NPL Sports

NPL Sports “NPLSports.com – Every Match, Every Moment, Every Story”

बुवाको निधनपछि भावुक मेसीलाई रोनाल्डोले दिए सान्त्वनाकाठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी बुवा जोर्गे मेसीक...
13/08/2026

बुवाको निधनपछि भावुक मेसीलाई रोनाल्डोले दिए सान्त्वना
काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी बुवा जोर्गे मेसीको निधनपछि भावुक बनेका छन् । ६८ वर्षको उमेरमा जोर्गे मेसीको निधन भएपछि मेसीले बुधबार सामाजिक सञ्जालमा भावुक सन्देशसहितको पोस्ट लेखेका छन् ।

मेसीले सामाजिक सञ्जाल इन्स्टाग्राममा बुवासँगको तस्बिर सार्वजनिक गर्दै छोटो तर भावुक सन्देश लेखेका छन्, ‘ते आमो, पा’ अर्थात् ‘म तपाईंलाई माया गर्छु, बुवा।’

मेसीका बुवा जोर्गे उनका लामो समयदेखिका एजेन्टसमेत थिए । मेसीले आफ्नो फुटबल करियरमा बुवाको महत्वपूर्ण साथ र मार्गदर्शन पाएका थिए ।

मेसीको भावुक पोस्टमा उनका पुराना प्रतिद्वन्द्वी तथा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले पनि सान्त्वना व्यक्त गरेका छन्। रोनाल्डोले मेसी र उनको परिवारप्रति सहानुभूति जनाउँदै कठिन समयमा आफू र परिवार बलियो रहन आग्रह गरेका छन्।

मेसीको पोस्टमा बार्सिलोनाले पनि ‘धेरै शक्ति, लियो’ भन्दै समवेदना व्यक्त गरेको छ। स्पेनिस ला लिगाले समेत मेसी र उनको परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

बुवाको निधनपछि मेसीले आफ्नो भविष्यबारे समेत अन्योल व्यक्त गरेका छन् । उनले आगामी दिनमा आफूले फुटबललाई निरन्तरता दिने वा नदिने विषयमा निश्चित हुन नसकेको बताएका छन् ।

मेसीको भावुक सन्देश- ‘बुवा, तपाईं अब हुनुहुन्न भन्ने विश्वासै लाग्दैन’काठमाडौं– अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले...
13/08/2026

मेसीको भावुक सन्देश- ‘बुवा, तपाईं अब हुनुहुन्न भन्ने विश्वासै लाग्दैन’

काठमाडौं– अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले आफ्ना दिवंगत बुवा जर्ज मेसीलाई सम्झँदै भावुक सन्देश सार्वजनिक गरेका छन्।

जर्जको गत शुक्रबार ६८ वर्षको उमेरमा निधन भएको थियो। त्यसपछि बुधबार मेसीले सामाजिक सञ्जालमार्फत बुवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको निधन स्वीकार्न आफूलाई अझै कठिन भइरहेको बताएका छन्।

मेसीले बुवालाई सम्बोधन गर्दै आफूले अब बुवालाई फेरि देख्न र कुरा गर्न नपाउने कुरा कल्पना गर्नसमेत कठिन भएको बताएका छन्। बुवासँग जोडिएका सम्झना र उनको साथ आफूभित्र सधैँ जीवित रहने उनको भनाइ छ।

मेसीको फुटबल करियर निर्माणमा जर्जको महत्वपूर्ण भूमिका थियो। बाल्यकालदेखि नै उनले मेसीको प्रतिभालाई प्रोत्साहन गर्दै करियरमा निरन्तर साथ दिएका थिए। उनी मेसीका बुवा मात्र नभई लामो समयसम्म उनका प्रतिनिधिसमेत थिए।

यस वर्षको विश्वकपअघि जर्जको स्वास्थ्य अवस्था बिग्रिएको र उनी मेसीलाई अन्तिम विश्वकप खेल्न आग्रह गर्दै आएको मेसीले आफ्नो सन्देशमा उल्लेख गरेका छन्। विश्वकपका खेलपछि बुवाको सन्देशको प्रतीक्षा गर्ने गरेको तर त्यसपछि आफूले अवस्थाको गम्भीरता महसुस गरेको उनले बताएका छन्।

बुवाको निधनपछि मेसी अर्जेन्टिना पुगेका थिए। जर्जको निधनले मेसीको व्यक्तिगत जीवनसँगै उनको खेल करियरमा समेत भावनात्मक प्रभाव परेको छ।

इन्फान्टिनोलाई हटाउने अभियानप्रति फिफाको आपत्तिकाठमाडौँ – फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउन चलिरहेको अभिय...
10/08/2026

इन्फान्टिनोलाई हटाउने अभियानप्रति फिफाको आपत्ति

काठमाडौँ – फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउन चलिरहेको अभियानप्रति विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कडा आपत्ति जनाएको छ। फिफा र आफ्ना अध्यक्षलाई “कमजोर पार्न” योजनाबद्ध प्रयास भइरहेको भन्दै संस्थाले त्यसको तीव्र आलोचना गरेको हो।

‘द डेली टेलिग्राफ’ ले प्रकाशित गरेको एक रिपोर्टपछि फिफाको यस्तो प्रतिक्रिया आएको हो। इन्फान्टिनो युइएफएको महासचिव छँदा सम्बन्धमा रहेकी भनिएकी महिलालाई युइएफएले विदा रकम दिएको दाबी सो रिपोर्टमा गरिएको छ। फिफाका प्रवक्ताले उक्त आरोपको पूर्ण खण्डन गर्दै ती दाबीहरू “पूर्णतः असत्य” रहेको बताएका छन्।

फिफाले आधारहीन दाबी र अफवाहहरूलाई तथ्यका रूपमा प्रस्तुत नगर्न चेतावनी दिएको छ।

इन्फान्टिनोले अघि सारेको र पछि रद्द गरिएको ‘फिफा फरवार्ड इन्टरप्राइज’ प्रस्तावका कारण युइएफए र युरोपेली फुटबल सङ्घहरू उनीप्रति रुष्ट बनेका छन्। सो प्रस्तावानुसार व्यावसायिक र टिकटिङ अधिकार व्यवस्थापन गर्न नयाँ कम्पनी खोलेर त्यसको २१ प्रतिशत सेयर निजी लगानीकर्तालाई बेच्ने योजना थियो।

यसै विवादका बीच युइएफएले इन्फान्टिनोमाथिको विश्वास गुमेको बताएको छ भने नर्वेजियन फुटबल फेडरेसनकी अध्यक्ष लिसे क्लाभनेसले शुक्रबार उनको राजीनामा माग गरेकी छन्। एफएफई योजना पुनः नब्युँताउने ग्यारेन्टी नपाएसम्म फिफाका प्रतियोगिताहरू बहिष्कार गर्ने चेतावनी युइएफएले यथावत राखेको छ।

“फिफा अध्यक्ष सदस्य सङ्घहरूबाट लोकतान्त्रिक ढङ्गले निर्वाचित हुनुभएको हो,” फिफाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “केही समूहबाट फिफा र यसका अध्यक्षलाई कमजोर बनाउन निरन्तर प्रयास भइरहेको स्पष्ट देखिन्छ।”

इन्फान्टिनोको विरोध मुख्य रूपमा युरोपभित्रै सीमित छ। तर, मेक्सिकन फुटबल फेडरेसनले भने उत्तर अमेरिकी महादेशीय संस्थाको धारणाविपरीत इन्फान्टिनोको समर्थन गरेको छ। दक्षिण अमेरिकी संस्था र मेक्सिकोले सबै २११ सदस्य देशको मतदानविना इन्फान्टिनोलाई हटाउने कुनै पनि प्रयास अस्वीकार्य हुने जनाएका छन्। यस्तै अफ्रिकी फुटबल महासङ्घका ५४ वटै सदस्य राष्ट्रहरूले पनि उनलाई सर्वसम्मत समर्थन जनाएका छन्।

लियोनल मेसीका पिता जर्जको ६८ वर्षको उमेरमा निधनकाठमाडौं– अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीका पिता जर्ज मेसीको ६८ वर...
09/08/2026

लियोनल मेसीका पिता जर्जको ६८ वर्षको उमेरमा निधन

काठमाडौं– अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीका पिता जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन भएको छ।

जर्जको अर्जेन्टिनाको रोसारियोस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनी लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका थिए।

जर्ज मेसी लियोनल मेसीको फुटबल करियरका सुरुवाती दिनदेखि नै महत्वपूर्ण अभिभावक र सल्लाहकारका रूपमा रहेका थिए।

मेसीले मैदानमा आफ्नो यात्रा सुरु गर्दादेखि विश्व फुटबलका महान् खेलाडीमध्ये एक बन्दा सम्म जर्जले उनको साथ दिएका थिए।

जर्जले मेसीका तर्फबाट विभिन्न क्लब तथा व्यावसायिक कम्पनीसँग सम्झौता र वार्ता गर्दै आएका थिए। मेसीको खेल करियरसँगै उनको व्यावसायिक तथा आर्थिक संरचना निर्माणमा पनि जर्जको महत्वपूर्ण भूमिका थियो।

पछिल्ला केही वर्षमा जर्जको स्वास्थ्य अवस्था बिग्रिँदै गएको थियो। पछिल्लो विश्वकपका क्रममा लियोनल मेसीले पनि आफू कठिन व्यक्तिगत परिस्थितिबाट गुज्रिरहेको संकेत गरेका थिए।

मेसीको सफल फुटबल यात्रामा पर्दापछाडिबाट निरन्तर साथ दिएका जर्जको निधनसँगै अर्जेन्टिनाका स्टारले आफ्नो जीवनका एक महत्वपूर्ण व्यक्तिलाई गुमाएका छन्।

एनपीएल तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ सम्मकाठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) क...
09/08/2026

एनपीएल तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ सम्म

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म (अक्टोबर २६ देखि नोभेम्बर २१) आयोजना गर्ने घोषणा गरेको छ।

शनिबार बेलुका क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार एनपीएल २०२६ को मिति तय गरिएको हो। यसअघिका संस्करण तिहारपछि मङ्सिरमा आयोजना हुँदै आएकोमा यसपटक क्यानले दशैँ र तिहारको बीचको समय रोजेको छ।

प्रतियोगिताको खेल तालिका भने सार्वजनिक हुन बाँकी छ। क्यान स्रोतका अनुसार तिहारको दुई दिनबाहेक अन्य दिनमा नियमित रूपमा खेल सञ्चालन गर्ने तयारी भइरहेको छ।

एनपीएलका लागि खेलाडीको लिलामी (अक्सन) प्रक्रिया सम्पन्न भइसकेको छ भने हाल सहभागी टोलीले वैदेशिक खेलाडी अनुबन्ध गर्ने कार्यलाई तीव्रता दिइरहेका छन्।

घाइते फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख जुट्योमैदानमा गम्भीर घाइते भई उपचाररत नेपाली युवा...
07/08/2026

घाइते फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख जुट्यो

मैदानमा गम्भीर घाइते भई उपचाररत नेपाली युवा फुटबलर आशिष राईको सहयोगार्थ वैदेशिक भूमिमा सक्रिय नेपाली फुटबल क्लबहरूले उदाहरणीय अग्रसरता देखाएका छन्।

मलेसियास्थित ‘एन पेनाङ एफसी’को विशेष पहलमा सञ्चालित परोपकारी अभियानमार्फत कुल ११ लाख ८४ हजार १६१ रुपैयाँ आर्थिक सहयोग संकलन गरिएको छ। आशिषको उपचार खर्च जुटाउने मुख्य उद्देश्यका साथ मलेसियामा आयोजित अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजबाट २१,१४४ मलेसियन रिंगेट (करिब ७ लाख ८४ हजार १६१ रुपैयाँ) संकलन भएको थियो।

उक्त अभियानलाई ऐक्यबद्धता जनाउँदै अस्ट्रेलियास्थित ‘नेपबोर्न एफसी’ले थप ४ लाख रुपैयाँ हस्तान्तरण गरेपछि कुल रकम करिब १२ लाख रुपैयाँ पुगेको हो।

मैत्रीपूर्ण सिरिज र भेट्रान्स म्याचमार्फत सहयोग संकलन
मलेसियाको पेनाङमा सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्थानीय तथा अन्तर्राष्ट्रिय नेपाली क्लबहरूको उत्साहजनक सहभागिता रहेको थियो। मुख्य प्रतियोगितामा हिमालयन एफसी, एन पेनाङ एफसी र नेपबोर्न एफसीबिच प्रतिस्पर्धात्मक खेलहरू सञ्चालन भएका थिए।

यसैगरी, खेल भावना र सहयोगको सन्देश फैलाउन भेटेरान्सतर्फ समेत विशेष खेलसमेत आयोजना गरिएका थिए। एन पेनाङ एफसी भेट्रान्स र झापा भेट्रान्सबिच खेलिएको मैत्रीपूर्ण खेलहरूबाट संकलित सम्पूर्ण रकम आशिष राईको उपचार कोषमा जम्मा गरिएको छ।

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयारकाठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फु...
05/08/2026

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले गरेको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ताको भूमिका निर्वाह गर्न तयार रहेको बताएको छ ।

पूर्वखेलाडी, प्रशिक्षक, रेफ्री र अन्य फुटबल अधिकारीहरूको संस्था मिसन टुगेदरले नेपाली फुटबल निकासका लागि मध्यस्तकर्ताको भूमिका निर्वाह गर्न तयार रहेको बताउँदै फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पत्र लेखेको हो ।

मिसन टुगेदरका अध्यक्ष भिक्टर जबराले पत्रमार्फत फिफाको निलम्बनले पूरा नेपाल स्तब्ध भएको उल्लेख गरेका छन् । समस्या समाधान गर्न नयाँ प्रजातान्त्रिक र पारदर्शी चुनावका लागि नयाँ तदर्थ समिति बनाउनुपर्ने विचार राखेका छन् ।

एन्फामाथि सरकारी हस्तक्षेप भएको भन्दै फिफाले गएको असार ११ गते एन्फालाई निलम्बन गरेको थियो ।

निलम्बनका कारण नेपालले एएफसी यू–१७ महिला एसियन कप र एएफसी यू–२० एसियन कप छनोट गुमाइसकेको छ । यसैगरी, नेपाल एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिग खेल्न नपाउने भएको छ ।

यहीकारण दक्षिण एसियाली फुटबल महासंघ ( साफ) च्याम्पियनसिप गुमाउने सम्भावना बढेपछि भने सर्वजनिक रूपमा एन्फामाथिको निलम्बन फुकुवा गरी नेपाली फुटबललाई चलायमान बनाउनुपर्ने मागहरू उठ्न थालेका छन् ।

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्दकाठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख प्र...
02/08/2026

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख प्रतियोगिताहरूको व्यावसायिक अधिकारको २० प्रतिशत शेयर निजी लगानीकर्ताहरूलाई बेच्ने विवादित योजना रद्द गरेको छ ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले एक विज्ञप्ति जारी गर्दै चौतर्फी विरोध र विभाजनका कारण यस परियोजनालाई अघि नबढाउने घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘सबै पक्षका धारणा ध्यानपूर्वक सुनेपछि, यो परियोजनाले यस्तो विभाजन सिर्जना गरेको स्पष्ट भयो, जुन हाम्रो मूल उद्देश्यको हितमा छैन । हाम्रो उद्देश्य सधैँ फुटबललाई जोड्नु र सुधार गर्नु हो । त्यसैले यो प्रस्ताव अगाडि बढ्ने छैन ।’

उनले पुरुष तथा महिला विश्वकपसहितका प्रतियोगितामा निजी लगानी भित्र्याउने प्रस्तावको समर्थन गरेबापत सबै २ सय ११ सदस्य राष्ट्रहरूलाई ४ करोड अमेरिकी डलर दिने अफर गरेका थिए । तर युरोपेली फुटबल महासंघ (यूईएफए) ले यो योजना अघि बढे विश्वकप नै बहिष्कार गर्ने चेतावनी दिएपछि इन्फान्टिनो पछि हटेका हुन् ।

यस्तै उत्तर, मध्य अमेरिका र क्यारिबियन क्षेत्रको फुटबल संस्था कन्काकाफ र एसियाली फुटबल महासंघ (एएफसी) ले पनि प्रस्तावको कडा विरोध गरेका थिए ।

विवाद उत्कर्षमा पुगेपछि इन्फान्टिनोका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेरोले प्रस्ताव फुटबलको भविष्यका लागि घातक रहेको टिप्पणी गर्दै राजीनामा दिएका थिए ।

आगामी मार्चमा चौथो कार्यकालका लागि अध्यक्षको प्रतिस्पर्धामा उत्रन लागेका ५६ वर्षीय इन्फान्टिनोमाथि यो निर्णयसँगै ठूलो नैतिक र राजनीतिक दबाब परेको छ । उनले अब सबै पक्षलाई समेटेर फुटबलको साझा हितमा काम गर्ने बताएका छन् ।

01/08/2026

हारै हारको श्रृंखलाः नेपालको ब्याटिङ संकट फेरि सतहमा
काठमाडौं । आइसिसी विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा सम्पन्न आठौं त्रिकोणात्मक श्रृंखलामा दयनीय प्रदर्शन गरेर नेपाली टोली शुक्रबार स्वदेश फर्कियो ।

नेपालले नेदरल्यान्ड्समा सबै चार खेल हार्यो । एक खेलबाहेक कुनैमा पनि नेपालको जित कल्पना बाहिरको कुरा थियो । यसले टोलीका पुराना कमजोरी फेरि एकपटक सतहमा ल्याएको छ ।

श्रृंखलाको सुरुआत नै निराशाजनक रह्यो । पहिलो खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भयो । ब्याटिङमा नेपाल १५६ रनमा समेटिँदा नामिबियाले लक्ष्य सहजै पूरा गर्यो । दोस्रो खेलमा पनि उही कमजोरी दोहोरियो । नेपाल फेरि १५७ रनमै अलआउट भयो र नेदरल्यान्ड्सले ६ विकेटको सहज जित निकाल्यो ।

तेस्रो खेल नेपालका लागि सबैभन्दा पीडादायी रह्यो । तीव्र गतिका बलर करण केसीको विशेष दिन नेपाल नामिबियासँग तीन रनको झिनो अन्तरले हार्न पुग्यो । करणले यो खेलमा पाँच विकेट लिँदै एकदिवसीय क्रिकेटमा १०० विकेटको कोसेढुंगा पूरा गरेका थिए । नामिबियालाई २११ रनमा रोक पनि ब्याटरले लक्ष्य भेट्न सकेनन् ।

अन्तिम खेलमा नेदरल्यान्ड्सले नेपाललाई ५७ रनले हरायो ।

तीव्र गतिका बलर करण केसीको विशेष दिन नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गत आठौं त्रिकोणात्मक श्रृंखलामा दूर्भाग्यजनक हार बेहोरेको छ । सोमबार आफ्नो तेस्रो खेलमा नेपाल नामिबियासँग तीन रनले पराजित भयो ।

नेपालले चारवटै खेलमा हार बेहोर्नुको कारण लगभग एउटै रह्यो । सबैभन्दा ठूलो समस्या ब्याटिङमै देखियो । चारमध्ये तीन खेलमा नेपालले दुई सय रनको आँकडासमेत पार गर्न सकेन ।

विशेषगरी शीर्षक्रमले टोलीलाई बलियो सुरुआत दिन सकेन । कुशल भुर्तेल, आसिफ शेख र इशान पाण्डेबाट अपेक्षित प्रदर्शन नआउँदा कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरि, आरिफ शेख र गुल्सन झालगायत ब्याटरमाथि दबाब बढ्यो । मध्यक्रमले संघर्ष गरे पनि साझेदारी लामो समय टिक्न सकेन । परिणामस्वरुप नेपालले प्रतिस्पर्धात्मक स्कोर बनाउन सकेन । सारांशमा भन्दा सबै ब्याटर पूर्ण रुपमा फ्लप रहे ।

बलिङ भने अपेक्षानुरुप सन्तोषजनक रह्यो । करणले चार खेलमा कूल ९ विकेट लिए । दीपेन्द्र, सोमपाल, ललित राजवंशी र अन्य बलरले पनि महत्वपूर्ण योगदान दिए । तर, बलरले सिर्जना गरेका अवसरलाई फिल्डरहरुले उपयोग गर्न सकेनन् । महत्वपूर्ण क्याच छुट्दा विपक्षी ब्याटरहरुले त्यसको पूरा फाइदा उठाए ।

नेपालको अर्को कमजोरी विदेशी परिस्थितिमा अनुकूल हुन नसक्नु पनि रह्यो । घरेलु मैदानमा स्पिनअनुकूल विकेटमा आत्मविश्वासका साथ खेल्ने टोली नेदरल्यान्ड्सको सीम र स्विङ हुने पिचमा सहज देखिएन । धैर्य र लामो इनिङ्स खेल्ने क्षमताको अभावमा टोली बारम्बार दबाबमा पर्यो ।

रणनीतिक रुपमा पनि नेपालले अपेक्षित परिपक्वता देखाउन सकेन । साझेदारी बनेपछि त्यसलाई ठूलो इनिङ्समा रुपान्तरण गर्न नसक्नु, स्ट्राइकर रोटेट गर्न कठिन हुनु तथा अन्तिम ओभरमा खेल फिनिस गर्न नसक्नु हारका प्रमुख कारण बने ।

शुक्रबार स्वदेश फर्किने बित्तिकै पत्रकारसामू उपस्थित भएका कप्तान रोहित पौडेलले हारको जिम्मेवारी आफ्नै टोलीको प्रदर्शनमा रहेको स्वीकार गरे । उनले भने, ‘जुन हिसाबले सोचेर गएका थियौं, त्यो भएन । कन्डिसनलाई मात्रै बहाना बनाउन मिल्दैन । मुख्य कारण हाम्रो ब्याटिङ नै हो । ब्याटिङमा इन्टेन्ट देखिएन, त्यसैले हामी पछाडि पर्यौं । बलिङ भने ठीकै थियो ।’

फिल्डिङबारे पनि उनले स्पष्ट रुपमा भनेर्, ब्याटिङ र फिल्डिङ दुबै हाम्रो स्तरअनुसार भएन । सहज क्याचहरु छोड्यौं । जसको क्याच छोडेका थियौं । उसैले म्यान अफ दि म्याच जितेर गयो ।’

रोहितका यी भनाइले पनि हारको मुख्य कारण बाहिरी अवस्था नभई आफ्नै प्रदर्शन रहेको पुष्टि गर्छ ।

दयीनय टूरपछि नेपालको सोझै ग्लोबल क्वालिफायरमा पुग्ने सम्भावना लगभग सकिएको छ । चार खेल बाँकी रहेको अवस्थामा नेपाल अहिले २४ अंकसहित छैटौं स्थानमा छ । तीन खेल कम खेलेको ओमान ३१ अंकसहित चौथो स्थानमा छ । यसको मतलब नेपालको गणीतिय सम्भावनामा केवल एक अंकको फरक छ ।

घाइते राष्ट्रिय खेलाडी आशिष राईको उपचारार्थ मलेसियामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल आयोजना हुने​पेनाङ, मलेसिया — नेप...
29/07/2026

घाइते राष्ट्रिय खेलाडी आशिष राईको उपचारार्थ मलेसियामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल आयोजना हुने

​पेनाङ, मलेसिया — नेपाली राष्ट्रिय फुटबल खेलाडी आशिष राईको उपचारका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले मलेसियामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। आगामी २ अगस्ट २०२६ का दिन पेनाङमा एन पेनाङ एफसी (मलेसिया) र नेपबोर्न एफसी (अष्ट्रेलिया) बीच यो विशेष खेल हुन लागेको हो।

​एन पेनाङ एफसीका अध्यक्ष अंकित थापाका अनुसार खेलकुदमार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अभियानअन्तर्गत यो च्यारिटी म्याचको आयोजना गरिएको हो। खेलबाट संकलन हुने सम्पूर्ण सहयोग रकम हाल उपचाररत रहेका घाइते राष्ट्रिय खेलाडी आशिष राईलाई हस्तान्तरण गरिने जानकारी अध्यक्ष थापाले दिनुभयो।

​"यो केवल दुई क्लबबीचको खेल मात्र नभई अप्ठ्यारो स्थितिमा रहेका हाम्रा होनहार राष्ट्रिय खेलाडीलाई बचाउने र सहयोग गर्ने एउटा अभियान हो," अध्यक्ष थापाले भन्नुभयो।

​आयोजक क्लबले मलेसियामा रहेका सम्पूर्ण नेपाली समुदाय, खेलप्रेमी, शुभचिन्तक तथा सहयोगी मनहरूलाई खेल मैदानमा उपस्थित भई आशिष राईको उपचार अभियानमा साथ दिन हार्दिक अपिल गरेको छ। खेलकुदमार्फत सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएको एन पेनाङ एफसीले आगामी दिनहरूमा पनि यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

Address

KATHMANDU
Kathmandu

Alerts

Be the first to know and let us send you an email when NPL Sports posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share