02/08/2026
श्रीमान अध्यक्षज्यू,
नेपालको पूँजीबजारलाई अहिले ठूलो भाषण होइन, १–२ हप्ताभित्रै कार्यान्वयन गर्न सकिने साना तर प्रभावकारी सुधारहरू चाहिएका छन्। यिनले बजारको तरलता (Liquidity), कारोबारको मात्रा र लगानीकर्ताको विश्वास तत्काल बढाउन सक्छन्।
तत्काल गर्न सकिने केही सुधारहरू:
✅ १ शेयर (One Unit) बाटै कारोबार गर्न दिने व्यवस्था।
✅ बजार खुला रहेको समयमा अन्तिम कारोबार मूल्य (LTP) को ±३% भित्र मात्र Limit Order राख्नुपर्ने व्यवस्था हटाई, सम्पूर्ण Daily Price Range (DPR) भित्र जहाँसुकै Limit Order राख्न मिल्ने व्यवस्था। यसले Order Book गहिरो बनाउँछ, Price Discovery सुधार गर्छ र बजारको Liquidity बढाउँछ।
✅ २४ घण्टा Order Placement सुविधा तत्काल कार्यान्वयन गर्ने।
✅ Block/Bulk Deal Window सञ्चालन गर्ने, ताकि ठूला कारोबारले सामान्य Order Book लाई प्रभावित नगरोस्।
✅ Promoter Share बिक्रीका लागि छुट्टै Offer for Sale (OFS) Platform सञ्चालन गर्ने।
✅ NEPSE Trading System लाई स्तरोन्नति गरी Trading Management System (TMS) मा निम्न जानकारी देखाउने व्यवस्था गर्ने:
* Last Traded Quantity (LTQ)
* Last Traded Time
* Last Traded Value (LTV)
* VWAP
* Total Traded Quantity
* Total Traded Value
* Number of Trades
* थप Market Depth तथा Real-time Trading Information
✅ Buy Today – Sell Tomorrow (BTST) कारोबारको व्यवस्था लागू गर्ने, जसले पूँजीको उपयोगिता र कारोबार दुवै बढाउँछ।
✅ बैंकमा धितो रहेका शेयर Unpledge नगरी नै बेच्न मिल्ने व्यवस्था गर्ने। कारोबार सम्पन्न भएपछि बिक्री रकमबाट बैंकको बक्यौता कट्टा गरी बाँकी रकम लगानीकर्तालाई उपलब्ध गराउने प्रणाली विकास गर्न सकिन्छ। यसले बजारमा ठूलो मात्रामा थुनिएको तरलता तुरुन्तै सक्रिय बनाउन सक्छ।
✅ Broker API तथा Algorithmic Trading लाई अनुमति दिने।
✅ AI आधारित Real-time Market Surveillance प्रणाली लागू गर्ने।
यीमध्ये अधिकांश सुधारहरू कानुन संशोधन बिना नै SEBON, NEPSE, CDSC, बैंक तथा ब्रोकरहरूको समन्वयबाट छोटो समयमै लागू गर्न सकिन्छ।
Derivatives, International Market, Foreign Investors, नयाँ उत्पादन तथा दीर्घकालीन योजनाका कुरा गर्नु राम्रो हो। तर बजारको आधारभूत Liquidity बढाउने यस्ता तत्काल कार्यान्वयनयोग्य सुधार नगरी ठूला-ठूला कुरा गर्नु केवल शैक्षिक बहस (Academic Discussion) मात्र हुनेछ।
नेपालको पूँजीबजारलाई अहिले Vision भन्दा बढी तत्काल Implementation चाहिएको छ। ©बिष्णु प्रसाद बस्याल