Dr. Suneel Sitaula

Dr. Suneel Sitaula Astrologer। Media । Socio-Political Activist.
(1)

Official page of Well-Known Nepalese Astrologer, Palmist, Numerologist and Vastu expert Dr. Suneel Sitaula.

चन्द्रमाबाट बनेका कुयोगहरूमा यदि चन्द्रमा शुक्ल पक्षको र रात्रीको जन्म छ भने त्यो योग निस्प्रभावी हुन्छ, अर्थात शुभ फल प...
18/07/2026

चन्द्रमाबाट बनेका कुयोगहरूमा यदि चन्द्रमा शुक्ल पक्षको र रात्रीको जन्म छ भने त्यो योग निस्प्रभावी हुन्छ, अर्थात शुभ फल प्राप्त हुन्छ।

आजदेखि तीन दिनसम्म भारीदेखि, धेरै भारी र अति भारी वर्षाको सम्भावाना भनि जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको खबर रहे...
18/07/2026

आजदेखि तीन दिनसम्म भारीदेखि, धेरै भारी र अति भारी वर्षाको सम्भावाना भनि जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको खबर रहेछ, ज्योतिषमा पनि चन्द्रमा र शुक्रको युतीले भारी वर्षाको संकेत गर्छ अनि केतु पनि सँगै हुदा केही उपद्रको पनि सम्भाबना रहन्छ -
त्यसैले आवश्यक सावधानी र सतर्कता अपनाउनु चाही जरुरी देखिन्छ!

ज्योतिष शास्त्र अनुसार चन्द्रमा बिग्रेकाहरुलाई आध्यात्मिक दुःख- काम, क्रोध, लोभ, ईर्ष्या आदिबाट पैदा हुने दुःख आइलाग्छ भ...
17/07/2026

ज्योतिष शास्त्र अनुसार चन्द्रमा बिग्रेकाहरुलाई आध्यात्मिक दुःख- काम, क्रोध, लोभ, ईर्ष्या आदिबाट पैदा हुने दुःख आइलाग्छ भने लग्न बिग्रेकाहरुलाई आधिदैविक दुःख - दैववश आइपरेका पीडा वा दुःख । यक्ष, राक्षस, ग्रह, हावा, वर्षा, भूकम्प, बाढी, पहिरो आदिबाट हुने दुःख आउछ र सूर्य बिग्रेकाहरुमा चाहि आधिभौतिक दुःख - बाघ, भालु, विच्छी, सर्प, मानिस आदिबाट हुने दुःख आईपरछ-

वर्तमानमा प्रधानमंत्री र मन्त्रीहरुको विच तालमेल नमिल्नुमा अकासमा बनेको सूर्य र शनि ग्रहको केंद्रीय सम्बन्ध नै मूल कारण ...
17/07/2026

वर्तमानमा प्रधानमंत्री र मन्त्रीहरुको विच तालमेल नमिल्नुमा अकासमा बनेको सूर्य र शनि ग्रहको केंद्रीय सम्बन्ध नै मूल कारण हो, प्रचलित साउन सात गतेबाट दृश्य सूर्य सिँह राशिमण्डलमा प्रवेश गरी राहुसंग षडास्टक बनेपछि झन संकट चुलिन सक्छ -

बृहस्पति वा शुक्र अस्त हुँदा शुभकार्य नगर्ने मान्यता प्रचलित मुहूर्त ज्योतिषमा आधारित हो। तर श्रौत–स्मार्तसूत्रहरू तथा व...
16/07/2026

बृहस्पति वा शुक्र अस्त हुँदा शुभकार्य नगर्ने मान्यता प्रचलित मुहूर्त ज्योतिषमा आधारित हो। तर श्रौत–स्मार्तसूत्रहरू तथा वेदाङ्ग ज्योतिषका दुवै पाठमा गुरु वा शुक्रको उदय–अस्तका आधारमा कुनै विधि वा निषेध उल्लेख गरिएको छैन। अर्कोतर्फ, संहिता ज्योतिषमा बृहस्पतिको उदय वा अस्तका समयमा ठूलो वर्षा हुने संकेत गरिएको छ, जसको झल्को गत राति परेको वर्षाले पनि दिएको देखिन्छ।

भोली साउने संक्रांतिमा मनाइने लुतो फाल्ने परम्परामा भलायो, कुरीलो, कुकुरडाइनो र सिरुमुल ढोकामा सिउरिने चलनको गहिरो अर्थ ...
16/07/2026

भोली साउने संक्रांतिमा मनाइने लुतो फाल्ने परम्परामा भलायो, कुरीलो, कुकुरडाइनो र सिरुमुल ढोकामा सिउरिने चलनको गहिरो अर्थ छ। यी वनस्पतिहरू छालाजन्य रोगका परम्परागत औषधिका रूपमा चिनिएका छन्। त्यसैले यिनलाई घरमै राख्नुपर्छ भन्ने सन्देश यस प्रचलनले दिन्छ। यदि लुतो वा अन्य छालासम्बन्धी समस्या देखिएमा यिनै वनस्पति पिसेर प्रयोग गर्न सकिन्छ। अर्थात्, प्रकृतिले दिएको औषधि घरमै हुँदा अनावश्यक रूपमा अन्य क्रीम वा पाउडर खोज्दै हिँड्नुपर्दैन भन्ने व्यावहारिक ज्ञान यस परम्परामा समेटिएको छ।

आजकल साउन महिनालाई हरियालीसँग जोडेर महिलाहरूले हरियो चुरा, मेहन्दी र हरिया लुगा लगाउने चलन बढ्दो छ। तर परम्परागत वैदिक ज...
16/07/2026

आजकल साउन महिनालाई हरियालीसँग जोडेर महिलाहरूले हरियो चुरा, मेहन्दी र हरिया लुगा लगाउने चलन बढ्दो छ। तर परम्परागत वैदिक ज्योतिषका अनुसार साउनमा हरियो रङलाई विशेष शुभ मानिँदैन। यस समयमा सूर्य कर्कट राशिमा रहने भएकाले कर्कट राशिको प्रतिनिधि रङ सेतो मानिन्छ। हरियो रङ मिथुन र कन्या राशिसँग सम्बन्धित भएकाले कर्कटका लागि अनुकूल नमानिने बताइन्छ। त्यसैले शास्त्रीय ज्योतिषको दृष्टिकोणबाट साउनमा हरियोभन्दा सेतो वा कर्कटसँग सम्बन्धित रङ प्रयोग गर्नु बढी उपयुक्त मानिन्छ।

Ruling planet ले काम गरेको नै पाइयो, इङ्ग्ल्यान्ड र आर्जेन्टिनाबीचको खेलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ गोलले पराजित...
15/07/2026

Ruling planet ले काम गरेको नै पाइयो, इङ्ग्ल्यान्ड र आर्जेन्टिनाबीचको खेलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्न सफल भएको छ! Ruling planets Argentina कै पक्ष मा आएको थियो -

यदि कन्याको राशि, वरको जन्म कुण्डलीको सप्तमेश स्थित राशि वा सप्तमेशको उच्च राशि भएमा, वैवाहिक जीवन प्रेम, समझदारी र स्था...
15/07/2026

यदि कन्याको राशि, वरको जन्म कुण्डलीको सप्तमेश स्थित राशि वा सप्तमेशको उच्च राशि भएमा, वैवाहिक जीवन प्रेम, समझदारी र स्थायित्वयुक्त रहने मानिन्छ।

प्रचलित निरायण गणित अनुसार आजबाट गुप्त नवरात्रि आरम्भ हुनछ, गुप्त नवरात्र पर्वमा देवीको तान्त्रिक बिधिबाट पूजा गर्नुपर्छ...
15/07/2026

प्रचलित निरायण गणित अनुसार आजबाट गुप्त नवरात्रि आरम्भ हुनछ, गुप्त नवरात्र पर्वमा देवीको तान्त्रिक बिधिबाट पूजा गर्नुपर्छ। तन्त्रमा मासु, मदिरा, मैथून, मत्स्य र मुद्रालाई प्रधान मानिन्छ-

भक्तिपूर्वक दुर्गा सप्तशतीको पाठ तथा देवी दुर्गाको आराधना गर्दा शत्रुबाट रक्षा, रोगबाट मुक्ति र मनोकामना पूरा हुने धार्मिक विश्वास प्राचीनकालदेखि रहिआएको छ।

गुप्त नवरात्र विशेषतः तान्त्रिक साधना, आध्यात्मिक अभ्यास तथा शक्ति-उपासनासँग सम्बन्धित मानिन्छ। यस अवधिमा गरिने साधनाहरू सामान्य गृहस्थ जीवनका पूजापाठभन्दा फरक प्रकृतिका हुन सक्छन्।
तान्त्रिक परम्परामा विभिन्न मार्ग र विधिहरूको उल्लेख पाइन्छ, जसमा केही ग्रन्थहरूले मैथुन (S*x) र बलि (Sacrifice) जस्ता अभ्यासहरूको चर्चा गरेका छन्। यद्यपि, यी विधिहरू सबै साधक वा सम्प्रदायमा समान रूपमा प्रचलित छैनन्, र तिनको प्रयोग परम्परा, गुरु-शिष्य परम्परा तथा सम्प्रदायअनुसार फरक हुन्छ।
सामान्य गृहस्थहरू भने प्रायः वैदिक तथा सात्त्विक पूजा, जप, हवन, दान र बलि सम्बन्धी परम्परागत विधिहरूमै सीमित रहने गर्छन्।

राजा प्रताप सिहँ शाहले पनि तन्त्र साधना गर्दा यहि गुप्त नवरात्रमा बिभिन्न मुद्रामा सम्भोगको सहारा लिएका थिए । यद्दपी उनि राजा भएका कारण गृहस्थी मान्न सकिने वा नसकिने र गृहस्थी मानिएको खण्डमा त्याग यानी एक हदसम्म अल्प सन्यास लिने कि नलिने छलफल पनि भएको थियो र अन्ततः सम्भोग विधीबाटै जाने निर्णय तान्त्रीकहरु र राजवैद्यहरुलाइ सुनाइएको थियो।

Address

Raghu Galli, Dillibazar Sadak
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Dr. Suneel Sitaula posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dr. Suneel Sitaula:

Shortcuts

Share