03/12/2025
कांग्रेस महाधिवेशन बहस
१ महिना १० दिन : " कांग्रेस महाधिवेशन कति सम्भव ? "
' तोकिएकै मितिमा महाधिवेशन सम्भव छ कि छैन भन्ने बहस पार्टीमा सुुरु '
डेमाे खबर
बुधवार , मंसिर १७, २०८२
31
Shares
facebook sharing buttontwitter sharing buttonwhatsapp sharing buttonviber sharing buttonmessenger sharing buttonsharethis sharing button
१ महिना १० दिन : " कांग्रेस महाधिवेशन कति सम्भव ? "
काठमाडौँ, मङ्सिर । लामो रस्साकस्सीपछि कांग्रेस केन्द्रीय कार्य समितिको सोमबारको बैठकले पुस अन्तिम साता पार्टीको १५औं महाधिवेशन गर्ने निर्णय गर्यो। अर्थात्, पुस २६ देखि २८ सम्म महाधिवेशनको मिति तोकियो। जबकि, महाधिवेशनका लागि १ महिना १० दिनमात्रै बाँकी छ।
यति छोटो अवधिमा तोकिएकै मितिमा महाधिवेशन सम्भव छ कि छैन भन्ने बहस पार्टीमा सुुरु भएको छ। पार्टी सभापति शेरबहादुर देउवा पक्षीय संस्थापन पक्ष पुस २६ मा जसरी पनि महाधिवेशन सुरु हुने बताउँछ।
‘जहाँ पुगेर महाधिवेशनको प्रक्रिया रोकिन्छ, त्यसपछि चुनावमा केन्द्रित हुने संस्थापन पक्षको भनाइ छ। किनभने, फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तोकिएको छ। तर, पार्टीमा विशेष महाधिवेशनको माग गरिरहेको पक्ष भने संस्थापन पक्षलाई तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्न खबरदारी गर्ने बताइरहेको छ।
विशेष महाधिवेशनको पक्षधर नियमित महाधिवेशन यो वा त्यो बहानामा स्थगन गरियो भने विशेष महाधिवेशनको माग यथावत् रहेकाले सोहीअनुसार विशेष महाधिवेशनको माग गर्ने बताइरहेको छ। पूर्वमहामन्त्री शशांक कोइराला पनि पुस २६ मा महाधिवेशन तयारीका लागि समय कम रहेको बताउँछन्।
महाधिवेशनको तयारीका लागि कम्तीमा पनि तीन महिना समय आवश्यक पर्ने हुँदा पुसमा महाधिवेशन सुरु मात्र हुन सक्ने कोइरालाले बताए। समय निकै कम भयो, '[ सोमबार चितवन पुगेका कोइरालाले भने, महाधिवेशन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ।'
पार्टीले पुसमा गर्ने निर्णय गरेको भए पनि हुन्छ या हुन्न भन्नेमा कुनै टुंगो छैन। महाधिवेशनको तयारीमा जुट्ने कि निर्वाचनको ? यति छोटो समयमा महाधिवेशन गर्न कसरी सकिन्छ ? महाधिवेशनको मिति तोकिएसँगै नेताहरू आन्तरिक तयारीमा पनि जुट्न थालेका छन्।
पार्टीका नेताहरू महाधिवेशनमा आफू कुन पदमा उम्मेदवार बन्ने भनेर खुल्न थालेका छन्। १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा जिताउन मौन समर्थनमा उभिएका पूर्वमहामन्त्री डा. सशांकले सभापतिमा प्रतिस्पर्धा गर्ने सार्वजनिक गरिसकेका छन्। सोमबार चितवनमा कोइरालाले भने, ‘सभापतिका लागि लड्ने भनेको थिएँ। शेखर दाइ हुनुहुन्छ। उहाँ पनि इच्छुक हुनुहुन्छ भन्ने कुरा भइरहेको छ।
हामी दुई जनामध्ये एक जना सल्लाह गरेरै लड्छौँ। पार्टीका पूर्वउपसभापति विमलेन्द्र निधि केन्द्रीय समितिले गरेको निर्णयमा आशंका गर्न नमिले पनि यति छोटो समयमा महाधिवेशन हुन्छ वा हुन्न भन्ने कुरा अब केन्द्रीय सदस्य र पदाधिकारीले स्पष्ट पार्ने बताउँछन्।
फागुन २१ को आमनिर्वाचनभन्दा अगाडि महाधिवेशन गर्न हुँदैन भन्ने हाम्रो अडान पछिल्लो समय पनि यथावत् थियो किनभने, त्यो सम्भव नै थिएन,निधिले भने, प्रतिनिधिसभाका चुनावका लागि पार्टीले समय खर्च गर्ने कि महाधिवेशनका लागि ? पदाधिकारीहरू र सभापतिजि पुसमै गर्ने पक्षमा उभिनुभयो।
हामी पनि महाधिवेशनमा जुट्नुको विकल्प छैन। निधिले आफू पनि सभापतिको उम्मेदवार बन्ने बताए। स्वाभाविक रूपमा म सभापतिको दाबेदार हुँ,निधिले भने, मेरो उम्मेदवारी सभापतिमै हुन्छ। कांग्रेसका अर्का नेता प्रदीप पौडेल भने सबैजना सक्रिय बने पुसमै महाधिवेशन सम्भव हुने बताउँछन्।
विशेष महाधिवेशनको प्रस्ताव यथावत् भएको स्पष्ट पार्दै उनले भने, विशेष महाधिवेशन गर्न नपर्ने बनाउनका लागि पनि यो अधिवेशन गर्नै पर्ने हुन्छ। अधिवेशनमा सदस्यता प्रणाली पहिलेभन्दा सरल छ। सबैभन्दा ठूलो समस्या सदस्यतामा थियो। सदस्यता सबैले पाउने गरि खुला गरिएको छ।
यो पटक पुरानो सदस्यता पनि नवीकरण हुने र नयाँ पनि जसले लिन चाहेको हो दिने यो व्यवस्थाले पार्टीलाई पनि खुल्ला गर्यो र यो व्यवस्थाले सहजतातिर लग्यो। त्यसैले पनि छोटो समय भए पनि महाधिवेशन हुन्छ भन्न सकिन्छ। पौडेलले आफू फेरि पनि महामन्त्रीमा उठ्ने बताए।
‘१४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएको हँउनले भने,१५ औं महाधिवेशनमा पनि मेरो उम्मेदवारी महामन्त्रीमै हो। पार्टी सभापति शेरबहादुर देउवा निकट मानिएका नेता मीन विश्वकर्मा महाधिवेशनका लागि पर्याप्त समय नभए पनि स्पिडमा काम गर्ने बताउँछन्।
निर्वाचन सम्मुखमा पुगेपछि महाधिवेशन रोकिन सक्ने विश्वकर्मा बताउँछन्। हेरौं निर्वाचनसम्म कतिसम्म गर्न सकिन्छ उनले भने, निर्वाचनको माहोल पूर्णरूपमा बन्यो भने पार्टीको महाधिवेशन रोकिन्छ। यसमा हाम्रो स्पष्ट कुरा छ। महाधिवेशन जहाँसम्म पुगेको छ त्यसलाई त्यही स्थगन गरेर पार्टी निर्वाचनमा केन्द्रित हुन्छ।
नाम सिफारिस गर्न परिपत्र कांग्रेसले प्रतिनिधिसभाअन्तर्गत समानुपातिक र प्रत्यक्ष एवं राष्ट्रियसभाका उम्मेदवारका लागि तल्लो तहबाट नाम सिफारिस गर्न परिपत्र गर्ने भएको छ। परिपत्रमा कुनै पनि मुद्दा मामिलामा नमुछिएको व्यक्ति उम्मेदवार बन्न पाउने उल्लेख गर्दै परिपत्रमा भनिएको छ जातीय विभेद, घरेलु हिंसा, बाल श्रम वा अन्य कुनै पनि प्रकृतिका सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्ति नेपाली कांग्रेसको उम्मेदवार बन्न अयोग्य हुने छन्।
राष्ट्रियसभामा रिक्त हुने सदस्यहरूका लागि ११ माघमा निर्वाचन तोकिएको छ। कांग्रेसको विधानअनुसार केन्द्रका लागि बढीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ। राष्ट्रियसभा सदस्यका लागि मातहतका जिल्लाबाट योग्यता पुगेका सम्भावित नामको सूची केन्द्रले माग गर्ने पार्टी विधानमा व्यवस्था छ।
एक सिटका लागि तीन जनाको नाम सहमति वा सहमति हुन नसके बहुमतबाट निर्णय गरी केन्द्रमा पठाउन सकिने छ। तल्लो तहबाट प्राप्त नामहरूका आधारमा संसदीय समितिले उम्मेदवार चयन गर्ने व्यवस्था छ। केन्द्रीय समिति बैठकले प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक सदस्य उम्मेदारका आकांक्षीहरूको नाम केन्द्रमा पठाउनका लागि मातहतका संरचनालाई परिपत्र गर्ने निर्णय गरेको हो।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको परिपत्रमा उल्लेख भएअनुसार, निर्वाचन आयोगद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवैतर्फको तथा राष्ट्रियसभा सदस्यको निर्वाचन कार्यक्रमसमेत प्रकाशित गरिसकेको छ।
यसर्थ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको ०८२ मंसिर १५ गते बसेको बैठकले पार्टी विधानको व्यवस्था बमोजिम मातहतका सम्बन्धित पार्टी निकायलाई उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन गर्ने भनी निर्णय गरेअनुसार प्रतिनिधिसभा सदस्य पदका लागि प्रत्यक्ष र समानुपातिकतर्फ तथा राष्ट्रियसभा सदस्य पदका लागि प्रक्रिया पूरा गरी उम्मेदवारको नाम तोकिएको मितिभित्र आफूभन्दा माथिल्लो निकायमा अनिवार्य सिफारिस गर्नुहुन यो परिपत्र गरिएको छ।
समानुपातिक एवं प्रत्यक्षको उम्मेदवार चयन गर्दा कांग्रेसले तल्लो तहबाट नामहरू सिफारिसका लागि परिपत्र गर्ने व्यवस्था छ। निर्वाचन आयोगले समानुपातिकतर्फको बन्द सूची पेस गर्नका लागि १८ र १९ पुस तोकेको छ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचन २१ फागुनका लागि तोकिएको छ । साभार : अन्नपूर्ण पोष्ट