Khabardar Media HD

Directions

Khabardar Media HD जे बोल्छौँ सत्य बोल्छौँ! 📝🎙️
(सबैको जय होस🕉️👏)
(1)

ग्याँसको पारदर्शी वितरण र व्यवस्थापन गर्न नसकेको चर्को आलोचनाकै बीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले...
10/09/2026

ग्याँसको पारदर्शी वितरण र व्यवस्थापन गर्न नसकेको चर्को आलोचनाकै बीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छिन्।

उनले आज दिउँसो प्रधानमन्त्री बालेन शाह समक्ष राजीनामा पेश गरेकी हुन्। प्रधानमन्त्री शाह बाट राजीनामा स्वीकृत हुन बाँकी छ।

"मेरो नाम ग्रिष्मा पुडासैनी हो र म देविघाट, नुवाकोट, नेपालकी हुँ।अगस्ट २६ मा आएको विनाशकारी बाढीले मेरो जीवन र मेरो परिव...
07/09/2026

"मेरो नाम ग्रिष्मा पुडासैनी हो र म देविघाट, नुवाकोट, नेपालकी हुँ।
अगस्ट २६ मा आएको विनाशकारी बाढीले मेरो जीवन र मेरो परिवारको भविष्य नै बदलिदियो। हाम्रो घर, गहना, बचत, सानो पसल र हामीसँग भएका लगभग सबै सम्पत्ति बाढीले बगायो। केही मिनेटमै मेरो परिवारले वर्षौंसम्म मेहनत गरेर जोडेको सबै कुरा गुम्यो।
यस दुःखद घटनाअघि, म भारतको बैंगलोरस्थित क्रुपानिधि कलेज अफ नर्सिङमा BSc Nursing पढ्ने आफ्नो सपना पूरा गर्न भर्ना भएकी थिएँ। नर्स बन्ने सपना मेरो जीवनको सबैभन्दा ठूलो लक्ष्य हो, र त्यो सपना पूरा गर्न मैले धेरै मेहनत गरेकी छु। अन्ततः त्यसलाई वास्तविकतामा बदल्ने पहिलो कदम चाल्दै थिएँ।
तर आज, हाम्रो घर, सम्पत्ति, सामान, बचत र आम्दानीको स्रोत गुमाएपछि, मेरो परिवारलाई जीवनका आधारभूत आवश्यकताहरू समेत जुटाउन संघर्ष गर्नुपरिरहेको छ। आर्थिक भार अत्यन्तै ठूलो भएको छ, र अब मेरो पढाइलाई निरन्तरता दिनु लगभग असम्भव जस्तो लागिरहेको छ। मैले आफ्नो सपना त्याग्नुपर्ने दुःखद अवस्था आउन सक्छ भन्ने डर छ किनकि मेरो सपना हराएको होइन, मेरो परिवारले सबै कुरा गुमाएको हो।
मैले कहिल्यै सोचेकी थिइनँ कि एक दिन आफ्नो परिवारलाई यो विपत्तिबाट बचाउन सहयोग गर्ने र आफ्नो पढाइलाई निरन्तरता दिने मध्ये एउटा रोज्नुपर्नेछ।मेरो परिवारले लगभग सबै कुरा गुमाएको छ, तर म एउटा कुरालाई समातेर अघि बढ्न चाहन्छु—नर्स बन्ने आफ्नो सपना र आफ्नो परिवारका लागि राम्रो भविष्य बनाउने आशा।
तपाईंहरूको माया, प्रार्थना, सहयोग र उदारताले मेरो र मेरो परिवारको लागि शब्दमा व्यक्त गर्न नसकिने ठूलो अर्थ राख्छ।
यो कोष हाम्रो घर र सम्पत्ति गुमाएपछि उत्पन्न भएको यस कठिन समयमा मेरो परिवारलाई जीवनयापन गर्न र मेरो शिक्षालाई निरन्तरता दिन प्रत्यक्ष रूपमा प्रयोग गरिनेछ।
संकलित रकमको उपयोग यसरी गरिनेछ:
५०% मेरो शिक्षाका लागि: नर्स बन्ने मेरो लक्ष्य पूरा गर्न।
३०% सुरक्षित आश्रय पुनर्निर्माणका लागि: मेरो परिवारका लागि उचित र सुरक्षित बसोबासको व्यवस्था गर्न।
२०% खाना तथा अत्यावश्यक आवश्यकताहरूका लागि: मेरो परिवारको पुनःस्थापना नहुँदासम्म खाना, आवश्यक सामग्री र दैनिक जीवनका अन्य आवश्यकताहरू पूरा गर्न।
यस कठिन समयमा तपाईंहरूको सानो वा ठूलो हरेक सहयोग अत्यन्तै मूल्यवान् छ। तपाईंहरूको सहयोगले मलाई आफ्नो लक्ष्य पूरा गर्न र मेरो पढाइलाई निरन्तरता दिन मद्दत गर्न सक्छ।
मेरो कथा पढ्न र मैले भोगिरहेको अवस्थालाई बुझ्न समय दिनुभएकोमा हृदयदेखि धन्यवाद। तपाईंहरूको समय, माया र सहयोगले मेरो लागि शब्दले व्यक्त गर्न नसक्ने ठूलो अर्थ राख्छ"

यदि तपाईं सहयोग गर्न चाहनुहुन्छ भने comment box मा रहेको Gofundme बाट गर्न सक्नु हुन्छ।🌹

टनेलमा फसेको आशंका!दोलखा जिल्ला भिनपा ८ बस्ने हरि ढकाल रसुवामा आएको बाढिको दिनदेखी बेपत्ता हुनुहुन्छ। उहाँ कामदारसहित टन...
30/08/2026

टनेलमा फसेको आशंका!

दोलखा जिल्ला भिनपा ८ बस्ने हरि ढकाल रसुवामा आएको बाढिको दिनदेखी बेपत्ता हुनुहुन्छ। उहाँ कामदारसहित टनेल भित्र फसेको हुनसक्ने सम्भावना छ। तत्काल आर्मिले अक्सिजन दहित माथिको भागबाट तलको अवस्था बुझ्नको लागि अनुरोध गर्दछौँ।
उहाँले बोक्ने नम्बर सम्पर्क: ९८४४००१२२९
घरको नम्बर: +977 985-1151081

माइतीघर काभ्रे मण्डन देउपुर नगरपालिका चुरिथुम्काकि रिता खड्का टिमुरे बजार रसुवा बाट बाढिपछी बेपत्ता हुनुभएको छ। उहाको अह...
28/08/2026

माइतीघर काभ्रे मण्डन देउपुर नगरपालिका चुरिथुम्काकि रिता खड्का टिमुरे बजार रसुवा बाट बाढिपछी बेपत्ता हुनुभएको छ। उहाको अहिलेसम्म कुनै पत्तो लागेको छैन। कहि कतै देख्नुभयो भने दिइएको नम्बरमा सम्पर्क गरिदिनुहोला।
सम्पर्क नम्बर -9868932965

27/08/2026

गृहमन्त्री सुधन गुरुङको प्रसंसायोग्य क्रियाशीलता, रातभर मैदानमै!

कैलाली, बर्दगोरिया गाउँपालिका–५ निवासी भुवन वोग्ले BHUWAN WAGLE रसुवामा आएको बा'ढी तथा पहि'रोपछि Upper Trishuli-1 Hydrop...
27/08/2026

कैलाली, बर्दगोरिया गाउँपालिका–५ निवासी भुवन वोग्ले BHUWAN WAGLE रसुवामा आएको बा'ढी तथा पहि'रोपछि Upper Trishuli-1 Hydropower मा काम गर्ने र उक्त स्थानबाट सम्पर्कवि'हीन हुँदा उहाँको खोजी कार्यमा सहयोग गरिदिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौँ। 🙏
उहाँसम्बन्धी कुनै जानकारी प्राप्त भएमा कृपया तत्काल निम्न नम्बरमा सम्पर्क गरिदिनुहोला:
📞 9763832496
📞 9844286640
कृपया यो सूचना धेरैभन्दा धेरै शेयर गरिदिनुहोस्, ताकि उहाँलाई सकुशल खोज्न सहयोग पुगोस्। 🙏
🙏

बाढीपीडितका नाममा अनधिकृत रूपमा आर्थिक सहयोग नउठाउन राष्ट्रिय वि'पद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। Q...
26/08/2026

बाढीपीडितका नाममा अनधिकृत रूपमा आर्थिक सहयोग नउठाउन राष्ट्रिय वि'पद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। QR Code मार्फत रकम संकलन गर्नेहरूप्रति सचेत रहन र सरकारी आह्वानबाहेक सहयोग नगर्न अनुरोध। 🙏

प्रधानमन्त्री बालेन शाह लेख्नुहुन्छ "रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। ५० भन्दा ब...
26/08/2026

प्रधानमन्त्री बालेन शाह लेख्नुहुन्छ "रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। ५० भन्दा बढीको मृत्यु र २५० भन्दा बढीको उद्धार भएको जनाइएको छ। सरकारले सेना, प्रहरी तथा स्वास्थ्य टोली परिचालन गरी उद्धार, उपचार र राहतलाई तीव्र बनाएको छ। प्रभावित क्षेत्रमा खाद्यान्न, पानी, औषधि र अस्थायी बसोबासको व्यवस्था गरिँदैछ। सरकारले बेपत्ताको खोजी तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएको छ।"

‼️ दुःखद खबर ‼️नेपाल पर्यटन बोर्डले अचानक भोटेकोशी-त्रिसुली नदीमा आएको भिषण बाढीका कारण हालसम्म ९३ जना नेपाली र २९१ जना ...
26/08/2026

‼️ दुःखद खबर ‼️

नेपाल पर्यटन बोर्डले अचानक भोटेकोशी-त्रिसुली नदीमा आएको भिषण बाढीका कारण हालसम्म ९३ जना नेपाली र २९१ जना विदेशी गरी कूल ३८४ जना पदयात्री तथा पर्यटक सम्पर्क विहीन भएको जनाएको छ ।

उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थलमा!- गृहमन्त्री सुधन गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको छ...
26/08/2026

उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थलमा!
- गृहमन्त्री सुधन गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको छ। रसुवामा आएको बाढीका कारण प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आवश्यक तयारीलाई थप प्रभावकारी बनाउन उहाँ विमानस्थल पुग्नुभएको हो। उद्धार कार्यलाई तीव्रता दिँदै प्रभावित नागरिकलाई सुरक्षित स्थानमा ल्याउने तयारी भइरहेको छ।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Khabardar Media HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share