Darpan Dainik

Darpan Dainik दर्पण दैनिक – समाजको ऐना
(Online News)
https://darpandainik.com/
Estd: 2018 A.D

समाजको ऐना - Darpan Dainik , News and media website

Estd: 2018 A.D
Web Portal: https://darpandainik.com/

आफूखुसी उम्मेदवारी दाबी नगर्न रास्वपाको चेतावनी---आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पार्टीभित्रबाट विभिन्न नेता...
02/12/2025

आफूखुसी उम्मेदवारी दाबी नगर्न रास्वपाको चेतावनी
---
आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पार्टीभित्रबाट विभिन्न नेता तथा सदस्यहरूले आफू उम्मेदवार बन्ने वा उम्मेदवारी दाबी गर्ने अभिव्यक्ति सार्वजनिक रूपमा दिइरहेकोबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उम्मेदवार छनोट समितिले ध्यानाकर्षण भएको जनाएको छ ।

रास्वपाले जारी गरेको सूचनामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार केवल पार्टीको आधिकारिक रूपरेखा र विधिअनुसार मात्र चयन हुने स्पष्ट नीति रहेको उल्लेख छ । हालसम्म रुपन्देही क्षेत्र नं. ३ का लागि मात्रै उम्मेदवार औपचारिक रूपमा टुंगो लागेको र अन्य कुनै पनि निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन नभएको पार्टीले स्पष्ट पारेको छ ।

आधिकारिक निर्णय नआएसम्म कुनै क्षेत्रको उम्मेदवारबारे भ्रामक, अपुष्ट वा अफवाह फैलाउने किसिमका वक्तव्य, प्रचारप्रसार वा गतिविधि नगर्न सम्पूर्ण नेता, सदस्य, संगठन तथा शुभेच्छुकहरूलाई पार्टीले अनुरोध गरेको छ ।

सूचनामा पार्टी अनुशासन, सामूहिक निर्णय र स्वस्थ राजनीतिक संस्कारको सम्मान गर्दै उम्मेदवार छनोट प्रक्रियाप्रति पूर्ण विश्वास राख्न सबैमा अपिल गरिएको छ । सूचनामा उम्मेदवार छनोट समिति संयोजक विपिनकुमार आचार्यको हस्ताक्षर रहेको छ ।

५ लाखभन्दा बढीको कारोबार नगदमा गर्न नपाइने माघ १ गतेदेखि ५ लाख रूपैयाँ भन्दा बढी कारोबार नगदमा गर्न नपाइने भएको छ । मन्त...
01/12/2025

५ लाखभन्दा बढीको कारोबार नगदमा गर्न नपाइने

माघ १ गतेदेखि ५ लाख रूपैयाँ भन्दा बढी कारोबार नगदमा गर्न नपाइने भएको छ । मन्त्रिपरिषदले १ पटकमा ५ लाखसम्मको वस्तु तथा सेवाको कारोबार मात्र नगदमा गर्न पाइने व्यवस्था गरेको हो ।

सरकारको निर्णयअनुसार आगामी माघ १ गतेदेखि एकपटकमा ५लाख रूपैयाँ वा सोभन्दा बढी मूल्यको सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत भएको हो ।

कांग्रेसको महाधिवेशन कार्यतालिका यसप्रकार छः
01/12/2025

कांग्रेसको महाधिवेशन कार्यतालिका यसप्रकार छः

काठमाडौँ । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ । सोमबार बसेको केन.....

01/12/2025

काठमाडौं । नेपाली कांग्रेसले शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद माघ मसान्तसम्म थप गर्ने निर्णय गरेक....

सामन्था बैवाहिक बन्धनमाभारतीय अभिनेत्री सामन्था रूथ प्रभुले बिहे गरेकी छिन् । उनी चर्चित निर्देशक तथा निर्माता राज निदिम...
01/12/2025

सामन्था बैवाहिक बन्धनमा

भारतीय अभिनेत्री सामन्था रूथ प्रभुले बिहे गरेकी छिन् । उनी चर्चित निर्देशक तथा निर्माता राज निदिमोरुसँग बैवाहिक बन्धनमा बाधिएकी हुन् । लामो समयदेखि यी दुबैको प्रेमसम्बन्धलाई लिएर विभिन्न हल्लाहरू चल्दै आएको थियो। सामन्था र राजको व्यावसायिक सहकार्य ‘द फेमिली म्यान २’ बाट सुरू भएको थियो ।
भारतीय समाचार माध्यमअनुसार यो जोडीले सोमबार बिहान एक मन्दिरमा बिहे गरेका हुन् । निकै गोप्य राखिएको उक्त विवाह समारोहमा दुवै पक्षका गरी जम्मा ३० जना पाहुनाहरूको मात्र उपस्थिति रहेको बताइएको छ । यद्धपी, दुबैबाट आधिकारिक जानकारी भने आउन सकेको छैन । सामन्थाको पनि यसअघि अभिनेता नागा चैतन्यसँग विवाह भएको थियो । बिहेको चार वर्षपछि उनीहरूले डिभोर्स गरेका थिए ।

बालेनलाई पितृशोक--काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ । उनका बुवा रामनारायण शाहको सोमबार मध्याह्नम...
01/12/2025

बालेनलाई पितृशोक
--
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ । उनका बुवा रामनारायण शाहको सोमबार मध्याह्नमा निधन भएको हो । उनी आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारका क्रममा सोमबार मध्याह्न रामनारायणको निधन भएको सिभिल अस्पताल स्रोतले जानकारी दिएको छ । रामनारायणलाई पिसाबसम्बन्धी संक्रमण देखा परेको थियो जसको असर मस्तिष्कमा समेत देखिएको थियो ।

प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय कमिटी घोषणा, अध्यक्ष परिषद्मा ५ जनाhttps://darpandainik.com/post/2025/12/dd-88...
01/12/2025

प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय कमिटी घोषणा, अध्यक्ष परिषद्मा ५ जना
https://darpandainik.com/post/2025/12/dd-887589941

मौद्रिक नीतिमा महत्त्वपूर्ण हेरफेरhttps://darpandainik.com/post/2025/12/dd-887349853-ब्याजदर माथिल्लो सीमा अर्थात् स्थाय...
01/12/2025

मौद्रिक नीतिमा महत्त्वपूर्ण हेरफेर
https://darpandainik.com/post/2025/12/dd-887349853

-ब्याजदर माथिल्लो सीमा अर्थात् स्थायी तरलता सुविधा दरलाई ६.०० प्रतिशतबाट घटाई ५.७५ प्रतिशत र नीतिगत दरलाई ४.५० प्रतिशतबाट घटाई ४.२५ प्रतिशत कायम

-मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्ने विद्यमान व्यवस्था खारेज

-व्यक्तिगत अधिविकर्ष कर्जाको विद्यमान सीमा रु.५० लाखबाट वृद्धि गरी रु.१ करोड कायम

-लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा रु.७ लाखबाट वृद्धि गरी रु.१५ लाख कायम गरिने

-लघुवित्त वित्तीय संस्थाबाट ऋण प्राप्त गरेका ऋणीहरुको कर्जा भुक्तानीमा पर्न गएको समस्यालाई ध्यानमा राखी कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था मिलाइने

-हालैको बाढी पहिरोबाट प्रभावित इलामलगायत प्राकृतिक विपत्तिका कारण असर पुगेका अन्य जिल्लाका उद्यम व्यवसायका लागि प्रवाहित कर्जा बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० प्रतिशत ब्याज असुल गरी एकपटकको लागि पुनरसंरचनापुनरतालिकीकरण गर्न सक्ने

-विद्युतीय भुक्तानी कारोबार बढिरहेको तथा महानगरपालिकामा बैंक तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेको सन्दर्भमा बैंक तथा वित्तीय संस्था स्वयम्ले महानगरपालिकामा रहेका शाखा समायोजन एकीकरण गर्नसक्ने व्यवस्था मिलाइने

कांग्रेस केन्द्रीय समिति बैठकमा आज नियमित महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी https://darpandainik.com/post/2025/12/...
01/12/2025

कांग्रेस केन्द्रीय समिति बैठकमा आज नियमित महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी
https://darpandainik.com/post/2025/12/dd-887144454

Address

Kathmandu, Nepal/Tokha 4
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Darpan Dainik posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Darpan Dainik:

Share

www.darpandainik.com

Darpan Dainik is one of the best online news portal in Nepal which public the news related with Business, Politics, States, Sports, Agricultural, Entertainment, Corporate house, National and international , Information technology, Tourism, education, Health, Art, Photography etc. Darpan Dainik is operated by the young, energetic, creative team and with more than 10 years experience in related field.