Toptenkhabar

Toptenkhabar toptenkhabar@official page सूचना र समाचारको संवाहक । www.totpenkhabar.com
सूचनाको खबरदारी ।

04/09/2026

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा आज पाटन दरबार क्षेत्रस्थित प्रसिद्ध Krishna Mandir पुगेर भगवान् श्रीकृष्णको दर्शन तथा मन्दिर परिसरको अवलोकन गरियो।
भक्तजनको घुइँचो, भजन–कीर्तन र भक्तिमय वातावरणले पाटनको कृष्ण मन्दिरलाई झनै आकर्षक बनाएको छ यो ढुङ्गे पोखरी हो।

04/09/2026

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा आज पाटन दरबार क्षेत्रस्थित प्रसिद्ध Krishna Mandir पुगेर भगवान् श्रीकृष्णको दर्शन तथा मन्दिर परिसरको अवलोकन गरियो।
भक्तजनको घुइँचो, भजन–कीर्तन र भक्तिमय वातावरणले पाटनको कृष्ण मन्दिरलाई झनै आकर्षक बनाएको छ। �

९ दिनपछि सुरुङबाट सञ्जय शाहको सकुशल उद्धारभोटेकोशी बाढीपछि सुरुङभित्र फसेका सञ्जय शाह ९ दिनपछि सकुशल उद्धार भएका छन्। ला...
04/09/2026

९ दिनपछि सुरुङबाट सञ्जय शाहको सकुशल उद्धार

भोटेकोशी बाढीपछि सुरुङभित्र फसेका सञ्जय शाह ९ दिनपछि सकुशल उद्धार भएका छन्। लामो समयसम्म सुरुङभित्र जीवनका लागि संघर्ष गरेका शाहलाई उद्धार टोलीले सुरक्षित रूपमा बाहिर निकालेको हो।

९ दिनपछि उद्धार हुनुलाई आफन्त तथा शुभेच्छुकहरूले ‘दोस्रो जुनी प्राप्त’ भएको भन्दै खुसी व्यक्त गरेका छन्। उद्धारपछि शाहको अवस्था सामान्य रहेको जनाइएको छ।
सञ्जय शाहको सकुशल उद्धारले विपद्को बीचमा पनि आशा र साहसले जीवन बचाउन सकिन्छ भन्ने सन्देश दिएको छ।

ढुवानी लागत बढेको भन्दै ग्यासको मूल्य बढ्यो, सिलिन्डरमै १०५ रुपैयाँ वृद्धिकाठमाडौं । उद्योगी व्यवसायीले खाना पकाउने एलपी...
04/09/2026

ढुवानी लागत बढेको भन्दै ग्यासको मूल्य बढ्यो, सिलिन्डरमै १०५ रुपैयाँ वृद्धि

काठमाडौं । उद्योगी व्यवसायीले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएका छन्। पृथ्वी राजमार्ग अवरुद्ध हुँदा ढुवानी लागत बढेको भन्दै व्यवसायीले प्रतिसिलिन्डर १ सय ५ रुपैयाँ १८ पैसा मूल्य वृद्धि गरेका हुन्।
मूल्य वृद्धिसँगै अब एलपी ग्यासको प्रतिसिलिन्डर मूल्य २ हजार ६० रुपैयाँबाट बढेर २ हजार १ सय ६५ रुपैयाँ १८ पैसा पुगेको छ। व्यवसायीका अनुसार नयाँ मूल्य काठमाडौं उपत्यकामा आजदेखि नै लागू हुनेछ।
यसअघि भदौ १६ गते नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जनाएको थियो। तर, निगमले लामो दूरीमा ढुवानी गर्दा थप लागत लिन सकिने व्यवस्था गरेपछि व्यवसायीलाई ग्यासको मूल्य बढाउने बाटो खुलेको हो।
निगमले आफ्नो डिपो तथा कार्यालयबाट १५ किलोमिटर र एलपी ग्यासको हकमा उद्योगदेखि ५० किलोमिटरसम्म साविककै मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने व्यवस्था गरेको छ। सोभन्दा लामो दूरीमा ढुवानी गर्दा भने थप ढुवानी लागतअनुसार मूल्य लिन सकिने व्यवस्था गरिएको छ।
निगमले गत मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा एलपी ग्यासका लागि उद्योगदेखि ५० किलोमिटरसम्म २ हजार ६० रुपैयाँ प्रतिसिलिन्डर मूल्य कायम गरिएको उल्लेख गरेको थियो। यससँगै ५० किलोमिटरभन्दा टाढाका उपभोक्ताका लागि ढुवानी लागतअनुसार मूल्य निर्धारण गर्न सकिने अवस्था बनेको हो।
यसअघि निगमका विज्ञप्तिहरूमा ५० किलोमिटरभन्दा परको दूरीमा ग्यास ढुवानी गर्दा लागतअनुसार मूल्य निर्धारण गर्न सकिने स्पष्ट व्यवस्था उल्लेख थिएन। पछिल्लो व्यवस्थापछि भने व्यवसायीले पृथ्वी राजमार्ग अवरुद्ध भएको कारण देखाउँदै उपभोक्तामाथि थप मूल्यको भार थोपरेका छन्।
नयाँ मूल्य लागू भएपछि उपभोक्ताले प्रतिसिलिन्डर ग्यासमा १०५ रुपैयाँ १८ पैसा थप तिर्नुपर्ने भएको छ।

आठौं अवतारका श्रीकृष्ण–विश्वनाथ खरेलhttps://toptenkhabar.com/?p=61176हिन्दूहरुले प्रत्येक वर्ष श्रीकृष्णजन्माष्टमीमा भगव...
04/09/2026

आठौं अवतारका श्रीकृष्ण

–विश्वनाथ खरेल

https://toptenkhabar.com/?p=61176

हिन्दूहरुले प्रत्येक वर्ष श्रीकृष्णजन्माष्टमीमा भगवान् श्रीकृष्णको पूजा आजा गरी श्रद्धा भक्तिपूर्वक मनाउँछन् । यसमा ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्णजन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । यसरी जन्मष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरुमा भगवान् श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजन कीर्तन गर्नुका साथै विशेष गरी महिलाहरु व्रत बसी रातमा जाग्राम बस्ने चलन छ । जसरी संसारमा भएका अन्याय, अत्याचार राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान विष्णुको आठौं आधारको रुपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । यसरी कुरुक्षेत्रमा कौरवहरुसँगको लडाइँमा संलग्न पाण्डवहरुमध्येका अर्जुनलाई आदेश दिने क्रममा स्वयं उहाँका मुखारविन्दबाट व्यक्त श्रीमद्धभागवत् गीता हिन्दूहरुको पवित्र ग्रन्थ मानिन्छ । जसमा भन्ने नै हो भने बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध, शिशुपाल जस्ता दानवी प्रवृत्तिको संहार गर्नु भएको थियो ।

भगवान् श्रीकृष्ण धरतीमा प्रादुर्भाव भएको यसै दिनलाई श्रीकृष्णजन्माष्टमी भनिन्छ । यो संसारमा भगवान् श्रीकृष्ण धरतीमा प्रादुर्भाव हुनुभएको यसै दिनलाई श्रीकृष्णजन्माष्टमी भनिन्छ । यस दिनलाई वैष्णव धर्मावलम्बीहरु, वल्लभ सम्प्रदाय, चैतन्य सम्प्रदाय, राधाकृष्ण सम्प्रदाय, श्रीकृष्णप्रणामी सम्प्रदायलगायत अन्य हिन्दू धर्मावलम्बीहरुले विशेष महत्वका साथ व्रतोवास गरी मनाउँछन् । जव बसुदेवलाई गोकुल जाने आज्ञा भयो तब यशोदाको गर्भबाट योगमायाको पनि जन्म भयो । यो रहस्य योगमायाको प्रभावले बसुदेवले पनि थाहा पाउनु भएन बसुदेव यशोदा कन्य लिएर कंसको कारागारमा फर्कनु भयो र पहिलेकै बन्धनमय अवस्थाप्राप्त गर्नुभयो । यिनै श्रीकृष्णले परवर्ती समयमा कैशोरवयसमा किशोर लीला प्रकट गर्नु भयो जस्मा उहाँको रुपको माधुर्यको सिमा नै छैन् ।

श्रीकृष्णजन्माष्टमी दिन श्रद्र्धालु भक्तजनहरुले साँझमा स्नानपूजा गरी आधारातमा नौनी हातमा लिएका बालकृष्णलाई वा शालिग्रामको शीलालाई काँक्रोभित्र राखी राख्छन् । यसको ठीक मध्यरातमा शिलालाई त्यसबाट निकालेर हर्षोल्लासका साथ जन्मोत्सव गरिन्छ । यसलाई मध्यरातमा श्रीकृष्ण जन्मेको संकेतका रुपमा लिइन्छ । त्यसपछि पञ्चामृत वा शुद्ध जलले भगवान्लाई स्नान गराई श्रीखण्ड, चन्दन, तील, अक्षता र फूलले भगवान्को पूजा गरिन्छ । भगवान्लाई वस्त्र र जनैसमेत अर्पण गरी धूपदीप बालिन्छ र भोग चढाइन्छ । जसमा नैवेद्यको भोग लगाउँदा विशेषतः हलुवा, पेडा, मिठाई तथा केरा, नासपाती, स्याउ आदि फलफूलको भोग लगाइन्छ । त्यसपछि भजनकीर्तनसहित आरती गरिन्छ र पुष्पाञ्जली चढाएर भगवान्लाई साष्टाङ प्रणाम गरी अखण्ड दीप बालिन्छ । अनि रातभर श्रीकृष्णको भजनकीर्तन गाएर जाग्राम बस्ने चलन छ ।

भगवान् श्रीकृष्णका हातमा मुरली, शिरमा मयूरको प्वाँख, शितल बगैंचामुनी, जीवजन्तुहरुको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धून यस्तै वातावरणमा विराजमान प्यारा भगवान् श्रीकृष्ण आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट वहाँको जन्म भएको मान्यता रहिआएको छ । आज उनै भगवान् श्रीकृष्णको जन्मदिन । अतः संसारभरका हिन्दु धर्मावलम्वी अनि श्रीकृष्णका भक्तहरुले आज प्रिय भगवान् कृष्णको जन्मदिवस मनाउँदैछन् । जुन अत्यन्तै चहक र अति प्रभावशाली व्यक्तित्वका धनी भगवान् श्रीकृष्णले बाँसुरी बजाएरै सबैलाई मन्त्रमुग्ध पार्न सक्दथे । उनको मुस्कानमा हर्ष छ, मनको सौन्दर्यता र सौम्यताको अद्भभूत संगमयूक्त उनको कालो घुम्रिएको कपालमा मयूरको प्वाखँ सजिएको हुन्छ, गलामा सुगन्धित रङ्गीचङ्गी फूलको माला पहिरीएका कृष्णका पोशाकका रगंहरु बिजुलि चम्किंदाको जस्तो चम्किलो हुन्छन् र उनको पैतालाका नङ्गका रगंहरुले चन्द्रमाको आभाष मिल्छ । त्यस्ता व्यक्तित्वका धनी उनै श्रीकृष्णको परिचयका श्रृंखला थुप्रै छन् । जसमा मख्खन चोर, बदमाश, गोपिनीहरूका पानी र दुधका घैला फूटाउने चकचके जस्ता अनेक कार्यहरू कृष्णलिलाको पगरी गुथेर परिचित छन्, बदनाम तर पनि सबैका प्रिय पात्र हुन । उनका कथाहरु र घटनाहरु बृन्दावन, मथूरा र यमुना किनारमा मात्र नभई सम्पूर्ण भूलोकमैं चर्चित छन् । यिनलाई गोविन्द, कान्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, माखनचोर आदि थुप्रै नामबाट पुकारिएका छन् । यसको साथै श्रीमद्भागवत् गीताका अनुसारः भगवान श्रीकृष्णको जन्म, लिलाहरू र उपस्थिती एकदमै अलौकीक छ । जसले ति कुराहरु बुझ्न सक्दछ उसले स्वतः अध्यात्मिक जगतमा प्रवेश पाउँदछ । यसरी कृष्णको जन्म र भौतिक उपस्थिती हामी सामान्य मानवहरुको लागि पूर्वजन्मका कार्यको फलको रुपमा भएको हैन र आफ्ना भक्तहरुलाई आफ्नो माया प्रेम दर्शाउन र उनीहरुलाई न्याय दिन यस धर्तीमा प्रवेश गरेको उल्लेख छ ।

समग्रमा भन्नुपर्दा भगवान् श्रीकृष्णले गीतामा भन्नुभएको छ, जबजब यस संसारमा पापीहरुको अत्याचार बढ्छ र धर्मको उत्थान एवं साधुसन्तहरुको जीवनरक्षाका निम्ति म पृथ्वीमा तीन कारणले गर्दा अवतरित हुन्छु भनेका छन् । त्यसरी नै द्वापर युगमा पनि श्रीकृष्णले धर्म रक्षाका निम्ति भगवान् विष्णुका दस अवतारमध्ये आठौं अवतार मानिएको छ । यसै सन्दर्भमा श्रीकृष्णसँग अर्जुनले सोध्नु भयो, “ तपाई कहिले कहिले र किन जन्म लिला गरेर यस ब्रहमाण्डमा अवतरित हुनुहुन्छ ?” श्रीभगवान्ले भन्नु भयो – यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् । परिभाणाय साधुनां बिनाशय च दृष्कृताम् । धर्मसस्थापनार्थाय सम्भवामी युगे युगे । हे अर्जुन जब जब धर्मको हानि र अधर्मको बृद्धि हुन्छ साथै साधु पुरुषको रक्षा र दुषित कर्म गर्ने व्यक्तिको नाश गर्नको लागि म युग युगमा प्रकट हुन्छु । सृष्टिको रक्षा पालनको दायित्व पनि त श्रीविष्णुको हो ।

रसुवा विपद्को सन्दर्भमा हिमाली जलवायु सङ्कट तोमनाथ उप्रेतीनेपालको हिमाली भूभाग अहिले गम्भीर विपद्को साक्षी बनेको छ। रसुव...
03/09/2026

रसुवा विपद्को सन्दर्भमा हिमाली जलवायु सङ्कट


तोमनाथ उप्रेती

नेपालको हिमाली भूभाग अहिले गम्भीर विपद्को साक्षी बनेको छ। रसुवा क्षेत्रमा आएको आकस्मिक बाढी र पहिरोले हिमाली जीवनको संवेदनशीलता उजागर गरेको छ। यस विपद्ले घर, सडक, पुल र अन्य पूर्वाधारमा क्षति पुर्‍याएको छ। स्थानीय जनजीवन प्रभावित भएको छ। यातायात र सञ्चार सेवामा अवरोध आएको छ। आर्थिक गतिविधि पनि प्रभावित भएका छन्। यस घटनाले हिमाली क्षेत्रमा विपद् जोखिम कति जटिल छ भन्ने देखाएको छ। हिमाल सुन्दर प्राकृतिक सम्पदा हो। यो जीवनको आधार हो। हिमालबाट नदी जन्मिन्छन्। नदीबाट कृषि, ऊर्जा र सभ्यता चल्छ। त्यसैले रसुवामा देखिएको विपद्लाई हिमाली पारिस्थितिक प्रणालीमा भइरहेको व्यापक परिवर्तनको सन्दर्भमा बुझ्न आवश्यक छ। जलवायु परिवर्तन, कमजोर भूगोल, वर्षाको चरित्रमा आएको परिवर्तन र अव्यवस्थित पूर्वाधार विकासले जोखिम बढाउन सक्छन्। वर्तमान रसुवा विपद्ले यही संवेदनशील सम्बन्धलाई पुनः हाम्रो अगाडि ल्याएको छ।

रसुवाको भौगोलिक अवस्था स्वभावतः जोखिमपूर्ण छ। यहाँ अग्ला हिमाल छन्। गहिरा खोँच छन्। तीव्र ढलान छन्। हिमनदी र हिमताल छन्। नदीका साँघुरा मार्ग छन्। वर्षायाममा ठूलो मात्रामा पानी जम्मा हुन्छ। यस्तो भूगोलमा भारी वर्षा वा हिमताल विस्फोटले ठूलो क्षति निम्त्याउन सक्छ। पहिरोले नदीको बहाव रोक्न सक्छ। त्यसपछि अचानक बाँध फुट्न सक्छ। नदीको बहाव असामान्य रूपमा बढ्न सक्छ। यसले तल्लो क्षेत्रमा रहेका बस्तीलाई प्रभावित गर्न सक्छ। रसुवाको वर्तमान विपद्ले यस्ता जोखिमको गम्भीरता सम्झाएको छ। विशेषतः भोटेकोशी र आसपासका नदी प्रणालीसँग जोडिएका क्षेत्र अत्यन्त संवेदनशील छन्। नदी किनारका बस्तीमा जोखिम अझ बढी हुन्छ। पुल र सडक नदीको धारमा निर्भर हुन्छन्। त्यसैले एउटा संरचना क्षतिग्रस्त हुँदा सम्पूर्ण आवागमन प्रभावित हुन सक्छ। विपद् व्यवस्थापनलाई यही भौगोलिक यथार्थमा आधारित बनाउन आवश्यक छ।

हिमाललाई जीवनका आदिपुत्र भन्नुको अर्थ यही हो। हिमालबाट पानी जन्मिन्छ। पानीबाट नदी बन्छ। नदीबाट सभ्यता विकसित हुन्छ। हिमाली जलस्रोतले नेपाल मात्र होइन, सम्पूर्ण दक्षिण एसियाको जीवन प्रणालीलाई प्रभाव पार्छ। त्यसैले हिमालको स्वास्थ्य मानव सभ्यताको स्वास्थ्यसँग जोडिएको छ। तर अहिले हिमनदीहरू तीव्र रूपमा परिवर्तन भइरहेका छन्। तापक्रम बढिरहेको छ। हिउँ पग्लने दर बदलिएको छ। हिमतालको आकार बढ्ने जोखिम छ। हिमनदीको भूगोल परिवर्तन भइरहेको छ। यसको असर नदीको बहावमा पर्न सक्छ। बाढीको जोखिम बढ्न सक्छ। भविष्यमा पानीको उपलब्धतामा पनि समस्या आउन सक्छ। यसैले हिमालमा हुने परिवर्तन राष्ट्रिय सुरक्षा र मानव सुरक्षाको विषय पनि हो। रसुवा जस्तो हिमाली जिल्लामा विपद् आउँदा त्यसको असर स्थानीय समुदायमा मात्र सीमित हुँदैन। यसले राष्ट्रिय यातायात, ऊर्जा, पर्यटन र अर्थतन्त्रमा समेत असर पार्न सक्छ।

वर्तमान विपद्लाई जलवायु परिवर्तनसँग जोडेर हेर्दा सावधानी आवश्यक छ। एउटा मात्र घटनालाई जलवायु परिवर्तनको प्रत्यक्ष परिणाम भनेर निष्कर्ष निकाल्नु वैज्ञानिक रूपमा उचित हुँदैन। तर जलवायु परिवर्तनले चरम मौसमी घटनाको जोखिम र स्वरूपलाई प्रभावित गर्न सक्छ। तापक्रम वृद्धिले हिमनदी र हिमतालको अवस्था बदल्न सक्छ। वर्षाको तीव्रता र वितरणमा परिवर्तन आउन सक्छ। अत्यधिक वर्षाले पहिरोको सम्भावना बढाउन सक्छ। कमजोर भूभागमा यस्तो जोखिम अझ गम्भीर हुन्छ। त्यसैले रसुवा विपद्लाई जलवायु जोखिमको व्यापक सन्दर्भमा अध्ययन गर्नुपर्छ। घटनाको वैज्ञानिक अनुसन्धान आवश्यक छ। वर्षाको मात्रा र तीव्रता मापन गर्नुपर्छ। नदीको बहावको अध्ययन गर्नुपर्छ। पहिरोको कारण पहिचान गर्नुपर्छ। हिमताल र हिमनदीको अवस्थाको मूल्याङ्कन गर्नुपर्छ। यस्तो प्रमाणमा आधारित अध्ययनले भविष्यको जोखिम घटाउन सहयोग गर्छ। भावनात्मक प्रतिक्रिया आवश्यक छ। तर त्यससँगै वैज्ञानिक विवेक पनि आवश्यक छ।

रसुवा विपद्को अर्को महत्वपूर्ण पक्ष पूर्वाधारको संवेदनशीलता हो। हिमाली क्षेत्रमा सडक निर्माण कठिन हुन्छ। पुल निर्माण पनि जटिल हुन्छ। नदी र पहाडबीच सीमित स्थान हुन्छ। विकासको दबाब बढ्दा जोखिमयुक्त क्षेत्रमा संरचना बन्न सक्छन्। पर्याप्त भूगर्भीय अध्ययनबिना सडक काट्दा पहिरोको जोखिम बढ्न सक्छ। नदीको प्राकृतिक बहाव अवरुद्ध हुँदा विपद्को सम्भावना बढ्न सक्छ। पुलको डिजाइन स्थानीय जलविज्ञानअनुकूल हुनुपर्छ। सडक निर्माणमा ढल निकासलाई प्राथमिकता दिनुपर्छ। संरक्षणबिना पहाड काट्नु हुँदैन। पूर्वाधार विकास र वातावरण संरक्षणबीच सन्तुलन आवश्यक छ। विकास रोक्नु समाधान होइन। जोखिम नबुझी विकास गर्नु पनि समाधान होइन। अब नेपालले विपद् भएपछि पुनर्निर्माण गर्ने संस्कृतिबाट विपद् हुनुअघि जोखिम घटाउने संस्कृतितर्फ जानुपर्छ। यही परिवर्तन दिगो पूर्वाधारको आधार बन्न सक्छ।

यस विपद्ले स्थानीय समुदायको असुरक्षा पनि उजागर गरेको छ। हिमाली क्षेत्रमा मानिसहरू प्रकृतिसँग प्रत्यक्ष सम्बन्धमा बाँच्छन्। उनीहरूको जीविका कृषि, पशुपालन, पर्यटन, व्यापार र स्थानीय स्रोतमा निर्भर हुन्छ। एउटा पुल भत्किँदा बजारसँगको सम्बन्ध टुट्न सक्छ। एउटा सडक अवरुद्ध हुँदा खाद्यान्न र औषधि पुग्न कठिन हुन्छ। सञ्चार अवरुद्ध हुँदा उद्धार कार्य प्रभावित हुन्छ। विद्यालय र स्वास्थ्य संस्थामा पहुँच घट्न सक्छ। विपद्को भार सबै मानिसमा समान हुँदैन। वृद्ध, बालबालिका, अपाङ्गता भएका व्यक्ति र आर्थिक रूपमा कमजोर परिवार बढी जोखिममा पर्न सक्छन्। त्यसैले विपद् व्यवस्थापनमा सामाजिक न्यायको दृष्टिकोण आवश्यक छ। उद्धारमा प्राथमिकता निर्धारण गर्नुपर्छ। राहत वितरण पारदर्शी हुनुपर्छ। विस्थापित परिवारको पुनर्स्थापनालाई दीर्घकालीन दृष्टिले हेर्नुपर्छ। स्थानीय समुदायलाई निर्णय प्रक्रियामा सहभागी गराउनुपर्छ। समुदाय स्वयं विपद् व्यवस्थापनको साझेदार बन्नुपर्छ।

रसुवा विपद्ले जलवायु न्यायको प्रश्नलाई पनि पुनः उठाएको छ। नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा अत्यन्त सानो योगदान गर्छ। तर हिमाली क्षेत्रमा जलवायु जोखिम उच्च छ। हिमनदी पग्लन्छन्। हिमतालको जोखिम बढ्छ। बाढी र पहिरोको सम्भावना बढ्छ। कृषिमा असर पर्छ। पानीको स्रोत प्रभावित हुन्छ। यसले एउटा गम्भीर असमानता देखाउँछ। योगदान न्यून छ। जोखिम उच्च छ। यही अन्तर जलवायु न्यायको आधारभूत प्रश्न हो। अन्तर्राष्ट्रिय समुदायले हिमाली राष्ट्रको आवाज सुन्नुपर्छ। जलवायु वित्तमा पहुँच बढाउनुपर्छ। अनुकूलनका लागि पर्याप्त स्रोत उपलब्ध गराउनुपर्छ। प्रविधि हस्तान्तरण गर्नुपर्छ। क्षति तथा नोक्सानीसम्बन्धी संयन्त्र प्रभावकारी बनाउनुपर्छ। नेपालले पनि आफ्ना तथ्य र प्रमाणसहित अन्तर्राष्ट्रिय मञ्चमा हिमाली मुद्दालाई सशक्त रूपमा प्रस्तुत गर्नुपर्छ। हिमालको सुरक्षा विश्वव्यापी जलवायु सुरक्षासँग सम्बन्धित विषय हो।

विपद्पछिको तत्कालीन उद्धारसँगै दीर्घकालीन पुनर्निर्माण आवश्यक हुन्छ। क्षतिग्रस्त सडक र पुल पुनर्निर्माण गर्नुपर्छ। तर पुरानै संरचना पुरानै जोखिममा पुनः बनाउनु हुँदैन। जोखिम नक्साङ्कन गर्नुपर्छ। सुरक्षित स्थान पहिचान गर्नुपर्छ। नदीको बहाव क्षेत्रको संरक्षण गर्नुपर्छ। अत्यधिक जोखिम भएका क्षेत्रमा बस्ती व्यवस्थापनको योजना आवश्यक हुन सक्छ। नयाँ पूर्वाधार निर्माणमा जलवायु जोखिमलाई अनिवार्य सूचक बनाउनुपर्छ। विद्यालय र स्वास्थ्य संस्थालाई सुरक्षित बनाउनु आवश्यक छ। स्थानीय तहमा आपत्कालीन सामग्रीको भण्डारण हुनुपर्छ। खोज तथा उद्धार टोलीलाई आधुनिक उपकरण दिनुपर्छ। हेलिकोप्टरमा मात्र निर्भर हुने प्रणाली पर्याप्त हुँदैन। स्थानीय स्वयंसेवक र समुदायमा आधारित उद्धार प्रणाली विकास गर्नुपर्छ। प्रारम्भिक चेतावनी प्रणालीलाई गाउँस्तरसम्म पुर्‍याउनुपर्छ। मोबाइल, साइरन, रेडियो र स्थानीय सूचना प्रणालीको समन्वय गर्नुपर्छ। विपद् व्यवस्थापनलाई संस्थागत बनाउनुपर्छ।

रसुवाको अनुभवले हिमाली विकासको नयाँ दर्शन पनि माग गर्छ। हिमाललाई स्रोतको भण्डार मान्ने दृष्टिकोण बदलिनुपर्छ। नदी, वन, पहाड सबै जीवन प्रणालीका अंग हुन्। विकासको मूल्याङ्कन केवल आर्थिक प्रतिफलबाट हुनु हुँदैन। वातावरणीय सुरक्षा र सामाजिक न्यायलाई पनि मापन गर्नुपर्छ। हिमाली पूर्वाधार वातावरणमैत्री हुनुपर्छ। निर्माणपूर्व विस्तृत भूगर्भीय र जलवायुगत अध्ययन गर्नुपर्छ। प्राकृतिक जलनिकासलाई अवरुद्ध गर्नु हुँदैन। वन र जलाधारको संरक्षण गर्नुपर्छ। पर्यटनलाई पनि जिम्मेवार बनाउनुपर्छ। स्थानीय संस्कृतिको संरक्षण गर्नुपर्छ। यसले हिमाली क्षेत्रमा सुरक्षित र दिगो अर्थतन्त्र निर्माण गर्न सहयोग गर्छ। हिमालसँग संघर्ष गरेर होइन। हिमालसँग सहअस्तित्व गरेर विकास गर्नुपर्छ।
यस सन्दर्भमा जलवायु संकट नैतिक प्रश्न पनि हो। मानवले प्रकृतिबाट प्राप्त स्रोतको उपयोग गर्छ। त्यससँगै जिम्मेवारी पनि लिनुपर्छ। वर्तमान पुस्ताले भविष्यका पुस्ताको अधिकार विचार गर्नुपर्छ। आजको विकासले भोलिको जोखिम बढाउनु हुँदैन। हिमालको मौनता हामीलाई यही शिक्षा दिन्छ। स्थिरता शक्ति हो। संयम दीर्घकालीन समृद्धिको आधार हो। सहअस्तित्व सभ्यताको उच्चतम रूप हो। रसुवाको विपद्ले हाम्रो विकास सोचलाई पुनः परीक्षण गर्ने अवसर दिएको छ। हामीले विपद्लाई सुधारको अवसर पनि बनाउनुपर्छ। वैज्ञानिक अनुसन्धान बढाउनुपर्छ। जोखिममा आधारित योजना बनाउनुपर्छ। जलवायु अनुकूलनमा लगानी बढाउनुपर्छ। स्थानीय समुदायलाई सशक्त बनाउनुपर्छ। अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच बढाउनुपर्छ। हिमाली क्षेत्रको संरक्षणलाई राष्ट्रिय प्राथमिकता बनाउनुपर्छ।
रसुवाको वर्तमान विपद् एउटा गम्भीर चेतावनी हो। यो प्रकृतिमाथि विजय प्राप्त गर्ने हाम्रो भ्रममाथिको प्रश्न हो। हिमाललाई जित्न सकिँदैन। हिमालसँग सहअस्तित्व गर्न सकिन्छ। नदीलाई रोक्न सकिन्छ। तर उसको प्राकृतिक शक्ति सधैँ नियन्त्रण गर्न सकिँदैन। त्यसैले अबको बाटो विवेकपूर्ण हुनुपर्छ। जोखिम बुझेर विकास गर्नुपर्छ। विज्ञान र स्थानीय ज्ञानलाई जोड्नुपर्छ। विपद्पूर्व तयारीलाई प्राथमिकता दिनुपर्छ। पीडित समुदायलाई न्याय दिनुपर्छ। जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय सहकार्य बढाउनुपर्छ। हिमाल बचाउनु पानीको भविष्य बचाउनु हो। यो खाद्य सुरक्षाको भविष्य बचाउनु हो। यो जैविक विविधताको भविष्य बचाउनु हो। यो मानव सभ्यताको भविष्य बचाउनु हो। जीवनका आदिपुत्र हिमाल आज मौन छन्। तर तिनको पग्लिँदो हिउँले ठूलो प्रश्न गरिरहेको छ। हामी प्रकृतिसँग कस्तो सम्बन्ध राख्नेछौँ? हाम्रो उत्तर अब भाषणमा होइन। हाम्रो नीति, विकास र व्यवहारमा देखिनुपर्छ।(उप्रेती नेपाल सरकारका उपसचिव हुन्।)

03/09/2026

के भईरहेको छ आफै पत्ता लगाउने

बाढी–पहिरो पीडितको उद्धार र राहतमा नेपाल संघीय समाजवादी पार्टी सक्रियकाठमाडौं । देशका विभिन्न भागमा आएको भीषण बाढी, पहिर...
03/09/2026

बाढी–पहिरो पीडितको उद्धार र राहतमा नेपाल संघीय समाजवादी पार्टी सक्रिय

काठमाडौं । देशका विभिन्न भागमा आएको भीषण बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति मोहम्मद रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले दुःख व्यक्त गरेको छ। पार्टीले विपत्तिमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।

पार्टीका कार्यवाहक महासचिव जनकबहादुर कार्कीले जारी गरेको वक्तव्यमा राज्यले उद्धार तथा राहतका लागि पहल गरे पनि विपत्तिको गम्भीरता र प्रभावित नागरिकको आवश्यकताअनुसार तत्परता, समन्वय र प्रभावकारिता पर्याप्त हुन नसकेको उल्लेख गरिएको छ।

विपद्को समयमा सरकारको प्रयास मात्र पर्याप्त नहुने भन्दै पार्टीले राज्यका सबै संयन्त्र, राजनीतिक दल, सामाजिक संघसंस्था, नागरिक समाज, युवा तथा स्वयंसेवी समूहलाई तत्काल परिचालन गर्नुपर्नेमा जोड दिएको छ। प्रभावकारी समन्वय र परिचालनको अभावमा अझै पनि धेरै नागरिक पीडा, भोक, विस्थापन र असुरक्षाबीच बस्न बाध्य भएको पार्टीको भनाइ छ।

पार्टीले सरकारको ध्यानाकर्षण गराउँदै समयमै उद्धार तथा राहत पुग्न सके थप मानवीय क्षति रोक्न सकिने प्रभावित नागरिकको अनुभूतिलाई गम्भीरतापूर्वक लिन आग्रह गरेको छ। विपद्को समयमा सबै क्षेत्र र शक्तिलाई एकीकृत रूपमा परिचालन गर्न नसक्नु सरकारी संयन्त्रको कमजोरी भएको पार्टीले जनाएको छ।

नुवाकोटमा राहत सामग्री हस्तान्तरण
नेपाल संघीय समाजवादी पार्टीले राजनीतिक जिम्मेवारीसँगै मानवीय दायित्वलाई प्राथमिकतामा राख्दै देशभर राहत संकलन तथा वितरण अभियान सञ्चालन गरिरहेको जनाएको छ।

पार्टीका कार्यवाहक महासचिव जनकबहादुर कार्कीको नेतृत्वमा राहत सामग्री नुवाकोट जिल्लाका बाढी तथा पहिरो प्रभावित नागरिकका लागि पठाएर हस्तान्तरण गरिएको छ। नुवाकोटको जनजाति माध्यमिक विद्यालयमा स्थापना गरिएको होल्डिङ सेन्टर तथा विदुर नगरपालिकास्थित जिल्ला समन्वय समितिका पदाधिकारीहरूको उपस्थितिमा राहत सामग्री हस्तान्तरण गरिएको पार्टीले जनाएको छ।

राहत हस्तान्तरण कार्यक्रममा पार्टीका विजय डंगोल, रेणु डंगोल, सुरेन्द्र प्रधान, राजेन्द्रराम, इन्दु खत्री र प्रेमा मगरलगायत नेता तथा कार्यकर्ताको सहभागिता थियो। करिब २० जनाको संयुक्त टोली राहत संकलन, ढुवानी तथा हस्तान्तरणमा प्रत्यक्ष रूपमा खटिएको थियो।

यसैगरी, पार्टीका उपमहासचिव सुरेन्द्र प्रधानको नेतृत्वमा तथा स्थायी कमिटी सदस्य राजेन्द्ररामको सहभागितामा अर्को टोली रसुवा र नुवाकोटका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा पुगेको छ। टोलीले प्रभावित नागरिकको अवस्था बुझ्ने, राहतको आवश्यकता पहिचान गर्ने तथा उद्धार र राहत कार्यमा प्रत्यक्ष रूपमा सहयोग गरिरहेको पार्टीले जनाएको छ।

स्थलगत अवलोकनका क्रममा अझै पनि धेरै प्रभावित परिवारले पर्याप्त राहत प्राप्त गर्न नसकेको र कतिपय स्थानमा आधारभूत आवश्यकताका सामग्रीको समेत अभाव रहेको पाइएको पार्टीको दाबी छ। हालसम्म संकलित राहत सामग्री प्रभावित नागरिकको आवश्यकता र विपत्तिको व्यापकताका तुलनामा पर्याप्त नभएकाले राहत संकलन अभियानलाई थप व्यापक बनाउनुपर्नेमा पार्टीले जोड दिएको छ।

‘पहिले मानवता, त्यसपछि राजनीति’
पार्टीले बाढी–पहिरोलगायतको विपत्तिलाई कुनै राजनीतिक, जातीय, धार्मिक वा क्षेत्रीय सीमाभन्दा माथि उठेर मानवीय संकटका रूपमा लिनुपर्ने बताएको छ।

संकटको यस घडीमा सिंगो देश एकजुट भएर पीडित नागरिकको साथमा उभिनुपर्ने भन्दै पार्टीले राजनीतिक दल, नागरिक समाज, सामाजिक संघसंस्था, युवा तथा विद्यार्थी संगठन, विभिन्न समुदायका अगुवा, उद्योगी–व्यवसायी तथा देश–विदेशमा रहेका नेपालीलाई राहत संकलन र वितरण अभियानमा सहभागी हुन आह्वान गरेको छ।

पार्टीले देशभित्र र विदेशबाट प्राप्त सहयोग, सद्भाव तथा मानवीय समर्पणप्रति आभार व्यक्त गरेको छ। दुःखमा परेका नागरिकलाई सहयोग गर्नु नै अहिलेको प्रमुख मानवीय दायित्व भएको पार्टीको भनाइ छ।

“विपत्तिले हामीलाई विभाजित होइन, अझ बलियो रूपमा एकताबद्ध बनाउनुपर्छ” भन्ने भावनासहित पार्टीले प्रभावित नागरिकलाई तत्काल राहतसँगै पुनर्स्थापना र दीर्घकालीन पुनर्निर्माणमा समेत निरन्तर साथ दिने प्रतिबद्धता जनाएको छ।

पार्टीले बाढी–पहिरो प्रभावित नागरिकको पीडालाई आफ्नो पीडा भएको उल्लेख गर्दै उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणको सम्पूर्ण प्रक्रियामा साथ नछोड्ने जनाएको छ। साथै, सबै राजनीतिक मतभेद र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर ‘पहिले मानवता, त्यसपछि राजनीति’ भन्ने भावनाका साथ अघि बढ्न सम्पूर्ण नेपालीलाई आह्वान गरेको छ।

क्लिन अप नेपालको १३औँ साधारणसभा सम्पन्न, पारदर्शिता र जवाफदेहितामा जोडकाठमाडौं, २ सेप्टेम्बर २०२६। वातावरण संरक्षण, फोहो...
03/09/2026

क्लिन अप नेपालको १३औँ साधारणसभा सम्पन्न, पारदर्शिता र जवाफदेहितामा जोड

काठमाडौं, २ सेप्टेम्बर २०२६। वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन तथा दिगो विकासका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) को १३औँ वार्षिक साधारणसभा काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ । संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, वित्तीय अनुशासन, सामाजिक जवाफदेहिता तथा आगामी कार्यदिशाबारे समीक्षा गर्दै साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभामा क्लिन अप नेपालका साधारण सदस्य, स्थानीय तहका प्रतिनिधि, सरकारी विद्यालयका प्रतिनिधि, विकास साझेदार तथा सहयोगी निकाय, निजी क्षेत्र, साझेदार संस्था तथा संस्थाका कर्मचारीसहित करिब ४० जनाको सहभागिता रहेको थियो । विभिन्न सरोकारवाला निकायको उपस्थितिले संस्थाका कार्यक्रम तथा गतिविधिमा बहुपक्षीय सहकार्य र जवाफदेहिताको महत्वलाई समेत प्रतिबिम्बित गरेको थियो ।

क्लिन अप नेपालका अध्यक्ष अमोद कर्माचार्यको अध्यक्षतामा सम्पन्न साधारणसभामा संस्थाका उपसचिव सुरेश विश्वकर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण संस्थाकी सचिव प्रार्थना न्यौपानेले गर्नुभएको थियो ।

साधारणसभाले आर्थिक वर्ष २०८२/८३ मा संस्थाले सञ्चालन गरेका कार्यक्रम तथा गतिविधिको समग्र समीक्षा गरेको थियो । समीक्षा क्रममा संस्थाको प्रगति, प्रमुख उपलब्धि, वित्तीय अवस्था, कार्यान्वयनका क्रममा देखिएका चुनौती, सिकाइ तथा आगामी दिनमा सुधार गर्नुपर्ने पक्षबारे छलफल गरिएको थियो । यसले संस्थाका गतिविधिलाई पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउँदै लैजान आवश्यक विषय पहिचान गर्ने अवसर प्रदान गरेको संस्थाले जनाएको छ ।

कार्यक्रममा क्लिन अप नेपालकी कोषाध्यक्ष सिमरन शेरचनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, सुजन एस. एण्ड एसोसिएट्सका चार्टर्ड एकाउन्टेन्ट सुजन सुवेदीले वित्तीय लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका कार्यकारी निर्देशक रविन्द्र लामिछानेले संस्थाको समग्र प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वर्षभरि सञ्चालन गरिएका प्रमुख कार्यक्रम, उपलब्धि, संस्थागत विकास, साझेदारी तथा आगामी प्राथमिकताबारे जानकारी गराउनुभएको थियो। त्यसैगरी, सामाजिक परीक्षक नमस्कार शाहले सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका गतिविधि, सामाजिक प्रभाव तथा सरोकारवालाप्रतिको जवाफदेहिताका विषयमा जानकारी गराउनुभएको थियो ।

साधारणसभामा प्रतिवेदन प्रस्तुतिका साथै सदस्य तथा सरोकारवालाहरूबीच संस्थाको कार्यसम्पादन, पारदर्शिता, वित्तीय अनुशासन र सामाजिक उत्तरदायित्वका विषयमा छलफलसमेत भएको थियो । आर्थिक तथा वित्तीय पक्षको लेखापरीक्षण, संस्थागत प्रगति प्रतिवेदन र सामाजिक परीक्षणलाई साधारणसभाको प्रक्रियामा समेटिनुले क्लिन अप नेपालले आफ्नो संस्थागत सुशासन र जवाफदेहितालाई महत्व दिँदै आएको सन्देश दिएको छ ।

कार्यक्रममा शुभेच्छुक तथा साझेदार संस्थाहरूको तर्फबाट गैरसरकारी संस्था महासंघकी महासचिव देवी खड्का, ICIMOD की Intervention Manager Erica Udas, ललितपुर महानगरपालिकाका वातावरण इन्जिनियर प्रदीप अमात्य, युवा गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष नारायण गिरी तथा Community Information Network (CIN) का पत्रकार लिलप्रकाश चन्दले शुभकामना तथा मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वक्ताहरूले क्लिन अप नेपालले वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन तथा दिगो विकासका क्षेत्रमा गर्दै आएको कामको प्रशंसा गर्दै आगामी दिनमा संस्थाले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँहरूले स्थानीय सरकार, विकास साझेदार, निजी क्षेत्र, नागरिक समाज, समुदाय तथा अन्य सरोकारवालाबीचको सहकार्यलाई थप सुदृढ गर्दै वातावरणीय चुनौती समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो ।

साधारणसभाका अवसरमा क्लिन अप नेपालले संस्थाका कार्यक्रम तथा गतिविधिमा निरन्तर सहयोग, सहकार्य र योगदान पुर्‍याउँदै आएका विशिष्ट अतिथिहरूलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरेको थियो । उक्त सम्मान संस्थाले आफ्ना साझेदार तथा सरोकारवालासँगको सहकार्यलाई महत्व दिएको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो ।

क्लिन अप नेपालले साधारणसभामार्फत संस्थागत पारदर्शिता, वित्तीय अनुशासन, जवाफदेहिता, जिम्मेवारी तथा उत्तरदायित्वलाई आगामी दिनमा पनि निरन्तर प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ । संस्थाका अनुसार वार्षिक साधारणसभा केवल औपचारिक प्रक्रिया नभई संस्थाको विगतको कार्यसम्पादनको समीक्षा, सरोकारवालाप्रति जवाफदेहिता प्रदर्शन तथा आगामी कार्यदिशा स्पष्ट गर्ने महत्वपूर्ण संस्थागत मञ्च हो ।

संस्थाले वातावरणीय संरक्षण, दिगो फोहोरमैला व्यवस्थापन र उत्थानशील समुदाय निर्माणका लागि स्थानीय सरकार, सरकारी तथा गैरसरकारी संस्था, विकास साझेदार, निजी क्षेत्र, समुदाय, स्वयंसेवक तथा नागरिक समाजसँगको सहकार्यलाई अझ विस्तार गर्ने क्लिन अप नेपालका कार्यकारी निर्देशक रबिन्द्र लामिछानेले जनाउनुभएको छ ।

03/09/2026

🌽 इमाडोलमा बिहानै मकै खेतीको हरियाली 🌿
बिहानीको शान्त वातावरण, हरिया मकैबारी र गाउँको प्राकृतिक सौन्दर्यले मनै लोभ्याउने दृश्य। 💚
#इमाडोल #मकैखेती #बिहानीकोदृश्य #कृषि #नेपालीकृषि #हरियाली

Address

Babarmahal/11
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Toptenkhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Toptenkhabar:

Shortcuts

Share