Caliber Shoes

Caliber Shoes Welcome ☺️

जेनजी आन्दोलनमा अपराध गरियो त्यसको जिम्मा केपी ओली सरकारले लिएर सजाय भोग्न तयार हुनुपर्छ: योगेश भट्टराई
10/25/2025

जेनजी आन्दोलनमा अपराध गरियो त्यसको जिम्मा केपी ओली सरकारले लिएर सजाय भोग्न तयार हुनुपर्छ: योगेश भट्टराई

माइतीघर मण्डलमा आयोजित जेन–जी सहिदको सम्झना कार्यक्रममा हामी नेपालका संयोजक सुदन गुरुङले भावुक र कडा सन्देश दिए।‎उनले भन...
10/24/2025

माइतीघर मण्डलमा आयोजित जेन–जी सहिदको सम्झना कार्यक्रममा हामी नेपालका संयोजक सुदन गुरुङले भावुक र कडा सन्देश दिए।

‎उनले भने — “सिंहदरबार त फेरि बनाउन सकिन्छ, तर आमाको कोख रित्याएर गएको छोरा कहिल्यै फर्किँदैन।”
‎गुरुङले सरकार र नेताहरूलाई चेतावनी दिँदै भने, आन्दोलनको लक्ष्य जलेको भवन होइन, गोली चलाउने र आदेश दिनेहरूलाई कारबाहीमा ल्याउने हो।

‎उनको भनाइ अनुसार यो पहिलो पटक हो जब सरकार जनतासँग डराएको छ, र अब यो उपलब्धि जोगाउन सबै एक हुनुपर्ने समय आएको छ।

बालेन शाहको नेताहरुलाई प्रश्न- चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ ?उनले फेसबुकमा लेखेका छन्: तुइन र काठको पूल बन...
10/22/2025

बालेन शाहको नेताहरुलाई प्रश्न- चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ ?

उनले फेसबुकमा लेखेका छन्:
तुइन र काठको पूल बनाउने नेताहरु भन्छन ,
यो देश विदेशीले बिगार्यो,
Visa पाउनलाई तिमीहरुको घर धाउनु पर्छ ,
अरुलाई एजेन्ट भन्छौ !!!
आन्दोलनमा पुरै देश एमालेले काङ्रेसको जलाउछ ,
काङ्रेसले एमालेको जलाउछ, दोश आफ्नो बाल बच्चालाई दिन्छौ !
चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ !
लाज लाग्दैन ?

जेनजी आन्दोलनका अगुवा तथा चर्चित युवा अभियन्ता सुदन गुरुङले रास्वापा सभापति रवि लामिछानेलाई पुराना नेताहरूले षड्यन्त्र र...
10/19/2025

जेनजी आन्दोलनका अगुवा तथा चर्चित युवा अभियन्ता सुदन गुरुङले रास्वापा सभापति रवि लामिछानेलाई पुराना नेताहरूले षड्यन्त्र रचेर फसाएको खुलासा गरेका छन ।

‎सुदन भन्छन्– “रवि एक असल, इमानदार र जनता लागि काम गर्ने नेता हुन्।”

तपाईंको नजरमा रवि लामिछाने कस्तो नेता हुन्?
‎‎तपाईंको विचार कमेन्टमा लेख्नुहोस्! ✍️

काठमाडौं महानगरपालिकाले सहरका मुख्य ६२ वटा चोकमा हाई माष्ट लाइट जडानको काम अन्तिम चरणमा पुगेको जनाएको छ। मेयर बालेन शाहल...
10/19/2025

काठमाडौं महानगरपालिकाले सहरका मुख्य ६२ वटा चोकमा हाई माष्ट लाइट जडानको काम अन्तिम चरणमा पुगेको जनाएको छ। मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै यो परियोजनाले काठमाडौंको रात्रिकालीन सुरक्षा र सौन्दर्य दुवैमा सुधार ल्याउने उल्लेख गरेका छन्।

‎यसका लागि करिब रु. ९ करोड ९९ लाख लागत अनुमान गरिएकोमा सार्वजनिक खरिद प्रक्रियामार्फत कुल रु. ९ करोड ८५ लाख २२ हजार १४४ मा काम सम्पन्न भएको मेयर शाहले बताएका छ्न।

‎२०७८ पुस २३ गते निर्माण पक्षसँग सम्झौता गरी कामको जिम्मा दिइएको यो परियोजना अब सम्पन्न हुने चरणमा पुगेको छ।

‎सहरलाई उज्यालो, सुरक्षित र आधुनिक बनाउने लक्ष्यसहित सुरु गरिएको यो पहलप्रति सर्वसाधारणले सकारात्मक प्रतिक्रिया जनाएका छन्।

नेकपा (एमाले)ले २१ फागुनमा तय भएको आम निर्वाचनमा भाग नलिने औपचारिक घोषणा गरेको छ। ‎एमालेका अनुसार सरकारले चुनावको वातावर...
10/18/2025

नेकपा (एमाले)ले २१ फागुनमा तय भएको आम निर्वाचनमा भाग नलिने औपचारिक घोषणा गरेको छ।

‎एमालेका अनुसार सरकारले चुनावको वातावरण सिर्जना गर्न नसकेको मात्र होइन, अनिर्वाचित सत्ता लम्ब्याउने प्रयास गरिरहेको छ। संवाद, सहकार्य र दलहरूसँगको परामर्श बेवास्ता गर्दै सरकार निषेध र मुठभेडको बाटोमा लागेको आरोप समेत एमालेले लगाएको छ।

‎बैठकपछि अध्यक्ष केपी शर्मा ओलीले भने,
‎👉 “नहुने चुनावमा एमालेले भाग लिँदैन।”

काठमाडौं महानगरपालिका मेयर बालेन शाहको नेतृत्वमा सुरु भएको ‘सार्वजनिक सम्पत्ति जनताको’ अभियानले ऐतिहासिक सफलता हात पारेक...
10/17/2025

काठमाडौं महानगरपालिका मेयर बालेन शाहको नेतृत्वमा सुरु भएको ‘सार्वजनिक सम्पत्ति जनताको’ अभियानले ऐतिहासिक सफलता हात पारेको छ। हालसम्म २३ अर्ब रुपैयाँभन्दा बढी मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्न महानगर सफल भएको छ।

फेसबुकमार्फत बालेनले धन्यवाद दिँदै भने— “हामी भ्रष्टाचारविरुद्धको लडाइँलाई अझ बलियो बनाउँदै करिब २ खर्ब मूल्य बराबरको १ हजार ८५९ रोपनी १४ आना जग्गा फिर्ता ल्याउने लक्ष्यमा छौँ।”

‎सार्वजनिक सम्पत्तिको संरक्षण, व्यवस्थापन र पुनःप्राप्तिको अधिकार स्थानीय सरकारले पाएको अवस्थामा, बालेनको पारदर्शी र दृढ नेतृत्वले भूमाफियालाई खुला चुनौती दिएको छ। फिर्ता गरिएका जग्गाहरूलाई फेरि कब्जामा नपरोस् भनेर महानगरले खुला पार्क, खेलमैदान, स्केटबोर्ड पार्क, हरित क्षेत्र, सत्तल र सार्वजनिक संरचनाका रूपमा विकास कार्य तीव्र गतिमा सुरु गरिसकेको छ। खोला कोरिडोरहरू समेत सफाइ हुँदैछन्।

‎यस अभियानलाई थप सुदृढ बनाउँदै पूर्वसचिव रामबहादुर रावलको नेतृत्वमा बनेको आयोगले मिचिएका जग्गाको नाम, ठेगाना र कित्ता सहितको प्रतिवेदन पनि सार्वजनिक गरिएको छ, जसले भूमाफियासँगै प्रभावशाली नीति निर्माताहरूसुधा संलग्न रहेको प्रमाण देखाएको छ।

मेयर बालेन शाहले काठमाडौ महानगरका सबै ३२ वटै वडामा निःशुल्क स्वास्थ्य सेवा पूर्ण रूपमा उपलब्ध भइसकेको बताएका छन्। उनका अ...
10/15/2025

मेयर बालेन शाहले काठमाडौ महानगरका सबै ३२ वटै वडामा निःशुल्क स्वास्थ्य सेवा पूर्ण रूपमा उपलब्ध भइसकेको बताएका छन्। उनका अनुसार अहिले सम्म १ लाख ९४ हजारभन्दा बढी नागरिकले सेवा उपयोग गरिसकेका छन्, र चालु वर्ष कम्तीमा २ लाख ५० हजारले लाभ लिने अनुमान गरिएको छ।

‎महानगरले शहरी स्वास्थ्य प्रवर्धन केन्द्रमार्फत MBBS चिकित्सक र विशेषज्ञ डाक्टरको उपचार, स्वास्थ्य बीमा, रेफरल सेवा, र २५० भन्दा बढी निःशुल्क औषधि उपलब्ध गराइरहेको छ। आवश्यक परेमा सिभिल, वीर र टिचिङ अस्पतालमा रेफर गर्ने व्यवस्था समेत छ।

‎यससँगै ‘आरोग्य जीवन स्वर्णिम योजना’ मार्फत जनचेतना, योग, पोषण, मानसिक स्वास्थ्य, खोप, विद्यालय स्वास्थ्य शिक्षा, दीर्घरोग नियन्त्रणलगायत प्रतिरोधात्मक स्वास्थ्य कार्यक्रमहरू नियमित रूपमा सञ्चालनमा छन्।

‎बालेन शाहको स्पष्ट सन्देश:
‎“निःशुल्क स्वास्थ्य सेवा तपाईंको हक हो, र त्यसलाई सुनिश्चित गर्नु हाम्रो प्रतिबद्धता हो।”

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  सामाजिक सञ्जालमा भाइरल भएको पैसा भेटिएको भिडियोलाई पूर्ण रूपमा ‘फेक’ बताएका ...
10/14/2025

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जालमा भाइरल भएको पैसा भेटिएको भिडियोलाई पूर्ण रूपमा ‘फेक’ बताएका छन्। जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक रूपमा बोल्दै उनले सो भिडियो विदेशबाट एआई प्रविधि प्रयोग गरी तयार गरिएको दाबी गरेका छन।

‎मंगलबार सानेपास्थित पार्टी कार्यालयमा १८ मिनेट लामो सम्बोधनमा देउवाले भने — “यो भिडियो बाहिरबाट ल्याइएको हो। मेरो घरमा २० लाख वा ५० लाख भेटिएको भन्ने कुरा पूर्ण रूपमा गलत हो। पुराना भिडिओ काटछाँट गरी एआईबाट बनाइएको हो।”

‎देउवाले यो घटनाको तत्काल छानबिनको माग गर्दै यसलाई आफ्नो चरित्र हत्या गर्ने राजनीतिक षड्यन्त्र भएको दाबी गरे। उनले पार्टीका कार्यकर्तालाई पनि भ्रममा नपर्न आग्रह गरेका छन् ।

10/14/2025


हमासद्वारा मारिएका नेपाली युवा विपिन जोशीको झण्डै दुई वर्षअघि नै हत्या भएको डीएनए परीक्षणले देखाएको छ। 😥

10/14/2025

‎Feel the calm night vibes and beauty of this iconic place. Stay tuned and enjoy the live view! 🕊️✨🇳🇵

Address

New York, NY
44600

Website

Alerts

Be the first to know and let us send you an email when Caliber Shoes posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share