
02/04/2023
रौतहट जिल्लाको एक माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको एसईई परीक्षामा नगरपालिका प्रमुख प्रेमलाल साह कानुको सट्टामा उनको परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
नगरपालिका प्रमुखले आफ्नो सट्टामा परीक्षा दिन लगाएका उनका ज्वाइँ कमल साहलाई आइतबार प्रहरीले पक्राउ गरेका हुन् । उनी रेडियो नेपाल बर्दिवास सबस्टेसनका प्राविधिक सहायक हुन् ।