11/07/2026
टुरगाइड एशोसिएसन अफ नेपाल (TOURGAN) को सम्पन्न निर्वाचनबाट आगामी नयाँ कार्यकालका लागि लोकतान्त्रिक पद्धतिद्वारा निर्वाचित हुनुभएका सम्पूर्ण विजयी पदाधिकारीज्यूहरूमा Routine of Thamel Banda (ROTB) परिवारको तर्फबाट हार्दिक बधाई तथा एक सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ। निर्वाचित पदाधिकारीहरू र प्राप्त मत विवरण:
🥇 अध्यक्ष:
श्री प्रभालक्ष्मी प्रधानाङ्ग – २१९ मत (विजयी)
(प्रतिस्पर्धी: श्री उत्तम प्रसाद देवकोटा – १०७ मत)
🥈 महासचिव:
श्री सुविन सितिखु – १६६ मत (विजयी)
(प्रतिस्पर्धी: श्री रोहित कुमार फुयल – १६३ मत)
🥉 सचिव:
श्री रविन भैनात्व – १८० मत (विजयी)
(प्रतिस्पर्धी: श्री तेज वहादुर श्रेष्ठ – १४६ मत)
🏅 कोषाध्यक्ष:
श्री चन केशरी कोजु – १७४ मत (विजयी)
(प्रतिस्पर्धी: श्री ईश्वर वहादुर ढकाल – १५३ मत)
नेपाली पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन र टुर गाइडहरूको हकहितका लागि यहाँहरूको नेतृत्वले नयाँ उचाइ हासिल गर्नेछ भन्ने विश्वास लिएका छौँ।