Nepal Sports Voice

Directions

Nepal Sports Voice Result doesn’t matter, love for Nepali sports is permanent. 💙🇳🇵

03/10/2026

Look Like Aasif Sheikh ?? 😱

03/10/2026

Moeen Ali जनकपुर बोल्ट्समा भित्रिएपछि समर्थकमा छुट्टै उत्साह!
विश्वस्तरीय अनुभव बोकेका Moeen Ali को आगमनसँगै Janakpur Bolts को टिम अझ बलियो देखिएको छ।

03/10/2026

Dhangadhi Oval Cricket Ground को ताजा अवस्था!
मैदानमा धमाधम तयारी सुरु… घाँस काट्ने र मैदान सम्याउने काम तीव्र गतिमा भइरहेको छ 😍🇳🇵

इंग्ल्यान्डका स्टार अलराउन्डर मोइन अलीलाई जनकपुर बोल्ट्सले एनपीएलको तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ।
03/10/2026

इंग्ल्यान्डका स्टार अलराउन्डर मोइन अलीलाई जनकपुर बोल्ट्सले एनपीएलको तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ।

03/10/2026

Good Morning From Tu Ground 😍🏟️

मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल : नेपाल पुलिस र सभापोखरी फाइनलमा बुटवल, असोज १६ गते । विभागीय टोली नेपाल पुलिस क्लब...
02/10/2026

मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल : नेपाल पुलिस र सभापोखरी फाइनलमा

बुटवल, असोज १६ गते । विभागीय टोली नेपाल पुलिस क्लब र सभापोखरी भलिबल क्लब बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुटवलको बिआइसिसी सम्मेलन केन्द्रमा शुक्रबार भएको सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले अर्को विभागीय टोली एपिएफ क्लबलाई ३–१ को सेटमा हरायो । पुलिसले एपिएफमाथि २१–२५, २८–२६, २५–१६,२५–१९ को जित निकालेको हो ।

यसअघि शुक्रबारनै भएको समूह चरणको अन्तिम खेलमा एपिएफले भारतको गुजरात स्र्पोटिङ क्लबलाई ३–२ सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । एपिएफले २१–२५, २५–१८, २५–१६, १७–२५, १५–१२ को जित निकालेको थियो ।

यस्तै अर्को मेमिफाइनल खेलमा सभापोखरीले खैरा भलिबल क्लब पन्जाबलाई ३–१ को सेटमा हराउँदै फाइनलमा स्थान बनायो । सभापोखरीले खैरालाई २५–२०, २५–१६, २३–२५, २५–१५ ले पन्छाएको थियो । पुलिस र सभापोखरीबीच शनिबार उपाधि भिडन्त हुनेछ । सेमिफाइनलमा पराजित खैरा र एपिएफ तेस्रो स्थानका लागि खेल्नेछन् ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगितामा विदेशका तीन र नेपालको चार गरी सात टोलीले भाग लिएका थिए । प्रतियोगिताको विजेता टोलीले रनिङ्ग शिल्डसहित सात लाख रुपैयाँ र उपविजेताले तीन लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

यस्तै तेस्रो हुने टोलीलाई एक लाख ७५ हजार रुपैयाँ तथा सान्त्वना पुरस्कार स्वरुप ७५ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले जानकारी दिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ, ब्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, ब्लकर, डिफेन्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही आठ हजार रुपैयाँसहित सम्मान गरिने आयोजकले जनाएको छ ।

एसपीए लिटल फ्लावर प्राइड लिग : दोस्रो दिन घोडाघोडी, मोर्निङ ग्लोरी र वीरेन्द्र स्पोर्ट्स विजयीअसोज १६, कैलाली। धनगढीको फ...
02/10/2026

एसपीए लिटल फ्लावर प्राइड लिग : दोस्रो दिन घोडाघोडी, मोर्निङ ग्लोरी र वीरेन्द्र स्पोर्ट्स विजयी

असोज १६, कैलाली। धनगढीको फाप्लामा जारी दशौँ संस्करणको एसपीए लिटल फ्लावर प्राइड लिगको दोस्रो दिन घोडाघोडी क्रिकेट एकेडेमी, मोर्निङ ग्लोरी स्कुल र वीरेन्द्र स्पोर्ट्स एकेडेमी विजयी भएका छन्।

घोडाघोडीको पहिलो जित

प्रतियोगिताको चौथो खेलमा सुख्खडको घोडाघोडी क्रिकेट एकेडेमीले लम्कीको पायोनियर्स एकेडेमीलाई ३६ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। घोडाघोडी पहिलो खेलमा महेन्द्रनगरको मोर्निङ ग्लोरी स्कुलसँग ९ विकेटले पराजित भएको थियो।

शुक्रबार घोडाघोडी क्रिकेट एकेडेमीले दिएको १३३ रनको लक्ष्य पछ्याएको पायोनियर्स एकेडेमीले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो। उसका लागि रोशन शाहीले २५, प्रकाश माझीले २४ तथा कप्तान धीरेन्द्र न्यौपानेले १५ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

घोडाघोडीका लागि सुधांशु रावलले उत्कृष्ट बलिङ गरे। ३ ओभरमा १३ रन खर्चिएका रावलले ३ महत्वपूर्ण विकेट लिए। भुपेश जोशी र रोशन विश्वकर्माले समान २ तथा सुजित भट्टले १ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घोडाघोडी क्रिकेट एकेडेमीले निर्धारित १५ ओभरमा ७ विकेट गुमाएर १३२ रन बनाएको थियो। उसका लागि गोविन्द बिष्टले आक्रामक अर्धशतकीय पारी खेले। ४३ बलको सामना गरेका बिष्टले ७ चौका र ४ छक्काको मद्दतमा ६२ रन बनाए। नितेश बुढाथोकीले २३ तथा गणेश शाहले १० रन बनाए।

पायोनियर्स एकेडेमीका लागि सोलुप चौधरीले ३ विकेट लिए। विमल कटुवाल र रोयल ढकालले समान २ विकेट लिए। अर्धशतक प्रहार गरेका घोडाघोडीका गोविन्द बिष्ट प्लेयर अफ द म्याच चुनिए।

मोर्निङ ग्लोरीलाई वाकओभर

प्रतियोगिताको पाँचौँ खेल निर्धारित समयमा शुक्लाफाँटा नगरपालिका, झलारीको टोली मैदानमा उपस्थित नभएपछि मोर्निङ ग्लोरी स्कुल महेन्द्रनगर विजयी भएको छ।

वीरेन्द्र स्पोर्ट्सको ७ विकेटको जित

प्रतियोगिताको छैटौँ खेलमा वीरेन्द्र स्पोर्ट्स एकेडेमी, सुख्खड ७ विकेटले विजयी भएको छ।

खप्तड इन्डोर स्पोर्ट्स सेन्टरले दिएको ५६ रनको झिनो लक्ष्य वीरेन्द्र स्पोर्ट्सले ८.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। उसका लागि रोशन साउँदले अविजित २७ तथा निशान रेग्मीले २५ रन बनाए। खप्तडका केशव चन्दले २ तथा पंकज शार्कीले १ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको खप्तड इन्डोर स्पोर्ट्स सेन्टरले ११.४ ओभरमा सबै विकेट गुमाएर ५५ रन मात्र बनाउन सक्यो। उसका लागि दीपेश भाटले १७ तथा शुभम खड्काले १५ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

वीरेन्द्र स्पोर्ट्सका ओमकार यादवले उत्कृष्ट बलिङ गर्दै खप्तडको ब्याटिङ लाइनअप धरासायी बनाए। ३ ओभरमा मात्र ४ रन खर्चिएका यादवले ४ विकेट लिए। रुपेश थापाले २ तथा निराजन कठायत, रुद्रप्रसाद आचार्य र अमर मिश्रले समान १ विकेट लिए। ओमकार यादव प्लेयर अफ द म्याच चुनिए।

बिहीबारदेखि सुरु भएको प्रतियोगिता असोज २१ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यस्तै, विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगदसहित ट्रफी प्रदान गरिनेछ भने प्रत्येक खेलका प्लेयर अफ द म्याचले नगद १ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा देशभरका १५ टोली प्रतिस्पर्धा गरिरहेका छन्।

02/10/2026

Extra Tech Oval Cricket Stadium 🏟️😍

Beautiful View of Extra Tech Oval Cricket Ground 🏟️😍
02/10/2026

Beautiful View of Extra Tech Oval Cricket Ground 🏟️😍

02/10/2026

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Sports Voice posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share