Demo Khabar

Demo Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Demo Khabar, Media/News Company, New Baneshwor, Kathmandu.

चीन - अल्जेरिया अन्तरिक्ष सहकार्य : ' नयाँ उपग्रह प्रक्षेपण 'डेमाे खबरशनिवार , माघ १७, २०८२22Sharesजियुचुआन, माघ । चीनले...
31/01/2026

चीन - अल्जेरिया अन्तरिक्ष सहकार्य : ' नयाँ उपग्रह प्रक्षेपण '
डेमाे खबर

शनिवार , माघ १७, २०८२

22
Shares

जियुचुआन, माघ । चीनले शनिबार अल्जेरियाका लागि एक उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

उक्त प्रक्षेपण उत्तरपश्चिम चीनको जियुचुआन उपग्रह प्रक्षेपण केन्द्रबाट बिहान १२ : १ बजे (बिजिङ समय) लङ मार्च- २ सी क्यारियर रकेटमार्फत सम्पन्न भएको हो ।

रकेटले अल्जेरियाली उपग्रहलाई निर्धारित कक्षमा राख्न सफल भएको छ । यस उपग्रहको मुख्य उद्देश्य भूमि योजना, प्राकृतिक प्रकोपको रोकथाम, जोखिम मूल्याङ्कन र प्रकोप व्यवस्थापनमा सहयोग गर्नु हो ।

यो प्रक्षेपण चीनको लङ मार्च रकेट श्रृङ्खलाको ६२९ औँ मिशनको रूपमा पनि चिनिन्छ, जसले चीनको अन्तरिक्ष प्राविधिक क्षमतामा निरन्तर उन्नति भएको सङ्केत गर्छ ।

यो प्रक्षेपण चीन र अल्जेरियाबिचको अन्तरिक्ष सहकार्यको पनि उदाहरण हो, जसले दुवै देशलाई विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । सिन्ह्वा

निर्वाचन आयोगवास्तविक मतपत्र सार्वजनिक : ' कुन जिल्लाको कस्तो छ त ? 'डेमाे खबरशनिवार , माघ १७, २०८२28Shares काठमाडौं, मा...
31/01/2026

निर्वाचन आयोग
वास्तविक मतपत्र सार्वजनिक : ' कुन जिल्लाको कस्तो छ त ? '
डेमाे खबर

शनिवार , माघ १७, २०८२

28
Shares



काठमाडौं, माघ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको वास्तविक मतपत्रको नमूना सार्वजनिक गरेको छ ।

आयोगले सातवटै प्रदेशका क्षेत्रको मतपत्रको वास्तविक सार्वजनिक गरेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी थिए ।

त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको बेग्लै मतपत्रको नमूनासमेत सार्वजनिक गरेको छ ।

उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको वास्तविक तयार पारिएको छ । एउटा मात्र निर्वाचन क्षेत्र भएका कर्णाली प्रदेशका सल्ल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा तथा दैलेख र सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र छन् ।

यसैगरी, सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरामा एउटा मात्र निर्वाचन क्षेत्र कायम छन्। अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र छन् ।

ती सबै निर्वाचन क्षेत्रको मतपत्रको नमूना पनि आयोगले सार्वजनिक गरेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्रको छपाइ भइसकेको छ ।

कांग्रेस विशेष महाधिवेशन' कांग्रेसभित्र गुट र भागबण्डाको राजनीति अन्त्य गर्यो 'मधेशलाई काठमाडौँसँग जोड्न र मधेशको मुद्दा...
31/01/2026

कांग्रेस विशेष महाधिवेशन
' कांग्रेसभित्र गुट र भागबण्डाको राजनीति अन्त्य गर्यो '
मधेशलाई काठमाडौँसँग जोड्न र मधेशको मुद्दा बुझ्न सर्लाही ४ बाट उम्मेदवारी : थापा

डेमाे खबर

शनिवार , माघ १७, २०८२

28
Shares



काठमाडौँ, माघ । कांग्रेस सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको र अब देश बदल्ने संकल्प लिएर अगाडि बढेको बताएका छन् । कांग्रेस काठमाडौँ क्षेत्र नं ४ ले आज आयोजना गरेको निर्वाचन परिचालन मूल समिति घोषणा समारोहलाई सम्बोधन गर्दै उनले देश बदल्नका लागि कांग्रेस बदलिएको बताए ।

' समयक्रमसँगै कांग्रेस नयाँ काम, सोच र संकल्पका साथ अगाडि बढेको छ, कांग्रेसभित्र नेताभन्दा कार्यकर्तालाई बलियो बनाउने अभियान सुरु भएको छ,' उनले भने । आगामी दिनमा टिकट लिन नेताको घरमा चाहर्ने प्रवृत्तिको अन्त्य हुनेगरी कार्यकर्तालाई बलियो बनाउन लागिएको उनको भनाइ थियो ।

लोकतन्त्र र सामाजिक न्यायको बारेमा कांग्रेसले कसैसँग सम्झौता नगर्ने सभापति थापाले बताए । आम नागरिकको चाहना सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाओस् भन्ने रहेको बताउँदै उनले बदलिएको कांग्रेसले आम नागरिकको चाहनालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विशेष महाधिवेशनले पार्टीभित्र गुट र भागबण्डाको राजनीति अन्त्य गरेको उनको भनाइ थियो । 'युवाहरुको आवाजलाई कांग्रेसले सुनेर अगाडि बढेको छ । कांग्रेससँग सुधारको एजेण्डा र सबैलाई जोड्ने ताकत छ,' उनले भने ।

थापाले पार्टीभित्र आफूलाई अहिलेको उचाइमा पुर्याउन काठमाडौँ क्षेत्र नं ४ का कार्यकर्ता र आम मतदाताले खेलेको भूमिकाको उच्च सम्मान गरे ।

उनले भने, मलाई तपाईँहरुले लगाएको गुन जीवनभर तिर्न सक्दिनँ, दुःखको बेलाका साथी र अभिभावक तपाईँहरु हो, नेपाली कांग्रेस र अन्य पार्टीमा रहेर मलाई भोट हाल्ने मतदाताको सहयोगका कारण म यस क्षेत्रबाट तीन पटक निर्वाचित भएँ, यसको श्रेय तपाईँहरु आम क्षेत्र नं ४ वासीलाई जान्छ, ।

सभापति थापाले मधेशलाई काठमाडौँसँग जोड्न र मधेशको मुद्दा बुझ्नका लागि आफूले सर्लाही क्षेत्र नं ४ बाट उम्मेदवारी दिएको प्रस्ट पारे । कांग्रेस काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवार सचिन तिमल्सिनाले काठमाडौँ क्षेत्र नं ४ को विकासका लागि आफू निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

हुम्लामा भारी हिमपात : ' हिउ सफा गरी यातायात सेवा सुचारु 'डेमाे खबरशनिवार , माघ १७, २०८२25Shares हुम्ला, माघ । कर्णाली क...
31/01/2026

हुम्लामा भारी हिमपात : ' हिउ सफा गरी यातायात सेवा सुचारु '
डेमाे खबर

शनिवार , माघ १७, २०८२

25
Shares


हुम्ला, माघ । कर्णाली करिडोरको सिमकोट गाउँपालिका - ५ को कालाढुङ्गा सिमकोट सडक सुचारु भएको छ । गत मङ्गलबार राति परेको हिउले यातायात सेवा अबरुद्ध हुँदा नेपाल प्रहरी सो हिउ सफा गर्ने कार्य गरेपछि रोकिएको यातायात सेवा सुचारु भएको हो ।

सडकमा हिउ जमेर यातायात सेवा अवरुद्ध भएको जानकारी आउने बित्तिक्कै प्रहरी परिचालन गरेर हिउ सफा गर्ने कार्य भएपछि सिमकोट कालाढुङ्गा क्षेत्रको सडक सुचारु भएको प्रहरी निरीक्षक बिष्णु श्रेष्ठले बताए ।

सडकमा एक फिट हिउ जमेपछि यातायातका साधनहरु गुड्न नसक्ने अवस्था आएपछि सडक बन्द भएको थियो । उनले यो काम गर्न १५ जना प्रहरी र ट्राफिक प्रहरी परिचालन गरेर सडकको हिउ सफा गर्ने कार्य सम्पन्न हुने बित्तिक्कै यातायात सेवा सुचारु भएको बताए ।

सडक सफा भएपछि सिमकोटबाट बाहिर जाने र सिमकोट भित्रिने सबैखाले यातायातका साधनहरु सुचारु भएका छन् । प्रहरीले करिब तीनसय मिटर सडकमा जमेको हिउ सफा गरेको छ ।

यसअघि सोही क्षेत्रमा माघ १० गते परेको हिउ पनि प्रहरी र स्थानीय युवा मिलेर सफा गरेपछि यातायात सेवा सुचारु भएको थियो । सो क्षेत्र खोल्सो र गहिरो भएको कारण घाम लाग्ने अवस्था नभए पनि हिउ जम्ने र बरफमा परिणत हुने गर्छ ।

बेलायत- भारत शैक्षिक सम्बन्धनौवटा ब्रिटिस विश्वविद्यालय : ' भारतमा स्थापना गरिँदै 'डेमो खबरशुक्रवार , माघ १६, २०८२ नयाँद...
30/01/2026

बेलायत- भारत शैक्षिक सम्बन्ध
नौवटा ब्रिटिस विश्वविद्यालय : ' भारतमा स्थापना गरिँदै '

डेमो खबर
शुक्रवार , माघ १६, २०८२



नयाँदिल्ली, माघ । बेलायत भारत शैक्षिक सहयोग नयाँ चरणमा प्रवेश गर्न तयार भएसँगै नौ वटा बेलायती विश्वविद्यालयले भारतमा क्याम्पस स्थापना गर्ने तयारी गरिरहेको जनाइएको छ ।

प्रविधिको विकासले उच्च शिक्षा, प्रतिभा विकास र रचनात्मक उद्योगमा दीर्घकालीन साझेदारी निर्माण गर्ने व्यापक रणनीति प्रतिबिम्बित गरेको जनाइएको छ ।

ब्रिटिस काउन्सिलका प्रतिनिधि एलिसन ब्यारेटलाई उदृत गर्दै एएनआईले रचनात्मक अर्थ व्यवस्थामा बढ्दो सहकार्यको रूपान्तरणकारी सम्भावनालाई प्रकाश पारेको छ । उनले विद्यार्थी, विचार र विशेषज्ञताको दुई तर्फी सहयोग प्रवाहलाई जोड दिदै यसलाई नयाँ क्याम्पसले पनि आत्मसाथ गर्ने अपेक्षा गरेको छ ।

भारतीय भूमिमा ब्रिटिस विश्वविद्यालयको उपस्थिति शिक्षामा पहुँच विस्तार गर्ने मात्र नभई शैक्षिक समुदाय र उद्योगले नजिकबाट काम गर्ने एकीकृत वावावरण सिर्जना गर्नु रहेको ब्यारेटले उल्लेख गरेका छन ।

उनले पोडकास्टिङ, फिल्म निर्माण, फेसन र डिजाइन जस्ता रचनात्मक क्षेत्रलाई सहकार्यका लागि उपयुक्त क्षेत्रका रूपमा औंल्याएका छन ।

यो पहल भारतको उच्च शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रियकरण गर्ने भारतको प्रयाससँग मेल खाने र आफूलाई नवीनता र रचनात्मक प्रतिभाका लागि विश्वव्यापी रूपमा स्थापित गर्ने जनाइएको छ ।

बेलायतका लागि, यसले आफ्नो शैक्षिक कार्यक्रम विस्तार गर्ने, विविध विद्यार्थी समूहलाई आकर्षित गर्ने, र विश्वव्यापी शिक्षा बजारमा प्रतिस्पर्धी रहने तरिका प्रदान गर्ने जनाइएको छ ।

जुन विशुद्ध रूपमा निर्यात संचालित हुनुको सट्टा बढ्दो सहयोगी छ । ब्यारेटका अनुसार, साझेदारीले संयुक्त स्नातकोत्तर र स्नातक कार्यक्रमदेखि लिएर संरचित इन्टर्नशिप मार्ग खुला गरी बेलायती विद्यार्थीलाई भारतको क्षेत्रमा अनुभव प्राप्त गर्न अनुमति दिन्छ ।

उनले गतिशीलता सम्बन्धको केन्द्र बिन्दु हुने बताउदै विद्यार्थी दुई देशबीच आदान प्रदान गर्ने संस्था मिलेर पाठ्यक्रम डिजाइन गर्ने काम गरिरहेको बताएका छन । एएनआई

निर्वाचनको विशेष तयारीगृह मन्त्रालयले ल्यायो : ' वडा तहसम्मको सुरक्षा अवधारणा 'डेमाे खबरशुक्रवार , माघ १६, २०८२16Shares ...
30/01/2026

निर्वाचनको विशेष तयारी
गृह मन्त्रालयले ल्यायो : ' वडा तहसम्मको सुरक्षा अवधारणा '
डेमाे खबर

शुक्रवार , माघ १६, २०८२

16
Shares



काठमाडौँ, माघ । गृह मन्त्रालयले वडातहमा क्रियाशील रहेका राजनीतिक दलका पदाधिकारी एवं प्रबुद्ध व्यक्तिको सहभागिता अभिवृद्धि गरी निजलाई निर्वाचनका सबै प्रक्रियामा सहभागी गराई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने अवधारणा तयार गरेको छ।

निर्वाचनका सबै प्रक्रियामा राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत, निजी क्षेत्र एवं प्रबुद्ध व्यक्तिको भूमिका महत्त्वपूर्ण रहने तथ्यलाई मध्यनजर गर्दै गृहले सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्ने सम्बन्धी अवधारणा, २०८२ तयार गरी सोहि बमोजिम गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गरेको हो।

वडा तहमा रहेका राजनीतिक व्यक्ति, पदाधिकारी एवं प्रबुद्ध व्यक्तिलाई निर्वाचन व्यवस्थापनलगायतका कार्यमा समावेश गराई निर्वाचनमा निजको अपनत्व अभिवृद्धि गरी गराई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने अभिप्रायले अवधारणा सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए ।

अवधारणा कार्यान्वयनका लागि प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका सबै पदाधिकारीको जिम्मेवार बनाइएको छ भने यसको कार्यान्वयनको अनुगमन र निगरानी गर्ने जिम्मेवारी गृह मन्त्रालय र सुरक्षा निकायका केन्द्रीय कार्यालयको हुने व्यवस्था गरिएको छ।

समन्वय एवं सहकार्यलाई अभिवृद्धि गर्ने सम्बन्धमा अवधारणापत्रले वडातहमा रहेका त्यस्ता व्यक्तिको पहिचान गरी सूची तयार गर्ने, मतदान स्थलको स्थलगत निरीक्षणको क्रममा निजसहितको बैठक आयोजना गर्ने, समयसमयमा प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा समितिका पदाधिकारीबाट सहजता एवं प्रभावकारीता अनुसार टेलिफोनबाट सम्पर्क गर्ने, समूह एसएमएसबाट सूचना प्रवाह गर्ने, भर्चुअल माध्यमबाट सम्पर्क, सम्वाद, छलफल, अन्तर्क्रिया लगायतका गतिविधी गरिने व्यवस्था गरेको छ।

नेपाली कांग्रेसकाे प्रतिबद्धतादेशलाई सही दिशा दिन - " कांग्रेसले नेतृत्व गर्छ "नेपाललाई सुधार्ने र सम्हाल्ने जिम्मेवारी ...
30/01/2026

नेपाली कांग्रेसकाे प्रतिबद्धता
देशलाई सही दिशा दिन - " कांग्रेसले नेतृत्व गर्छ "
नेपाललाई सुधार्ने र सम्हाल्ने जिम्मेवारी कांग्रेसले लिन्छ : सभापति थापा

डेमाे खबर
डेमाे खबर
शुक्रवार , माघ १६, २०८२

19
Shares

फाइल तस्बीर


काठमाडाैँ, माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाललाई सुधार्ने र सम्हाल्ने जिम्मेवारी कांग्रेसले लिने प्रतिबद्धता व्यक्त गरेका छन ।

शुक्रबार जनकपुरधाममा आयोजित नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीले योजनाबद्ध रूपमा तीन तहमा काम गर्ने तयारी गरेको जानकारी दिए ।

उनले पहिलो तहमा राष्ट्रिय स्तरको दीर्घकालीन सोच र योजना निर्माण गर्ने बताए । दोस्रो तहमा मधेशका विशेष मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्ने जानकारी गराउँदै उनले तेस्रो तहमा स्थानीय तहका समस्या उठाउँदै सभा जुलुसभन्दा बढी घर- घर पुगेर जनतासँग प्रत्यक्ष भेटघाट गर्ने जानकारी गराए ।

उनले वर्तमान अवस्थामा देशलाई सही दिशा देखाउने नेतृत्व कांग्रेसले नै अघि सार्ने दाबी गरे । सभापति थापाले पार्टीभित्र अनुशासन मजबुत बनाउन अनुशासन समिति गठन गरी निगरानी गरिने जानकारी दिदै नयाँ - पुराना तथा पार्टीबाट टाढा भएका नेता कार्यकर्तालाई समेत एकताबद्ध गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

सभापति थापाले धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका कार्यकर्तासँग भेटघाट गरेका छन । साथै मधेश प्रदेशभर पार्टीको प्रचार–प्रसारलाई अझ प्रभावकारी, व्यवस्थित र व्यापक बनाउने विषयमा मार्गदर्शन तथा विचार विमर्श गरिएको थियो।

बैठकमा आगामी माघ ७ गते आयोजना हुने मधेश सभाको तयारी, व्यवस्थापन तथा समन्वयका विषयमा विस्तृत छलफल गरिएको कांग्रेस मधेश प्रदेश समितिले जनाएको छ।

बैठकमा कांग्रेस मधेश प्रदेशका सभापति तथा मुख्यमन्त्री कृष्णप्रसाद यादव, आठवटै जिल्लाका सभापति, प्रतिनिधि सभा सदस्य, उम्मेदवारलगायतको उपस्थिति रहेको थियो।

बेलायती प्रधानमन्त्रीको चीन भ्रमण - ' उपलब्धिमूलक ' : प्रवक्ताडेमाे खबरशुक्रवार , माघ १६, २०८२22Shares बेइजिङ, माघ । बेल...
30/01/2026

बेलायती प्रधानमन्त्रीको चीन भ्रमण - ' उपलब्धिमूलक ' : प्रवक्ता
डेमाे खबर

शुक्रवार , माघ १६, २०८२

22
Shares



बेइजिङ, माघ । बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले चीनको औपचारिक भ्रमण गरेका छन । भ्रमण दुई देशबिचको कुटनीतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने बिषयमा फलदायी भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार बताएका छन ।

प्रवक्ता गुओ जियाकुनले नियमित पत्रकार सम्मेलनमा भने, ' बेलायती प्रधानमन्त्रीको यो आठ वर्षमा पहिलो चीन भ्रमण हो र प्रधानमन्त्री स्टार्मर सन् २०२६ मा चीनले प्राप्त गर्ने संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को स्थायी सदस्यको प्रथम नेता हुन ।

चीन बेलायतसँग दुई देशका नेताबिच भएको महत्वपूर्ण सहमति कार्यान्वयन गर्न र संयुक्त रूपमा दीर्घकालीन निरन्तर व्यापक रणनीतिक साझेदारी विकास गर्न तयार छ, प्रवक्ताले भने ।

यसैबीच उइगुर अल्पसङ्ख्यक समूहविरुद्ध मानवअधिकार उल्लङ्घनको आलोचना गरेको भन्दै बेलायतका पाँच सांसद र दुई सहकर्मीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न चीन सहमत भएको प्रधानमन्त्री स्टार्मरले बताउनु भएको फ्रान्सको समाचार समिति एएफपीले जनाएको छ । सिन्ह्वा

कांग्रेसले मात्र - ' मुलुक परिवर्तन गर्नसक्छ ' : नेता भण्डारीडेमोखबर प्रदेश ब्यूरोशुक्रवार , माघ १६, २०८२19Shares गुल्मी...
30/01/2026

कांग्रेसले मात्र - ' मुलुक परिवर्तन गर्नसक्छ ' : नेता भण्डारी
डेमोखबर प्रदेश ब्यूरो

शुक्रवार , माघ १६, २०८२

19
Shares



गुल्मी, माघ। नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले मुलुकको सकारात्मक परिवर्तन कांग्रेसले मात्र गर्नसक्ने बताएका छन । गुल्मीको चन्द्रकोट गाउँपालिकाको शान्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले कांग्रेसमा भएको परिवर्तनसँगैको युवा नेतृत्वले मात्रै देशको सकारात्मक परिवर्तन गर्न सक्ने बताएका हुन ।

यस जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर - १ का उम्मेदवार समेत रहेका उनले कांग्रेस सभापति गगन थापालाई मुलुकको प्रधानमन्त्री बनाउन सबैले रुख चिन्हमा मतदान गर्न आवश्यक रहेको बताए ।

देशमा सुशासन र समुन्नति कायम गर्न गगनले मात्रै सक्ने भन्दै उनले अहिलेको बदलिएको कांग्रेसले देश पनि बदल्ने बताए । बदलिएको कांग्रेसले देश बदल्ने दश संकल्प ल्याउन लागेको भन्दै उनले अबको कांग्रेस पुरानो अनुभव र रुपान्तरित भएर अगाडि बढेको नेता भण्डारीले बताए ।

मुलुकका हरेक समस्या समाधान गर्ने क्षमता गगनमा मात्र भएको भन्दै उनले आगामी फागुन २१ पछि बन्ने सरकारको नेतृत्व गगन थापाले गर्न आवश्यक रहेको बताए ।

त्यसैगरी नेता भण्डारीले जनताका आवश्यकतासँगै क्षेत्रको विकासका लागि आफू निरन्तर रुपमा लागेको बताए । यहाँको जनताको आवाजलाई विगतमा जस्तै निरन्तर संसदमा बोल्ने उनले उल्लेख गरे।

कार्यक्रममा कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी र कांग्रेस लुम्बिनी प्रदेश सदस्य द्रोण खत्रीले सबै नेता तथा कार्यकर्ताहरु एक जुट भएर देश बदल्ने अभियानमा लाग्नुपर्ने बताए ।

नेपाली कांग्रेसपार्टी सीमित व्यक्तिको कब्जामा - " सँधै यस्तो रहँदैन "वर्तमान अवस्था अस्थायी र समयक्रममा परिवर्तन आउँछ : ...
28/01/2026

नेपाली कांग्रेस
पार्टी सीमित व्यक्तिको कब्जामा - " सँधै यस्तो रहँदैन "
वर्तमान अवस्था अस्थायी र समयक्रममा परिवर्तन आउँछ : देउवा

डेमाेखबर

बुधवार , माघ १४, २०८२

238
Shares



काठमाडौँ, माघ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टी केही सीमित व्यक्तिहरूको कब्जामा परेको टिप्पणी गर्दै यस्तो अवस्था सधैं नहुने बताएका छन्।

पत्नी डा. आरजु देउवा राणाको ६३औँ जन्मदिनका अवसरमा महाराजगञ्जस्थित निवासमा पुगेका कांग्रेस नेताहरूसँग अनौपचारिक छलफल गर्दै देउवाले पार्टीभित्र देखिएको वर्तमान अवस्था अस्थायी भएको र समयक्रममा परिवर्तन आउने बताएका हुन्।

उक्त भेटघाटमा देउवाले पार्टी अहिले कठिन चरणमा रहेको उल्लेख गर्दै नेताहरूलाई धैर्य गर्न आग्रह गरेका थिए। उनले अहिलेको परिस्थिति चुनावी चटारो र आन्तरिक व्यवस्थापनका कारण सिर्जना भएको भन्दै यो समय बितेर जाने विश्वास व्यक्त गरेका थिए।

महाराजगञ्ज पुगेका एक नेताका अनुसार देउवाले पार्टी एकढिक्का राख्न चाहँदा - चाहँदै पनि तत्काल थप निर्णय लिन नसकेको स्वीकार गरेका थिए। देउवाले वर्तमान सभापति गगन थापाप्रति असन्तुष्टि जनाउँदै यसरी सबै सेटिङ मिलाएर भित्रभित्रै पार्टी कब्जा गर्लान् भन्ने सोच्दै नसोचेको बताएका थिए।

विशेष महाधिवेशनको प्रक्रियाबाट पार्टी गगन थापाको प्रभावमा गएको भए पनि नियमित महाधिवेशनमार्फत नेतृत्व पुनः आफूहरूको पक्षमा फर्किने विश्वास देउवाले नेताहरूलाई दिलाएका थिए।

उनले पार्टीभित्र देखिएको असन्तुलन स्थायी नभएको र संगठनात्मक शक्ति अझै आफूहरूकै पक्षमा रहेको दाबी गर्दै आगामी नियमित महाधिवेशन निर्णायक हुने संकेत गरेका थिए।

देउवाको भनाइ अनुसार हाल देखिएको नेतृत्व संरचना र शक्ति सन्तुलन परिवर्तनशील छ र कांग्रेसभित्रको राजनीति अन्तिम निष्कर्षमा पुगिसकेको छैन।

देउवाको यो अभिव्यक्तिले नेपाली कांग्रेसभित्र जारी आन्तरिक सत्ता संघर्ष र नेतृत्वको द्वन्द्वलाई थप सतहमा ल्याएको छ।

विशेष महाधिवेशनपछि उत्पन्न नयाँ राजनीतिक समीकरणप्रति असन्तुष्टि जनाउँदै आएका देउवाको पछिल्लो भनाइले आगामी दिनमा कांग्रेसको आन्तरिक राजनीतिमा थप तरंग ल्याउने संकेत देखिएको छ। - सामाजीक सञ्जालबाट

मङ्गलबार रातिदेखि विभिन्न जिल्लामा - '  वर्षासँगै भारी हिमपात 'डेमोखबर प्रदेश ब्यूरोबुधवार , माघ १४, २०८२25Sharesमुस्ताङ...
28/01/2026

मङ्गलबार रातिदेखि विभिन्न जिल्लामा - ' वर्षासँगै भारी हिमपात '
डेमोखबर प्रदेश ब्यूरो

बुधवार , माघ १४, २०८२

25
Shares

मुस्ताङ, माघ । मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ ।

सशस्त्र भारी हिमपात कारण कागबेनी कोरला सडक अवरुद्ध भएको छ । केही स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको छ । हिउँ परेसँगै स्याउ, उवा, फापर, जौँ र आलुलगायत बाली सप्रने आशा पलाएको घरपझोङ गाउँपालिकाका कृषि शाखा प्रमुख रोशन थकालीले बताए ।

त्यसैगरी, सिमकोटस्थित रासस समाचारदाताका अनुसार हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोटमा मङ्गलबार रातिदेखि नै बाक्लो हिमपात भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख शङ्कर खड्काका अनुसार सदरमुकाम सिमकोटसहित उच्च भेगमा एक फिट हिउँ जमेको छ ।

हिमपातले हवाई सेवा अवरुद्ध हुनाका साथै लिमी, न्यालु, यारी र हिल्सा सडक बन्द भएका छन् । यसैबीच, बाजुरस्थित राससकर्मीका अनुसार जिल्लाका बडीमालिका, बुढीगङ्गा त्रिवेणी, बुढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकमा बाक्लो हिमपात भएको छ ।

हिमपातका कारण हिमालीको विच्छ्या, रुगिन, बाँधु, गौमुलको अल्लिस, दहकोट, बुढीनन्दाको कुरु गाउँको जनजीवन प्रभावित भएको छ । वर्षासँगै हिमापात भएपछि गहुँ बाली सप्रने कृषि ज्ञान केन्द्रका प्रमुख जसीराम सहानीले बताए ।

राष्ट्रिय सभा निर्वाचन : राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेशडेमाेखबरबुधवार , माघ १४, २०८२16Shares काठमाडौं, माघ  ।  राष्...
28/01/2026

राष्ट्रिय सभा निर्वाचन : राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेश
डेमाेखबर

बुधवार , माघ १४, २०८२

16
Shares



काठमाडौं, माघ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेश भएको छ ।

राष्ट्रपति भवन शितल निवासमा बुधबार आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेश गरेका छन ।

Address

New Baneshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Demo Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share