Aathabis Media 4K

Directions Website

Aathabis Media 4K खबर को तीब्रता अनि बिश्वसनियता

🏏 सात्तला प्रिमियर लिग (SPL)–सिजन १ का लागि ५ जना अम्पायर आवश्यक परेको हुँदा क्रिकेट खेललाई निष्पक्ष र व्यवस्थित रूपमा स...
24/09/2026

🏏 सात्तला प्रिमियर लिग (SPL)–सिजन १ का लागि ५ जना अम्पायर आवश्यक परेको हुँदा क्रिकेट खेललाई निष्पक्ष र व्यवस्थित रूपमा सञ्चालन गर्न चाहनुहुने योग्य तथा अनुभवी व्यक्तिहरूले असोज ३० गतेभित्र आवेदन दिन सक्नुहुनेछ।

📍 आठबिस–१, सात्तला, दैलेख
📲 आवेदनका लागि सूचनामा दिइएको QR Code स्क्यान गर्नुहोस्।

🏆 खेल केवल जित–हारको नाम होइन, यो हाम्रो एकता, अनुशासन र पहिचानको उत्सव हो।सातलाको माटोमा लुकेका प्रतिभाहरूलाई मैदानसम्म...
22/09/2026

🏆 खेल केवल जित–हारको नाम होइन, यो हाम्रो एकता, अनुशासन र पहिचानको उत्सव हो।

सातलाको माटोमा लुकेका प्रतिभाहरूलाई मैदानसम्म ल्याउने, युवाको ऊर्जा र उत्साहलाई सकारात्मक दिशातर्फ जोड्ने तथा खेलकुदमार्फत आपसी सद्भाव र भाइचारा अझ बलियो बनाउने उद्देश्यका साथ सातला प्रिमियर लिग (SPL)–सिजन १ आयोजना हुँदैछ। 🏏❤️

यो एउटा प्रतियोगिता मात्र होइन—
स्थानीय प्रतिभाको सम्मान, युवाको सपना र हाम्रो समुदायको सामूहिक यात्राको सुरुवात हो।

मैदानमा खेलाडीहरूले आफ्नो क्षमता देखाउनेछन्, तर यसको वास्तविक जित हुनेछ—युवाहरूको एकता, अनुशासन, मित्रता र सातलाको गौरव।

आउनुहोस्, खेलाडीलाई हौसला दिऔँ, प्रतिभालाई सम्मान गरौँ र हाम्रो आफ्नै ठाउँको खेलकुदलाई आफ्नै साथ र सहयोगले अझ उचाइमा पुर्‍याऔँ। 🙏❤️

सातला प्रिमियर लिग (SPL) – सिजन १
🏏 खेलबाट एकता, प्रतिभाबाट पहिचान, सातलाबाट नयाँ सुरुवात।

श्री कर्णाली युवा तथा खेलकुद क्लब
आठविस नगरपालिका–१, सातला, दैलेख 🇳🇵

21/09/2026

🏏🔥 SATTALA PREMIER LEAGUE (SPL)

SPL को तयारी कस्तो हुँदैछ त? 👀🔥
मैदान तयार हुँदैछ, खेलाडीहरू तयार हुँदैछन्…
अब तपाईंहरू पनि तयार हुनुहोस्! 🏏💥

SPL — खेल्ने तयारी कस्तो छ? 🔥

🏏 रुकुम पश्चिममा तेस्रो फुक्रु वडा स्तरीय T20 क्रिकेट प्रतियोगिता हुँदैरुकुम पश्चिमको सानीभेरी गाउँपालिका–३, बेल्टापु रं...
21/09/2026

🏏 रुकुम पश्चिममा तेस्रो फुक्रु वडा स्तरीय T20 क्रिकेट प्रतियोगिता हुँदै

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–३, बेल्टापु रंगशालामा तेस्रो फुक्रु वडा स्तरीय T20 क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता २०८३ असोज २४ गतेदेखि सञ्चालन हुने आयोजकले जनाएको छ।

फुक्रु क्रिकेट व्यवस्थापन समिति सानीभेरी–३ को आयोजनामा हुने प्रतियोगितामा विभिन्न टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा टोलीका लागि विजेता, उपविजेता, प्लेयर अफ द सिरिज, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर लगायतका पुरस्कार समेत राखिएको छ।

क्रिकेटप्रेमीहरूलाई प्रतियोगितामा सहभागी भई खेलाडीको हौसला बढाउन आयोजकले आग्रह गरेको छ। 🏏🔥

Aathabis Media 4K

🏏 सात्तला प्रिमियर लिग (SPL) को तयारी सुरु हुँदैछ!क्रिकेटप्रेमी साथीहरू, Sattala Premier League का लागि तयारी कस्तो हुँद...
20/09/2026

🏏 सात्तला प्रिमियर लिग (SPL) को तयारी सुरु हुँदैछ!

क्रिकेटप्रेमी साथीहरू, Sattala Premier League का लागि तयारी कस्तो हुँदैछ? 🔥
टिम बनाउँदै हुनुहुन्छ कि मैदानमा उत्रिन आतुर हुनुहुन्छ? 😍🏏

SPL मा सहभागी हुन तयार हुनुहुन्छ भने कमेन्टमा आफ्नो टिमको नाम लेख्नुहोस्।
🔥 SPL — खेल, प्रतिस्पर्धा र एकताको उत्सव! 🏏 @

सञ्जय साह र कविर महर्जनलाई त्रिशुली ३ 'ए'को सुरुङबाट सकुशल उद्धार गरिएको छ। सञ्जय मेकानिकल फोरम्यान र कबीर मेकानिकल सुपर...
04/09/2026

सञ्जय साह र कविर महर्जनलाई त्रिशुली ३ 'ए'को सुरुङबाट सकुशल उद्धार गरिएको छ। सञ्जय मेकानिकल फोरम्यान र कबीर मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत छन् ।

🚨 त्रिशूली–३एबाट सुखद खबरत्रिशूली–३ए सुरुङ मा  भएको घटनामा एक जना पुरुषको सकुशल उद्धार गरिएको छ। उद्धारपछि ती व्यक्तिले ...
04/09/2026

🚨 त्रिशूली–३एबाट सुखद खबर

त्रिशूली–३ए सुरुङ मा भएको घटनामा एक जना पुरुषको सकुशल उद्धार गरिएको छ। उद्धारपछि ती व्यक्तिले आफू बाहेक थप केही व्यक्ति पनि घटनास्थलमा फसेको/पुरिएको हुनसक्ने जानकारी दिएका छन्।

उद्धार कार्य जारी रहेको जनाइएको छ। 🙏
अन्य व्यक्तिहरूको पनि सकुशल उद्धारको कामना।

**सूचना\! सूचना\ सूचना\!** 📢🏏 **जाक्सी क्रिकेट कप–सिजन २** 🏏जाक्सी युवा क्लबको आयोजनामा **‘जाक्सी क्रिकेट कप–सिजन यही २०...
28/08/2026

**सूचना\! सूचना\ सूचना\!** 📢

🏏 **जाक्सी क्रिकेट कप–सिजन २** 🏏

जाक्सी युवा क्लबको आयोजनामा **‘जाक्सी क्रिकेट कप–सिजन यही २०८३ साल कार्तिक ९ गतेदेखि १४ गतेसम्म आठबिस नगरपालिका–३, जाक्सी, दैलेखमा भव्य रूपमा सञ्चालन हुने जानकारी गराइन्छ।

यस प्रतियोगितामा सहभागी हुन इच्छुक सम्पूर्ण क्रिकेट टोलीहरूलाई सहभागिताका लागि हार्दिक आह्वान गर्दछौं। साथै, सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई उपस्थित भई खेलाडीहरूको हौसला बढाइदिनुहुन हार्दिक अनुरोध गर्दछौं। 🏏❤️

📍 **स्थान:** जाक्सी, आठबिस–३, दैलेख
📅 **मिति:** २०८३ कार्तिक ९ गतेदेखि १४ गतेसम्म

**आयोजक:**
**जाक्सी युवा क्लब**
आठबिस नगरपालिका–३, दैलेख

Breaking: Rabindra Dhant ले आजको खेल जितेर फाइनलमा पुगेका छन् । ❤️🇳🇵
28/08/2026

Breaking: Rabindra Dhant ले आजको खेल जितेर फाइनलमा पुगेका छन् । ❤️🇳🇵

26/08/2026

त्रिशूली नदीमा आएको बाढीमा परेर ज्यान गुमाएका ४ जनाको श'व प्रहरीले फेला पारेको छ। 💔

Address

Kathmandu
AATHABIS@123

Alerts

Be the first to know and let us send you an email when Aathabis Media 4K posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share