी खाएर मुक्का हान्दै पसलको सिसा फुटाएर भाग्ने दुई जना नेपालीलाई पक्राउ गरिएको छ । 😯

८ भाद्र २०८०, शुक्रबार                धनगढीका नगरप्रमुख हमालद्वारा ३, ४८९ विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोकैलाली । कै...
25/08/2023

८ भाद्र २०८०, शुक्रबार
धनगढीका नगरप्रमुख हमालद्वारा ३, ४८९ विद्यार्थीलाई शैक्षिक सामाग्री सहयो

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले विद्यार्थीका लागि शैक्षिक सामाग्री सहयोग गर्नु भएको छ । नगर प्रमुख हमालले आफ्नो पारिश्रमिकको रकमबाट शैक्षिक सामाग्री खरिद गरेर हस्तान्तरण गर्नु भएको हो ।

शैक्षिक सत्र २०७९ मा कक्षा ८ को अन्तिम परिक्षामा शून्य नतिजा आएका १७ वटा विद्यालयका ३ हजार चार सय ८९ विद्यार्थीलाई नगर प्रमुख हमालले कपि, पेन्सिल, कटर र इलेजर सहयोग गर्नु भएको हो । उहाँले २०८० सालदेखि हालसम्मको सेवा सुविधाबाट प्राप्त रकम र झण्डै एक लाख थप गरेर नौ लाख ९२ हजार ६ सय २० रुपैयाँका शैक्षिक सामाग्री सहयोग गरेको धनगढी उपमहानगरपालिकाको शिक्षाशाखा तथा खेलकुद महासाखाखप्रमुख नरेन्द्र खातीले बताउनु भयो ।

उपमहानगरपालिकाको कार्यालयमा बिहीवार एक कार्यक्रम गर्दै नगर प्रमुख हमालले विद्यालयका प्राधानाध्यापकहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्नु भएको हो । सरस्वती आधारभूत विद्यालय धनगढी–१ का ३ सय ४२, नवज्योति आवि धनगढी–१३ का ३ सय ३५ विद्यार्थी, जनता राष्ट्रिय मावि धनगढी–१३ का ७४ विद्यार्थी, भैरवबाबा आवि धनगढी–६ का १ सय २६ विद्यार्थी, सरस्वती आवि धनगढी–९ का १ सय ६५ विद्यार्थी, शिव मावि धनगढी–७ का २ सय ८ विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ ।

यस्तै, भानु मावि धनगढी–१७ का ४ सय ६ विद्यार्थी, सज्जन मावि धनगढी–१७ का २ सय ७५ विद्यार्थी, दिपेन्द्र चारपाते मावि धनगढी–१६ का ८४ विद्यार्थी, शिवशंकर आवि धनगढी–१७ का ६७ विद्यार्थी, सिद्धार्थ आवि धनगढी १४ का १ सय ४७ विद्यार्थी, खप्तडी आवि धनगढी–१८ का ३८ विद्यार्थी, ईन्द्रोलय आवि धनगढी १८ का १ सय ८७ विद्यार्थी, फूलबारी आवि धनगढी–१९ का ३ सय ४३ विद्यार्थी, नवदुर्गा आवि धनगढी–१२ का २ सय ३८ विद्यार्थी, दुर्गा आवि धनगढी–१२ का १ सय ३६ विद्यार्थी र जनकल्याण मावि धनगढी–१० का ३ सय १८ विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको हो ।
शैक्षिक सामाग्री सहयोग गर्दै नगर प्रमुख हमालले विद्यालयका शिक्षकहरुलाई अध्यापनमा मात्र ध्यान दिन निर्देशन दिनुभएको छ । उहाँले विद्यालयका लागि चाहिने पूर्वाधार, शैक्षिक सामाग्री, टेबुल, बेन्चहरु उपमहानगरपालिकाले उपलब्ध गराउने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘पढाउने तपाइहरुले हो । मेयरले पढाउने होइन, वडा अध्यक्षहरुले पढाउने होइन् । धनगढीका सरकारी विद्यालयको पढाइ राम्रो हुनु पर्यो । तपाईहरुले पढाइलाई गुणस्तरीय बनाएर देखाउनु पर्यो।’

धनगढी उपमहानगरपालिकाका छात्रा र दलित समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीसँगै विद्यालयका पोशाकसमेत उपमहानगरपालिकाले सहयोग नगर प्रमुख हमालले बताउनु भयो । मेयर शिक्षा सुधार कोष स्थापना गर्ने र विद्यालयको सबै क्षेत्रमा सहयोग गर्ने उहाँले बताउनु भयो । धनगढी उप–महानगरपालिकाका पाँच वटा नमुना विद्यालय चालु आर्थिक वर्षमा तयार हुने उहाँले बताउनु भयो । नमुना विद्यालयहरमा अग्रेजी माध्याममा अध्यापन हुने उहाँले बताउनु भयो ।
Sherpa Lakpa Pasang

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when LASSO TV Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to LASSO TV Nepal:

Share