Lumbini Post

Lumbini Post News & Media

भोलि को मासु भात रक्सी यता छ है झोले हनुमान हरुलाई 🙏🙏🙏
10/10/2025

भोलि को मासु भात रक्सी यता छ है झोले हनुमान हरुलाई 🙏🙏🙏



04/10/2025

आज राति परेको निरन्तर वर्षाका कारण काठमाडौंको बाफलमा करखोला को सडक भासिएको छ। साना-ठूला सवारीसाधनको आवागमन पूर्णरूपमा रोकिएको छ। आसपासका बस्तीमा बाढी कटानको जोखिम उच्च बनेको छ।





काठमाडौं, ललितपुर, भक्तपुर, सुनसरी, उदयपुर, सप्तरी, सिन्धुली, दोलखा,  काभ्रेपलान्चोक, मकवानपुर, चितवनलगायत जिल्ला अति उच...
04/10/2025

काठमाडौं, ललितपुर, भक्तपुर, सुनसरी, उदयपुर, सप्तरी, सिन्धुली, दोलखा, काभ्रेपलान्चोक, मकवानपुर, चितवनलगायत जिल्ला अति उच्च जोखिममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।





त्रिभुवन विमानस्थलको आन्तरिक उडान अहिलेको लागि बन्द गरिएको छ।  मौसम हेरेर उडान सुरू गर्ने कि नगर्ने भनेर निर्णय गरिने छ ...
04/10/2025

त्रिभुवन विमानस्थलको आन्तरिक उडान अहिलेको लागि बन्द गरिएको छ। मौसम हेरेर उडान सुरू गर्ने कि नगर्ने भनेर निर्णय गरिने छ !





गृह मन्त्रालयले सार्वजनिक गर्‍यो आपतकालीन सम्पर्क नम्बरहरूनेपाल सरकार गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...
04/10/2025

गृह मन्त्रालयले सार्वजनिक गर्‍यो आपतकालीन सम्पर्क नम्बरहरू

नेपाल सरकार गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न आपतकालीन अवस्थाका लागि सम्पर्क गर्न सकिने नम्बरहरूको सूची सार्वजनिक गरेको छ।

प्राधिकरणले जारी गरेको सूचनामा प्रहरी, दमकल, एम्बुलेन्स, ट्राफिक प्रहरीदेखि स्वास्थ्य, विपद् उद्धार र मौसम पूर्वानुमानसम्मका लागि छुट्टाछुट्टै नम्बर उपलब्ध गराइएको छ। विपद् वा आकस्मिक अवस्थाको बेला ती नम्बरमा सम्पर्क गर्न सकिने बताइएको छ।

सार्वजनिक सूचीअनुसार, प्रहरीलाई १००, दमकललाई १०१, एम्बुलेन्सलाई १०२, र ट्राफिक प्रहरीलाई १०३ नम्बरमा सम्पर्क गर्न सकिन्छ। यस्तै, सशस्त्र प्रहरीको लागि १११४, स्वास्थ्य मन्त्रालयको लागि १११५, राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्र (विपद् उद्धार) का लागि १११४४, र मौसम तथा बाढीसम्बन्धी जानकारीका लागि १११५५ नम्बर तोकिएको छ।

प्राधिकरणले आपतकालीन अवस्थामा छिटो र प्रभावकारी सहयोग प्राप्त गर्न यी नम्बरहरू प्रयोग गर्न सबैलाई आग्रह गरेको छ। साथै, विपद् व्यवस्थापनमा नागरिकको सजगता र सक्रियता महत्त्वपूर्ण हुने जनाइएको छ।




लामो दुरीका र काठमाडौं उपत्यका भित्रने/बाहिरने सवारी साधन आवातजावत बन्द . यात्रा गर्नु अघि बुझेर मात्र गर्नुहोला        ...
04/10/2025

लामो दुरीका र काठमाडौं उपत्यका भित्रने/बाहिरने सवारी साधन आवातजावत बन्द . यात्रा गर्नु अघि बुझेर मात्र गर्नुहोला




04/10/2025

नदी क्षेत्रमा बाढीकाे जाेखिम भएकाले माइकिङ र गस्ती गर्दै सशस्त्र प्रहरी




04/10/2025

नागढुंगा चेकपोस्टमा प्रहरीको माइकिङ : ‘अगाडि नबढ्नुहोला, काठमाडौं फिर्ता भई सुरक्षित हुनुहोला’ भिडियो : दिपेश थापा




हाइवे अपडेट - भरतपुर - नारायणघाट- मुग्लिन- पोखरातर्फ== खुल्लाभरतपुर - नारायणघाट- मुग्लिन- काठमाडौतर्फ==अवरोध (धादिङ ,जबा...
04/10/2025

हाइवे अपडेट -
भरतपुर - नारायणघाट- मुग्लिन- पोखरातर्फ== खुल्ला
भरतपुर - नारायणघाट- मुग्लिन- काठमाडौतर्फ==अवरोध (धादिङ ,जबाङ खोला पहिरोको कारण )
नोट -मनसुनको कारण जतिबेला पनि बन्द हुनसक्ने ।

- चितवन प्रहरी



विपद बाजा बजाएर आउँदैन, आधिकारिक पूर्वानुमानलाई विश्वास गरौँ, सजक रहौँ । 👉 प्राधिकरणको आधिकारिक फेसबुक फलो गर्नुहोस्: fa...
04/10/2025

विपद बाजा बजाएर आउँदैन, आधिकारिक पूर्वानुमानलाई विश्वास गरौँ, सजक रहौँ ।
👉 प्राधिकरणको आधिकारिक फेसबुक फलो गर्नुहोस्:
facebook.com/ndrrma

👉 धादिङ, चितवन, तनहुँ जिल्लाका लागि छुट्टै सम्पर्क नम्बरहरु;

१. श्री रविन्द्र खनाल – प्र.ना.उ. एवम् सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय, चितवन – ९८५५०१३९९९

२. श्री प्रकाश दाहाल – प्र.ना.उ. एवम् सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय, धादिङ – ९८५१२२९८६०

३. श्री शरण कुमार वि.क. – प्र.ना.उ. एवम् सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय, तनहुँ – ९८५६०६२२५५

४. श्री गायत्रीराज शर्मा – प्रहरी निरीक्षक, जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवन – ९८५५०१७०९९

५. श्री सुरज श्रेष्ठ – प्रहरी निरीक्षक, जिल्ला ट्राफिक प्रहरी कार्यालय, धादिङ – ९८५१३२२५६४

६. श्री कृष्ण बहादुर चन्द – प्रहरी निरीक्षक, जिल्ला ट्राफिक प्रहरी कार्यालय, तनहुँ – ९८५६०९०७९९




यसपाली ठुलो पानी पर्छ भनेर मौसमविदले अनुमान गरे । त्यसपछि जोखिम हुन सक्ने राजमार्गमा राती गाडी चलाउन बन्द गरियो ।  प्रधा...
04/10/2025

यसपाली ठुलो पानी पर्छ भनेर मौसमविदले अनुमान गरे । त्यसपछि जोखिम हुन सक्ने राजमार्गमा राती गाडी चलाउन बन्द गरियो । प्रधानमन्त्री कार्यालयले समेत बाढीपहिरोको जोखिम छ, उच्च सतर्कता अपनाउनु भन्दै सूचना निकाल्यो । नागढुंगाबाट बाहिर निस्किने गाडीलाई ट्राफिक प्रहरीले यात्रामा सावधानी अपनाउनु होला भानिरहे । जिल्लाका सिडियो कार्यालयले आवश्यक नभई यात्रा नगर्न सुझाब दिए । चोभार गल्छीमा गएर सिडियोले निरीक्षण गरे । बिभिन्न ठाउँमा पहिरो र बाढीको जोखिम हुन सक्ने भन्दै प्रहरीले हट्नको लागि माइकिङ्ग गरिरहे । गृह मन्त्रालय तयारी अवस्थामा छ । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीलाई पनि उद्दारका सामाग्री तयारी अवस्थामा राखिएको समाचार आइरहेको छ । मोबाईलमा फोन गर्दा पनि बाढी/पहिरोको सूचना बजिरहेको छ । यो देख्दा लाग्यो: सरकारले बल्ल जनताको लागि काम गरिरहेको छ । अनि अघिल्लो वर्ष बाढीपहिरोमा २०० जना भन्दा धेरैले ज्यान गुमाएपछि त्यतिबेलाका प्रधानमन्त्रीको कुरा पनि याद आयो, जहाँ उनले भनेका थिए: यति ठुलो बाढी, पहिरो आउला भनेर अनुमान नै थिएन । प्राकृतिक बिपत्ति रोक्न सकिदैन तर कम्तिमा यसरी तयारी गर्ने हो भने: सरकारले प्रयास गरेकै हो भन्ने त सन्देश जाने रहेछ नि






Amazing: अर्थ मन्त्री बन्न लागेका रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी, पिएसओ लगायतका कुनै पनि सुविधा नलिने भएका ...
15/09/2025

Amazing: अर्थ मन्त्री बन्न लागेका रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी, पिएसओ लगायतका कुनै पनि सुविधा नलिने भएका छन्।🙏

प्रधानमन्त्री बाबुराम भट्टराई भएका बेला आर्थिक सल्लाहकार हुँदा पनि उनले कुनै पनि सुविधा नलिइ काम गरेका थिए।


Address

New Baneshwor, Kathmndu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Lumbini Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share