Saatbaje Media

Saatbaje Media Fastest Growing News Portal

26/08/2026

बाढी पूर्वानुमान महाशाखाले भन्यो : भोटेकोशीको बाढी गल्छीआसपास पुग्यो

26/08/2026

Emergency Number: १००, १११४, १२३४
धादिङ त्रिशुली नदिमा माछा खोज्न तथा अन्य काम गर्न नदिमा नजान र नदि आसपास गएको वा बसोबास गरेको भएमा तत्काल सुरक्षित स्थानमा जान अनुरोध छ ।

26/08/2026

Rasuwa ko Timure area maa Duty maa rahekaa 9 jana APF Police (सम्पर्कविहीन) bhayeka chan. APF Headquarter is trying to reach out to them.

नेपाली सेनाको दुइटा हेलिकप्टर रसुवाको लागि उडेका छन् । अझै एउटा जाने तयारीमा छ । सबै हेलिकप्टर कम्पनीलाई तयार रहन निर्दे...
26/08/2026

नेपाली सेनाको दुइटा हेलिकप्टर रसुवाको लागि उडेका छन् । अझै एउटा जाने तयारीमा छ । सबै हेलिकप्टर कम्पनीलाई तयार रहन निर्देशन दिइएको छ ।

26/08/2026

काठमाण्डाै बाट बाहिरिएका सवारी साधन गल्छीमा राेकियाे, बिचमा रहेका गाडीहरु अग्लाे स्थानमा राेकियाे, हाईवे ठप्प

"जनतामा देखिएका निराशालाई आशामा बदल्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको छ । - शेरबहादुर देउवा
15/08/2026

"जनतामा देखिएका निराशालाई आशामा बदल्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको छ । - शेरबहादुर देउवा

‘समाचार’ लेखेकै आधारमा पत्रकार प'क्राउ गर्न पाइन्छ? विल्कुल पाइन्न। यसमा बहस गर्नै पर्दैन। बहस गर्नुपर्ने प्रश्न अर्कै छ...
15/08/2026

‘समाचार’ लेखेकै आधारमा पत्रकार प'क्राउ गर्न पाइन्छ?
विल्कुल पाइन्न। यसमा बहस गर्नै पर्दैन। बहस गर्नुपर्ने प्रश्न अर्कै छ,' पत्रकारले लेख्ने सबै सामग्री ‘समाचार’ हुन्? वा ‘समाचार’काे हवाला दिएर जे पनि लेख्न पाइन्छ?
पत्रकारिताको मूल्य–मान्यता, समाचार र त्यसका आधारभूत तत्व, पेशागत दायित्व तथा पत्रकार आचार–संहिता आदिले पत्रकारिता/समाचारको मर्यादा र सीमाबारे प्रस्ट पारेकै छन्, अभ्यासकर्तालाई जानकारी नै छ।
प्रेस स्वतन्त्रता र पत्रकारिताको आवरणमा ‘समाचार’को हवाला दिएर जे पनि लेख्नु चाहिँ अप'राधिक कार्य हो।
लेखेको 'समाचार'मा चित्त नबुझे सुरुमा प्रेस काउन्सिल गुहार्ने हो, कानूनी व्यवस्था र अभ्यास पनि त्यही छ।
तर, 'पत्रकारिता/समाचार'को हवाला दिएर पत्रकारले जे पनि लेख्दा/गर्दा कुन कानूनी प्रबन्धको साहरा लिने, त्यो पीडितको छनोटको विषय हो/हुनुपर्छ। पीडितको कानूनी छनोटलाई राज्यले पनि सम्मान गर्नुपर्छ।
राज्य र पत्रकारिता जगत दुई सन्दर्भमा स्पष्ट हुनैपर्छः
पहिलोः समाचार लेखेकै कारण पत्रकारलाई राज्यले प'क्राउ गर्नु हुँदैन। प्रेस स्वतन्त्रताको व्यवहारिक उपयोगको समेत ग्यारेन्टी गर्नुपर्छ।
दोस्रोः प्रेस जगतले पनि पत्रकारले लेखेका हरेक विषय ‘समाचार’ हुन् भनेर गैरकानूनी सामग्रीलाई स्वतः प्रेस स्वतन्त्रताको बर्को ओढाउनु हुँदैन।
अब अलि खुला भएर बहस गरौं ‘समाचार’ के हो? र, ‘समाचार’को आबरणमा गरिने आप'राधिक अभियोजन हुन सक्ने कार्य के–के हुन्?
आवश्यक पर्छ भने ति के–के हुन्, प्रेस सम्बन्धी कानूनमै उल्लेख गरौं।
‘समाचार’ र ‘समाचार’को आबरणमा गरिने आप'राधिक अभियोज हुने कार्य छुट्याउन सक्दा मात्र व्यक्ति विशेषको गलत क्रियाकलापमा पनि पत्रकारिता जगतले ‘ढाल’ बन्नुपर्ने दिनको अन्त्य हुनेछ।
पत्रकारिता जगतले संविधानतः संरक्षित- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगको निरन्तरताको पक्षमा अझै दह्रोसँग आवाज उठाउनु पर्छ। न कि, पत्रकारिताको आवरणमा आप'राधिक अभियोजन हुने कार्यको प्रोत्साहन र पात्रको संरक्षण!
पत्रकारितालाई मर्यादित र पत्रकारलाई सम्मानीत बनाऔं।
✍️ प्रमोद न्यौपाने ।

झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी।
15/08/2026

झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी।

काठमाडौंमा पाँच स्थानबाट ग्यास सिलिन्डर बिक्री ! काठमाडौंमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म विभिन्न स्थानबाट ग्यास सिलिन...
15/08/2026

काठमाडौंमा पाँच स्थानबाट ग्यास सिलिन्डर बिक्री !
काठमाडौंमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म विभिन्न स्थानबाट ग्यास सिलिन्डर बिक्री वितरण गरिने भएको छ।
ग्यास बिक्री हुने स्थानहरूमा निगमको टेकु परिसर, यातायात कार्यालय परिसर चावहिल, राधा–स्वामी कीर्तिपुर, राधा–स्वामी बुढानीलकण्ठ र पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहल रहेका छन्।
यी स्थानमा नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री, हिमाल, STC, लोकप्रिया, सूर्यलगायत विभिन्न कम्पनीका ग्यास सिलिन्डर बिक्री गरिने जनाइएको छ।

हेटौँडा कपडा उद्योग सञ्चालनमा आएसँगै सरकारले निजी क्षेत्रलाई कपास खेतीमा लगानी गर्न आहृवान। 🙏हेटौँडा कपडा उद्योग सञ्चालन...
15/08/2026

हेटौँडा कपडा उद्योग सञ्चालनमा आएसँगै सरकारले निजी क्षेत्रलाई कपास खेतीमा लगानी गर्न आहृवान। 🙏
हेटौँडा कपडा उद्योग सञ्चालनमा आएसँगै कपडा उद्योगका लागि आवश्यक कच्चा पदार्थ कपास स्वदेशमै उत्पादन बढाउन सरकारले निजी क्षेत्रलाई कपास खेतीमा लगानी गर्न आह्वान गरेको छ।
उद्योगमन्त्री गौरीकुमारी यादवले व्यवसायी तथा निजी क्षेत्रलाई कपास खेतीमा आकर्षित गर्न आग्रह गरेकी हुन्। नेपालमा कपासको आयात घटाउँदै स्वदेशमै आवश्यक कच्चा पदार्थ उत्पादन गर्ने सरकारको लक्ष्य छ।
यस विषयमा मन्त्री यादवले कृषि मन्त्री गीता चौधरीसँग समेत छलफल गरेकी छन्। छलफलका क्रममा दाङ, बाँके र बर्दियालगायतका जिल्लामा कपास खेतीका लागि उपयुक्त वातावरण रहेको बताइएको छ।
नेपालमा कपास खेतीको सम्भावना भए पनि व्यावसायिक रूपमा ठूलो क्षेत्रफलमा खेती हुन नसक्दा कपडा उद्योग कच्चा पदार्थका लागि विदेशमा निर्भर छन्। यस्तै, लामो समयदेखि बन्द रहेको बुटवल धागो कारखाना पुनः सञ्चालन गर्ने प्रक्रिया पनि अघि बढेको उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले बताएका छन्। कारखानाको सम्पत्ति तथा दायित्व मूल्यांकन अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।
हेटौँडा कपडा उद्योग र बुटवल धागो कारखाना सञ्चालनसँगै कपासदेखि धागो हुँदै कपडासम्मको उत्पादन शृंखला नेपालमै विकास गर्ने सरकारको तयारी छ। यसबाट आयात प्रतिस्थापन, रोजगारी सिर्जना र किसानको आम्दानी वृद्धि हुने अपेक्षा गरिएको छ।

Address

Baneshwor/10 Katmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Saatbaje Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share