Nepalayan Hub

Nepalayan Hub Nepalayan Hub
खबर मात्र होइन, खबरको दिशा।
राजनीति, समाज र सत्ताको केन्द्रबाट
निडर, तथ्यमा आधारित पत्रकारिता।
(8)

कृषि उत्पादन र उद्यमशीलता बढे जनताको जीवनमा प्रत्यक्ष राहत पुग्न सक्छ।अनुदान र राहतमा मात्र निर्भर हुनेभन्दा उत्पादन, रो...
09/09/2026

कृषि उत्पादन र उद्यमशीलता बढे जनताको जीवनमा प्रत्यक्ष राहत पुग्न सक्छ।

अनुदान र राहतमा मात्र निर्भर हुनेभन्दा उत्पादन, रोजगारी र स्थानीय उद्यम विस्तार गर्न सके नागरिकको आयसँगै स्थानीय अर्थतन्त्र पनि बलियो बन्न सक्छ।

कृषि र उद्यमशीलतामार्फत समृद्धिको आधार तयार गर्ने विषयमा विस्तृत सामग्री कमेन्टमा ।

‘गाली गर्नेको स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’ : एमाले बाँकेनेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेले सामाजिक सञ्ज...
08/09/2026

‘गाली गर्नेको स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’ : एमाले बाँके

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको गालीगलौज, चरित्रहत्या तथा अपमानजनक अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

एमाले बाँकेका अध्यक्ष निरक गुरुङले सामाजिक सञ्जालमा अपशब्द प्रयोग गर्नेहरूको स्क्रिनसट संकलन गरी पुस्तिका बनाएर घर–घर पठाउने चेतावनी दिएका छन्।

पार्टीले राजनीतिक असहमतिको जवाफ गाली, धम्की वा व्यक्तिगत आक्रमणबाट नभई तथ्य, तर्क र जिम्मेवार राजनीतिक व्यवहारबाट दिनुपर्नेमा जोड दिएको छ।

🔗 समाचार कमेन्टमा

जेनजी आन्दोलनको एक वर्ष—शासन फेरियो, प्रश्न फेरिएनन्।एक वर्षअघि सडकमा उठेको युवा पुस्ताको आवाजले नेपालको राजनीति र शासन ...
08/09/2026

जेनजी आन्दोलनको एक वर्ष—शासन फेरियो, प्रश्न फेरिएनन्।

एक वर्षअघि सडकमा उठेको युवा पुस्ताको आवाजले नेपालको राजनीति र शासन व्यवस्थामा ठूलो हलचल ल्यायो। सत्ता परिवर्तन भयो, नेतृत्व फेरियो, राजनीतिक समीकरण फेरिए। तर आन्दोलनले उठाएका सुशासन, जवाफदेहिता, भ्रष्टाचार नियन्त्रण, रोजगारी र नागरिकको जीवनमा वास्तविक परिवर्तन जस्ता प्रश्नहरू भने अझै उत्तिकै पेचिला छन्।

एक वर्षपछि फर्केर हेर्दा प्रश्न उही छ—जेनजी आन्दोलनले खोजेको परिवर्तन वास्तवमै आयो त? कि केवल सत्ताको अनुहार मात्रै फेरियो?

आन्दोलनको एक वर्ष, त्यसले ल्याएको राजनीतिक परिवर्तन र अझै बाँकी रहेका प्रश्नबारे नेपालयन हबको विशेष सम्पादकीय पढ्नुहोस्।

पूरा सम्पादकीयको लिंक कमेन्टमा

‘ग्यास दाई’को परिचयदेखि मेयरको चर्चासम्म—सामाजिक अभियान, साहित्य, पत्रकारिता तथा विभिन्न सामाजिक गतिविधिमार्फत लामो समयद...
07/09/2026

‘ग्यास दाई’को परिचयदेखि मेयरको चर्चासम्म—सामाजिक अभियान, साहित्य, पत्रकारिता तथा विभिन्न सामाजिक गतिविधिमार्फत लामो समयदेखि घोराहीमा सक्रिय रहँदै आउनुभएका सबिन प्रियासन पछिल्लो समय राजनीतिक वृत्तमा पनि चर्चामा आउनुभएको छ।

प्रियासनलाई आगामी निर्वाचनमा ‘ग्यास सिलिन्डर’ चुनाव चिन्ह लिनुपर्ने भन्दै सामाजिक सञ्जालमा सयौंले सुझाव दिन थालेका छन्। ‘ग्यास दाई’का रूपमा बनिसकेको उहाँको पहिचान र चुनाव चिन्हबीचको सम्भावित सम्बन्धले अहिले यो विषय थप चर्चामा आएको हो।

पसमाचार कमेन्टमा

भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका आफन्तको पहिचानको पर्खाइमा परिवार। बाढीमा बेपत्ता भएकाहरूको सम्भावित शव तथा अवशेष पहिच...
07/09/2026

भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका आफन्तको पहिचानको पर्खाइमा परिवार। बाढीमा बेपत्ता भएकाहरूको सम्भावित शव तथा अवशेष पहिचानका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा आफन्तको डीएनए परीक्षणका लागि नमुना संकलन गरिँदै।

केही समयअघि दाङमा ग्यास पाउन सर्वसाधारणले दिनौँसम्म लाइन बस्नुपर्ने अवस्था थियो। घाम–पानीको पर्वाह नगरी लाइनमा बसेका नाग...
07/09/2026

केही समयअघि दाङमा ग्यास पाउन सर्वसाधारणले दिनौँसम्म लाइन बस्नुपर्ने अवस्था थियो। घाम–पानीको पर्वाह नगरी लाइनमा बसेका नागरिक, हराउने सिलिन्डरको समस्या र अव्यवस्थित वितरणले उपभोक्ताको पीडा झन् बढाएको थियो।

यही संकटका बीच घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासन समाधानका लागि सक्रिय भए। प्रशासन र सरोकारवालासँग समन्वय गर्दै कुपन प्रणाली लागू गर्न तथा वितरणलाई व्यवस्थित बनाउन उनले खेलेको भूमिका अहिले चर्चामा छ।

ग्यास अभाव वास्तवमा कति गम्भीर थियो?
कुपन प्रणालीको अवधारणा कसरी आयो?
ग्यास वितरणमा के परिवर्तन भयो?
संकटका बेला नेतृत्वको भूमिका कस्तो हुनुपर्छ?

यी र यस्तै विषयमा सबिन प्रियासनसँग नेपालयन हबको विशेष कुराकानी।

🔗 अन्तर्वार्ता कमेन्टमा

दाङमा ग्यास अभाव मेट्ने नायक : सबिन प्रियासनदाङमा ग्यास अभाव हुँदा उपभोक्ताले दिनौँसम्म लाइन बस्नुपर्ने, घाम–पानी सहेर स...
07/09/2026

दाङमा ग्यास अभाव मेट्ने नायक : सबिन प्रियासन

दाङमा ग्यास अभाव हुँदा उपभोक्ताले दिनौँसम्म लाइन बस्नुपर्ने, घाम–पानी सहेर सिलिन्डर कुर्नुपर्ने र वितरणमा समेत समस्या भोग्नुपर्ने अवस्था थियो।

यही समस्याको समाधानका लागि घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासन सक्रिय भए। जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित सरोकारवालासँग निरन्तर समन्वय गर्दै उनले ग्यास वितरणलाई व्यवस्थित बनाउन कुपन प्रणाली लागू गर्न अग्रणी भूमिका खेले।

समाचार कमेन्टमा

रसुवा बाढीमा बेपत्ता बाँकेका २७ जनाको पहिचान गर्न डीएनए नमुना संकलनरसुवा बाढीपछि सम्पर्कविहीन रहेका बाँकेका नागरिकको पहि...
06/09/2026

रसुवा बाढीमा बेपत्ता बाँकेका २७ जनाको पहिचान गर्न डीएनए नमुना संकलन

रसुवा बाढीपछि सम्पर्कविहीन रहेका बाँकेका नागरिकको पहिचानका लागि आफन्तको डीएनए परीक्षण प्रक्रिया सुरु गरिएको छ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा शनिबार १६ जना आफन्तको डीएनए परीक्षणका लागि नमुना संकलन गरिएको छ। संकलित नमुना परीक्षणका लागि काठमाडौं पठाइएको छ।

बाँकेका २९ जना बाढीपछि सम्पर्कविहीन भएकोमा दुई जनाको शव फेला परिसकेको छ भने २७ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

पसमाचार कमेन्टमा

९ दिन सुरुङभित्र अँध्यारोमा… बाहिर निस्किएपछि सञ्जयले सोधे– ‘आज कति गते हो?’माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसे...
04/09/2026

९ दिन सुरुङभित्र अँध्यारोमा… बाहिर निस्किएपछि सञ्जयले सोधे– ‘आज कति गते हो?’

माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेका सञ्जय साह ९ दिनपछि उद्धार भएर बाहिरी संसारमा फर्किए। सुरुङभित्र बिताएका ती दिन उनका लागि समय, आशा र धैर्यको कठोर परीक्षा बने।

बाहिर निस्किएपछि उनले सोधेको एउटा प्रश्नले सबैको ध्यान तान्यो—‘आज कति गते हो?’

९ दिनसम्म बाहिरी संसारसँग सम्पर्कविहीन रहेका सञ्जयले सुरुङभित्र ‘हरे कृष्ण’ जप्दै समय बिताएको बताएका छन्।

९ दिन सुरुङभित्र के भयो? सञ्जय कसरी जीवितै बाहिर निस्किए?

विस्तृत समाचार पढ्न लिंक कमेन्टमा छ।

बिनासकारी बाढीको १० दिन पछि सुरुङबाट २ जनाको जीवितै उद्धार गरिएको छ ।  सञ्जय शाह र कविर महर्जनको शुक्रबार बिहान जीवितै उ...
04/09/2026

बिनासकारी बाढीको १० दिन पछि सुरुङबाट २ जनाको जीवितै उद्धार गरिएको छ । सञ्जय शाह र कविर महर्जनको शुक्रबार बिहान जीवितै उद्धार गरिएको हो । सञ्जय नेपाल विद्युत प्राधिकरणका मेकानिकल फोरम्यान र कविर प्राधिकरणकै सुपरभाइजर हुन ।
उनीहरुलाई त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरूङ बाट जीवितै उद्धार गरिएको हो ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepalayan Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepalayan Hub:

Shortcuts

Share