Darpan Dainik

Darpan Dainik दर्पण दैनिक – समाजको ऐना
(Online News)
https://darpandainik.com/
Estd: 2018 A.D

समाजको ऐना - Darpan Dainik , News and media website

Estd: 2018 A.D
Web Portal: https://darpandainik.com/

प्रहरी चौकी सराङकोटको भवन   प्रहरी नायव महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्रीले गरे उद्‍घाटन गण्डकी प्रदेश प्रहरी कार्याल...
18/09/2026

प्रहरी चौकी सराङकोटको भवन प्रहरी नायव महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्रीले गरे उद्‍घाटन


गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्रीको प्रमुख आतिथ्यतामा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १८ सराङ्कोट चपाई चौतारा स्थित प्रहरी चौकी सराङ्कोट कास्कीको नव निर्मीत भवनहरु उद्घाटन गरिएको छ ।
गण्डकी प्रदेश सरकारको स्वीकृत बजेटबाट २ कराेड ४० लाख ४५ हजार ९८३ रूपैयाँ लागतमा मिति २०८१।०३।२३ गते देखी निर्माण सम्झौता गरी नव-निर्मित प्रहरी चौकी सराङ्‌‌कोट कास्कीको कार्यालय भवन, मेश भवन, शौचालय, प्रतिक्षालय, गेट तथा पेरिमिटर निर्माण कार्य सम्पन्न गरिएकाे थियाे See less

त्रिभुवन राजपथ र कान्ति राजमार्गमा दुईतर्फी सञ्चालनधादिङको कृष्णभीर खण्डमा सडक सुचारु भएसँगै त्रिभुवन राजपथ (बाइरोड) र क...
18/09/2026

त्रिभुवन राजपथ र कान्ति राजमार्गमा दुईतर्फी सञ्चालन

धादिङको कृष्णभीर खण्डमा सडक सुचारु भएसँगै त्रिभुवन राजपथ (बाइरोड) र कान्ति राजमार्गमा नियमित दुईतर्फी सञ्चालनमा आएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना जारी गर्दै आजदेखि दुबै सडकखण्डमा दुईतर्फी यातायात सञ्चालन गर्न खुला गरिएको जनाएको हो ।















गभर्नर पौडेलको हस्ताक्षर भएकाे ५० रुपैयाँको नयाँ नोट आजदेखि प्रचलनमानेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ बैंकनोट आज...
18/09/2026

गभर्नर पौडेलको हस्ताक्षर भएकाे ५० रुपैयाँको नयाँ नोट आजदेखि प्रचलनमा

नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ । राष्ट्र बैंकले साविककै आकार र रङमा २०८२ साल लेखिएको ५० रुपैयाँको नोट २ असोजदेखि प्रचलनमा ल्याएको हो । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै नयाँ नोट चलनचल्तीमा ल्याउन लागेको जानकारी दिएको हो । नयाँ नोटमा राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ ।

----

Nepal Rastra Bank has brought a new 50-rupee banknote into circulation starting today. The bank introduced the 50-rupee note—bearing the year 2082 BS and retaining the same size and color as the previous version—into circulation effective from Asoj 2. The Currency Management Department of the Rastra Bank announced the release of the new note through a notice issued on Friday. The new note bears the signature of Rastra Bank Governor Prof. Dr. Bishwanath Paudel.

18/09/2026

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश हो । यहाँका हरेक जाति, समुदाय र संस्कृतिका आफ्नै परम्पर.....

प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार प्रधानमन्त्री राहत कोषमा १ हजार रुपैयाँ भुक्तानी गरेका एक ग्र...
17/09/2026

प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार


प्रधानमन्त्री राहत कोषमा १ हजार रुपैयाँ भुक्तानी गरेका एक ग्राहकले करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत १ लाख रुपैयाँ प्राप्त गरेका छन् । आन्तरिक राजस्व विभागले आज करदाता प्रोत्साहन कार्यक्रमको भदौ महिनाका विजेता घोषणा गरेको छ । सो क्रममा प्रधानमन्त्री राहत कोषमा एक हजार रुपैयाँ दिएका ग्राहकलाई १ लाख रुपैयाँ उपहार परेको हो । उनको कुपन नम्बर ०४२६१८४७७६२० रहेको छ ।

आसरा सुधार केन्द्र रानीबारीको ३०औं वार्षिकोत्सव -प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा केन्द्रको कार्...
17/09/2026

आसरा सुधार केन्द्र रानीबारीको ३०औं वार्षिकोत्सव -

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा केन्द्रको कार्यालय रानीबारीमा ३०औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएकाे छ ।

समारोहमा केन्द्रकी अध्यक्ष श्रीमती नविना खत्री कार्कीले केन्द्रका परामर्शदाता तथा कर्मचारीहरूलाई प्रशंसापत्र र नगद पुरस्कारको साथै आन्तरिक खेलकुद प्रतियोगितामा विजयी हुने केन्द्रमा उपचाररत सदस्यहरूलाई पुरस्कार प्रदान गरिन् ।

करदाता प्रोत्साहन उपहार कार्यक्रम भदौ महिनाको सम्पूर्ण नतिजा घोषणाविजेता विवरण
17/09/2026

करदाता प्रोत्साहन उपहार कार्यक्रम भदौ महिनाको सम्पूर्ण नतिजा घोषणा

विजेता विवरण

इन्जिनियर तथा रास्वपा सांसद सागर ढकाल लेख्छन् - आफ्नो काम सक्दो रुपमा पूर्ण पूरा गरेँ हरेक पाइलामा समस्या, हरेक पाइलामा ...
17/09/2026

इन्जिनियर तथा रास्वपा सांसद सागर ढकाल लेख्छन् -

आफ्नो काम सक्दो रुपमा पूर्ण पूरा गरेँ

हरेक पाइलामा समस्या, हरेक पाइलामा नयाँ समाधान। सम्भवतः संसारमा यस्तो खालको सुरुङ उद्धार कमै भएको होला।

मैले आफूले सांसद, ईन्जिनियर, नेपाली र सामान्य मानवको हिसाबले सकेजति पूरै प्रयास गरेँ, केही पनि कसुर बाँकि राखिन। भारि बोक्नु पर्ने ठाउमा पनि बोके, लेबर नै हुनु पर्ने ठाँउमा त्यो पनि भए। निकै नै कठिन भयो, सुरुङ खोल्नै सकिँदैन कि भनेर धेरै पटक अत्यास पनि लाग्यो। धेरै पटक स्तब्ध भयौँ पनि। जति प्रयाश जति उपाय लगाउदा पनि एउटा न एउटा कारणले‌ असफल भएको भएकै भयौँ।

तर अन्तिममा पहिलो पाइलाकै नेतृत्व नै गर्नुपर्ने बाहेक उपाय नभएपछि, त्यसमै हिजो बिहान लागे पुगेको सबै गरेको थियौँ। आज करिब १-२ बजेतिर सुरुगं पूरै खोल्न सफल भयौँ। इन्जिनियरिङ अनुभवमा उदय सर, श्रीेराम‌ सर र चिलिमे परिवार लगायत सबै सँगसँगै काम गरेर अत्याश नै लाग्दो काम पूरा गरेका छौँ।
सबै सूचना नेपाली सेनाले दिनेछ भन्नुभएको छ। भेटिएका मृतकको शरीर बाहिर ल्याउने काम हुँदैछ।

नेपाली सेना, भारतीय सेना, चिलिमे कम्पनी परिवार, नेपाल विद्युत प्राधिकरण, स्थानीयवासी, सबैलाई मुरी-मुरी धन्यवाद!
निकै नै पिडा छ, पिडामा हामीले‌ सकेको गरेका छौँ। सबैलाई सकारात्मकता र शान्ति छावोस् भन्ने प्राथना गर्दछु। हिलोमा लडाई गरेको गरिब करिब ११ दिन भएछ। अब आज या भोलि बिहान चिलिमे छोड्नेछु।

सहकारी ऋणको नयाँ ब्याजदर सीमा : अधिकतम १३ प्रतिशत सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १६ प्रतिशतबा...
17/09/2026

सहकारी ऋणको नयाँ ब्याजदर सीमा : अधिकतम १३ प्रतिशत

सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १६ प्रतिशतबाट घटाएर १३ प्रतिशत कायम गरिएको छ ।

बचतमा दिने र ऋणमा लिने ब्याजदरबीचको अन्तर ६ प्रतिशतभन्दा बढी हुन नपाउने व्यवस्था गरिएको छ।

ऋणको ब्याजलाई मूलधनमा पुँजीकृत गरी त्यसमा पुनः ब्याज लगाउने कार्य निषेध गरिएको छ।

हर्जाना असुल गर्ने निर्णय भए पनि असुल हुन बाँकी ब्याज रकमको ५ प्रतिशतभन्दा बढी हर्जाना लिन पाइने छैन।

प्रशासनिक, सेवा, नवीकरण शुल्क, फाराम दस्तुर वा अन्य कुनै पनि शीर्षकमा थप रकम लिन पाइने छैन, किनकि ऋणसँग सम्बन्धित सम्पूर्ण लागत ब्याजदरमै समावेश हुनेछ।

सहकारीले निर्धारण गरेको ब्याजदर वेबसाइट वा अन्य माध्यमबाट सार्वजनिक गर्नुपर्नेछ भने समान प्रकृतिको बचत वा ऋणमा सदस्य, सञ्चालक र कर्मचारीबीच ब्याजदरमा विभेद गर्न पाइने छैन।

ऋण प्रवाह गर्दा रकम अनिवार्य रूपमा सम्बन्धित सदस्यको व्यक्तिगत खातामै जम्मा गर्नुपर्नेछ।

रहेनन् कांग्रेस नेता तथा पूर्वमन्त्री हिमबहादुर कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री तथा कांग्रेस नेता हिमबहादुर शाहीको ७७...
17/09/2026

रहेनन् कांग्रेस नेता तथा पूर्वमन्त्री हिमबहादुर


कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री तथा कांग्रेस नेता हिमबहादुर शाहीको ७७ वर्षको निधन भएको छ । हृदयाघात भएपछि अस्पताल भर्ना भएका शाहीको बुधबार राति कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाको बुडेली निवासी शाही ‎२०३६ को जनमत सङ्ग्रहताका बहुदलीय प्रजातन्त्रको पक्षमा भएको जनजागरण अभियानमा सहभागी भएका थिए ।

शाही कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको प्रभावबाट कांग्रेसको राजनीतिमा सक्रिय भएका थिए । शाही २०४६ सालको जनआन्दोलनताका ५१ दिन हिरासत बसेका थिए । २०४९ सालमा जिल्ला विकास समिति दैलेखको सभापति बनेका शाही ०७४ मा समानुपातिकतर्फबाट कर्णाली प्रदेश सभा सदस्य भएर मन्त्री बनेका थिए ।

Address

Kathmandu, Nepal/Tokha 4
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Darpan Dainik posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Darpan Dainik:

Shortcuts

Share