26/11/2025
मेरो कथा सुन्दा तिमी मौन बस्छौ
तर त्यो मौन, चुपचाप भएर पनि,
मलाई बुझ्ने सबैभन्दा ठूलो भाषा बन्छ।
तिमीले नबोलेको क्षणमा
म मेरा छर्पस्टिएका वर्षहरू
बिस्तारै तिम्रै आँखामा थामिएको देख्छु।
शब्द त सबै सँग हुन्छन्,
तर मौनमा साथ दिन सक्ने
सामर्थ्य…
थोरै मनहरू सँग मात्र हुन्छ।
मेरो कथा सुन्दा तिमी मौन बस्छौ
र म त्यही मौनमा
मेरो आधा पीडा हराएको भेट्छु,
आधा जीवन हलुका भएको अनुभूति गर्छु।
किनकि कहिलेकाहीँ
सान्त्वना भनिएका कुरा
कसैले केही नभनेर पनि
सुनिदिएको एउटै क्षणमा
पूरै भेटिन्छ। 🌿🖤
ि_मेरो_भावना