22/05/2025
‘ढुकुर जोडी’ खोज्दै सुन्दरहरैँचा
# सम्बन्ध विच्छेद तथा लैंगिक हिंसाका घटनाहरु न्युनीकरण गर्दै जानुपर्छ भन्ने मूल नाराका साथ यो कार्यक्रम राखिएको नगरपालिकाले बताएको छ ।
# यस्ता छन् ‘ढुकुर जोडी’ छनोटका लागि नगरपालिकाले बनाएको १२ मापदण्ड
१) कम्तीमा विवाह भएको १० वर्ष पूरा गरेको हुनुपर्ने ।
२) श्रीमान् श्रीमती दुवैको नेपाली नागरिकता भएको हुनुपर्ने ।
३) विवाह दर्ता गरेको हुनुपर्ने ।
४) स्थायी रूपमा सुन्दरहरैँचा नगरपालिका बसोबास गरेको हुनुपर्ने ।
५) छोराछोरीको जायजन्म भएको भए छोराछोरीको जन्मदर्ता गरेको हुनुपर्ने ।
६) नागरिकता बनाउने उमेर पूरा गरेका छोराछोरी भए नागरिकता बनाएको हुनुपर्ने ।
७) विद्यालय जाने उमेर पूरा भएका छोराछोरी भए विद्यालयमा भर्ना गरेको हुनुपर्ने ।
८) निरन्तर रूपमा संयुक्त परिवारमा (बुवा वा आमारसासू वा ससुरासँग) बसेको हुनुपर्ने । अलग भिन्न नभएको ।
९) बुवाआमा वा सासूससुरालाई राम्रोसँग हेरचाह, पालनपोषण, मायाममता गरेको हुनुपर्ने ।
१०) हालका मितिसम्म अदालत, प्रहरी चौकी, न्यायिक समिति, लगायतका निकायहरूमा वा समाजमा श्रीमान्–श्रीमतीको झगडा परी निवेदन दर्ता नगराएको हुनुपर्ने ।
११) निरन्तर नेपालमै बसोबास गरेको हुनुपर्ने । विवाह भएको १० वर्षमा वैदेशिक रोजगारमा २ वर्ष भन्दाबढी नबसेको ।
१२) माथि उल्लेखित शर्तहरू पूरा हुने कागजात फारमसहित पेश गर्नुपर्ने ।