
01/06/2025
समुन्द्री सतहबाट ३,८४२ मिटर उचाइमा रहेको कालिञ्चोक एउटा यस्तो ठाउँ हो जहाँ धार्मिक विश्वास, तान्त्रिक शक्ति र प्राकृतिक सुन्दरता एकैसाथ देख्न पाइन्छ। यो ठाउँ झाँक्री (Shaman) हरूका लागि साधना गर्ने थलो, हिन्दु धर्मावलम्बीहरूका लागि देवीको मन्दिर र सबैका लागि रमाइलो घुम्ने स्वर्गजस्तै ठाउँ हो।
कालिञ्चोकबाट लाङटाङ, गणेश हिमाल, गौरीशंकर र सफा मौसममा सगरमाथासम्म देख्न सकिन्छ। यो ठाउँ काठमाडौंबाट करिब ५ घण्टाको यात्रा गरी पुग्न सकिन्छ, जुन करिब १५० किलोमिटर टाढा पर्छ। मैले हाम्रो हालैको यात्रामा त्यहाँका यी केहि रमाइला दृश्यहरू लिएका थियौं।