Unik Khabar

Unik Khabar सत्य तथ्य निष्पक्ष ताजा समाचार
(4)

06/03/2026

गुल्मी क्षेत्रनं २ मतगणना अपडेट
यस निर्वाचन क्षेत्रको मुसिकोट नगरपालिका र इस्मा गाउँपालिका वडा नम्बर ३ मा मतगणना सम्पन्न भएको छ।जस अनुसार
घण्टी -४६८६
सुर्य -४०२४
रुख-२८६६
तारा -६५३

06/03/2026

गुल्मी क्षेत्र नम्बर १ को मतगणना अपडेट
१. प्रदीप कुमार ज्ञवाली (सूर्य)= १६८१
२.चन्द्रकान्त भण्डारी ( रूख)=१६६१
३. सागर ढकाल (घन्टी)= ३८१०
४. सुदर्शन बराल (तारा)= ११२०
५. शेरबहादुर थापा (गिलास)= ३५
६. खड्गबहादुर गुरुङ (भाले)=९
७. लोकबहादुर थापा (उडिरहेको माहुरी)= २४
८.अजित कुमार श्रेष्ठ ( हलो)= ३८
९.शिखा रेश्मी (मोबाइल)= ३
१०. मैयाँ लक्ष्मी त्यात ( मादल)=१
११. कृष्णबहादुर सुनार ( जुवा)=
१२.घनश्याम गौतम ( चेस गोटी)= ६३
१३. चेतन बहादुर बस्नेत ( केवल कार)=
१४. टोपबहादुर थापा (मुडा)= १२
१५. प्रेमप्रसाद श्रेष्ठ ( प्रेसर कुकर)=
१६. प्रेमलाल भण्डारी ( स्प्रे)=
१७. मेघबहादुर गाहा( पंखा
१८.यम ब श्रेष्ठ ( जिप)=
१९.लक्ष्मण भण्डारी ( तिलहरी)= २
२०. बिमल ज्ञवाली ( बकुल्लो)=
२१.सुर्य ब. सोनी सुनार ( फिरफिरे)= १
बदर २२९

06/03/2026

गुल्मी २ मतगणना अपडेट

मुसिकोट नगरपालिका वडा नं- १, २, ३, ४ र ५

नेकपा एमाले (सूर्य) गोकर्ण बिष्ट- २२३३

राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) गोविन्द पन्थी- २६६७

नेपाली कांग्रेस (रुख) भुवन प्रसाद श्रेष्ठ- १८३९

नेपाली कम्युनिस्ट पार्टी (तारा) श्रीराम महत- ५८२

06/03/2026

गुल्मी-१ मत गणना अपडेट

राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) सागर ढकाल : 2516

नेकपा एमाले (सूर्य) प्रदिप ज्ञवाली : 1103

नेपाली काँग्रेस (रुख) डा. चन्द्र भण्डारी : 1028

नेपाली कम्युनिस्ट पार्टी (तारा) सुदर्शन बराल : 696

06/03/2026

गुल्मी क्षेत्रनं २ मा तीन दलबीच कडा प्रतिस्पर्धा, पन्थी अग्रस्थानमा

युनिक खवर

मुसिकोट नगरपालिका वडा नम्बर १, २ र ३ को मतगणनामा तीन दलबीच कडा प्रतिस्पर्धा देखिएको छ।हालसम्म ४ हजार ७२७ मत गणना हुँदा घण्टी चिन्हका उम्मेदवार गोविन्दराज पन्थी अग्रस्थानमा देखिनुभएको छ।

पछिल्लो विवरणअनुसार पन्थीले १ हजार ३७३ मत पाउनुभएको छ। उहाँलाई रुख चिन्हका भुवन प्रसाद श्रेष्ठ ले १ हजार ३१३ मत पाउनुभएको छ। यी दुई उम्मेदवारबीच हाल ६० मतको अन्तर रहेको छ।

त्यसैगरी सूर्य चिन्हका गोकर्ण बिष्ट ले १ हजार २३८ मत पाउनुभएको छ भने तारा चिन्हका श्रीराम महत्त्व ले ४६२ मत पाउनुभएको छ।

मुसिकोटका तीन वडाको मतगणना परिणाम हेर्दा गुल्मी २ मा तीन दलबीच प्रतिस्पर्धा देखिएको छ। मतगणना प्रक्रिया जारी छ।

06/03/2026

म्याग्दीको नयाँ ताजा मत परिणाम:

महावीर पुन 🔽 – १३८१
हरिकृष्ण श्रेष्ठ ☀️ – ८४३
कर्ण बहादुर भण्डारी 🌳 – ७३३
अर्जुन बहादुर थापा ⭐ – ५९५

रास्वपा मोरङका  जिल्ला सदस्य दुर्गा रेग्मीको मोरङ -२ को मतगणनास्थलमा नै हृदयघातको कारण मृत्यु।
06/03/2026

रास्वपा मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको मोरङ -२ को मतगणनास्थलमा नै हृदयघातको कारण मृत्यु।

06/03/2026

गुल्मी–१ को ताजा अपडेट:

🔔 सागर ढकाल – ६२२
☀️ प्रदीप ज्ञवाली – ४४९
🌳 चन्द्र भण्डारी – ३३६
⭐ सुदर्शन बराल – १७१

06/03/2026

गुल्मी क्षेत्र नं १ मत अपडेट
मत गणनाको पहिलो सार्वजनिक अपडेट अनुसार जम्मा ६३९ मत गणना भएको छ।रास्वपा का सागर ढकाल ले २४३ मत पाएका छन भने कांग्रेसका चन्द्र भण्डारीले १०३, एमालेका प्रदीप ज्ञवालीले ११८ र नेकपाका सुदर्शन बरालले १२९ मत पाएका छन् ।

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नं. १ को मतगणना सुरु गरिएको छ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार का...
06/03/2026

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नं. १ को मतगणना सुरु गरिएको छ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कालिगण्डकी गाउँपालिका १ स्थित शारदा माध्यमिक विद्यालय र चन्द्रकोट गाउँपालिका १ स्थित भीमा आधारभूत विद्यालयबाट मतगणना सुरु गरिएको हो।

सर्वदलीय प्रतिनिधि तथा उम्मेदवारका प्रतिनिधिको उपस्थितिमा मतगणना भइरहेको निर्वाचन कार्यालयले जनाएको छ।

यस क्षेत्रका विभिन्न मतदान केन्द्रबाट संकलित मतपेटिका गणनास्थलमा ल्याएपछि गणना प्रक्रिया अघि बढाइएको हो। मतगणनाको प्रारम्भिक नतिजा केही समयमै सार्वजनिक हुने अपेक्षा गरिएको छ।

निर्वाचन कार्यालयले मतगणना कार्य पारदर्शी र व्यवस्थित रूपमा अघि बढाइएको पनि जनाएको छ।

06/03/2026

मतगणना मा कुन उम्मेद्वार अगाडि?

युनिक खवर

प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा विभिन्न दलका उम्मेदवारहरू देशका विभिन्न क्षेत्रमा अग्रता लिइरहेका छन्। पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा धेरै क्षेत्रमा अगाडि देखिएको छ।

हालसम्मको गणनाअनुसार रास्वपाका उम्मेदवारहरू ४१ निर्वाचन क्षेत्रमा अग्रस्थानमा छन्। काठमाडौं उपत्यकामा मात्रै रास्वपाले उल्लेख्य अग्रता बनाएको छ। काठमाडौं १ मा रञ्जु न्यौपाने, काठमाडौं २ मा सुनिल केसी, काठमाडौं ३ मा राजुनाथ पाण्डे, काठमाडौं ४ मा पुकार बम, काठमाडौं ५ मा सस्मित पोखरेल, काठमाडौं ६ मा शिशिर खनाल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं ९ मा डीपी अर्याल र काठमाडौं १० मा प्रदीप विष्ट अगाडि छन्।

त्यसैगरी भक्तपुर १ मा रुकेश रञ्जित, भक्तपुर २ मा राजीव खत्री, ललितपुर २ मा जगदीश खरेल र ललितपुर ३ मा तोसिमा कार्की अग्रस्थानमा छन्। चितवन २ मा रवि लामिछाने, चितवन ३ मा सोविता गौतम तथा झापा ५ मा बालेन्द्र शाह (बालेन) र झापा २ मा इन्दिरा राना मगर पनि अगाडि छन्।

रास्वपाले मोरङका चार क्षेत्रमा समेत अग्रता कायम गरेको छ। मोरङ १ मा यज्ञमणि न्यौपाने, मोरङ ३ मा गणेश कार्की, मोरङ ४ मा सन्तोष राजवंशी र मोरङ ५ मा आशा झा अगाडि छन्। तनहुँ १ मा स्वर्णिम वाग्ले, महोत्तरी १ मा प्रमोदकुमार महतो, बाँके १ मा सुरेशकुमार चौधरी र बाँके ३ मा खगेन्द्र सुनार पनि अग्रस्थानमा छन्।

यस्तै कास्की १ मा खड्कराज पौडेल, कास्की २ मा उत्तमप्रसाद पौडेल, कास्की ३ मा बिना गुरुङ, कञ्चनपुर १ मा जनक सिंह धामी, कञ्चनपुर २ मा दिपकराज बोहरा र कञ्चनपुर ३ मा ज्ञानेन्द्र सिंह महता अग्रता कायम गरेका छन्। दाङ १ मा देवराज पाठक, स्याङ्जा १ मा धनञ्जय रेग्मी, रौतहट ४ मा गणेश पौडेल, रूपन्देही २ मा सुलभ खरेल, रूपन्देही ३ मा डा. लेखजंग थापा र रूपन्देही ५ मा तौफिक अहमद खान अगाडि छन्।

त्यसैगरी बारा १ मा गणेश धिमाल, बर्दिया २ मा श्रीधर पोख्रेल, धादिङ १ मा आसिका तामाङ र पाल्पा १ मा विमल पन्त पनि रास्वपाबाट अग्रस्थानमा छन्।

यसैबीच नेकपा (एमाले) पाँच क्षेत्रमा अगाडि रहेको छ। रूपन्देही ४ मा प्रमोदकुमार यादव, बाँके २ मा मोहम्मद इश्तियाक राई, स्याङ्जा १ मा मीनप्रसाद गुरुङ, तेह्रथुम १ मा भानुभक्त ढकाल र चितवन १ मा दावा दोर्जे लामा अग्रस्थानमा छन्।

नेपाली कांग्रेस चार क्षेत्रमा अगाडि छ। ललितपुर १ मा उदयशमशेर राणा, कपिलवस्तु ३ मा अभिषेकप्रताप शाह, कैलाली १ मा जनकराज चौधरी र रसुवा १ मा मोहन आचार्य अग्रता कायम गरेका छन्।

त्यसैगरी नेकपा (माओवादी केन्द्र) दुई क्षेत्रमा अगाडि देखिएको छ। रुकुम पूर्व १ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कालीकोट १ मा महेन्द्रबहादुर शाही अग्रस्थानमा छन्।

राप्रपा जुम्ला क्षेत्रमा ज्ञानेन्द्रबहादुर शाही अगाडि छन्।देशभर मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन भने बाँकी नै छ। निर्वाचन आयोगले विभिन्न स्थानबाट आउने परिणाम क्रमशः सार्वजनिक गरिरहेको छ।

06/03/2026

काठमाडौं क्षेत्र नम्बर १ मा रञ्जु दर्शना बिजयी।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Unik Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Unik Khabar:

Share