Gen-Z Revolution Updates

Gen-Z Revolution Updates YOUTHS AGAINS CORRUPIONS...

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई भारतीय समकक्षी मोदीको शुभकामना
13/09/2025

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई भारतीय समकक्षी मोदीको शुभकामना

अन्ततः लामो रस्साकस्सीपछि संसद विघटन गर्ने सहमति भएको छ। शीतल निवासमा जारी सर्वपक्षीय छलफलले संसद विघटन गर्ने सहमति भएको...
12/09/2025

अन्ततः लामो रस्साकस्सीपछि संसद विघटन गर्ने सहमति भएको छ। शीतल निवासमा जारी सर्वपक्षीय छलफलले संसद विघटन गर्ने सहमति भएको स्रोतले जानकारी दिएको छ। यसअघि राजनीतिक दलहरूले संसद विघटनको विपक्षमा उभिँदै आएका थिए।

संसद विघटन गर्ने सहमति भएसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्रीको रूपमा सपथ लिने भएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी सपथ खुवाउने तयारी गरेका हुन्। स्रोतका अनुसार कार्कीको सपथ ९ बजे हुनेछ।

सागर ढकाल लेख्छन्:
12/09/2025

सागर ढकाल लेख्छन्:

जेन्जीको अडान संसद विघटन हुनैपर्छ । 🇳🇵
12/09/2025

जेन्जीको अडान संसद विघटन हुनैपर्छ । 🇳🇵

हार्दिक श्रद्धाञ्जली संपूर्ण सहिद हरु लाई
12/09/2025

हार्दिक श्रद्धाञ्जली संपूर्ण सहिद हरु लाई

बिना ट्राफिक आस्त बेस्थ बनेको सहर
12/09/2025

बिना ट्राफिक आस्त बेस्थ बनेको सहर

Notice from Nepal Army
12/09/2025

Notice from Nepal Army

BREAKING: पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने निर्णय भएको जानकारी प्राप्त भएको छ। स्रोतका ...
11/09/2025

BREAKING: पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने निर्णय भएको जानकारी प्राप्त भएको छ।

स्रोतका अनुसार उनी शुक्रबार बिहान ९ बजे अन्तरिम सरकारका प्रधानमन्त्रीको रूपमा शपथ लिने तयारीमा छन्। [औपचारिक घोषणा बाकि]

11/09/2025

Nepal Police requests:

©️Nepal Police

Statement from Bhatbhateni Departmental Store.
11/09/2025

Statement from Bhatbhateni Departmental Store.

राष्ट्रिय स्वतन्त्र पार्टीको तात्कालिक (Immediate) प्रस्ताव१. सुशासनको पक्षमा निर्णायक हस्तक्षेप गर्न सफल जेन-जी पुस्ता ...
11/09/2025

राष्ट्रिय स्वतन्त्र पार्टीको तात्कालिक (Immediate) प्रस्ताव

१. सुशासनको पक्षमा निर्णायक हस्तक्षेप गर्न सफल जेन-जी पुस्ता सहितको अनिवार्य सहभागितामा सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्रीका लागि प्रस्तावित उम्मेदवारप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन रहनेछ। सो उम्मेदवारले वृहत राजनीतिक अनुमोदन प्राप्त गर्ने शुभेच्छा राख्दछ।
२. नेपालको संविधानको मर्म, संघिय गणतान्त्रिक शासन व्यवस्था, राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक प्रस्तावना, विधिको शासन, नागरिक सर्वोच्चता, बहुलवाद र मौलिक हकको प्रत्याभूति जस्ता आधारभूत लोकतान्त्रिक मूल्य र मान्यतामा राष्ट्रिय स्वतन्त्र पार्टीले कसैसँग कहिल्यै सम्झौता नगर्ने स्पष्ट पार्दछ। संविधानको धारा ८३ अन्तर्गत संघीय व्यवस्थापिका दुई सदनात्मक हुने तथ्यको स्मरण गर्दै (रास्वपा सोच अनुरूप पछि संशोधनीय) राष्ट्रिय सभाको स्थायी स्वरुप र गतिशीलता कायम राखी अन्तरिम सरकारले आगामी प्रतिनिधिसभाको निर्वाचन ६ महिनाभित्र गर्नेगरी ताजा मतादेशको अपरिहार्यता र आन्दोलनको म्यान्डेटबीच सन्तुलन राख्न रास्वपा उचित ठान्दछ।
३. सम्माननीय राष्ट्रपतिज्यूको प्रत्यक्ष पहल र संवादका आधारमा आसन्न संक्रमणकालीन राजनीतिक कोर्सलाई संरक्षकत्व दिइने अपेक्षा राख्दै संविधानको व्यापक संशोधन, भाद्र २३, २०८२ को आन्दोलनमाथि भएको बर्बर दमन र तत्पश्चात भएका मानवीय क्षति, निजी र सार्वजनिक सम्पत्तिमाथिको आक्रमण लगायतका अक्षम्य हिंसात्मक घटनाहरुको उच्चस्तरीय न्यायिक छानविन र २०४६ पछिका उल्लेख्य भ्रष्टाचारका मुद्दाहरुमाथि निष्पक्ष अनुसन्धान र न्यायिक निरुपणका लागि स्वतन्त्र आयोगहरुको गठन नयाँ सरकार बनेको १५ दिनभित्र बनाउन आव्हान गर्दछ।

डोलप्रसाद अर्याल
कार्यवाहक सभापति

From MRR:हालैका पछिल्लाे घटनाक्रमका कारण अन्तरिम सरकार गठनमा ढिलाइ हुनु हाम्रो गम्भीर चासोको विषय बनेको छ। यसबीचमा केही ...
11/09/2025

From MRR:
हालैका पछिल्लाे घटनाक्रमका कारण अन्तरिम सरकार गठनमा ढिलाइ हुनु हाम्रो गम्भीर चासोको विषय बनेको छ। यसबीचमा केही राजनीतिक दलका नेता तथा कार्यकर्ताले देखाएको अस्वाभाविक सक्रियताप्रति हाम्रो ध्यानाकर्षण भएको छ।
GenZ आन्दोलनका क्रममा हाम्रा प्रिय भाइबहिनीहरूले गरेको बलिदानलाई स्मरण गर्दै, देश निर्माणको अभियानमा हामी सबैको ऐक्यबद्धता अटल छ। हामी पूर्ण विश्वस्त छौँ कि GenZ भाइबहिनीहरूले आन्तरिक छलफल र सहमतिमार्फत चाँडै देशलाई सही बाटो र दिगो निकास दिनुहुनेछ।
यो संवेदनशील क्षणलाई अवसर ठान्दै पार्टीका केही ‘झोले कार्यकर्ता’हरूले देखाएको गतिविधि अत्यन्त चिन्ताजनक छ। यदि यस्ता गतिविधिहरू निरन्तर बढ्दै गएमा, अभिभावकको भूमिकामा हामी जुनसुकै बेला प्रतिवाद गर्न र आवश्यक कार्यवाही गर्न तयार रहनेछौँ।
अत, सबैलाई सभ्य र जिम्मेवार नागरिकका रूपमा आफ्नो स्थानबाट देश निर्माणको अभियानमा समर्थन र सहयोग गर्न हार्दिक अनुरोध गर्दछौँ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Gen-Z Revolution Updates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share