Niru Shakya

Niru Shakya Personal Page

फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा नर्वेले मियामीस्थित हार्ड रक स्टेडियममा इंग्ल्यान्डको सामना गर्दैछ । दुवै टोली सेमि...
11/07/2026

फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा नर्वेले मियामीस्थित हार्ड रक स्टेडियममा इंग्ल्यान्डको सामना गर्दैछ । दुवै टोली सेमिफाइनलमा स्थान सुरक्षित गर्दै विश्वकप यात्रालाई ऐतिहासिक बनाउने लक्ष्यमा छन् । नेपाली समय अनुसार यी दुई टोली बीचको खेल आईतबार बिहान २ः४५ बजे सुरु हुनेछ ।

नर्वे फुटबल संघले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रशिक्षण सत्रका तस्बिर सार्वजनिक गर्दै टोली इंग्ल्यान्डविरुद्धको निर्णायक खेलका लागि पूर्ण रूपमा तयार रहेको जनाएको छ । पोस्टमा लेखिएको छ,‘निर्णायक दिनअघिको दिन ।’

प्रशिक्षक स्टाले सोलबाकेनको नेतृत्वमा रहेको नर्वे यस विश्वकपमा अप्रत्याशित रूपमा उत्कृष्ट प्रदर्शन गर्ने टोलीमध्ये एक बनेको छ । उसले राउन्ड अफ १६ मा पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले पराजित गर्दै पहिलोपटक विश्वकप क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

ब्राजिलविरुद्धको खेलमा एर्लिङ हालान्डले दुई गोल गरेका थिए । उनले उत्कृष्ट दोस्रो गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । ब्राजिलका लागि नेयमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि नर्वेले ऐतिहासिक जित निकाल्यो ।

नर्वेले जारी विश्वकपमा आक्रामक खेल देखाउँदै पाँच खेलमा १२ गोल गरेको छ भने ९ गोल खाएको छ । समूह चरणमा फ्रान्ससँग पराजित भएको खेलबाहेक उसको प्रदर्शन प्रभावशाली रहेको छ । तर नर्वेको बाटोमा आत्मविश्वासका साथ अघि बढिरहेको इंग्ल्यान्ड रहेको छ । थोमस टुचेलको प्रशिक्षणमा रहेको इंग्ल्यान्डले राउन्ड अफ १६ मा सहआयोजक मेक्सिकोलाई ३–२ ले पराजित गर्दै क्वार्टरफाइनल पुगेको हो ।

१० खेलाडीमा सीमित भएर पनि इंग्ल्यान्डले उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो । जुड बेलिङ्घमले दुई गोल गरेका थिए भने ह्यारी केनले पेनाल्टीमार्फत अर्को गोल थपेका थिए । इंग्ल्यान्डले यस विश्वकपमा लगातार तीन खेल जितेको छ र हरेक जितमा कम्तीमा तीन गोल गरेको छ । पछिल्ला सात खेलमा उसले ६ जित निकालेको छ भने चीनविरुद्धको गोलरहित बराबरी मात्र अपवाद बनेको छ ।

यद्यपि, विश्वकपको नकआउट चरणमा युरोपेली टोलीविरुद्ध इंग्ल्यान्डको विगतको प्रदर्शनले नर्वेलाई केही आशा दिएको छ । इंग्ल्यान्ड विश्वकपबाट पछिल्ला ६ पटक बाहिरिँदा पाँच पटक युरोपेली टोलीसँग पराजित भएको थियो ।

तर इतिहास भने इंग्ल्यान्डको पक्षमा देखिन्छ । नर्वेले विश्वकपमा अहिलेसम्म कुनै पनि युरोपेली टोलीलाई पराजित गर्न सकेको छैन । साथै, इंग्ल्यान्डसँग पछिल्ला चार भेटमा नर्वेले गोल गर्न सकेको छैन । दुई टोलीबीचको समग्र प्रतिस्पर्धामा इंग्ल्यान्ड ७–२ ले अघि छ ।

यी दुई टोलीबीच पछिल्लो भेट सन् २०१४ को मैत्रीपूर्ण खेलमा भएको थियो, जहाँ वेन रुनीको पेनाल्टी गोलमा इंग्ल्यान्ड १–० ले विजयी भएको थियो । अब सेमिफाइनल प्रवेशका लागि हुने यो भिडन्तमा नर्वे आफ्नो ऐतिहासिक यात्रा कायम राख्न चाहन्छ भने इंग्ल्यान्ड उपाधि अभियानलाई अझ बलियो बनाउने लक्ष्यमा हुनेछ । एएनआई

सम्पत्ति शुद्धीकरणको कसुरमा पुर्पक्षका लागि थुनामा पठाइएका एमाले उपाध्यक्ष विष्णु पौडेलले बिचौलिया दीपक भट्टलगायत व्यवसा...
24/06/2026

सम्पत्ति शुद्धीकरणको कसुरमा पुर्पक्षका लागि थुनामा पठाइएका एमाले उपाध्यक्ष विष्णु पौडेलले बिचौलिया दीपक भट्टलगायत व्यवसायीसँग करोडौँको संदिग्ध कारोबार गरेको अनुसन्धानमा भेटिएको छ । सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानमा पौडेलको गैरकानुनी सम्पत्ति र कारोबारको पर्याप्त प्रमाण संकलन भएपछि मात्रै पक्राउ गरेको खुलेको हो ।

सोमबार सुर्खेतबाट पक्राउ गरी सडकमार्ग हुँदै मंगलबार काठमाडौं ल्याएर विशेष अदालतमा उपस्थित गराइएका पौडेललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उनलाई ललितपुरको प्रहरी प्रभाग पुल्चोकस्थित हिरासतमा राखिएको छ ।

अर्थमन्त्री भएका वेला पौडेलले बिचौलिया भट्टलगायतलाई सहयोग गरी आर्थिक लाभ लिएको प्रमाणहरू संकलन गरेको विभागले जनाएको छ । यसरी आर्जन गरेको सम्पत्ति विभिन्न कम्पनीमा अन्य व्यक्तिको नाममा राखेकोसमेत अनुसन्धानमा पत्ता लागिसकेको छ । श्रीराम टोबाको कम्पनीमा पौडेलको पैसामा भट्टले ३० करोड रुपैयाँबराबरको सेयर निःशुल्क लिएको खुलेको छ । सो सेयर तीन करोड ७५ लाख रुपैयाँमा खरिद गरेको देखिए पनि त्योभन्दा धेरै गुणा लाभांश लिइसकेको देखिन्छ । सो सेयर बिचौलिया भट्टको नाममा छ । विभागले श्रीराम टोबाको कम्पनीका सञ्चालकसँग बयान गरेर यसको पुष्टि गरिसकेको छ । नीतिगत रूपमा कम्पनीलाई फाइदा हुने निर्णय गरेर उनले सो सेयर हात पारेका हुन् । जसमा भट्टले मध्यस्थताको भूमिका खेलेका थिए । पौडेलले हिमालयन रिइन्स्योरेन्स र सातवटा लघुबिमालाई लाइसेन्स दिन सघाएको तथा सुपारी आयातमा सहजीकरण गरेबापत करोडौँको लाभ लिएको पनि अनुसन्धानमा खुलेको छ । बिचौलियाको प्रभावमा उनले ३० करोडभन्दा धेरै लाभ लिएको विभागको निष्कर्ष छ ।

त्यस्तै, बुटवलमा एक गाई फार्मको नाममा ३५ बिघा जग्गा भेटिएको छ । जुन जग्गा एक सामान्य व्यक्तिको नाममा लुकाएकोसमेत अनुसन्धानबाट पुष्टि भएको छ । सो फार्ममा मंगलबार विभागको टोली पुगेर विवरण संकलन गरेको छ ।

जनकपुर चुरोट कम्पनी निजीकरण गरेर नयाँ कम्पनीलाई दिने प्रक्रिया अघि बढाएबापत पनि उनले लाभ लिएको विभागको निष्कर्ष छ । अन्य काम गरे पनि जनकपुर चुरोट कम्पनीको लाइसेन्स अन्य कम्पनीलाई दिने प्रक्रियाको विषयमा भने मन्त्रिपरिषद्बाट निर्णय गराएर पनि कार्यान्वयन भइसकेको थिएन ।

पौडेलको गैरकानुनी सम्पत्ति र कारोबारको विषयमा पर्याप्त प्रमाण संकलन भएपछि मात्र पक्राउ गरिएको विभागले जनाएको छ । पक्राउअघि विभागले भैँसेपाटीस्थित उनको घरमा समेत खानतलासी लिएर ल्यापटप, पेनड्राइभलगायत केही सामान बरामद गरेको छ ।

पौडेल आठपटकसम्म मन्त्री भएका थिए । गत वर्ष अर्थमन्त्री हुँदा उनले बिचौलिया भट्टको स्वार्थअनुसार मन्त्रालय चलाएको आरोप लागेको थियो । बिचौलिया भट्ट भने गत साता नै कारागार चलान भइसकेका छन् ।

सम्पत्ति शुद्धीकरणको कसुरमा पौडेललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार जरुरी पक्राउ पुर्जी दिएर सुर्खेतबाट पक्राउ गरेको थियो । उनलाई सडकमार्ग हुँदै मंगलबार काठमाडौं ल्याएर अदालतमा उपस्थित गराइएको थियो ।

अदालतमा पौडेलको पक्षमा कानुन व्यवसायीले हाजिरी जमानीमा छाड्नुपर्ने भन्दै बहस गरेका थिए । न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पक्राउ पुर्जीको स्वीकृत दिई पहिलोपटकका लागि सात दिन म्याद थप गरेको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् । नयाँपत्रिकाले समाचार लेखेको छ

केही दिनअघि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइ प्रकरणमा तत्कालिन परराष्ट्रमन्त्री आरजुलाई बयानका लाग...
22/06/2026

केही दिनअघि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइ प्रकरणमा तत्कालिन परराष्ट्रमन्त्री आरजुलाई बयानका लागि बोलायो ।

तर नेपाल बाहिर रहेका आरजु तत्कालै नेपाल आएर अख्तियारले भनेबमोजिम बयान दिन तयार भइनन् । बयान दिन उपस्थित नभएकी आरजुको सवालमा कसो गर्ने भन्नेबारे अख्तियारभित्र गहन छलफल भइरहेको भन्ने समाचार पनि बाहिरिए ।

एकातिर आरजुलाई जसरी पनि बयानका लागि नेपाल ल्याउनुपर्ने र दोषी देखिए कडा कारबाही गर्नुपर्ने चर्चा हुँदै गर्दा अर्कोतर्फ भने अख्तियारले प्रतिवादीको रुपमा आरजुको नाम समावेश गरेको छैन । यसहिसाबले अख्तियारले भ्रष्टाचार मुद्दामा आरजुलाई जोगाएर मुद्दा दायर गरेको भन्दै चर्को आलोचना सुरु भएको छ ।
आरजुलाई बयानका लागि बनाउने भनेर नाटकीय रुपमा घरमै गएर पत्र टाँसेको अख्तियारले अन्ततः भ्रष्टाचार मुद्दा दायर गर्ने बेलामा भने जोगाएको आरोप लागेको हो । राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनालाई प्रतिवादी बनाउँदै गर्दा रजु राणा देउवाको नाम प्रतिवादीको लिस्टमा भेटिँदैन ।

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिल केसी, तुलसी आचार्यसहितलाई विपक्षी बनाइएको उक्त मुद्दामा कुल १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रूपैयाँ बिगो दाबी रहेको छ ।

अख्तियारले १० जना कर्मचारी, २ कम्पनी, ४ विदेशी नागरिक र २ जर्मन कम्पनीका नेपाली प्रतिनिधिलाई प्रतिवादी बनाएर मुद्दा पेश गरेको छ । यो प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि अख्तियारले बयान लिएको थियो । उनलाई पनि अख्तियारले प्रतिवादी बनाएको छैन ।

यसरी आरजु राणा देउवालाई जोगाएर, सामान्य बयानसमेत नलिइकन भ्रष्टाचार मुद्दा दायर गरेको भन्दै अख्तियारमाथि प्रश्न उठाईएको छ ।

उसो त यो प्रकरणको फाइल खोल्ने सवालमा अख्तियारले पहिलेदेखि नै आनाकानी गर्दै आएको देखिन्छ । केही दिनअघि मात्रै प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन र दबाबमा अख्तियार यो फाईल खोल्न बाध्य बनेको थियो । तर फाईल खुलेपनि आरजु राणा देउवाहरु भने यो भ्रष्टाचार काण्डमा जोगिएका हुन् । आरजु राणा देउवा उनका श्रीमान एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहित अहिले नेपाल बाहिर रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अमरेशकुमार सिंहलाई कारबाही गरर्ने तयारी गरेको छ । पार्टीको पहिलो महाधिवेशनमा अनुपस्...
22/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अमरेशकुमार सिंहलाई कारबाही गरर्ने तयारी गरेको छ । पार्टीको पहिलो महाधिवेशनमा अनुपस्थित भएका उनलाई स्पस्टीकरण सोध्ने तयारी भएको हो ।

पार्टीको पहिलो महाधिवेशनको ऐतिहासिक क्षणको साक्षी बन्न चितवनमा हजारौं कार्यकर्ता र समर्थकहरूको उपस्थित थिए।

स्थापनाको चौथो वर्ष मनाइँरहँदा झन्डै दुई तिहाई बहुमतसहितको सत्तारूढ दलका हैसियत बनाएको रास्वपाका लागि पहिलो महाधिवेशन धेरै कारणले महत्त्वपूर्ण रहन्छ।

त्यो महत्त्वपूर्ण घडीमा पार्टीका प्रायः सम्पूर्ण पदाधिकारी, केन्द्रीय सदस्यदेखि सांसदसम्म उपस्थित छन्। महाधिवेशन प्रतिनि‍धि नभएकाहरू पनि उद्घाटन समारोहमा उपस्थित भएर प्रधानमन्त्री बालेन, सभापति रवि र अन्य दलका प्रतिनिधिहरूलाई सुने।

यही महत्त्वपूर्ण घडीमा रास्वपाका चर्चित सांसद भने अनुपस्थित रहे।

सर्लाही-४ मा कांग्रेस सभापति गगन थापालाई हराएका सांसद अमरेशकुमार सिंह पार्टीको महाधिवेशनको उद्घाटनमा देखिएनन्।

सिंह महाधिवेशनमै सहभागी नभएको उनका स्वकीय रञ्जित झाले जानकारी दिए। उनका अनुसार सांसद सिंह काठमाडौंमै छन्।

सिंहले पार्टीभित्र केही समयदेखि फरक मत राख्दै आएका छन्। सार्वजनिक रूपमै पनि उनले असन्तुष्टि पोखेका थिए। संसदमा पनि उनले सरकारको काम कारबाहीबारे असन्तुष्टि पोखेका थिए।

ईपासपोर्ट खरिद प्रकरणको अनुसन्धानमा तानिएकी तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा तत्काल नेपपाल आउने सम्भावना कम...
20/06/2026

ईपासपोर्ट खरिद प्रकरणको अनुसन्धानमा तानिएकी तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा तत्काल नेपपाल आउने सम्भावना कमजोर बनेको छ ।

स्रोतले बताएअनुसार आरजुलाई तत्काल नेपाल नआउन अख्तियारभित्रैबाट सूचना गएको छ । अहिले नेपाल आएर अनुसन्धानलाई सहयोग गरेमा कुरा बिग्रने र अनाहकमै अर्को लफडा आईलाग्ने भन्दै अख्तियारभित्रैबाट आरजुलाई अहिलेलाई नेपाल नआउन सूचना चुहिएको बताईन्छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको दबाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्षको ईपासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा ल्याएको छ । सम्भवत प्रधानमन्त्री बालेनको दबाब थिएन भने अख्तियार यो प्रकरणको छानबिन प्रक्रिया अघि बढाउन तयार थिएन ।

अनुसन्धान अधिकृतको टोलीले बुधबार बूढानीलकण्ठस्थित देउवा निवासको भग्नावशेषमा पुगेर ‘बयानका लागि हाजिर हुन आउनु’ भनी म्याद तामेल गरेको हो । लकानूनी प्रक्रिया अनुसार, बयानका लागि झिकाउनुपर्ने व्यक्ति सम्पर्कमा नआएमा उसको स्थायी ठेगानामा म्याद तामेल गर्नुपर्ने हुन्छ ।

बूढानीलकण्ठ नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले भग्नावशेष भइसकेको देउवा निवास परिसर बाहिर अख्तियारको टोलीले बयानका लागि डाकिएको म्याद तामेल गरेको पुष्टि गरे ।

परराष्ट्रमन्त्री देउवाको हस्तक्षेपका कारण योग्यता नपुगेको र बढी रकम कबुल गरेको कम्पनीले ठेक्का पाएको आशंका छ । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनअघि उपचारका लागि सिंगापुर पुगेका देउवा दम्पती नेपाल फर्किएका छैनन् । उनीहरुले दुई दिनअघि मात्रै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र विशेष अदालतमा पत्र पठाएर दुई महिनापछि नेपाल फर्किने जानकारी गराएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग उच्च स्रोतबाट प्राप्त कागजात केलाउँदा, गतवर्षको पासपोर्ट खरिद प्रक्रियामा परराष्ट्रमन्त्री डा. आरजु देउवाको कुनै लिखित निर्देशन वा अन्य निर्णय देखिँदैन ।

कार्यालय प्रमुख (राहदानी विभागका महानिर्देशक)को तहबाट टुंगिने खरिद प्रक्रियामा त्यो भन्दा माथिल्लो तहका अधिकारीहरुको समेत कागजी संलग्नता रहँदैन । त्यसो भए के आधारमा तत्कालीन परराष्ट्रमन्त्रीलाई अख्तियारले अनुसन्धानको दायरामा ल्यायो त ?

अख्तियारसम्बद्ध स्रोतका अनुसार, कागजी रुपमा कुनै भूमिका नदेखिए पनि ठेक्कापट्टाको डिजाइनदेखि प्याकेज बनाउने र ठेकेदारहरू मिलाउने काममा आरजु मात्रै होइन, उनका छोरा जयवीर देउवा समेत संलग्न रहेको भनी उजुरीहरू परेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा पनि टिके प्रथा सुरु भएको भन्दै सुमना श्रेष्ठले कटाक्ष गरेकी छिन् । रास्वपा परित्याग...
20/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा पनि टिके प्रथा सुरु भएको भन्दै सुमना श्रेष्ठले कटाक्ष गरेकी छिन् । रास्वपा परित्याग गरेकी उनले रास्वपामा नेतृत्व चयनको हकमा टिके प्रथा लागु गर्न खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक जना उपसभापति, एक जना महामन्त्री, २ सहमहामन्त्री, कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता तथा ५० जना केन्द्रीय सदस्य मनोनीत गर्ने तयारी गरेको छ।

सहमहामन्त्री विपिन आचार्य नेतृत्वको विधान मस्यौदा समितिले मनोनीत गर्ने कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता सहित ६ जना पदाधिकारी र २९ केन्द्रीय सदस्य मनोनीत गर्ने प्रस्ताव गरेको थियो।

त्यो प्रस्तावलाई पनि संशोधन गरेर एक उपसभापति, महामन्त्री २ जना सहमहामन्त्री थप मनोनीत गर्ने तयारी गर्न लागिएको एक नेताले बताए।

उनकाअनुसार यो प्रस्ताव शनिबार बस्ने केन्द्रीय समितिमा पेस हुनेछ। केन्द्रीय समितिले पास गरे विधानको अन्तिम मस्यौदा पूरा हुनेछ।

रास्वपाको सचिवालय बैठकले आइतबारदेखि सुरू हुने महाधिवेशनमा यी बाहेक अन्य पद निर्वाचनबाट प्रतिस्पर्धा गरेर आउनुपर्ने निर्णय गरेको हो।

बिहीबारको सचिवालय बैठकले पार्टी विधानमा संशोधन गरेर वरिष्ठ नेताको पद राख्ने निर्णय गरेको थियो। विधानमा नभए पनि चुनाव अघि बालेन शाहलाई वरिष्ठ नेताको पद दिइएको थियो।

पूर्  विवरण कमेन्टमा
17/06/2026

पूर् विवरण कमेन्टमा

11/06/2026

राजाको पो स्ट मा र्टम गर्न नेपाल आर्मीले रोकेको खु ला सा

Video Source: onlinekhabar

पदभारलगत्तै गृहमन्त्री सुधन गुरुङले नारायणहिटी दरबार हत्याकाण्डको फायल खोल्ने घोषणा गरेका छन् । उनले यो घटनाबारे छानबिन ...
09/06/2026

पदभारलगत्तै गृहमन्त्री सुधन गुरुङले नारायणहिटी दरबार हत्याकाण्डको फायल खोल्ने घोषणा गरेका छन् ।

उनले यो घटनाबारे छानबिन गर्ने निर्णय गरेका छन् ।
गृहमन्त्रीमा दोस्रो पटक शपथ लिएका गुरुङले राजा वीरेन्द्र शाहको वंशनास हुने गरी २०५८ जेठ १९ गते भएको नारायणहिटी हत्याकाण्डबारे थप छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेका हुन् ।

उनले उक्त हत्यकाण्डसम्बन्धी यसअघि भएका छानबिनका सबै फाइल खोल्दै नयाँ छानबिन प्रक्रिया अघि बढाउने घोषणा गरेका छन् ।

09/06/2026

Sudhan gurung

Address

Kathmandu
Kathmandu
00000

Alerts

Be the first to know and let us send you an email when Niru Shakya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share