12/08/2026
प्रहरी मेरो साथी: गोरखामा एक वृद्ध आमाले नाम्लो लगाएर ग्यासको सिलिन्डर बोकेको देखेपछि प्रहरीहरूले सिलिन्डर आफ्नै गाडीमा राखेर "हिँड्नुस्, हामी पुर्याइदिन्छौँ" भन्दै आमालाई घरसम्म पुर्याएर सहयोग गरेका छन्। अहिले सामाजिक सञ्जालमा धेरैले ती प्रहरीहरूको प्रशंसा गरिरहेका छन्। ❤️👮